नैतिक बल प्रदायक ऐतिहासिक ग्रन्थः पुराण

जनज्रि्रोमा झुण्डिएको पुराण शब्दको सीधा अर्थ हुन्छ- पुरानो अर्थात् प्राचीन। यो सनातन हिन्दूहरुको  पुरानो मानिने ग्रन्थ हो। महाभारत प्रसिद्ध महाकाव्य हो। यिनको उद्देश्य वेदको सिद्धान्त र स्मृतिका नियमहरुलाई इतिहास र आख्यानहरुद्वारा स्रोता तथा पाठकहरुलाई प्रभाव पार्नु हो। महाभारतमा लामाछोटा कथा, आख्यान, संवाद, प्रवचन र उपदेशहरु छन्।

वेदको रचना अनादि र अपौरुषेय (मौलिक लेखक नभएको तर सुनिदैं आइएको) छ। पुराण ग्रन्थ भने पौरुषेय (कुनै पुरुष लेखेको) र अपौरुषेय गरी दुर्इ प्रकारको छ। बाइबल, कुरान, त्रिपिटक भनेजस्तै पुराण पनि एक धार्मिक कथाले भरिएको एक ग्रन्थ हो। श्रुतिमा रहेका सत्यलाई राजाहरुका चरित्र, देवताहरुका वृत्तान्त र ऋषिमुनिहरुका उपाख्यानद्वारा कथा र्छलङ्ग पार्ने गुण पुराणमा छ। पुराणहरुलाई पछिल्ला युगका हिन्दू धर्म गुरुहरुले सर्वसाधारणलाई शिक्षा दिने साधनका रुपमा प्रयोग गरेका छन्। प्रल्हाद र धु्रवका अनेकौं सुन्दर कथाहरु पुराणबाटै आएका हुन्।

पुराणहरु १८ ओटा छन्। यिनमध्ये विष्णुपुराण र भागवत पुराण अत्यन्तै लोकप्रिय छन्। भागवत पुराणलाई त धार्मिक कल्पनालाई प्रभावित गर्न अति महत्त्वपूर्ण स्थान छ, त्यसैले यसलाई रामायण र महाभारतकै स्तरमा राख्ने गरिएको छ। पुराणमा निहित केही कथाका ऐतिहासिक आधार हुनसक्छन्। केही कथाहरु काल्पनिक छन्। यसमा नाटक र उपन्यासहरुमा जस्तै तथ्य र कल्पनाको सम्मिश्रण रहेको छ। धर्मशास्त्रमा ऐतिहासिक तथ्य भन्दा आदर्श सत्यका बारेमा उल्लेख छ। यिनीहरुको औचित्य ऐतिहासिक तथ्य माथि निर्भर गर्दैन र यो कुरा पुराणहरुमा रहेका विष्णुका विभिन्न अवतारहरुका वर्णबाट स्पष्ट हुन्छ।

पुराणहरुका उद्देश्य मानव विकासक्रममा इश्वरले गरेको सहायताको काल्पनिक चित्रण गर्नु हो। शास्त्रीय हिसाबले वेदलाई सृष्टि भन्दा पहिल्यै भनिएको छ। तर वैज्ञानिक मतले यो ५ हजार वर्षभन्दा पुरानो होइन भनिएको छ। संस्कृत भाषा लिपिबद्ध भएको ५ हजार वर्ष भएको आधारमा यसको प्रमाणिकता गरिएको हो। तर यसभन्दा अघि मन्त्रद्रष्टा ऋषिमुनिहरुका मुखबाट शिष्यहरुले सुन्ने र सुनाउने श्रुति परम्परा त्यतिखेर थियो। सुनेकै भरमा प्रसारित र संरक्षित हुँदै आइरहेको यस परम्परा श्रुति हो। यसपछि संस्कृत भाषामा लिपि लेखिन थालेदेखि वेद ग्रन्थाकारका रुपमा आएको मानिएको छ।  वेद र पुराण सृष्टिका उत्पत्तिकर्ता ब्रहृमाजीको निःश्वासद्वारा व्यक्त भएको ज्ञानलाई लिपिबद्ध गर्दै आएर पुस्तकका रुपमा तयार महान् कृति हुन्। भनिन्छ कि ब्रहृमाजीद्वारा व्यक्त गरिएको पुराण जसलाई अपौरुषेय ग्रन्थको रुपमा चिनिन्छ, त्यसमा सय करोड -एक अरब) श्लोक थिए। ती देवलोकमा अद्यावधि चर्चा हुन्छ।

पहिले पुराण अत्यन्तै ठूलो भएकोले पछि मात्र व्यासजीले सर्वसाधारणले सजिलैसित बुझून् भन्ने उद्देश्यले यसलाई १८ भागमा विभाजन गरिदिए। कूल श्लोकको संख्या ४ लाखमा झारे। व्यासद्वारा लेखिएको यो सानो आकारको ग्रन्थलाई पौरुषेय पुराण भनिन्छ, जबकि यसभन्दा अघि ब्रहृमाजीको मुखबाट मात्रै सुन्दै आइएको -अपौरुषेय) थियो। हालको युगमा ५ हजार वर्ष भन्दा पनि पुरानो यस ग्रन्थलाई बुझ्ने र भन्नेहरुले विभिन्न रुपमा लिएका छन्, सुनेका छन्। व्याख्या, अपव्याख्या गरेका छन्। तर यसको रचना जे जसरी सुकै भए तापनि यो नैतिक बल दिने ग्रन्थ हो, जसका माध्यमबाट अध्यात्मिक जीवनलाई सहज तुल्याउँछ। १८ पुराणमा विभिन्न खालका नैतिक शिक्षा दिने संवादयुक्त कथाहरु छन्। भौतिक जीवनमा अध्यात्म जसरी चल्दछ, त्यसरी नै यी विज्ञान व्यवहारतः मनमस्तिष्कमा पस्दछन्।

पुराणको अध्यात्म विज्ञानमा यसको अत्यन्तै महत्वपूर्ण छ। सिलसिलेबार क्रमिक तथ्य ज्ञानलाई विज्ञान भनिन्छ। पुराणमा पनि संवादका माध्यमद्वारा निकै नै ज्ञान प्राप्त हुन्छ। नैतिक दृष्टान्त प्रकाशित छ। मन र विचारलाई सहि ठाउँमा ल्याउछ। यसका अतिरिक्त पुराणभित्र ५ वर्णीय विषय छन् : सर्ग, प्रतिसर्ग, वंश, मन्वन्तर र वंशानुचरित। बाहृय आँखाले देखिने सम्पूर्ण जीव र वस्तुको उत्पत्ति प्रक्रिया र विकासक्रमको व्याख्याको विषय पुराणमै छ। यसलाई पुराणमा सर्गर्को नाम दिइएको छ। यस अन्तर्गत सृष्टिको सुरुवात र सृजन प्रक्रिया पृथ्वीलगायत पञ्चमहाभूत (आकाश, वायु, अग्नि, जल,पृथ्वी आदि) जीव, स्वेदज (पसिनाबाट उत्पन्न हुने जीव जस्तैः जुम्रा, किर्ना आदि) अण्डज (अण्डाबाट उत्पन्न जीव -चरा, सर्प, गोही आदि) हरु, र जरायुज (सालनालसहित जन्मने जीवहरु जस्तै बाँदर, मान्छे, आदि) का प्रादुर्भावका बारेमा उल्लेख गरिएको छ।

निश्चित समय व्यतीत गरेपछि कुनै वस्तु वा जीवको मृत्यु हुन्छ। आफ्नो आयु सकिनुलाई पौराणिक र संस्कृत भाषामा प्रतिर्सग भनिन्छ। प्रतिर्सग उत्पत्ति हुनु या सिर्जना हुनुको विपरीत प्रक्रिया हो। कल्प (समयावधि) को अन्त्यमा पुरानो वस्तु वा जीव विसर्जन (प्रलय) हुन्छ भन्ने जानकारी पुराणमा पाइन्छ। पुराणमा उल्लेखित ४ प्रकारका प्रलयमा नैमित्तिक, प्राकृत, आत्यन्तिक र नित्य हुन्।

पुराणमा राजाहरुको शासन पद्धतिको व्याख्या पाइन्छ। सृष्टिदेखि नै अधिपत्य जमाएका ती राजाहरुका भूत, वर्तमान, र भविष्यका सन्तान परम्परालाई वंशको संज्ञा दिइएको छ। त्यस ग्रन्थमा ऋषि, सुर, असुरका वंशहरुको वर्ण छ। मानव जातिको पुस्ताजस्तै उल्लेखित पात्रहरुका वंशलाई पुराणले अघि सारेको पाइन्छ।

पुराण अनादि कालदेखि सुनिदैं आएको कालखण्ड भएकोले अहिलेको जस्तो साल, महिना गतेको उल्लेख थिएन। काल गणनाका लागि मन्वन्तर शब्दद्वारा जनाइने चलन थियो। यो मन्वन्तर काल गणना बोधक शब्द हो। यसको वर्ण पुराणमै छन्। सत्ययुग, त्रेतायुग, द्वापरयुग र कलियुगलाई चर्तुयुग भनिन्छ। एक हजार युगमा चौध मन्वन्तर हुन्छन् र हरेक मन्वन्तरको अधिपति एक मनु हुन्छ। यस अनुसार वर्तमान कलियुगमा वैवस्वत मन्वन्तर चलिरहेको छ। मनु, देवता, मनुपुत्र, इन्द्र, सप्तषि र भगवानको अंशयुक्त अवतारको कालखण्डलाई मन्वन्तरको रुपमा चिनिन्छ।

पुराणमा राजवंश चरित्र उल्लेख छ। यसलाई वंशानुचरित भनिन्छ। देवता, ऋषि र राजाहरुको चरित्र सुन्न, जान्न लायक छ। राजाको वंश वैवस्वत मनुबाट सुरु भएको छ। मनुका पुत्रहरुबाट र्सूयवंश र पुत्री इलाको वंशबाट सोमवंशको पुस्ता प्रारम्भ भएको उल्लेख छ। र्सूयवंशमा मनुका प्रथम पुत्र इक्ष्वाकु थिए, त्यसपछि क्रमशः पृथु ४, मान्धाता, हरिश्चन्द्र, सगर, भगिरथ आदि राजा भए, यही परम्परामा राजा दीलिप भएका यसपछि रघु, अज, दशरथ, राम र लब, कुश भएको पुराणमा व्याख्या गरिएको छ। वंश परम्परामा अन्तिम राजा वृहद्धलको नाम आउँछ।

श्रीमद्भागवत गीता हिन्दु संस्कृतिको सर्वमान्य, नैतिक र आध्यात्मिक ग्रन्थ हो। यो महाभारतको एउटा अंश हो। यसमा १८ अध्याय र ७ सय पद्यात्मक निबन्ध छन्। ऐतिहासिक मान्यता अनुसार महाभारतको लडाइ सुरु हुनु पूर्व लर्डाईंकै मैदानमा श्रीकृष्णले अर्जुनलाई उपदेश दिएका छन्। यसमा हरेक श्लोकमा आस्तिकता सम्बन्धी शिक्षा छन्। गीतामा इश्वरलाई परम अस्तित्व मानिएको छ। जीवका सम्पूर्ण क्रियाकलापका नियन्त्रक इश्वर हुन् भनिएको छ। सम्पूर्ण भौतिक विश्व प्रकृतिबाट उत्पन्न भएको हो। प्रकृतिलाई गीतामा माया भनेर सम्बोधन गरिएको छ।

वेदको मुख्य विवेच्य आध्यात्मिकता हो। हिन्दू संस्कृतिको मूल ग्रन्थ वेद हो। वेदको शाब्दिक अर्थ ज्ञान भन्ने बुझिन्छ। यसबाट पृथ्वी, चन्द्रमा लगायतका आकाशीय पिण्डको स्वरुप, गति, प्रकाश, गुरुत्वाकर्षण, गुरुत्वबल आदिका बारेमा उल्लेख भएको पाइन्छ। यतिसम्म कि विरुवाले खाना बनाउने तरीका प्रकाश संश्लेषण, चन्द्रमाद्वारा अन्नको वृद्धि, चुम्बकीय ध्रुव परमाणु, विद्युत, शरीर निर्माण, संरचना, गुप्त ताप, ग्रहण, ओजोन तहको ज्ञान आदिका बारेमा व्याख्या छ। सूत्रात्मक रुपमा वेदमा उल्लेख भएको हुँदा यिनीहरुको अर्थ लगाउन र बुझाउन केही गाह्रो छ। तर पनि यी कुराको जानकारी यस्ता हजारौं वर्ष पहिले लेखिएको किताबी ज्ञानबाट पाउन सकिन्छ। समग्रमा भन्दा पुराणले कथाका माध्यमद्वारा नैतिक बल दिन्छ भने वेदले विभिन्न आविष्कारसम्बन्धी जानकारी दिएको पाइन्छ। आध्यात्मिक र भौतिक विकासका लागि यी ग्रन्थहरु सदा महत्त्वपूर्ण छन्।

- कल्याण पन्त