परिणाम शून्य स्वतन्त्रताले निम्त्याएको हिंसा अपराध

हिंसा ! हिंसा ! ! हिंसा ! ! ! अनेक किसिमका हिंसाको शृङ्खलाले हाम्रो समाज आक्रान्त बन्दै गएको छ। विशेष गरेर महिलामाथि हुने हिंसाले अहिले धेरै चर्चा पाएको देखिन्छ। आखिर हिंसा भनेको हिंसा नै हो। त्यो माहिलामाथि होस् वा बालबालिकामाथि वा अरु कसैमाथि नै किन नगरिएको होस्। महिला माथि भएको हिंसालाई लिएर विभिन्न क्षेत्रबाट आन्दोलन भइरहेको छ। पीडितमाथि क्षतिपूर्र्ति पीडकलाई हदैसम्मको सजायँको माग राखेको बुझिन्छ। त्यसभन्दा माथि यस सम्बन्धमा कडा कानुन बनाइनुपर्ने माग राखेको सुनिन्छ। तथापि यस किसिमको हिंसा नै आखिर किन हुन्छ ? के कति कारणले यस किसिमको हिंसालाई प्रेरित गरेको छ र के कसरी यसमा निराकरण ल्याउन सकिन्छ यसमा त्यत्ति ध्यान पुग्न सकेको देखिँदैन।

जीवनयापनमा आएको सुधार :

कृषि प्रधान हाम्रो देश नेपालमा कृषि कर्मप्रति आश्रति परिवारको सङ्ख्या क्रमिक रूपमा कम हुँदै गएको छ। अहिलेको समयमा कृषिभन्दा पनि रेमिटेन्समा आश्रति परिवारको सङ्ख्यामा वृद्धि हुँदै गएको छ। अकोर्तर्फ लै·कि विभेदको आधारमा छोराछोरीबीच गरिने शिक्षा, स्वास्थ्यलगायतका अन्य अवसरमा गरिने विभेद कम हुँदै गएको छ। विभेद कम हुनु भनेको समाजमा शिक्षाको राम्रो सन्देश जानु हो। शिक्षा र आयआर्जनले मानिसलाई आत्मनिर्भर मात्र बनाउँदैन, परनिर्भरताबाट पनि अलग बनाउँदछ। पारिवारिका सम्बन्ध चाहे लोग्नेस्वास्नीबीचको होस् वा अन्य परिवारका सदस्यहरूको नै होस् त्यो सम्बन्ध भावनात्मक हुनु जरूरी छ। परम्परिक मान्यताबाट मुक्त नभएको हाम्रो समाजमा शिक्षित आत्मनिर्भर भएको कारणले स्वभाविक रूपमा यो परिवेशबाट उन्मुक्त हुन खोज्दा उत्पन्न तनावले पनि यस किसिमको हिंसाले ठाउँ पाउने गरेको छ।

अस्वभाविक जीवनशैली :

दुनियाँभरको सुविधा हामीले भोगिरेका छौं। हाम्रो पढाइ, लेखाइ, पहिरन, रहनसहन सबै पश्चिमी पाराको हुँदै गइरहेको छ। मात्र भाषा आफ्नो होला, त्यसमा पनि धेरै शब्द अङ्ग्रेजी नै मिलाएर प्रयोग भइरहेको छ। अहिलेका सहरिया परिवेशका बालबालिकाका लागी अङ्ग्रेजीभन्दा नेपाली विषय कठिन हुने गरेको छ। जबकि अझै पनि ग्रामीण क्षेत्रका विद्यार्थीहरू प्रत्येक वर्ष हुने एसएलसीको परीक्षामा ठूलो सङ्ख्यामा अङ्ग्रेजी विषयमा अनुत्तीर्ण हुने गरेका छन्।

टेलिभिजनका अनेकौं च्यानलमा अनेकौं किसिमका धारावाहिक (सिरियल) हरू र सिनेमामा देखिने अनेकौं दृष्यको प्रभाव समाजमा परेको हुन्छ। त्यसको बढी प्रभाव पर्ने भनेको समाजको युवा पिंढीमा हो। यस किसिमको अनियन्त्रित परिवेशले युवा पिंढी र अभिभावकहरू बीचको दूरीलाई बढाएको छ। बढी स्वतन्त्रता खोज्ने बानीले सबै कुरालाई कम महत्त्व दिने प्रवृत्तिले हिंसाजन्य क्रियाकलापलाई प्रोत्साहन मिलेको छ।

खानपानमा आएको बदलाव :

इसाइ धर्मका धर्मगुरु पोपले युवाहरूको स्वास्थ्यमा जंक फूडले प्रतिकूल असर गरेको र सानै उमेरमा अस्वभाविक उत्तेजना दिने गरेको गुनासो गरेका थिए। अहिले धेरैजसोको खाजा नै जंक फूड हुने गरेको छ। खानलाई सस्तो, सजिलो भए पनि मानव शरीरको वृद्धि र विकासमा हुनुपर्ने स्वभाविक विकासक्रमलाई यसले नकारात्मक प्रभाव पार्दछ। कम उमेरमै चुरोट, सुर्तिका साथै मादक पदार्थको सेवन गर्ने लतले मानसिकतामा हुनुपर्ने स्वभाविक पनलाई असर पुर्‍याउँदछ। अश्लील सिनेमा हेर्ने अनि जंक फूडको ज्रि्रे स्वादले अदृष्य रूपमा हिंसा, अपराधलाई मलजल गरेको छ।

आक्रान्त मानसिकता :

नेपालमा राजनीतिक स्पिथरताले कहिले ठाउँ पाएन। २०४६ सालपछिको राजनीतिक विकाशक्रमका साथै सशस्त्र द्वन्द्वको कारणले पनि मानिसहरूको मनस्पिथति शान्त हुन सकेको छैन। सशस्त्र द्वन्द्वको अन्त्य भए पनि शान्ति प्रक्रियाका मूलभूत कामहरू अझै हुन बाँकी नै छन्। लामो समयसम्म आफ्नो जीवन राजनीतिका साथै लर्डाईंमा व्यतित गरेकाहरूले आफूहरूले सोचेजस्तो परिणाम नपाउँदा उनीहरूमा एक किसिमको निरासा छाएको छ। गरिखाने जवानीको उमेर द्वन्द्वमा विते पनि अहिलेको जीवनयापनलाई व्यवस्थापन गर्नु उनीहरूको लागि ठूलो चुनौती बन्दै गएको छ। निरासाले छाएको जीवनबाट हुन सक्ने अनेक हरकतमध्ये हिंसा अपराध पनि होइन भन्न सकिने अवस्था रहँदैन।

बेरोजगारी :

मेहनत गरेर पैसा सकेर पढेर पनि रोजगारीको उचित अवसर नपाउँदा अहिलेको युवा पिंढीलाई सास्ती छ। घरको भएको सम्पत्ति सकेर पढाइ पूरा गर्ने अनि लौ अव छोराछोरीले कमाइ गर्ला भनेर आशा गरेर बसेको अवस्थामा रोजगारी नै नपाएपछि अभिभावकलाई पनि पिरलो हुने नै भयो। अरु पेशा गर्न लगानी नै नहुने पढाइअनुसारको रोजगारी पनि नपाउँदा मानसिक रूपमा त्यो व्यक्ति चुस्त रहने अवस्था नआउन सक्छ। यस किसिमको अवस्थाले हिंसा अपराधतर्फ पनि लम्काउन सक्दछ।

के समाधान कडा कानुन नै हो त ?

अहिले सबैलाई अधिकार नै अधिकार चाहिएको छ। अधिकार सँगै कर्तव्य जोडिएको भन्दा पनि अधिकारै अधिकारको चास्नीमा डुब्न चाहनेको सङ्ख्या बढी छ। हिंसा भनौ वा अपराध अपराधीले सजायँ’ पाउनैपर्दछ। कानुनले अपराधीलाई दण्ड सजायँ गर्न सक्दछ तर अपराध नै पूर्णरूपमा नियन्त्रण गर्न सक्दैन। यदि कानुन कडा हुँदैमा हिंसा अपराध रोकिने भए त मृत्युदण्डदेखि कठोर यातना दिइने खाडी मुलुकहरूमा त अपराध नै नहुनुपर्ने हो। तर त्यहाँ हुने अपराधको सङ्ख्या पनि कम छैन।कडा कानुन भए पनि दण्डको भयले अपराध कम होला कि भन्ने आश मात्र हो।

आफ्नो ज्यान हो भन्दैमा उत्ताउला ड्रेस लगाएरै हिँड्नैपर्छ भन्ने छैन। कतिपय अपराधका घटनामा यस्तै विषय पनि कारक बन्ने गरेको छ। यो सत्य मान्न सकिन्छ कि समाजमा अपराध, हिंसा बढ्दै गइरहेको छ। तर अधिकारै अधिकार खोज्नुले मात्र यस्को निराकरण हुन सक्दैन। के पुरुष के महिला सवैको यसमा बरावर दायित्व रहने गर्दछ। राज्यको उत्तरदायित्व त आफ्नो ठाउँमा छँदै छ। हुनेले त सधैँ भोज खाला नहुनेलाई दुर्इ छाक तार्न पनि गाह्रो छ। देशको भूगोल, परिवेश, आयआर्जन अनुसारको जीवनशैली हाम्रो भएन। अहिलेको मुख्य कारक नै यहि हो। सबै कुरामा स्वतन्त्र, धेरै स्वतन्त्र जसको कुनै सिमानै रहेन। टेलिभिजनमा हेरिने सिरियल र फिल्मी पर्दामा देखिने दृष्यसँग हाम्रो परिवेशले धेरै हद्सम्म तालमेल राख्दैन। परिणाम शून्य स्वतन्त्रताले आखिर निम्त्याउने हिंसा, अपराध नै हो। किन अब हिंसा, अपराधका कारक तत्त्वहरूलाई पहिल्याइ निराकरणका लागि किन नलाग्ने ?

(लेखक अधिवक्ता हुन्।सं.)

- भानु रोशन राजभण्डारी