नेपालका जलयुक्त जमीन अर्थात् सिमसार

नेपालका विभिन्न स्थानमा धेरै ताल, पोर्चेरी, कुण्ड, दह आदि जस्ता प्राकृतिक जलट्यांकहरु छन्। उत्तरी हिमालय क्षेत्रबाट प्रवाहित भएर बगिरहेका खोला, नदीहरुले शोभा दिइरहेको छ भने कतै जम्मा भएर जमेका जल ट्यांकले पनि सुन्दरता थपिरहेका छन्। नदी, खोलानालाको बेग्लै महत्त्व छ भने ताल, पोर्चेरी, दहको छुट्टै अस्तित्त्व छ।

केही दशक अघिसम्म ताल वा पोर्चेरीमा घरपालुवा जनावरलाई पानी खुवाउने, आहाल बसाउने गरिन्थ्यो। यिनै वरपर जीवजन्तुहरुले आश्रय लिइरहेका हुन्थें। जहाँजहाँ चौतारा हुन्थ्यो, ती ती ठाउँमा एउटा पोर्चेरी अनिवार्य रुपले हुन्थ्यो। पछिल्लो क्रममा मानवीय गतिविधिले गर्दा ताल, पोर्चेरी पुरिँदै गए, बिना संरक्षण सुक्दै गए। अन्तमा सार्वजनिक हुँदै कतिपय जग्गा उपभोग गरेका आधारमा निजी जग्गामा परिणत गरिए। यही पोर्चेरी शब्दबाटै पोर्चेरा कालान्तरमा बन्न गएको भनाइ अद्यावधि छ। यस अर्थमा पोर्चेराको पूरै भाग चिसोभूमि हो।

चिसो भूमिलाई लिएर विश्वका पर्यावरणविद्हरुले ठूलो मेहनत र्चेर्चेका छन्। अरबौं धनराशि धेरै मुलुकहरुले छुट्याएका छन्। चिसोभूमि र जलयुक्त ताल, पोर्चेरी आदिका बारेमा चर्चा गरेका छन्। पानीले ढाकेको र चिसो भूमि भएको स्थानलाई सिमसार क्षेत्र भनिन्छ। सिम शब्द पर्सियन शब्दबाट लिइएको हो, जुनको अर्थ हुन्छ, कमसल जमीन। सार भन्नाले पानी भन्ने बुझिन्छ। यिनै सिम र सारको संयुक्त शब्दमा सिमसार भन्ने शब्दले चिसो जमीनको क्षेत्र बुझाउँछ। सन् १९९४ मा डा. विष्णु बहादुर भण्डारीले नेपालका लागि सिमसार शब्द प्रतिपादन गरेका हुन्।

नदीनाला, बाढक्षेत्र, ताल, तलाउ, पोर्चेरी, दह, कुवा, धाप, कुलो, नहर, प्राकृतिक तथा कृत्रिम जलाशय, दलदले, छिपछिपे क्षेत्र सिमसार हुन्। धापिलो जमीन, नदीबाट प्रभावित क्षेत्र, जलभण्डारण क्षेत्र र कृषि जमीनलाई समेत राष्ट्रिय सिमसार नीति २०५८ ले  सिमसार क्षेत्रलाई परिभाषित गरेको छ। विश्वमा ५० भन्दा बढी सिमसारका परिभाषा छन्। यस क्षेत्रको पानीको स्रोत वर्षा, मूल, बाढी र नदी हुन्। तराई क्षेत्रमा सिमसारको अवस्था मजबूत छ। एक तथ्याङ्क अनुसार दुर्इ सय बयालीस मध्ये एक सय ६३ सिमसार तराईमा छन्। नेपालका सिमसारको स्वामित्व विभिन्न निकाय र व्यक्तिमा निहित छ।

रामसार, सिमसार मिल्दाजुल्दा शब्द हुन्। रामसारले विश्व परिवेशमा निकै नै फड्को मारिसकेको छ। इरानस्थित एउटा सानो  शहरको नाम रामसार हो। सन् १९७१ फेब्रुवरी २ मा आणविक हतियार समुद्रमा राख्ने भन्ने एक अन्तर्राष्ट्रिय कानूनमा हस्ताक्षर गरिएको थियो। त्यसै बेलादेखि यसलाई रामसार महासन्धि, २०७१ बाट प्रसिद्ध छ। त्यसै बर्चेत  नेपालले पनि सहभागीको हैसियतले हस्ताक्षर गर्‍यो र पक्ष राष्ट्र कन्फरेन्स अफ द पार्टीबन्यो।  पक्ष राष्ट्रको सम्मेलन कम्तीमा ३ वर्षमा एक पटक हुन्छ।

रामसारमा आवद्धतापछि सिमसारको क्षेत्रको संरक्षण गर्नको लागि प्रत्येक पक्षराष्ट्रले योजनाको तर्जुमा र कार्यान्वयन गर्नुपर्ने दायित्व महासन्धिले नै तोकेको छ। सिमसार क्षेत्रमा पाइने वनस्पति र रुर्चेबिरुवाका अनुसन्धान र तथ्याङ्कको आदानप्रदान गर्ने जिम्मेवारी पनि महासन्धि अन्तर्गत पक्षराष्ट्रको रहेको छ। रामसार सचिवालयको मुख्य कार्यालय स्िवट्जरल्यान्डमा रहेको छ।

नेपालमा ७ प्रकारका सिमसारीय क्षेत्रहरु छुट्याइएका छन्, ताल तथा पोर्चेरी, तटीय क्षेत्रका चिसोभूमि, दलदलेभूमि, घोलढाप, पानी जम्मा गरिएको रह तथा नहर, हिमालयन चिसोभूमि र गहिरी धानखेत। नेपालमा अभिलेर्चे राखिएका २१ वटा तातोपानीका मूलहरु सिमसार क्षेत्रमा पर्दछन्। नेपालका केही सिमसार क्षेत्रले विशेष महत्त्व बोकेका छन्। सबैभन्दा उचाइ (४,९१९ मिटर) र ठूलो (३५४ हेक्टर) ताल तिलिचो हो। सबैभन्दा माथि उड्ने बार हेडेड चराको लागि प्रजनन स्थल  यही सिमसार नै मानिएको छ। त्यसरी नै सबैभन्दा ठूलो र अग्लो चरा (१.६४ मीटर) को बासास्थान ढापिलो भूमिनै हो। साइजोथोर्याक्स भन्ने सहर माछा पनि सबैभन्दा अग्लो स्थान  ३,३२३ मिटरमा पाइन्छ। गउच नामक २४० किलोग्रामसम्म हुने सबैभन्दा ठूलो माछा कर्णाली नदीमा नेपालीमा चेल्वा भनिने जेब्रा माछा (५० मिलिमिटर र तौल २.५ ग्राम) भएको माछा लाङटाङको खोलामा पाइन्छ।  नेपालको करिव ८ दशमलव ५२ प्रतिशत भूमि सिमसार क्षेत्रले ओगटेको छ। आइयुसियनको एक अध्ययन अनुसार नेपालमा ८९१ वटा स्थान सिमसारीय क्षेत्र हुन्। करिब ७ सय भौगोलिक नक्शाका आधारमा नेपालमा ५,३५८ वटा ताल भएको पुष्टि गरिएको छ। धेरै तालतलैया भएको  हुम्ला (३८१), ताप्लेजुङ (३८०), कपिलवस्तु (३५१), सोलुखुम्बु (३३९), डोल्पा (२१०), रुपन्देही (२८९), बाँके (२४३) र धनुषा रहेका छन्। उचाइका आधारमा नेपालका तालहरु निम्नानुसार वर्गीकरण गरिएको छ :

स्रोतः राष्ट्रिय ताल संरक्षण विकास समिति, नेपाल सरकार।

पोर्चेरा उपत्यकाका ९ वटा ताललाई रामसार सूचीमा सूचीकृत गरिएको छ। यी सूचीकृत फेवाताल, कमलपोर्चेरी वेगनास, रुपाताल, दिपाङ, मैदी, खास्टे, न्यूरेनी र गुँदेताल हुन्। यस अघि नै नेपालका अन्य कोशीटप्पु वन्यजन्तु आरक्ष, सोलुखुम्बुको गोक्याताल, रसुवाको गोसाईंकुण्ड, कपिलवस्तुको जगदिशपुर, मुगुको राराताल, कैलालीको घोडाघोडीताल, इलामको माइपोर्चेरी, चितवनको बीसहजारी ताल रामसारमा सूचीकृत भइसकेका छन्। हाल विश्वमा सन् २०१६ सम्म २ हजार २ सय ३१ रामसार सूचीमा संलग्न छन्। एक सय उन्नानसत्तरी राष्ट्रपक्ष सहभागी भएको यस सिमसारले २१ करोड ४९ लार्चे ३६ हजार पाँच हेक्टर जमिन रामसार क्षेत्रले ओगटेको छ।

नेपालका तालतलैयाहरु लाखौं वर्षका पनि छन्, कुनै शताब्दीऔंका छन्। मानव निर्मित ताल भने छोटा आयुका हुन्छन्। यिनीहरुको विलोपन हुनु मानव गतिविधि जिम्मेवार छन्। जलवायु परिवर्तन, भूक्षय, जलाधारका मुहान सुक्नु, अव्यवस्थित उपयोगका कारण तालहरु ह्रासका संघारमा छन्।

नेपालका सर्दार (वाँतर), बाह्रमुस, बोटे, दनुवार, दर, दुसाँध, गोंगी, झांगड, केवट, र्चेवास, (राझी), खुना, कुमाल, कुसहर (कुसाहा), माझी,  मल्लाह, मुखिया, (विहीन), मुसहर, पोडे, सहनी, सतार, सुनाहा र थारु तराई क्षेत्रमा बस्ने जातिहरु हुन्। यी २२ जातिहरुले व्यवसायहरु तालतलैयाकै क्षेत्रमा निर्भर छ। रैथाने तथा घुमन्ते प्रजातिका चराहरु नदी, ताल, पोर्चेरीकै क्षेत्रमा आउने गर्दछन्। मूल्यवान जडीबुटी, वन्यजन्तु, चराचुरुगी, माछा, कछुवा, गोहीलगायत अन्य कीटपतगका आश्रय स्थल सिमसार नै हो। खानेपानी, बिजुली उत्पादनमा पनि यसैको निकै भूमिका हुन्छ। त्यसरी नै हाँस, मत्स्यपालन, कमल आदिको खेतीपाती गर्न सिमसार क्षेत्र नभई हुन्न। दाउरा, घाँसपात, फलफूल, जंगली फलफूल आदिको लागि पनि यसको स्थान बेग्लै छ। मेरुदण्ड विहीन गँगटा, चिप्लेकिरा, गड्यौला, पुतली, आदि जस्ता जीवहरुको राम्रो वासस्थान यही क्षेत्र हो। सिमसारले गर्ने महत्त्वपूर्ण कार्य मध्ये नदीनाला, महान तथा अन्य जलस्रोतको पानीका गुणस्तर कायम गर्ने र निर्मलीकरण गर्ने मुख्य हो। यसले बाढी र भू-सतहमा बगिरहेको पानी सोस्ने, नदी र अग्लो जमीन बीचको मध्यवर्ती भागमा रहेको नदी तथा बाढीले ल्याएको ढुंगा, माटो रुर्चे, काठ, दाउरा, स्याउला, पातपतिंगरलाई रोकेर पानीको बहाव कम गर्दछ र तटीय क्षेत्रको नियन्त्रण पनि कम गराउँछ।

नेपालमा तालजस्ता सिमसारीय क्षेत्रलाई संरक्षण तथा सर्म्बर्द्धन गर्नको लागि प्राविधिक अध्ययन अनुसन्धान, गुरुयोजना निर्माण, तालको गहिराइमापन, व्यवस्थापन योजना निर्माण, पानीको गुणस्तर जाँच आदि जस्ता कार्यहरु राष्ट्रिय ताल संरक्षण विकास समितिले गदैं आइरहेको छ। मुलुकभित्र रहेका तालका तथ्यांक संकलन गर्ने, पर्यटकीय दृष्टिले तालको वर्गीकरण गर्ने, तालसम्बन्धी विभिन्न जानकारी उपलब्ध गराउने, विभिन्न प्रकारका कार्यक्रम गराउने आदि जस्ता कार्यहरु यस समितिले गरिरहेको छ।

अन्तमा सिमसार जीवनयापनका लागि अत्यन्तै महत्त्वपूर्ण छ। यसको सर्म्बर्द्धन र संरक्षणले जैविक विविधतामा समेत सकरात्मक प्रभाव पर्न जाने हुँदा सम्बन्धित निकायले यसलाई समयमै ध्यान दिन आवश्यक छ।

- कल्याण पन्त