निर्वाचनमा प्रकट भएका ओली, देउवा र प्रचण्ड र्याक्टर

निर्वाचन सम्पन्न भएका तीनै प्रदेशहरुको सम्पूर्ण मतपरिणाम आएपछि यसका कारण र प्रभाव सम्बन्धमा रौचिरा विश्लेषण हुने नै छन्। यी पंक्ति लेख्दासम्मका परिणामले अहिले संसद्मा काँग्रेस, एमाले र माओवादी केन्द्रको जुन पोजिसन छ र चलन चल्तिमा तीन ठूला दल भनी हाम्रो राजनीतिको शक्ति समूहमा चर्चा गरिन्छ करिब त्यसैका वरिपरीको परिणाम आउने देखिएको छ। तथापि केही प्रवाह र प्रवृत्ति यो निर्वाचनमा प्रकट भएका छन्, त्यसको विश्लेषण र विवेचना भने गनैपर्ने हुन्छ।

नेतृत्वभन्दा मतदाता सैद्धान्तिक :

केही वर्ष अगाडिसम्म राजनीति निश्चितवाद र सिद्धान्तसँ’ग जोडिएको हुन्थ्यो, त्यो अब समाप्तप्रायः भएको छ। यो नेपालको मात्रै प्रवृत्ति होइन, विश्वमै औपचारिक राजनीति व्यवहारवादी र उपयोगवादी बनेको छ। चीनका दिवंगत नेता देङ सियाओ पिङको एउटा भनाइ छ-’बिरालोको रंग सेतोहोस् वा कालो जुनले मुसा मार्छ त्यही पाल्नु पर्छ।’ देङको यो भनाइ जुन सिद्धान्तले फाइदा गर्छ, उन्नतिको पथमा लैजान्छ, उही ठीक छ। पुँजीवाद कि मार्क्सवाद भनेर अल्भिmने होइन भन्ने हो।

नेपालका पार्टीरुले गरेको गठबन्धन देङकै भनाइजस्तो हो-जसरी हुन्छ चुनाव जित्ने। एमाले राप्रपाबीचको उपत्यकाको गठबन्धन र काँग्रेस-माओवादी केन्द्रबीच भरतपुर महानगरपालिकाको चुनावी गठबन्धनलाई मतदाताले भने अस्वीकार गरे। कारण छ यसको पछाडि। पहिलो कुरा, यो गठबन्धन कुन साझा लक्ष्य प्राप्त गर्न भएको हो भन्ने सैद्धान्तिक आधार पनि प्रष्ट छैन। ललितपुरमा एमालेको उम्मेदवार नै नरहेको उपप्रमुखको सूर्य चिन्हमा मतदान हुनु र भरतपुरमा नगर प्रमुख पदमा रुख चिन्हमा तेत्रो धेरै मत पर्नु मतदान शिक्षा नपुगेरमात्र होइन बरु असैद्धान्तिक र थोपारिएको गठबन्धनविरुद्ध मतदाताको व्रि्रोहका रुपमा बुझिनु पर्छ।

गठबन्धनको सँस्कृतिले चुनावमा काम नगर्नाको आर्थिक पक्ष पनि छ, हाम्रो समाजमा। हाम्रो राष्ट्रिय आर्थिक क्रियाकलाप र औद्योगिक लगानीमा जहाँ साझेदारी छ, संयुक्त लगानी त्यो कहिल्यै फष्टाउन, सफल हुन सकेन। संयुक्त लगानीकर्तामध्ये जुन चलाख छ, चलाखभन्दा पनि छट्टु छ। त्यसैले लगानी चढ्काएर हिंड्छ संयुक्त लगानी हो, टीमवर्क र जिम्मेवारी लिएर उद्योग व्यवसाय काम गर्नुपर्छ मुनाफा बाँडौला भनेर प्रतीक्षा गर्दैन, धैर्यता लिदैन र इमान्दारी पनि हुँदैन। यसको प्रतिविम्ब हो। चुनावी गठबन्धन गर्ने, अरुको भोट लिने तर वाचाअनुसार आफ्नो चाँही नदिने। यो प्रवृति यसपटक पनि प्रदर्शन भएको छ।

ओली देउवा र प्रचण्ड फ्याक्टर :

यो चुनावको अहिलेसम्म प्रकाशित नतिजा नियाल्दा सहरी क्षेत्रमा एमाले पार्टीले अग्रता पाउने निश्चित प्रायः देखिएको छ। एमालेले अग्रताका केही निश्चित कारणहरु छन्। तर, ती कारणहरुमध्ये ओली र्याक्टर प्रधानरुपमा प्रकट भएको छ।

संविधान जारी भएपछि ओली वामपन्थी महागठबन्धनको नेता नै बने प्रधानमन्त्रीका रुपमा। उनले जुन दृढताका साथ भारतीय नाकाबन्दीको सामना गरे, त्यो नेपाली राष्ट्रवादको प्रतिनिधित्वको रुपमा सम्झना रहेकै छ। र, यसै सरकारमा रहेका एमालेका अर्थमन्त्रीले वृद्ध भत्ता दोब्वरमात्र गराएनन्, कर्मचारीको तलब भत्ता पनि हृवात्तै बढाइदिएका हुन्। यो नेपाली मध्यम वर्गीय परिवारलाई मात्रै होइन, अन्य तहलाई पनि आकषिर्त गर्ने कुरा हुनु स्वभाविक हो। जनयुद्धबाट सरकार बनाउन आइपुगेका अर्थमन्त्री डा बाबुराम भट्टराईले पनि अनौपचारिक व्यवसायलाई करको दायरमा ल्याई राज्यकोष त बढाएका हुन् तर पपुलर बजेट भने दिन सकेका होइनन्।

ओलीले आफ्नै पार्टीभत्र पनि यति ठूलो प्रभाव कायम गरे कि उनी एउटा अजम्मको रुख हुन् र माधव नेपाल, झलनाथहरु पोथ्रा पोथ्रीमात्रै प्रतीत हुन्छन्। यी सबै कुराको प्रभाव अर्थात् चुनावमा ओली र्याक्टरले राम्रै  काम गžयो, क्यास गर्न सफल पनि भए। ओली राष्ट्रवादले मध्यमवर्गलाई आकषिर्त गžयो।

यो चुनावमा देउवा र्याक्टरले पनि कम काम गरेको छैन। हुन त तलदेखि माथिसम्मका काँगे्रसीहरु हारको दोष सभापति देउवाको कामलाई दिने गरेको सुनिन्छ। तर, उनीहरुले के बुझ्दैनन् भने ओली नेतृत्वको वामपन्थी महागन्धनलाई फुटालेर प्रचण्डको नेतृत्वमा गृहसहितका मन्त्रालयहरु लिएर काँग्रेस-माओवादी केन्द्र गठबन्धन सरकार नबनेको भए भारतमा मोदीले ‘काँग्रेसमुक्त भारत’ को नारा बुलन्द गरेझै ओलीले पनि ‘काँग्रेसविहीन नेपाल’ को नारा दिने थिए। काँग्रेसको यो पेाजिसन पनि आउन मुस्किल थियो। काँग्रेसले नै यो सरकार परिवर्तनको देउवा र्याक्टरलाई कम बुझेका छन्। ओली नेतृत्वको वाम गठबन्धनले संयुक्त उम्मेदवार ‘एक ठाउँ एक वाम’ उठाएको भए काँग्रेस साफ हुने थियो।

आईजीपी वा महाभियोग प्रकरण त चुनावमा कुनै एजेण्डा नै बनेको होइन। वैशाख १९ गतेको नवराज सिलवालको मुद्दा फैसला हुने पेशी र तत्पश्चात गोविन्दराज जोशी भ्रष्टाचारका मुद्दा जुन प्रधानान्याधीश कार्कीले अग्रताका साथ राखेकी थिइन्, त्यसलाई तत्काल र्टार्नु थियो, देउवाले। माओवादीलाई साथ लिएर महाभियोगको अस्त्रले ती सबै पछि धकेल्न सफल भए। कमसेकम काँग्रेसहरुले यति कुरा बुझेकै हुनु पर्ने हो। देउवाले आफू बदनाम भएर काँग्रेसलाई फाइदा दिलाए।

प्रचण्ड र्याक्टर पनि कम देखिएन, यो चुनावमा। संविधान जारी भएलगत्तै माओवादी पार्टीा दोश्रो वरियतामा रहेका भट्टराईले पार्टीफुटाले। नयाँ शक्ति, पुरानो शक्ति जे नाम लिए पनि भट्टराईले माओवादी नै फुटाएका हुन्। वैद्य, विप्लवहरु पहिल्यै अलग भइसकेका थिए। यस्तो टुटफुटको बाबजुद माओवादी केन्द्रमा उम्मेदवारले जुन भोट ल्याए, त्यो समग्र हेर्दा दोश्रो संविधानसभाको निर्वाचन परिणमभन्दा राम्रो पोजिसन देखिएको छ। यसमा अध्यक्ष प्रचण्डको प्रभावले काम गरेको छ। संविधान जारी भएपछि बनेको ओली नेतृत्वको गठबन्धनको संयन्त्रको संयोजक बनाइए पनि प्रचण्डको भूमिका सीमान्तकृत हुँदै गएको थियो। तर, जब काँग्रेससँग मिलेर प्रधानमन्त्री बने उनले काम गरेर देखाए यसपटक। लोडसेडिङ अन्त्य जनतालाई छुने कुरा हो, देख्ने उपलब्धि हो।

अर्को काम, वाचा गरेअनुसार चुनावमात्र गराएनन् कि मधेसी घटकमध्येको मूल पार्टीा उपेन्द्र यादवहरु चुनावमै आए। र, दोश्रो चरणको चुनावलाई निर्विध्न सम्पन्नको वातावरण पनि बन्न सक्यो। हुन त रेशममार्गको सहभागिता चुनावको मुखमा भएकोले यसको उल्लेख गर्नु चुनावका सन्दर्भ खासै केही छैन। तर पनि जँादाजाँदै यो राम्रो काम गरे। छोरी रेणु दाहालको उम्मेदवारी त उनको टेस्ट केश हो। किनभने संसदीय चुनावमा उनको खासै क्षेत्र नभएकोले चितवनलाई आफ्नो निर्वाचन क्षेत्र बनाउँदा कसो होला – परीक्षण गरेका हुन्, प्रचण्डले। त्यसैले भन्न सकिन्छ माओवादी केन्द्र संगठनका बलमा भन्दा प्रचण्डको एकल प्रयासमा अस्तित्वमा रहन सक्यो।

अन्त्यमा,

चुनाव आयोगको व्यवस्थापकीय तयारीभन्दा पनि नेपाली जनताको भद्रताले निर्वाचनको मतदान प्रक्रिया शान्तिपूर्ण र सानदार सम्पन्न भएको हो। प्रिमनसुनको समयमा पानी पर्न सक्छ भन्ने हेक्का पनि आयोगले राखेन। सिमसिम पानी पर्दासाथ काठमाडौंमा मतपेटिका उठाएर कोठाभित्र लगेर राख्नुपर्ने भयो, केही क्षण मतदान पनि रोकियो।

अर्को उदेकलाग्दो मतगणनाको सुस्तता र अव्यवस्थाले गराएको छ। कतै निर्वाचित हुने स्थानीय तहका जनप्रतिनिधिको काम कारबाही पनि यही मतगणनाझै ग्वाँजे हुने त होइन ? जनतामा अब यही चिन्ता छ।

- तिलक पराजुली