पारदशिवलिङ्गः एक परिचय

पारद एउटा तटस्थ अन्य कुनै धातुसँग नमिल्ने दिव्य धातु मानिएको छ। यसबाट निर्माण गरिएका शिवलि· र अन्य विभिन्न मूर्ति-चित्र अति पवित्र तथा फलदायी मानिन्छन्। प्राचीनकालमा आयुर्वेदाचार्यहरुले पारदलाई रसप्राण या आत्म शब्दले सम्बोधन गरेका थिए। भगवत्पाद शंकराचार्यका गुरु श्रीमद्भगवत् गोविन्दपादाचार्यजस्ता आध्यात्मिक योगीराजले पनि पारदलाई जीवन मुक्तिको एकमात्र साधन मानेर यसलाई आत्म शब्दले सम्बोधन गरेका थिए। उनका अनुसार :

  • पारद जीवन मुक्तिको एकमात्र साधन हो।
  • पारद सुवर्णनिरोग रहने एकमात्र औषधि हो।
  • पारद सुवर्णबनाउने प्रकृयामा प्रधान धातु हो, तसर्थ यो संसारकै वैभव हो।
  • पारदका १६ संस्कार हुन्छन्। संस्कार पूरा भएपछि यो संसारको अद्वितीय धातु बन्दछ।

“धर्मार्थमुपभोगानां नष्टराज्य विबृद्धये।

आयुयौर्वन लाभार्थ मुक्त्यथेसु मुमुक्षुणाम्।।

अर्थ : यो पारद विद्याले मनुष्यलाई धर्म, अर्थ र कार्यमा प्राप्ति गराउँछ। धनको सदुपयोग गरेर सुखको बृद्धि गराउँछ। राजाहरुलाई नष्ट राज्य पनि प्राप्त गराउँछ, राज्य बृद्धिमा पनि सहयोग गराउँछ र अन्तिम कालसम्म यौवनमय बनाइराख्दछ।

यसर्थ यो स्पष्ट हुन्छ-रसविद्या सामान्य विद्या होइन। किनकि एकातर्फ न्यूनतम व्यय हुँदा पनि सुन, चाँदीमा परिवर्तन हुन्छ भने अकोर्तर्फ आयुर्वेदको दृष्टिले उपयोग गरियो भने यसको माध्यमले कायाकल्प गर्न सकिन्छ। कुनै व्यक्ति मूर्छित या मरेको छ भने तापनि यसद्वारा उसलाई पुनः जीवन प्रदान गराउन सकिन्छ भनी आध्यात्मिक विद्वानका लेखमा उल्लेख गरिएको छ। त्यस्तै यसलाई खेचरी विद्यामा पनि सिद्ध गराउन सकिन्छ जसले गर्दा व्यक्ति अदृश्य रहन सक्छ र वायुवेगले ठाउँ-ठाउँमा आउन-जान सक्छ।

शिव संहितमा उल्लेख भएअनुसार पारदलाई शिव भगवानको वीय हो भनिएको छ। यसकारण सम्पूर्ण देवता, ऋषि मुनि, साधक र आयुर्वेदका आचार्यहरुद्वारा यसलाई अभिनन्दित गरिएको हो। जीवनलाई पूर्णता दिन, भवसागर पार गर्न, धर्म, अर्थ, काम र मोक्ष चारै पुरुषार्थ एकैसाथ प्रदान गर्नमा यो पारद विद्या समर्थवान छ।

पारद प्राचीनकालदेखि शोधन हुँदैगरेको छ। नागार्जुनकालमा यो विद्या उच्चस्थानमा रहेको थियो। नागार्जुनले त पारदलाई सोह्र संस्कारमा सिद्ध गरे। पारदद्वारा सुवर्णचाँदी बनाउने प्रकृया शुरु गरे। धेरै कालपछि यो विद्या लुप्त हुनगयो। भनिन्छ, यसका सोह्र संस्कार मध्ये आठ संस्कार खासगरी रोग निवारणार्थ अथवा औषधि रसायन निर्माणमा प्रयोग गरिन्छ, बाँकी आठ संस्कार खेचरी सिद्ध धातु परिवर्तनसिद्ध शुद्ध स्वर्णबनाउनमा प्रयुक्त छन्।

श्रीकृष्ण भगवानले द्वारकानगर बसाए। त्यसलाई समृद्धिसम्पन्न धनधान्य, आभूषणयुक्त गराएको कारण के हो भने यो नगर वसाल्दा श्रीकृष्ण भगवानले स्वयं पारदशंख साधना गर्नुभएको थियो। नगर पनि शङ्खाकारमा बसालिएको थियो। पारदशङ्ख जो कसैले बुधवार अथवा पुष्य नक्षत्रमा साधना सम्पन्न गर्न सक्ने भनी उल्लेख गरिएको छ।

पारद शिवलिङ्ग

पारद शिवलि· पाउन सक्नु अति सौभाग्यको वरदान हो। देवताहरुले मानव कल्याणका लागि उपलब्ध गराएको वस्तु नै पारदशिवलि· भनिएको छ। मन्त्रसिद्ध प्राणप्रतिष्ठायुक्त, रससिद्ध पारोद्वारा निर्मित पारदशिवलि· प्राप्त हुनु अतिसौभाग्यको सूचक हो। यसको दर्शनले पूर्वजन्मको पाप नष्ट हुन जान्छ र सौभाग्यको उदय हुनलाग्छ भनिएको छ। साधारणतया पारदलाई शोधन गर्नु अत्यन्त कठिन कार्य हो। यसलाई ठोस बनाउनका लागि मूच्छिर्त, खेचरित, कीलित, शम्भु, विजित र शोधितजस्ता कठोर प्रकृयामा लग्नुपर्दछ। यो शिवलि· निर्माण भइसकेपछि कैयौं मन्त्रहरुका क्रियाद्वारा मात्र पारदशिवलि· सिद्ध एवं चैतन्य हुन्छ जसले गर्दा यो शिवलि· पूर्ण सक्षम र प्रभावयुक्त हुन्छ। यसकारण भनिन्छ कि जसको घरमा यो पारद शिवलि· हुन्छ उसले कैयौं पुस्तासम्मको लागि ऋद्धि-सिद्धि र स्थायी लक्ष्मीलाई स्थापित गरेको हुन्छ।

जीवनमा सर्वश्रेष्ठ बन्न चाहने व्यक्ति सामान्य घरमा जन्म लिएर पनि विपरीत परिस्थितिहरुमा समेत आफ्नो लक्ष्य प्राप्त गर्न चाहन्छ भने उसले आफ्नो घरमा पारद शिवलि· स्थापना गर्नुपर्दछ। यो सम्पूर्ण साधक तथा योगीहरुद्वारा एकै स्वरमा स्वीकारेको कुरा हो। जसले पारदशिवलि·को पूजा गर्दछ त्यसको तुलनामा अरु कुनै व्यक्ति सौभाग्यशाली बन्न सक्दैन। पारद शिवलि·को पूजनबाट भौतिक सुखसुविधाका साथै मोक्ष प्राप्ति पनि निश्चितरुपले प्राप्त हुन्छ भन्ने कुरा उल्लेख गरिएको छ।

सुप्रसिद्ध योगी पूज्यदादा गुरुदेव स्वामी सच्चिदानन्दज्यूले भन्नुभएको छ? जुन साधकले पारद शिवलि· आफ्नो घरमा राखेर पूजा गर्दछ या दर्शनमात्र गर्दछ ऊ सम्पूर्ण पाप मुक्त भएर अनेक सिद्धि प्राप्त गरी धनधान्यले भरिपूर्ण भई सुख प्राप्त गर्दछ। संसारमा जति पनि शिवलिङ्ग छन् ती सबै पूजाको फल केवल पारदशिवलि·को पूजाले नै प्राप्त हुन्छ।

शास्त्रमा उल्लेख भएअनुसार रावण रससिद योगी थिए। उनले पारदशिवलि·को पूजा गरी आशुतोष भगवानलाई प्रसन्न गराई आफ्नो नगर स्वर्णयी बनाउनमा सफल भए। वाणासुरले पनि पारदशिवलि· पूजा गरी मनोवाञ्छित वर प्राप्त गरेको थियो। यो कुरा रुद्रसंहितामा उल्लेख छ।

पूज्य गुरुदेव डा.नारायणदत्त श्रीमालीज्यूले लेख्नुभएको छ- मैले विगत पाँचवर्षदेखि यस प्रकारको रससिद्ध पारोलाई ठोस बनाएर कैयौं शिवलि· बनाई जुन-जुन शिष्य या परिचितहरुलाई दिएको छु ती सबै आज राम्रो स्तरमा या आर्श्चर्यजनक उन्नतिमा अग्रसर छन्। साधकहरुलाई साधनामा पूर्ण सफलता मिलेको छ। व्यापारीहरुको आर्श्चर्यजनक उन्नति भई उनीहरु आफै पनि चकित भएका छन्।

पारदशिवलि·को महत्वबारे केही ग्रन्थहरुमा दिइएका महत्वपूर्ण विषयहरु निम्नानुसार उल्लेख गरिएको छ।

१. योगशिखोपनिषद अनुसारः

रसलिंगं महालिंगं शिवशक्तिनिकेतनम्।

लिंगं शिवालयः प्रोक्त सिद्धिदं सर्वदेहिनाम्।।

अर्थ : रसलि· नै महालि· हो र यसलाई नै शिवशक्ति शिवालय भन्न सकिन्छ। यसलाई प्राप्त हुनाले पूर्ण सिद्धि प्राप्त हुन्छ।

२. सर्वर्दर्शनसंग्रह अनुसारः

अभ्रकं तव वीजं च मम वीजं तु पारद।

बद्धो पारदलिंगे च मृत्यु दारिद््रय नाशनम्।।

अर्थ : भगवान शंकर स्वयं भगवतीसँग भन्नुहुन्छ- पारदलाई ठोस बनाई लि·स्वरुप दिएर जसले पूजा गर्दछ उसको जीवनमा मृत्यु भय व्याप्त हुँदैन र कुनै पनि हालतमा उसको घरमा दरिद्रता आउन पाउँदैन।

३. रसरत्न समुच्चय अनुसारः

विधाय रसलिंगं यो भक्तियुक्त सर्मर्चर्येत्।

जगत्त्रयेषु लिंगानां पूजाफलमवाप्नुयात्।।

अर्थ : जसले भक्तिभाव साथ पारद शिवलि·को पूजा गर्दछ, त्यसले तिनै लोकस्थित शिवलि·को पूजा गर्दछ। यसले सम्पूर्ण महापप नष्ट गर्दछ।

४. रसार्णतन्त्र अनुसारः

धर्मार्थकाम मोक्षाणां पुरुषार्थ चतुर्विध।

सिध्यन्ति नात्र सन्देह रसराज प्रसादतः।।

अर्थ : जसले पारद शिवलि·लाई एक पटक पनि पूजा गर्छ भने उसलाई यस जीवनमा नै धर्म, अर्थ, काम र मोक्ष चार प्रकारको पुरुषार्थ प्राप्त हुन्छ।

५. शिव निर्णय रत्नाकर अनुसारः

मृदः कोटिगुणं स्वर्ण स्वर्णात्कोटी गुणं मणिः।

मणे कोटि गुणं बाणे बाणात्कोटिगुणं रसः।

रसात्परतरं लिंगं न  भूतो न भविष्यति।।

अर्थ : माटो या ढुंगालेभन्दा धेरै फल सुवर्णाट निर्मित शिवलि·को पूजाबाट फल मिल्दछ। सुवर्णन्दा करोडगुना धेरै मणि र मणिभन्दा करोडगुना अधिकफल बाणलि· नर्मदेश्वरको पूजाबाट प्राप्त हुन्छ। नर्मदेश्वर बाणलि·भन्दा पनि करोड गुना अधिक फल पारद शिवलि·को पूजन या दर्शनमात्रले नै प्राप्त हुनजान्छ। पारद निर्मित शिवलि·भन्दा उच्चस्तरको शिवलि· न संसारमा बनेको छ न हुन सक्दछ।

६. रस मार्तण्ड अनुसारः

लिंग कोटि सहस्रस्य यत्फलं सम्यगर्चनाद्।

तत्फलं कोटि गुणित रसलिंगार्चनाद् भवेत्

ब्रहृम हत्या सहस्राणि गावं हत्या शतानि च

तत्क्षणाद्विलयं यान्ति रस लिंगस्य दर्शनात्

स्र्पर्शनात् प्राप्यते मुक्तिरिति सत्यं शिवोदितम्।।

अर्थ : हजारौं करोड शिवलि·को पूजा गर्नाले जो फल प्राप्त हुन्छ योभन्दा करोड गुना फल पारद शिवलि·को पूजा गर्नाले प्राप्त हुन्छ। हजारौं ब्रहृम हत्या र सयकडौँ गौ हत्याको पाप पनि पारद शिवलि·को दर्शन गरेपछि दूर हुन जान्छ। यो लि· स्र्पर्श गर्नाले नै निश्चितरुपले मुक्ति प्राप्त हुन्छ। यो त स्वयं भगवान शिवको कथन हो।

७. ब्रहृम पुराणअनुसारः

धन्यास्ते पुरुषः लोके येर्र्˜चयन्ति रसेश्वरम्।

सर्व पाप हरंदेव सर्वकाम फल प्रदम्।।

ब्राहृमणाः क्षत्रियाः वैश्यास्क्रियः शूद्रान्त्यजादयः

सम्पूज्य तं सुखं मोक्षं प्राप्नुवन्ति परां गतिम्।।

अर्थ : संसारमा मनुष्य धन्य छन् जो सम्पूर्ण मनोवाञ्छित फल दिने शिवलि·को पूजा गर्दछन्। यसको पूजा गर्ने ब्राहृमण, क्षेत्रीय, वैश्य, शूद्र, स्त्री या अरु कोही पनि पूर्णभौतिक सुख प्राप्त गर्दागर्दै परम गति पाउन सक्दछन्।

८. ब्रहृमवैवर्त पुराण अनुसारः

पच्यते कालसूत्रेण यावच्चन्द्र दिवाकरौ।

कृत्वालिंगं सकृत्पूज्य वसेत्कल्प शतं दिवि।।

प्रजावान् भूमिवान् विद्वान् पुत्रवान्बन्धुवान्तथा।

ज्ञानवान् मुक्तिवान् साधुः रस लिंगार्चनाद् भवेत्।।

अर्थ : जसले एकपटक भए पनि पारद शिवलि·को विधि विधानले पूजा गर्दछ, ऊ जबसम्म सूर्य र चन्द्र रहन्छन् तबसम्म पूर्ण सुख प्राप्त गर्दछ। उसको  जीवनमा धन, यश, मान, पद-प्रतिष्ठा, पुत्र-पौत्र विद्या आदिमा कुनै कमी रहँदैन र अन्तमा निश्चय मुक्ति पाउँछ।

९. शिवपुराण अनुसारः

गौघ्नश्चैव कृतघ्नाश्च वीरहा भू्रणहापिवा।

शरणागतघातीश्च मित्र विश्रम्भघातकः।

दृष्टपापसमाचारी मातृ पितृ प्रहापि वा

अर्चनात् रसलिंगेन तत्तत्पापात् प्रमुच्यते।।

अर्थ : गौ हत्यारा, कृतघ्न, वीरघाती, गर्भस्थ शिशुको हत्यारा तथा माता पिताको घातक पनि यदि पारद शिवलि·को पूजा गर्छ भने ऊ तुरुन्त सम्पूर्ण पापबाट मुक्त हुन्छ।

१०. वायवीय संहिताअनुसारः

आयुरारोग्य मैर्श्वर्यच्चान्यादपि तु वाञ्छितम्।

रस लिंगार्चनादिष्ट सर्वत लभते नरः।।

अर्थ : आयु, आरोग्य, ऐर्श्वर्य र अन्य मनोवाञ्छित वस्तुहरु सबै पारद शिवलि·को पूजाले सजिलै पाउन सकिन्छ।

यसबाहेक भगवान शिव स्वयंले नै भन्नुभएको छ- मलाई त्यो व्यक्ति ज्यादा प्यारो हुन्छ, जसले द्वादश ज्योतिर्लि·को दर्शन गर्नुको अपेक्षा पारद शिवलि·को दर्शन गर्दछ।

पारद शिवलि· श्वेतालिंगाकार भएको, आद्रतारहित हुनुपर्दछ। यो पारद शिवलि· शास्त्रसम्मत हुनुपर्दछ र आकार पनि निश्चित परिमाणमा हुनुपर्दछ। यस लि·को निर्माणसम्बन्धी काम सबै विजयकालमा गर्नुपर्ने हुन्छ। यो समय सबै श्रेष्ठ मुहूतमा प्राण प्रतिष्ठा मन्त्रसिद्ध  हुनुपर्दछ। अन्तमा संजीवनी मुद्रा मन्त्रले प्रभावपूर्ण बनाउनु पर्दछ। यसरी पारद शिवलि· दुर्लभ शिवलि· हुनपुग्दछ, यस्तो दुर्लभ शिवलि· अति सौभाग्यशाली व्यक्तिको घरमा मात्र स्थापित गर्ने अनुकूलता प्राप्त हुन्छ।

शास्त्रमा उल्लेख भएअनुसार पारद शिवलि·लाई स्थानान्तरण गर्न सजिलै सकिन्छ। सद्गुरुदेव डा.नारायणदत्त श्रीमालीज्यूले भन्नुभएको छ- पारद शिवलि·को पूजा गर्दा असम्भव कामहरु पनि सम्भव हुनसक्छ। कुनै व्यक्ति दरिद्रको घरमा जन्म लिएर पनि ठूलो उद्योगपति भएको देखिएको छ। आजकलका मानिस कैयौं झुठ-मूठ पनि गर्दछन्। तर पारद शिवलि· स्थापित भएको छ भने उसको जीवनमा पूर्णता नभएको घर छैन। मेरो आफ्नै अनुभवको आधारमा यो भन्न सक्छु कि पारद शिवलि· स्वयंमा दुर्लभ शिवलि· हो। विना प्रसिद्ध योगी या गुरुको कृपावेगर यो पारद शिवलि· प्राप्त हुँदैन। भाग्यले नै रससिद्ध पारद शिवलि· घरमा स्थापित हुनसक्छ।

- लक्ष्मीकान्त बराल