नेपालमा क्षय रोगको समस्या

क्षयरोग एक व्यक्तिबाट अको व्यक्तिमा सजिलै सर्न सक्ने सरुवा रोग हो। हाम्रो बोलिचालीको भाषामा टि.वि. अर्थात ट्यूवर क्युलोसिस भनेर बुझिन्छ। रोवट कोचले यो रोग पत्ता लगाएकोले मेडिकल भाषामा  यसलाइ कोच रोग पनि भनिन्छ। विश्वका जुनसुकै देशका मानिसहरुलाई पनि  लाग्ने यो रोग अल्पविकसित देशका मानिसहरुमा अझ बढी  पाइन्छ।

क्षयरोग शरीरका विभिन्न अंगहरुमा लाग्न सक्दछ। माइकोव्याक्टेरिया ट्युवर क्युलोसिम नामक व्याक्टेरीया बाट हुने यो सक्रमण मुख्य गरी पचहत्तर प्रतिशत फोक्सोमा र वांकी २५ प्रतिशत ग्रन्थी प्रणाली, आमाशय, मृगौला, मस्तिष्क, पाठेघर, कलेजो जुनसुकै अङ्गमा पनि लाग्न सक्दछ। केही वर्ष अगाडिसम्म धेरै व्यक्तिको जीवन नोक्सान गरेको यो रोगबाट पीडितको संख्या हाल बढी नै भएतापनि यसबाट मर्नेको संख्या भने विस्तारै घट्दै गएको पाइन्छ। नेपालमा ४० हजार मानिसहरु टि.वि.बाट ग्रस्त भएकोमा वाषिर्क ५ हजार देखि ७ हजार मानिसको मृत्यु क्षयरोग कै कारणबाट हुने गरेको छ। विश्वमा करीव एक तिहाई मानिसहरु क्षयरोगबाट पीडित छन् भनी तथ्याङ्कहरुले बताएका छन्।

कस्ता व्यक्तिहरुलाई क्षयरोग लाग्दछ –

विश्वमा अफ्रिका र एसिया महादेेशमा यो रोगले वढी प्रभाव पारेको छ। त्यस्तै रिफ्युजिमा काम गर्ने,धुवाँ धुलो मा बस्ने, सुर्इबाट लागु औषधी लिने, कुपोषणबाट प्रभावित , एच.आइ.भि एड्स भएका, रोग प्रतिरोध क्षमता कम भएका, मधुमेह र मृगौलाको सक्रमण भएका, केमोथेरापी लिएका, खान पान  र स्वास्थ्य सरसफाईमा बेवास्ता गर्ने, सडक, धुलो धुवाँ र घर भित्रको वायु प्रदूषणमा बस्ने मानिसहरु यो रोगबाट बढी प्रभावित भएको पाइन्छ। हाम्रो गाउँघरमा कतिपय परिवारको सम्पूर्ण सदस्यहरु एकै ठाँउमा सुत्ने प्रचलन यद्यपि छंदै छ। यस्तो समुदायमा एक व्यक्तिलाई क्षयरोग भएमा परिवारका सम्पूर्ण व्यक्तिलाई  क्षयरोगको जीवाणु श्वास प्रश्वासको माध्यमबाट सर्न गई सबैलाई रोगी बनाउँदछ। हाम्रो शहर बजारमा सवारी साधनमा हुने भिड भाडमा एक रोगी व्यक्तिले हजारौं व्यक्तिलाई रोगी बनाइरहेको हुन्छ। श्वास प्रश्वास, थुक छिटा, खकारबाट यो रोग सजिलै सर्न सक्दछ। यसका साथै क्षयरोग लागेको गाई भैसीको दूध खानाले पनि मानिसमा यो रोग सर्न सक्दछ। यसरी सर्ने क्षयरोगलाई बोभाइन टि.वि. भनिन्छ।

नेपालको सर्न्दर्भमा राष्ट्रिय क्षयरोग केन्द्रको सन् २०१६ को रिपोर्ट अनुसार क्षयरोग केन्द्रहरुमा  ३२ हजार ५६ जना विरामीहरुले उपचारको लागि नाम दर्ता गराएको उल्लेख गरिएको छ। त्यस्तै राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक शरदचन्द्र वर्माका अनुसार नेपालमा १५ देखि ४९ वर्ष सम्मका व्यक्तिहरुमा दैनिक २० जना मानिस क्षयरोग कै कारणबाट मृत्यु हुने गरेको बताइएको छ। क्षयरोगको जिवाणुहरुले शरीर भित्र प्रवेश गरी छिटो वृद्धि हुनसक्ने र यी जीवाणुहरुले मानिसमा रोग प्रतिरोध क्षमता घटाउने भएकोले पनि यसबाट मर्नेको संख्या वृद्धि भएको पाइन्छ।

क्षयरोग लागेमा के कस्ता लक्षणहरु  देखापर्दछन् –

यो अत्यन्त छिटो सर्ने रोग हो। मुख्य गरी फोक्सोमा असर गर्ने भएकोले फोक्सोको टि.वि. भएमा छाति दुख्ने, ३-४ हप्तासम्म लगातार खोकी लागिरहने रातमा ज्वरो आउने, रातमा पसिना बढी आउने, भोक नलाग्ने, थकित अनुभव हुने, खकारमा रगत देखा पर्ने र तौल घट्दै गएमा क्षयरोग लागेको हुन सक्दछ।

यदि समयमै रोग पत्ता लगाई उपचार हुन नसकेमा मेरुदण्डमा दुखाई बढ्दै जाने, जोर्र्नीहरु दुख्ने, जिवाणुहरु मस्तिस्क झिल्लीमा प्रवेश गरी मेनेन्जाइटिस हुने, मुटुमा, पेटमा पानी जम्मा हुने, फोक्सोको कार्यमा कमी आउने, मृगौला र कलेजोको समस्याहरु देखा पर्न थाल्दछन्। समयमानै उपचार नभएमा मृत्यू पनि हुन सक्दछ।

रोकथाम र उपचार

नेपालमा महामारीको रुपमा रहेको टि.वि. रोगको उपचारको व्यवस्था सन् १९३७ बाट टोखा अस्पतालबाट शुरु भएको हो। त्यसपछि सन् १९६५ मा टि.वि. नियन्त्रण कार्यक्रम सुरु भई टि.वि.का विरामी पत्ता लगाउने, रोग प्रतिरोध क्षमता विकास गर्न वि.सि.जि. खोप दिने, औषधी वितरण गर्ने जस्ता कार्यहरु विश्व स्वास्थ संगठन  र युनिसेफको संयुक्त सहयोगमा गरिदै आएको छ। नेपालमा क्षयरोगको समस्या विकराल रुपमा देखिएकोले  सन् १९८८ मा राष्ट्रिय क्षयरोग केन्द्र स्थापना गरी केन्द्रीय स्तरमा भक्तपुरमा र क्षेत्रीय स्तरमा पोखरामा जापानको सहयोगमा क्षयरोग केन्द्रको स्थापना गरी यसको नियन्त्रण र उपचारका कार्यक्रमहरु संचालन भई रहेका छन्। राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार हाल नेपालमा ४ हजार ३ सय २१ ओटा डट्स सेन्टरहरु र १४ ओटा मल्टिड्रग रेसिस्टेन्ट सेन्टर तथा प्रयोगशाला सेवा उपलब्ध गराइएको छ। त्यस्तै सन् २०२१ सम्म सबै जिल्लाहरुमा क्षयरोग पत्ता लगाउने विश्वसनीय प्रविधि पुर्‍याउने योजना भएको उल्लेख गरिएको छ।

यसरी सरकारी, गैह्र सरकारी संघ संस्थाहरुले क्षयरोग नियन्त्रण र उपचारका लागि विभिन्न कार्यक्रम संचालन गरिएको उल्लेख गरिएता पनि क्षयरोगबाट पीडितको संख्यामा खासै कमी आएको देखिदैन। प्रतिदिन २० जना व्यक्ति क्षयरोगकै कारण मर्नु भनेको ज्यादै दुःख लाग्दो कुरा हो। नेपालको क्षयरोग नियन्त्रण कार्यमा धेरै चुनौतीहरु छन। अव्यवस्थित शहरीकरण, परम्परागत वसाई,विषाक्त धुलो धुवाँको प्रदूषण, रासायनिक पदार्थको बढ्दो प्रयोग, खाद्य पदार्थहरुमा मिसावट र अशुध्द पानी,अस्वस्थकर आनीवानी र स्वास्थ सम्वन्धी चेतनाको अभावको कारण यो समस्या दिनदिनै  सम्वेदनशील बन्दैगएको छ।

त्यस्तै टि.वि.को औषधी निःशुल्क वितरण गरिएता पनि औषधी सेवन गर्ने व्यक्तिको अज्ञानता, लापरवाही र नियमित औषधी सेवन नगर्ने प्रवृत्तिका कारण उपचार उपलब्धिमूलक नभएको पाइन्छ। नियमित तीन महिना करिव २५ हजार रुपैँयाको औषधी खाएर संचो हुने सामान्य रोग विरामीको बीचैमा औषधी छाडने कमजोरीका कारण  पुनः रोग बल्भिmन जान्छ। जसको कारण  वषौर्को समय र सात आठ लाख रुपैँयासम्म उपचार खर्च लाग्ने तथा जटिल अवस्थामा पुगी मृत्यु नै हुन सक्ने सम्भावना पनि त्यति नै हुने गरेको पाइन्छ।

त्यसैले रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नै नदिनु उत्तम उपाय भएकोले नेपाल सरकारले क्षयरोग सम्वन्धी जानकारी प्रभावकारी रुपमा दिने र टि.वि. रोग विरुद्धको भ्याक्सीन वि.सि.जि.सबै बालबालिकाहरुलाई पुर्‍याउन सक्नुपर्दछ। नेपाल सरकार र स्वास्थ्यसंग  सम्बन्धित निकायहरुले र्सार्वजनिक ठाउँ, सवारी साधन, बाटो घाटोमा धुवाँ धुलो रहित बनाएर जनतालाई स्वच्छ हावामा श्वास फेरेर हिड्न पाउने वातावरण सृजना गरिदिनु पर्दछ। त्यस्तै व्यक्तिगत रुपमा खोक्दा, हाच्छ्यू गर्दा मुख छोप्ने, माक्स लगाएर हिंड्ने, रोग लागेको शंका हुनासाथ उपचारको व्यवस्था गर्ने र स्वास्थ्यकर्मीको सल्लाह बमोजिम नियमित औषधी सेवन गर्ने वातावरण निर्माण  गर्न सकेमा क्षयरोग सजिलै नियन्त्रण गर्न सकिन्छ।  अतस् राष्ट्रिय क्षयरोग दिवस २०७४ को सर्न्दर्भमा  “क्षयरोगबाट हामी सवै बचौं र अरुलाई पनि बचाऔँ।

- इन्दिरा पन्त