नृसिँहधाम – मोदी वेनी एक चर्चा

हिन्दु धर्म शास्त्रहरूमा तीर्थको ठूलो महत्व वताइएको छ। तीर्थ भन्नाले गण्डकी का घाटहरू, भगवानको अवतार भएको र लीलाभएको स्थललाई पनि मानिन्छ। यस्तैगरी कुनै भगवानका व्रि्रह (मूर्ति) उत्पन्नभई प्राचीनकाल देखि नै उपासनाहुँदै आएको स्थानलाई पनि तीर्थको रुपमा मानिदै आएको छ। सन्त महात्मा, सद गुरुको जम्म र लीला स्थल पनि तीर्थस्थल हो। नेपालका प्राय सबै जिल्लामा तीर्थस्थलहरू छन्। तर ती स्थलहरूको महत्व बारेमा थोरै मात्र जानकारी प्रकाशमा आएका छन्। हामी तीर्थ गर्न प्रायः भारतमा नै जान्छौँ। यसरी नेपालमा नै भएका तीर्थस्थलको महत्वलाई प्रकाशमा ल्याई उचित संरक्षण गर्न सके ती क्षेत्रहरूको विकासमा सहयोग पुग्छ।

नेपालका विभिन्न तीर्थस्थलमा नै साधनागर्ने सिलसिलामा    गायत्री साधनाका लागि मोहन के.सी, सोभित सारु, चिनबहादुर तिमिल्सिना सरद के.सी सहित म हालै काली गण्डकी र मोदी गण्डकीको संगम स्थलपर्वत जिल्लाको मोदी वेनी घाट नजिकै रहेको नृसिंह धाममा पुगेकाथियौं।

नृसिंह धाममा भगवान नृसिंहको मन्दिर रहेको छ। भगवान नृसिंह भगवान नारायणको अवतार भएकोले वैष्णव परम्परा अनुसार पुजाआजागर्ने र आरतीगर्ने गरेको पाइयो। त्यस मदिरमा स्थापित भगवान नृसिंहको व्रि्रहको रुपमा  शाल्रि्राम राखिएको छ। यो शाल्रि्राम भगवान नृसिंहको शिरोभाग सँग मिल्दो जुल्दो छ। शालीग्रामको बीचको खण्डमा मुखको भागमा मुख खोलिएको छ। प्राकृतिक रुपमा न मुख खोलिएको छ। प्राकृतिक रुपमा नै शाल्रि्राममा यो आकृति वनेको पाइन्छ। यसरी शाल्रि्राममा प्राकृतिक रुपमा नै नृसिंह भगवानको आकृति वनेको हुनाले सो शाल्रि्रामलाई मन्दिरको पूजा स्थानमा राखी पूजागर्ने परम्परा त्यहाँ रहेको पाइन्छ।

मोदी वेनी स्थित सो मन्दिर कहिले वन्यो र पूजाआजाको क्रमकहिले देखि चल्यो भन्ने सम्वन्धमा एकीनका साथ भन्न नसकिने भएतापनि सो मन्दिरमा राख्एिको एक शिलालेखमावि.सं. १८९० सालमा स्व जयराम वैरागी द्वारा मोदी वेनीमा स्थापित नृसिंह भगवानको मन्दिरको जिणेद्धार निजकै सन्तति प्रेमदास वैरागीबाट भएको भन्ने व्यहोरा उल्लेख गरिएको पाइन्छ। हाल सो क्षेत्रको संरक्षण र विकास गर्न एक समिति गठन भएको र त्यस समितिका उपाध्यक्षका अनुसार सो क्षेत्रमा नृसिंह भगवानको पूजागर्ने परम्पराका सम्बन्धमा निम्न धारणा रही आएको पाइयो।

‘वि.सं. १८९० सालमा भारतको वृन्दावनबाट मुक्तिनाथ जाने उद्देश्यले जयराम वैरागी नेपालमा आए। त्यस वेला यातायातको साधन नभएकाले ठाउँ ठाउँमा वास वस्दै यात्रागर्नु पर्दथ्यो। त्यसैले त्यही क्रममा उनी मोदी वेनी आए। मोदी र काली गण्डकीको संगम रहेको सो स्थान उनलाई ज्यादै मन पर्‍यो। त्यसैले त्यही पिपलको वृक्ष मुनि वास वस्ने उद्देश्यले उनले आफुसँग रहेको चिम्टा गाडे। चिम्टा गाड्नका लागि उनले जमिन खन्दा त्यँहा शाल्रि्राम फेलापर्‍यो। सो शाल्रि्राम हाल मन्दिरमा स्थापित शाल्रि्राम थियो।

उनले सो शाल्रि्राम साथमा लिएर मुक्तिनाथ र दोमादर कुण्डको यात्रा गरे। दामोदर कुण्डको यात्रा गर्दा त्यहाँ केही अन्त्यन्त आकर्षक शाल्रि्राम पनि उनले फेला पारे। त्यसपछि ती शाल्रि्राम लिएर उनी फेरि फकेर मोदी वेनी आए। राति त्यहाँ नै उनलाई सपनामा एक संकेत आयो। सपनामा भगवानले उनले पाएको शालीग्राम नृसिंह भगवानको भएको र आफु सोही स्थानमा वस्ने चाहेको हुँदा जयराम वैरागीलाई त्यही मन्दिर बनाई बस्नु र वैष्णव परम्परा अनुसार पूजा गर्न, भनी आदेश भएकाले उनले आफु वृन्दावन नर्फकी त्यहीँ नै ढुङ्गा, काठ, र खरको एक सानो मन्दिर बनाई सो शालीग्राम स्थापना गरी बसेको र आफु बस्नका लागि कुटी समेत निर्माण गरेको वुझिन्छ। वैरागी द्वारा स्थापित सो मन्दिरमा हाल वैरागीद्वारा नै पूजारीको रुपमा पूजा गर्ने परम्परा रहेको पाइन्छ। हाल सो मन्दिरको सरक्षण गर्न बनेको समितिमा गोपाल दास वैरागी अध्यक्ष रहेका छन् भने टिकाराम दास वैरागी पूजारी रहेका छन्।

यस मन्दिरको परिसरभित्र  भगवानशिवको मन्दिर पनि रहेको छ। सो शिवमन्दिरमा रहेको एक शिला लेखकाअनुसार वि.सं. १९७१ मा सिरुवारी स्य·जा निवासी स्व.धर्मराज गुरुङकी प्रथम पत्नी काठमाडौं ज्याठा निवासी अन्तलक्ष्मी गुरुङले शिवालय र पाटी निर्माण गरी नित्य पूजाका लागि ४० मुरी माटोको खेत गुठी राखेको भन्ने व्यहोरा उल्लेख गरिएको छ। सो मन्दिरको पूजा पनि नृसिंह मन्दिरकै पुजारीबाट हुँदै आएको पाइन्छ। नृसिंह मन्दिरमा बैष्णव पद्धति अनुसार पूजा हुँदै आए तापनि शिवपूजाको पद्धति जान्ने र रुद्री समेत गर्न सक्ने छुट्टै पुजारीको व्यवस्थाहुनु पर्ने अनुभूति गरिएको पाइयो। सो मन्दिर परिसरमा भगवान गणेश, हनुमान र कालिनागको समेत पूजा अर्चना हुँदै आएको देखिन्छ।

सो क्षेत्रको विकासका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले २०६६ साल चैत्रमा त्यहाँ बालसन्त जगदगुरु मोहन शरण देवाचार्चको सकृयतामा विशाल महायज्ञको आयोजना गरिएको र महायज्ञको सिलसिलामा एक लाख २५ हजार गौ माताको दूघबाट १ हजार ८ शाल्रि्रामको अभिषेकगरिनुका साथै भागवतभाष्कर कमलनयन बाट पुराण वाचन गरिएको अभिलेखबाट देखिन्छ। सो महायज्ञबाट संकलित रकमबाट ‘शाल्रि्राम सत्सँगभवन र घाट सम्म पुग्नका लागि सिँढीको निर्माण भएको छ।

वर्षाको समयमा गण्डकीमा वाढी आई श्रद्धालु भक्तजनलाई स्नान गर्न कठिनाइ नहोस भन्ने उद्देश्यले १०८ गौ मुखीधाराको निर्माण भएको छ र काली गण्डकीको जलविद्युतीय प्रणलीबाट ठेकींमा जम्मा गरी सो धारमा २४ सै घण्टा जल प्रवाहितहुने व्यवस्था मिलाइएको छ। गण्डकीमा खास गरी पर्व पर्वमा स्नान दान र श्राद्ध गर्ने गरिन्छ भने मृत्युपछि अन्तिम संस्कार गरिन्छ। अधिकांश गण्डकी र नदीमा स्नानगर्ने र मृत्यु संस्कार गर्ने स्थल एउटै हुन्छ। स्थानले गर्दा स्नान र श्राद्ध गर्ने हरूलाई समस्या पर्ने गरेको पाइन्छ। यसैले तथ्लाई ध्यानमा राखी स्नान गर्ने घाट र दाह संस्कार गर्ने क्षेत्र छुट्टा छुट्टै वनाइएको छ।

यस क्षेत्रमा केही कल्पवासीहरू पनि छन्। यी कल्पवासीहरूमा अधिकांश निम्बार्क सम्प्रदाय अन्तरगतका बैष्णवहरू छन्। यहाँका कल्पवासीहरूले मन्दिरमा भजनकीर्तन गर्ने र अन्य साधना आफनै कुटीमा गर्ने गरेका छन् भने खाना लगायत आवास खर्च व्यक्तिगत रुपबाट नै व्यवस्था गर्ने गरेका छन्।

यस क्षेत्रको अर्को विशेषता भनेको यहाँ १०८ तुलसी मठ वनाइएको छ भने निकट भविष्यमा नै ६४। शिवलि·को स्थापना गर्ने तयारी भइरहेको छ। श्रावण महिनामा मोदी वेनी वा, गण्डकीको जललिई वोलवम गर्ने परम्पराको विकास पनि हुँदै गएको छ।

त्यस मन्दिर विकास समितिका सदस्यहरूको भनाइ अनुसार सो मन्दिरमा नित्यपूजाको व्यवस्थाहोस् भनेर ८० मुरी माटोको जग्गा गुठी राखिएको छ। शुरुमा यस मन्दिरको जग्गा प्रशस्त भएतापनि सो जग्गा अतिक्र्रमण गरी घरवनाई वसेको हुँदा हाल ८० मुरी माटो मात्रकायम हुन गएको हो।

यहाँ बैशाख संक्रान्ति, माघे संक्रान्ति र नृसिंह चतुर्दशीमा मेला लाग्ने गरेको छ। यस मन्दिर परिसरमा आउने भक्तजनहरूकालागि २/३ दिन सम्म वस्न र प्रसाद ग्रहण गराउने व्यवस्था हुँदै आएको पाइन्छ। यस मोदी वेनी घाटबाट पारि जानकालागि छिटै नै सरकारी स्तरबाट झोलँुगे पुल वनाउने योजना रहेको र सो पुल निर्माण पश्चात् गण्डकीको उत्तर तिर रहेको क्षेत्रमा जेष्ठ नागरिक आवास निर्माण गर्ने योजना रहेको पाइयो। कुस्मा बजारबाट यस क्षेत्रमा पैदल आइपुग्न बाटो भएपनि सवारी साधन समेत आइपुग्ने कच्ची सडक व्यवस्था रहेको छ। कल्पवासीहरू प्रायः वृद्ध अवस्थाका हुने र निजहरूको स्वास्थ्य परीक्षण समय समयमा त्यही आश्रममा हुने व्यवस्था भईदिए र यात्राको व्यवस्थासमेत गरी हरेक दिन दिउँसो आध्यात्मिक प्रवचन र भजनको व्यवस्थाभई  दिएहुन्थ्यो भन्ने कल्पवासीहरूको भनाई रहेको छ।

- विष्णु प्रसाद श्रेष्ठ