पद्मराज ढकालका गीत र कवितालाई कोट्टयाउँदा

गीत त्यो हो जसले पत्थरलाई पनि पगाल्छ र सङ्गीत त्यो हो जुन मनमस्तिष्कका पीडाहरूमा पनि शीतल मलम बन्ने गर्छ। हो, यो सम्पूर्ण विश्व नै गीत, सङ्गीत र कवितामय छ। झरी, बादल र बोट वृक्ष मिलेर एउटा लय उत्पन्न हुन्छ। आकाशबाट पृथ्वीका हरिया वृक्षका पातहरूमा पानी पर्दा जुन आवाज गुञ्जन्छ, त्यही देखे-सुनेर मानिसले ताली बजाउँदै नाच्न र गीत गाउन सिक्यो। झयाउँकिरीले नौथरी बाजा बजाउँदै कराउँदा पशुपंक्षी र मानवजातिलेसमेत कान ठाडा पार्न थाले। हावाले सङ्गीत उराल्दा मानिसले सुसेल्न सिक्यो। त्यही मन्द-मन्द हावाले प्रकृतिका फूलहरू हल्लिँदा चराहरूले पखेटा फुट्फटाएर पिरती गाँस्न थाले। लाग्दछ, यसरी नै यस्तै-यस्तै कारणले मानव हृदयमा गीत र सङ्गीतको जन्म भयो।

त्यही लाखौं वर्ष अगाडिदेखिको गीत र सङ्गीतको इतिहास मानवजातिका लागि आज नभई नहुने अपरिहार्य गुञ्जन बन्न पुग्यो। माछापुच्छ्रेको आ“गन पोखरालाई धेरैले आजकल साहित्य सङ्गीत र कलाको राजधानी हो भनेर थेगो बनाउन थालेका छन्। त्यही थेगोको लहरमा पद्मराज ढकाल (वि.सं. २०२०) पनि पर्दछन्। हो, यही कुरा मेरो हृदय अदालतले पनि स्वीकारेको विषय बनेको छ। पद्मराज ढकाल एक असाध्यै मेहनती सरल स्वभावका अग्रगमनकारी व्यक्तित्व हुन्। पोखरामध्ये पनि अति सुन्दर स्थल कास्की जिल्लाकै वेगनास तालको आ“गनमा लामास्वाँराको काखमा आमा मधुमाया ढकाल र पिता चन्द्रकान्त ढकालको कोखबाट उनी माइला छोराको रूपमा जन्मेका हुन्।

उनले सानै उमेरमा स्कुल पढ्दादेखि नै आफै गीत लेख्ने गाउने गर्दागर्दै आज सम्मानित गीतकार बनेका छन्। उनी सांस्कृतिक र साङ्गीतिक गुञ्जनका प्रतीक बनेका छन्। विभिन्न सभासमारोहमा जनताका गीत गाउँदै देउसीभैलो र राष्ट्रिय गीतसमेत गाउँदै गामबेसीमा मात्र हैन, राष्ट्रभरि नै गुन्गुनाउँदै आएका छन्। पोखराकै सेरोफेरोको प्रकृतिको सौर्न्दर्यसँगै सात तालहरूका छालमा, चिवे, सारौं र कोइली चरीसँगै भाकाहरू मिलाउँदै र फिराउँदै विभिन्न गीतका झन्कारमा गुञ्जिरहेछन्। सामन्तवादी, देशद्रोहीका किल्ला हल्लाउने स्वर उराल्दै आएका छन्, पद्मराज ढकालले। छ/सात  कक्षामा पढ्दादेखि र चौध/पन्ध्र वर्षको उमेरबाटै साहित्यिक र सांस्कृतिक कार्यक्रममा सरिक हुँदै फड्को मार्दै अगाडि बढेका ढकालले २०३५/२०३६ सालको आन्दोलनको अभीष्टलाई आफ्ना गीत र कविता गाउन थाले। पञ्चायतको विरुद्वमा र जनताको पक्षमा थुप्रै गीत कविता गाउँदा धेरै पक्षबाट स्याबासी र हौसला पनि पाएका थिए।

उनले अध्ययन गरेका शैक्षिक संस्थाहरू श्री इन्द्राणी प्रावि, लक्ष्मी आदर्श उच्च मावि, जनज्योति उच्च मावि र पृथ्वीनारायण क्याम्पस हुन्। उल्लेखित संस्थाहरू, जन्म गाउँ लामास्वाँरा र सुन्दर प्रकृति नै उनका गीत कविताका आधारभूमि हुन्। प्रकृतिको वरदान सुन्दर पोखरा उपत्यकाको पनि सात तालको सहर लेखनाथको मभेmरीले उनलाई प्रभाव पार्नु स्वाभाविक ठहरिन पुग्छ। अगाडि-पछाडि, दायाँ-बायाँ, तल-माथि जता फर्के पनि प्रकृतिको राजधानीले पद्मराज ढकालको हृदयलाई आकषिर्त नगर्न सकेन र उनी गीतकार तथा कवि बन्न पुगे।

उनलाई सात/आठ वर्षको उमेरदेखि नै आफ्नै गाउँघरतिर बजेका रेडियोका गीतहरू सुन्दा बुढापाकाले गाउँमा भजन र चुड्काहरू गाउँदा अनि युवायुवतीले गाएका दोहोरी गीतहरू सुन्दासुन्दै गीत तथा स·ीतमा उत्प्रेरणा जाग्न थाल्यो। त्यही प्रेरणाले विद्यालयका विविध कार्यक्रममा उनले  भाग लिने गर्न थाले र पुरस्कारसमेत पाउन थाले। यसरी गाउँदै, नाच्दै र लेख्दै जा“दा उनको आत्मबल बढ्दै जान थाल्यो। त्यही जगको कारण आज उनी लोकगीत सड्ढलन गर्ने, राष्ट्रवादी गीत तथा कविता रचना गर्ने एक नेपाली माटोका लोकप्रिय ओजिला गायक बनेका छन्। यो सबै उनको आफ्नै सम्मानित गाउँ समाज निकटको लोकबाट उठ्दै लोकगायक बन्नुलाई समाजकै उपज सम्झनुपर्छ। अहिलेसम्म कुनै पनि नेपाल सरकारले वास्तविक गीतकार, साहित्यकार, सङ्गीतकारहरूलाई अध्ययन गरेर हौसला थप्ने कार्य गरेको छैन। केही अवसरवादीलाई अवसर दिने कार्य भए होलान्। पद्मराज ढकाल पञ्चायतविरोधी मात्र नभएर राजाकै विरोधमा उत्रेर चोटिला प्रहारपूर्ण गीत गाउँदै आएका स्रष्टा हुन्। यस्ता प्रतिभालाई लोकतन्त्र आएपछि पनि सरकारी तवरबाट हौसला हैन बरू पछाडि तान्ने काम भए होलान्। एउटा जनताप्रेमी र राष्ट्रवादी गीतकार तथा कवि भएका नाताले बरू नेपाली समाजका विभिन्न सङ्घसंस्थाले उनलाई सम्मान गर्दै आएका छन्। अत्यन्त सरल र सहनशील मृदुभाषी र इमान्दार एवम् धैर्यवान् भएकै कारण यस माटोका लागि उदाहरणीय व्यक्ति हुन्, पद्मराज ढकाल। समाज हुँदै देशप्रतिको चिन्ता र चासो राखेर निर्भयका साथ जनताका सयौं खाले गीतहरू गुञ्जाई हि“ड्ने स्रष्टा हुन्-ढकाल। हाल ग्लोबल कलिजियट उच्च माविमा गणित शिक्षकका रूपमा अनवरत रूपमा लागिरहेका उनी फुर्सद निकालेर गीत र कविता रचना गर्छन्। उनको नेतृत्वमा र उनले रचना गरेका गीतहरूमा विद्यालयले स्थानीय, क्षेत्रीय र राष्ट्रियस्तरमासमेत दर्जनौं पटक सांस्कृतिक प्रतियोगितामा प्रथम भई पुरस्कार हात पार्न सफल भएको छ। हजारौं विद्यार्थीलाई हौसला थप्ने कार्यमा लागेका उनले ऋतु लामालाई आफ्नै छोरीलाईभन्दा पनि बढी सहयोगका साथै माया एवं सद्भाव दिएर राष्ट्रिय स्तरमा पुर्‍याउनेजस्तो कार्य गरे यो उनको ठूलो देन हो। यसै गरी दुर्गा परियार, ऋतु गुरुङ, सि.डी. विजय अधिकारी आदि जस्ता स्रष्टालाई राष्ट्रियस्तरमा स्थापित गराउने कार्यमा उनको महत्त्वपूर्ण योगदान रहेको छ। यस्तै विभिन्न शुभकर्मले गर्दा स्वाभिमानी गीतकारका रूपमा उनी स्थापित भएका छन्।

उनको निस्वार्थ सेवा भावना विभिन्न क्रियाकलापमा उजागर भइसकेको छन्। आफूले प्रवेश गरेका विभिन्न सङ्संस्थामा क्रान्तिकारी चेतना भर्दै आफ्नै खल्तीबाट खर्च गरेरै भए पनि धेरै ढ·ले उचाइमा पुर्‍याउन गरेका थुप्रै कार्य उदाहरणीय देखिएका छन्। नेपाली लोकगीतको लहरमा उदाएका चम्किला र सबैका प्यारा पद्मराज ढकालले शहीदहरूलाई सम्मान गर्दै गीत गाउने गीतकार हुन्। २०३५/२०३६ सालको राजनीतिक उतरचढावको बेला पनि सामान्त र शोषकहरूको विरुद्धमा कलम चलाउँथे। त्यसैगरी २०४६ सालको जनआन्दोलनमा सक्रिय रूपमा भाग लिँदै उनले गीत र कवितामार्फत् झटारो हिर्काउँथे। २०५१ सालमा ‘उठने लौ बेला आयो’ भन्ने गीत आफ्नै सड्ढलन र स्वरमा रेर्कर्ड गराएर रेडियोमा आफ्नो गायनको यात्रा आरम्भ गरेका थिए। यसरी नै लोकदोहोरी गीतको यात्रामा पहिलो क्यासेट एल्वम ‘नलेऊ पीर’ २०५४ मा प्रकाशित गरेका थिए। हालसम्म उनले एक दर्जन क्यासेट एल्बम बजारमा ल्याइसकेका छन्। २०६२/०६३ को जनआन्दोलनमा ढकाल अग्रणी व्यक्तित्वको रूपमा हृदयदेखि लागेर भाग लिएका थिए। हालसम्म उनका एक दर्जन गीतको छायाड्ढन भइ टेलिभिजनहरूमा प्रसारण भइसकेका छन् र अको एक दर्जन स्वदेश गानको छायाड्ढन कार्य भइरहेको छ। उनका रेर्कर्ड भइसकेका गीत मात्र १०० (एक सय) भन्दा बढी पुगिसकेका छन्। केही गीत रेर्कर्ड हुने क्रममा छन्। उनले कौरा, सोरटी, धिमाल, झयाउरे, चुड्का, आदि सबै प्रकारका गीतहरू सड्ढलन गरिरहेका छन्। उनको भनाइमा ‘सबै जातजातिको संस्कृति र परम्परा नै सम्पूर्ण नेपालीको सम्पत्ति हो। सबै जातिहरू मिलेर अघि बढ्नु पर्छ, विभेद हटाउनुपर्छ र जातका नाममा राज्य बा“ड्न हुन्न’ भनेर गीतकामार्फत् सन्देश दिइरहेका छन्।

उनले २०६६ सालमा ‘आभास बिहानीको’ गीत सङ्ग्रह प्रकाशनमा ल्याइसकेका छन्। यसमा शुभकामना, लोकगीत, कविता, लोक दोहोरी, मारुनी, बालगीत, कौरा, तीज, सोरटी, सिङ्गारु, तामाङसेलो, धिमाल आदि पुराना लयका गीतका साथै विभिन्न स्वर र भाकाका गीत समेटेका छन् र थुप्रै पत्रपत्रिकामा समेत छापिसकेका छन्। सात तालको बगैंचा सहर, चेतना छरौं, चिउरी पात झर्‍यो, धरतीका गीतहरू, नयाँ घाम, फर्की आएन, छोडी नजाऊ, आभास, आदि एल्बम तथा सि.डी./क्यासेटहरूमा रचनाकार पद्मराज ढकाललाई हरिदेवी कोइराला, मधु गुरुङ, आकाश थापा, ऋतु लामा, लोचन भट्टराई, कृष्ण भण्डारी, दुर्गा परियार, सर्मिला गुरुङ, पवित्रा परियार आदिले साथ दिएका छन्। उनका नेपाली संस्कृति झल्कने, राष्ट्रिय भावनाले भरिएका र जागरण गीतहरू विद्युतीय सञ्चार माध्यम (रेडियो, टेलिभिजन) हरूमा हामीले देख्न सुन्न पाइरहेका छौ“। उनका दुर्इ गीत सङ्ग्रह र एक कविता सङ्ग्रह प्रकाशोन्मुख रहेका उनी बताउँछन्।

यसरी उनले प्रगतिशील साहित्य र सङ्गीतको भकारीमा उल्लेखित पुस्तक एक थान र थुप्रै एल्बमका साथै सयौं गीत भरिसकेका छन्। गीत सङ्गीत र कलाका कञ्चन त्रिवेणीका संज्ञा  ढकाललाई माथि व्याख्या गरिएका सबै कुरा सम्पन्न गर्नमा उनकी जीवनसङ्गीनी मनकुमारी ढकालको ठूलो हात रहेको प्रष्टै बुझिन्छ। यस मानेमा उहा“लाई समेत धन्यवादका साथ बधाई नदिई रहन सकि“दैन।

‘हटाऔँ शोषक र सामन्त, अब गैंची र कोदाली लिनु पर्छ सबैले’ भनेर अन्य कवि र लेखकहरूलाई समेत यस्तै मर्म लेख्न र बोल्न अनुरोध गरेका छन् पद्मराज ढकालले। नयाँ घाम यहीँ ल्याउनुपर्छ, नेपाली विदेशिने हैन, अर्काको खेत मात्र जोत्ने हैन, तिमीले जोतेको खेत त्रि्रै हुनुपर्छ भनेर घन्कन्छन् गीतका धुनमा आफ्नै गलामार्फत् उनी। अब युवा अघि बढ्नु पर्छ र हामीले क्रान्ति गीत गाउनैपर्छ भन्दै बालश्रम हटाएर यो राष्ट्र उकासौं, लाहुरे सबै र्फकनैपर्छ भनेर आÞवान गरेका छन्, गीतकार पद्मराज ढकालले। अब त उठ्ने बेला भयो, छिट्टै उठौं र राष्ट्र निर्माण गर्न झगडा नगरी मिलेर जुटौं, भनेका छन्। महिला र पुरुषमा समान हक चाहिन्छ, प्रतिगमन अब र्फकन्न र र्फकन पनि हुन्न। साथै पूर्वमा रातो लाली उदायो अब सुन्दर बिहान आउँछ भन्छन् उनी। यो कुरा हामीले नबुझे सगरमाथाले पीर मान्छ भन्दै उनी कहीँ एकल र कतै जोडी बनेर मधुर स्वरमा आफ्नो कला र गलामार्फत् व्यक्त हुन्छन्।

उनले राजा मिल्काउनुपूर्व निम्नानुसारका गीत गाएका थिए।

हा … हा … बुद्धि भए राजा आजै गद्दी त्याग भो।

जसरी नि फाल्छन् तिम्लाई आन्दोलनको माग हो।

बुद्धि भए राजा आजै गद्दी ल्याग भो।

यसरी अग्रीम भविष्यवाणी बोल्न सक्ने पद्मराज ढकालको दूरदृष्टि मापन गर्न सकिन्छ। गणतन्त्र भइसकेपछि चित्त नबुझेका कुराहरूमा झटारो हान्दै फेरि कुर्लन्छन्, यसरी –

‘नयाँ नेपाल बनाउने भनेको

खोइ त अझै संस्कार बनेको ?’

राष्ट्रमा गणतन्त्र आइसकेपछि केही गर्लान् कि भन्ने नेताहरूकै अराजक स्थिति देखेर गीतकार ढकाल गम्भीर चिन्ता जाहेर गर्दछन्। सभासद्हरूले संविधान बनाउन नसकेको गुनासोको साथमा लोकतान्त्रिक संविधान बनाऔं र जातको नाममा विभाजन नखोजौं भन्ने भावना अहिले उनले गाएका गीतहरूमा पाइन्छ। उनी विभिन्न सांस्कृतिक कार्यक्रममा राष्ट्र र राष्ट्रियता बलियो पार्न जागरूक भएर अगाडि बढौं भन्दै गाउँदै हि“ड्छन्। त्यसै गरी हरेक जातभित्र शोषित वर्ग हुन्छ, अब लोकतन्त्र जान दिनुहुन्न, जनवाद ल्याउन अघि बढ्नुपर्छ र नेपाली जाति स्वाभिमानी र इमान्दार हुन्छन् भनेर गीतकार ढकालले आफ्ना गीतमा बोलेका छन्। नेपाली सबै एक भएर अगाडि बढ्दै प्राप्त उपलब्धिहरू जोगाउन जरूरी छ भन्दै उनले गाएका छन्।

सामान्तको शासन २ धेरै हाम्ले सह्यौं

विभेदलाई फालन, अत्याचारलाई मासन      आन्दोलनमा गयौं।

राजतन्त्रलाई ढालन२ सफल हामी भयौं

देश उज्यालो राखन, शान्तिको दियो बालन   लोकतन्त्रमा गयौं।

पार्टीहितमा लाग्दा देश नहेरी

होसियार प्रतिगमन फर्केला फेरि

यसरी वितेको इतिहासलाई स्मरण गर्दै नेपाल राष्ट्रका लागि यसरी आग्रह पस्कन्छन्, ढकालले।

जन्ता भन्छन् एक हुने नेताहरू फुट्ने

नयाँ नेपाल बनाउन कैले हो खै जुट्ने –

यस्तै मीठा-मीठा र वास्तविक झर्रा नेपाली शब्दहरू प्रयोग गर्दै उनले नयाँ नेपाल बनाउन ढिलो भइसकेको शंखनाद् गरेका छन्। आफू जन्मेको जन्म स्थललाई स्मरणका रूपमा गीतद्वारा हृदयदेखि उनलेगाएका छन्। उनले लेखेका/गायका थुप्रै गीत क्यासेट र सि.डी. मा त सुन्न पाइएकै छ अब ती गीत र अन्य रचना समावेश गरी पुस्तकका रूपमा छपाउन बढी राम्रो होला भन्ने लाग्छ।

पद्मराज ढकालद्वारा गाइएका गीतहरूको अध्ययन गर्न त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सड्ढायअन्तर्गत स्नातकोत्तर तहका लागि सवीना सुनामले प्रयोजनमा ल्याएर शोध पत्रमा समेत व्याख्या र विश्लेषण गरिसकेकी छिन्। हाल पद्मराज ढकाल निम्नानुसार विभिन्न सङ्घसंस्थामा बसेर काम गरिरहेका छन्।

१) लेखनाथ साहित्य प्रतिष्ठान (अध्यक्ष)

२) नेपाल चीन प्रतिष्ठान (वरिष्ठ सल्लाहकार/पूर्व अध्यक्ष)

३) प्रगतिशील लेखक सङ्घ कास्की (उपाध्यक्ष)

४) सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठान (उपाध्यक्ष)

५) लोकतान्त्रिक वाङ्मय समाज (उपाध्यक्ष)

६) हरिदेवी कोइराला साहित्य सम्मान कोष (सचिव)

७) राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, गण्डकी (सचिव)

८) अलि मियाँ लोक वाङ्मय प्रतिष्ठान (सचिव)

९) गीताञ्जली साहित्य परिवार (सल्लाहकार)

१०) तरेली सांस्कृतिक परिवार (सल्लाहकार)

११) अनुशीलन सङ्गीत पाठशाला (सल्लाहकार)

१२) हिमाली सांस्कृति परिवार (आजीवन सदस्य)

१३) गणित समाज (आजीवन सदस्य) आदि

उनको मिति २०६९/१/१६ मा पोखरामा र २०६९/१/२३ मा लेखनाथमा ‘पद्मराज ढकाल एकल सा“झ’ सम्पन्न भइसकेका छन्। उल्लिखित कार्यक्रममा विभिन्न सङ्घसंस्थाका हजारौं व्यक्तिले उत्साह र उम·का साथ सहयोग सद्भाव र माया खन्याएका थिए। उनले एकल सा“झहरूबाट बचत भएको रु. चार लाख मध्येबाट साहित्यिक/सांस्कृतिक पुरस्कारका साथमा बाबा, आमा र कान्छी आमासमेतका नाममा पुरस्कार अक्ष्ँय कोष खडा गरिसकेका छन्। जसमा लेखनाथ साहित्य पुरस्कारका लागि रु. एक लाख, लेखनाथ संस्कृतिक पुरस्कारको लागि रु. पचास हजार, सप्तर·ी सांस्कृतिक पुरस्कारका लागि रु. एक लाखकेा अक्षय कोष खडा गरेका छन्। त्यसैगरी रु. पचास हजारको राशिद्वारा सानी आमा फडिन्द्र कुमारी ढकालको नाममा लक्ष्मी आदर्श उच्च माविबाट एसएलसीमा प्रथम हुने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गरी, रु. पचास हजारको  राशीद्वारा आफ्नी आमा मधुमाया ढकालका नाममा जनज्योति उच्च माविबाट एसएलसीमा प्रथम हुने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गरी र रु. पचास हजारको बाबा चन्द्रकान्त ढकालका नाममा लेखनाथ नगरपालिकाको सामुदायिक विद्यायबाट र संस्थागत तर्फबाट एसएलसीमा प्रथम हुने विद्यार्थीलाई सम्मान प्रदान गर्ने गरी अक्षयकोष राखिसकेका छन्। उपर्युक्त पुरस्कार, छात्रवृत्ति तथा सम्मान अक्षय कोषको व्याजबाट हरेक वर्ष प्रदान गरिने छ। यसरी सम्मानित स्रष्टा ढकालले अन्य स्रष्टालाई सम्मान गर्ने अभियानको थालनीसमेत गरेका छन्।

निचोडमा ढकाललाई गीतकारका साथै कविका रूपमा विश्लेषण गर्दा उनी आफ्ना व्यक्तिगत समस्याभन्दा अरू व्यक्ति, समाज र राष्ट्रकै लागि चिन्तन गर्ने स्रष्टा हुन्। गीत र कविताका पंक्तिपंक्ति केलाउँदा मानव मनका पीडालाई उजागर गर्दै प्रकृतिसँगको सानिध्यतामार्फत् प्राप्त निचोडलाई गलामा ढालेर सुमधुर आवाजमा अहोरात्र गुन्गुनाउने अभियन्ता हुन् ढकाल। यो अभियान नेपालमा मात्र हैन विश्वचर्तित बनोस्। यही शुभकामना र शुभ भावना।

- छवि सुवेदी "विजयी"