नेतृत्वसीप र मानवीय कौशल

आजसम्म विश्वमा परिवर्तनका जति पनि छलाङ मारिएका छन्, ती सबै कुशल र अब्बल नेतृत्वबाट नै संभव भएका छन्। चाहे त्यो रुसको वोल्सेविक क्रान्ति होस, चाहे फ्रान्सको राज्यक्रान्ति होस वा बेलायतको गौरवमय क्रान्ति, अमेरिकी स्वतन्त्रता संग्राम, भारत छोड आन्दोलन वा युरोपको औद्योगिक क्रान्ति नै किन नहोस् सवै सफल नेतृत्वका कारक हुन्। सक्षम नेतृत्वले दीर्घकालीन दृष्टिकोण लिएर अरु माथि आफ्नो विश्वास जगाई अनुयायीहरुलाई लक्षित कार्य सम्पादन गर्न अभ्रि्रेरित गर्दछ। नेतृत्वसीप राष्ट्रनिर्माण र राज्यनिर्माण दुबैको पूर्वर्शर्त हो। यसलाई बृहत आर्थिक, सामाजिक, राजनीतिक र व्यवस्थापकीय आयामहरुको समग्रतामा हेर्ने गरिन्छ। राजनैतिक तथा प्रशासकीय संगठनलाई जीवन्त बनाउने प्रमुख विवेकशील सजीव पक्षको रुपमा यसको ब्याख्या र विश्लेषण गर्ने गरिन्छ।

नेतृत्व राजनीतिमा मात्र देखिने विषय होइन समाज परिलक्षित हरेक गतिविधिमा यसको स्वभाविक उपस्थिति रहने गर्दछ। विशेषगरी राजनीति र प्रशासन सरकार संचालनका २ महत्वपूर्ण आयाम भएकोले आज ती दुवै क्षेत्रमा विवेकशील नेतृत्वको उत्तिकै आवश्यकता वोध गरिएको छ। प्रशासक/व्यवस्थापकहरु निश्चित योग्यता प्रणालीका आधारमा प्रतिस्पर्धात्मक परीक्षाको माध्यमवाट सार्वजानिक प्रशासनमा प्रवेश गरेर नेतृत्व कला प्रस्तुत गर्न क्रियाशील रहेका हुन्छन् भने राजनैतिक नेताहरु योग्यता प्रणाली विना नै नेतृत्व सम्हाल्न आतुर रहन्छन्। अत सवै व्ववस्थापक नेता हुन् तर सवै नेता व्वस्थापक नहुनपनि सक्छन्। मुलुक सञ्चालन व्वस्थापक नेताबाट नै प्रभावकारी मानिन्छ जुन विगतमा खिलराज रेग्मी नेतृत्वको पूर्व प्रशासकहरु सम्मिलित सरकारको कार्यशैलीवाट नै स्पष्ट भैसकेको छ। कुशल नेतृत्वले अनुयायीहरुलाई प्रभावित गर्न सक्ने ल्याकत राख्ने भएकोले साधारण व्यक्तिवाट पनिअसाधारण कार्य सम्पादन गराउन सम्भव हुन्छ। शासकीय शक्तिको स्रोतका रुपमा रहेका जनताबाट छानिएको नेतृत्व जनताकै नियन्त्रण र निर्देशनमा चल्दछ। अतः एउटा जननिर्वाचित नेताले सही नेतृत्व कौशल प्रदर्शन गरेमा मात्र जनताको सच्चा सेवक बन्न सक्दछ।

नेतृत्व राजनैतिक क्षेत्रका लागि मात्र आवश्यक र उपयोगी हुन्छ भन्नु नेतृत्वलाई नबुझेको वा कमबुझेको अवस्था हो। सार्वजानिक प्रशासन सञ्चालन गर्ने सार्वजनिक संगठनलाई सही तरिकाले अघि बढाउदै कर्मचारीहरुलाई परिचालन गरी संगठनको लक्ष्य प्राप्तिका लागि क्रियाशील गराउन कुशल नेतृत्व आवश्यक हुन्छ। कुशल प्रशासकले राम्रा कर्मचारीहरुबाट वढी उत्पादन लिने मात्र होइन साधारण कर्मचारीहरुबाट पनि असाधारण उत्पादन लिन सक्दछन्। वास्तवमा नेतृत्व अर्थात नायकत्वले सांगठनिक लक्ष्य प्राप्तिमा आवश्यक सहयोग र समर्थन जुटाउनुका साथै कार्यसरलीकरण र प्रोत्साहन प्रदान गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।

तीन किसिमका नेतृत्व मध्ये तानाशाही नेतृत्व बढी निंरकुश हुन्छ जसले र्एकर्तर्फी संचार मात्र उपयोग गर्दछ। अरुलाई दबाएर आफूलाई सवेसर्वा  ठान्दछ। डर,त्रास र सजायबाट उत्प्रेरित गर्दै सदस्यवाट आज्ञाकारिता चाहन्छ। नेपोलियन बोनापार्ट, कार्ल मार्क्स जस्ता नेतृत्वलाई यस अन्तर्गत राख्न सकिन्छ। उता चामत्कारिक नेतृत्वले आफ्नो कलात्मक ल्याकत उपयोग गरेर अरुलाई प्रभावित गर्दछ। महात्मा गान्धी, अब्राहम लिंकन जस्ता नेतृत्ववर्गहरु यस अन्तर्गत पर्दछन्। त्यसैगरी प्रजातान्त्रिक नेतृत्वले समूहबाट विचार र सुझाव लिने, बहुमतको निर्ण र अल्पमतको कदर गर्ने, दुर्इतर्फी संचार मार्फत अनुयायीहरुलाई विश्वासमा राखी समूहलाई उत्पे्ररित गर्ने गर्दछ। नेल्शन मण्डेला, आङसाङ सुकी जस्ता नेतृत्व यस अन्तर्गत पर्दछन्। वास्तवमा नेतृत्व सफल हुन कुनै नयां कामगर्नु पर्दैन, केवल नयाँ ढंगले काम गरिदिए पुग्छ। पछिल्लो समयमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको नेतृत्वलाई एउटा चमत्कारिक नेतृत्वको रुपमा इंगित गर्न सकिन्छ। उहाँले रातारातविद्युतउत्पादन गरेर मुलुकमा लोडसेडिङ अन्त्य भएको होइन कि भइरहेको विद्युत ठाउँ विशेष अनुसार वितरणको व्वस्थापन गरेर अन्त्य भएको हो। झण्डै १० हजार कर्मचारी परिचालन गरेर आज मुलुकमा लोडशेडिङ अन्त्य मात्र होर्इन विद्युत सम्बन्धी सम्पूर्ण सेवामा सुधार भएको छ। परिणामतः मुलुकको आर्थिक बृद्धिदर ७.२ प्रतिशतपुगेको छ।

भनिन्छ एउटा नेतृत्वले सवैलाई माया गर्न नसके पनि उचित न्याय गर्न सक्नु पर्दछ। एउटा असल नेतृत्व कस्तो हुनुपर्छ भन्न्ो कुरा समय,सर्न्दर्भ र समाज अनुसार फरक पर्दछ तथापि समग्रमा परिवर्तनमुखी सोच, परिणाममुखी दृष्टिकोण, ग्राहकमुखी लक्ष्य, समय प्रति सचेत, रणनितिक योजनाकार अनि कुशल वार्ताकारयुक्त गुण हुनु सान्दर्भिक हुन्छ। त्यसैगरी कामप्रति प्रतिवद्ध,अनुयायीहरुलाई आत्मसात गर्न सक्ने, इमान्दार अन्वेषक,विश्लेषक, सहभागितामूलक व्वस्थापक,ग्रिन लिडरसीपयुक्त, द्वन्द्व व्वस्थापक, प्रभावकारी सञ्चारसीप भएको ,नवीन मान्यता र प्रविधिसंग परिचित विविध विषयवस्तुको जानकार, छिटो कुरा वुझ्ने र वुझाउन सक्ने ल्याकत भ्ाएको सहनशील, सिर्जनशील र उर्जाशील नेतृत्व पछिल्लो समय सर्न्दर्भमा बोध भएको छ। प्रविधिले फड्को मारेको वर्तमान परिवेशमा असल नेतृत्वबाट कार्य सम्पादन गराएर समाज अनि संसार परिवर्तन संभव छ।

समाज विज्ञानका कुनै पनि विषयमा सर्वस्वीकार्य र सर्वकालिक अवधारणा हुँदैन। परिस्थितिजन्य र सामाजिक संकेतबाट सामाजिक कार्य प्रभावित हुन्छ। कतिपय व्यक्तिहरु गुज्रेको परिस्थिति र पृष्ठभूमिमा कामगरिरहेका हुन्छन्। त्यसैले भिन्न परिस्थितिमा भिन्न व्यक्तित्व भएको व्यक्ति सबल नेतृत्वदायी भूमिकामा फिट हुन्छ। नेतृत्वको यो वा त्यो ढाँचा र अवधारणा हुँदैन। यसलाई केवल परिस्थितिले मागेको हुन्छ। नेपोलियन बोनापार्ट र बिष्मार्क खास परिस्थितिका सिर्जना हुन्। त्यसैगरी महात्मागान्धी र लालु यादवको स्वाभाव भिन्न भएपनि दुबैलाई परिस्थितिले सफल बनाएको हो। अनि अरबिन्द केजरीवाल र नरेन्द्र मोदी खास परिबवेशका उपज हुन्। नेपाल राष्ट्रका निर्माता पृथ्विनारायण शाह पनि तत्कालीन अठारौं/उन्नाईसौं शताब्दीका असल नेतृत्वका रुपमा चिनिएका युग पुरुष हुन्। त्यस्ता भिजनरी नेतृत्वबाट आजका नेतृत्व वर्गहरुले उदाहरणीय पाठ सिकेर नमूना नेपाल निर्माण गर्न अब रत्तिभर बिलम्ब गर्नु हुँदैन। समय, समाज र सर्न्दर्भ अनुसार नमूना नेतृत्व जन्माउन नेपाल आमा सधैं गर्भवती रही रहून्। साँच्चिकै नेपालमा दूरदर्शी नेतृत्वको अभावमा राजनैतिक र प्रशासनिक क्षेत्र गन्तव्यहीन भएको छ। मुलुकले लिएको दीर्घकालीन दृष्टिकोण पूरा गर्ने संकल्पवान र प्रतिबद्ध क्रियाकलाप व्यवहारमा सहज रुपमा अवतरण हुन नसक्दा विकासमा निकै पछाडि परेको अनुभूत भएको छ। नेपाल भन्दा धेरै पछाडि परेको मुलुक मलेशियाले महाथिर मोहमदको करिस्म्याटिक नेेतृत्व पाएर आज एशियाको शक्तिमान मुलुक बन्न गएको छ। दोश्रो विश्व युद्धसम्म बेलायतसंग ऋण काढेर चल्ने मुलुक संयुक्त राज्य अमेरिका कुशल नेतृत्व पाएर आज विश्वको सर्वशक्तिमान आर्थिक शक्ति बन्न सफल भएको छ। दोश्रो विश्वयुद्धमा उठ्नै नसक्ने गरी थला परेको जापान कुशल नेतृत्वबाट नै आज सर्वगुणस्तरसम्पन्न विकसित मुलुकको रुपमा स्थापित भएको छ। ब्रिटिश साम्रज्यबादको अधीनस्थ मुलुक भारत र कसैको दवाव र प्रभावमा नपरेको नेपाल बीच पनि आज अतुलनीय अन्तर रही आएको छ। सन् १९४७ मा स्वतन्त्र भएको भारत हामी भन्दा कैयौं गुणा विकसित भएको छ। नेपालले विगतमा राष्ट्र निर्माता पृथ्विनारायण शाह, महेन्द्र शाह, समाजवादी विचारक वि.पि.कोर्इराला लगायतका दूरदर्शी नेतृत्व पाउदा एकीकरण र विकासमा केही फड्को मारेता पनि आज दूरदर्शी नेतृत्वकै अभावमा अति कम विकसित मुलुकको रुपमा रहनु परेको छ। विविध प्राकृतिक श्रोत र साधनको भण्डारमा हिमाल, पहाड र तराईको विषमता रहेको छ। १० धर्मावलम्बी, १२५ जातजाती, १२३ भाषाभाषी एवं संस्कृतिहरुको संगमस्थल नेपालमा रम्न, जम्न र चलायमान हुन सक्ने रोल मोडल नेतृत्व मौजुदा राजनैतिक र प्रशासनिक क्षेत्रका लागि अति जरुरी भैसकेको छ। समुन्नत र समृद्ध नेपाल निर्माणका लागि आकांक्षलाई कार्य नतिजामा रुपान्तरण गर्न सक्ने अब्बल ऊर्जाशील नेतृत्व आज नितान्त आवस्यक छ।

(लेखक तनहुँ जलविद्युत आयोजनाका प्रशासकीय अधिकृत हुन्। सं.)

- भोला शर्मा