नासःद्यः, नासःप्वाः, पूजा, विधि र परम्परा

कुनैपनि व्यक्तिको अन्तरनिहित प्रतिभा वास्तवमा त्यस व्यक्तिलाई नै थाहा हुँदैन। कोही कोही व्यक्ति रुचि अनुसार गायन, वाद्यवादन तथा कलाकारितामा लाग्छन र सिक्छन् सफल पनि हुन्छन्। कोही कोही रुचि भएर पनि   सिक्न सक्दैनन्। कोही व्यक्ति अचानक कहीँ कतै सोच्दै नसोचेको क्षेत्रमा अचानक ठोक्किएर अथवा विवशताले वा वाध्यताले पनि गायन, वाद्यवादन अथवा कलाकारको रुपमा जन्मिने गर्दछन्।

यसैले नेवारहरुको जन्मदेखि मृत्यु सम्म प्रत्येक चाडहरुको जात्रा उत्सवमा देखिने गायन, वाद्यवादन र नृत्यमा नासःद्यः को प्रमुख भूमिका अवश्य हुन्छ। नासःद्यःको विधिपूर्वक आराधना र पूजा गर्नाले वाक्कला पूर्ण भई सिद्धि प्राप्त  गरी आफ्नो पूर्ण क्षमता देखाइरहेका हुन्छन्। यसैले नेवार समाजमा नासःद्यःको पूजा र परम्परा महत्वपूर्ण साथै अनिवार्य छ। नेपाल भाषामा नासःको अर्थ हिस्सि, सिद्धि अथवा कसैलाई मोहित पार्न, आकषिर्त गर्न सक्षम भएका व्यक्ति भनेर जनाउंछ भने द्यःको अर्थ देवता भन्ने जनाउंछ। नासःद्यः वास्तवमा कार्यसिद्धि र प्रतिभा प्रस्फुटनका देवता हुन् भनिएको छ।

पोखरा र वरपरका क्षेत्रमा हाल नेवाःखलःको सक्रियतामा प्रत्येक टोलहरुमा तायाःमचाःनृत्य सिकाउने र निकाल्ने गरिएको छ यो खुशीको कुरा हो। तर यसैमा संग संगै जोडिएको नासःद्यः को पुजा कसैले गर्दछन्, कसैले गर्दैनन्। तर नासःद्यः को पूजा निम्न विधि अनुसार गर्नु अनिवार्य गर्नुपर्दछ। अहिले हामीले गरेनौ भने हामी पछिका पिढिहरुले पनि गर्दैनन् र नासःद्यः के हो र किन गर्नु पर्दछ भनेर वुझाउन सकेनौ भने हामीले वनाउने गरिएको विभिन्न सांस्कृतिक पर्वहरुमा वजाईने वाद्य वादन पनि हराउन सक्दछ।

पोखरामा नासःद्यःको पूजा र परम्परा

नासःद्यः को पूजा उच्च प्राथमिकता एवं विधि पूर्वक भक्तपुरवाट वसाइ सराइ गरी आएका नेवारहरुले स्थापना

गरेको अत्यन्त लोकप्रिय रहेको साँस्कृतिक सम्पदाको रुपमा संरक्षित भैरबका गणहरुको नाच पोखरामा करिव २२५ वर्ष अघिदेखि स्थापना गरिए देखि नै भैरब साँस्कृतिक संरक्षण समितिको आयोजनामा प्रत्येक घण्टाकर्णचतुदशीको मध्यरातमा करिव १५०/२००  जना सदस्यहरुको बीचमा भीमसेन मन्दिरमा रहेको नासःद्यः मा पुगी पूजा गरी सम्पूर्ण सदस्यहरुले टीका एवं धजा ग्रहण गर्ने गर्दछन्। सवै कलाकारहरुले नासःद्यःको शक्ति तथा आशिर्वाद संचय गर्ने उत्कट अभिलाषाले आफै अनिवार्य उपस्थिति हुने गर्दछन्। नासःद्यःको पूजा सम्पन्न भएपछि भैरब मन्दिरमा १२ जना विभिन्न भैरबहरुको वाजा, वाद्यवादन एवं राग गायन होशियारी पूर्वक प्रारम्भ गरी समापन गर्ने र कार्यक्रम समाम्ति पछि प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ।

पूजा सामग्री

पूजाका सामग्रीहरु प्राय सवै देवी देवताहरुमा आवश्यक भए जस्तै सवै एकै प्रकार रहेका हुन्छन्। नासःद्यःको पूजामा अक्षता, फूल, रातो टीका, पानी, जजंका गरी पा“च प्रकार वस्तुहरु अत्यावश्यक माािनन्छ।

क.  अक्षता – पृथ्वी तत्व
ख.  फूल  –  आकाश तत्व

ग.  रातो टीका –  तेज तत्व

घ.  जल  –  जल तत्व
ङ.  जजंका  –  (वस्त्रको प्रतीक) वायु तत्व

सवैभन्दा पहिला भगवानलाई जलद्वारा स्नान गराउने, त्यसपछि वस्त्रको प्रतीक जजंका फुकाएर लुगा लगाए जस्ते गरी वेरिदिने, त्यसपछि रातो टीका लगाईदिने, त्यसपछि फूल चढाइएपछि अक्षताले पूजा गर्ने। कुनै कुनै ठाउहरुमा नासःद्यःलाई वलि पनि चढाउने गरिन्छ।

किसली

कि सली . किसली

कि. किब अर्थात चामल (अन्नपूर्ण देवीको प्रतीक)

सली.   माटोको पाला (आजकल दुनामा पनि राखिन्छ) माटोको पालाभरि राखिएको चामल

सानो सुपारी . भगवान शिवको प्रतिक (प्रतिनिधि)

सिक्का . राज सिक्का, मल्ल राजाको प्रतिनिधि अर्थात भगवान विष्णुको प्रतीक (धुप, फूल पनि) (मल्ल राजाको समयदेखि प्रचलनमा आएको प्रथा) आफ्नो कुनैपनि मनोकांक्षा पूर्ण गरिदेओस भनी समपर्णगर्नको लागि अर्थात विभिन्न कलाकारहरुले आफ्नो सिद्धताको लागि चढाउने प्रचलन।

नासःद्यःलाई विभिन्न वस्तुहरुले पूजा गरिसकेपछि किसली पनि चढाउनु पर्दछ। किसली चढाउनुको छुट्टै महत्व र अर्थ रहेको छ। किसलीका सामग्रीहरुमा – एउटा माटोका पालाभरि चामल, सानो सुपारी र सिक्काको आवश्यकता पर्दछ। यसरी तयार गराइएको किसली चढाउनुको अर्थ र महत्व के छ भने नासःद्यः संग भित्री मनवाटै आफुसंग नभएको प्रतिभा आशिर्वादको रुपमा पालाभरिको चामल जस्तै आफुभरि प्रतिभा भरिएर सिद्धि र हिस्सी प्रदान गरिदेओस भन्ने हो। अन्य पूजाहरुमा पनि किसली चढाउने गरिन्छ, त्यसवेलाको अर्थ आफ्नो मनोकांक्षा भगवानले तुरुन्त सुनिदेओस र तुरुन्त पूरा गरिदेओस भन्ने हो। यस प्रकारले नासःद्यःलाई किसली चढाएर मात्र वाद्यवादन, गायन र नृत्यको प्रारम्भ गरिने परम्परा रहेको छ।

नासःद्यः र नासःप्वाः को स्वरुप

वास्तवमा नासःद्यःको कुनै मानव रुपी भगवानको आकार प्रकार भेटिदैन। नासःद्यः को रुप निरन्जन निराकार छन्। तापनि उपत्यकामा त्रिभुजाकारको प्वालको रुपमा नासःद्यः लाई स्थापित गरि मन्दिर बनाइएको पाइन्छ। कतैकतै पा“चओटा एकओटा र प्रायजसो तीनओटा त्रिभुजाकारको प्वालको रुपमा स्थापना गरी पूजा गर्ने प्रचलन अद्यापि छ। पोखरामा भीमसेन मन्दिरको पछाडि रहेको त्रिभुजाकारको रुपलाई नासःद्यःको रुपमा लिई पूजा र आशिर्वाद लिने गर्ने गर्दछन्।

नासःद्यः लाई आराधाना कसरी गर्नेः

एकचित्त एकभक्त भएर किसली नासःद्यःलाई समर्पण गर्ने र दुवै हातले वालेको धुप लिएर मनमनै म जे सिक्दैछु नासःद्यःमा समर्पण गर्दै सिद्धि र हिस्सी प्राप्तीको लागि म जे सिक्दैछु प्रयास गरिरहँको छु नासःद्यःले मलाई प्राप्त हुने वाककला, सिद्धि, पूर्णता, सक्षमता, कलाकारिताको प्राप्तीनै पूर्णतया सिद्धि हो, हिस्सी हो भनेर तपाईको आराधना गरिरहेको छु। मेरो आराधना देखि प्रसन्न हुनुहोस् र मैले चाहेको कलामा मलाई निपुण्ाता प्रदान गरिदिनुहोस्।

बाजाको स्वरुपमा नासःद्यः

हामीले बजाउने कुनैपनि बाजालाई नासःद्यःको रुपमा मानिरहेका छौं। नासःद्यः भनेर सर्वप्रथम धुपवत्ती बालि बाजालाई ढोगेर, आस्था प्रकट गरेर मात्र बाजा वजाउने गर्दछौं। वर्षभरि बन्द गरेर राखिएका वाजाहरुलाई पोखराको प्रत्येक टोलमा रहेको तायाःमचाः नृत्य अभ्यासको लागि पनि घण्टाकर्णो दिनमा नासःद्यः लाई धुपवत्ती र पूजा गरेर वजाउने प्रचलन रहेको छ। तर पनि अन्य महिनाहरुमा वाद्यवादनको प्रयोग गर्नुपर्‍यो भने गुरुवार अर्थात विहीवारको दिन पारेर धुपवत्ती र पूजा गरेर मात्र वजाउने गरिन्छ।

मादल, खिं, ढल्कि, धिमे आदिको तिखो स्वर आउने भागलाई नासःद्यः को रुपमा मान्ने गरिन्छ। हामीले बाजालाई ढोग्दा पनि नासःको भागलाई द्यः मानेर ढोग्नु पर्दछ भने बाजाहरु राख्दा पनि तिखो स्वर आउने भागलाई माथि पारी राख्नु पर्दछ तल पारेर राख्नु हुँदैन। तिखो स्वर आउने भागलाई नासःद्यः भनेर मान्दछौ। त्यसैले नासःद्यः को कुनै आकार प्रकार छैन, मानव रुप पनि छैन। केवल आस्था र विश्वासले एकचित्त भएर सिद्धि, हिस्सी प्राप्त गर्नुनै नासःद्यः प्रतिको आस्था र विश्वास हो।

नासःद्यः सम्वन्धी उक्ति र कथनहरु

हाम्रो समाजमा अनेक थरीका व्यक्तिहरु रहेका हुन्छन्। तिनै मध्ये कसै कसैले अलि नमिलेको कुरा अथवा हिस्सी नभएको व्यवहार गरेको छ भने निम्न शव्दहरु व्यक्त गर्ने गरिन्छ।

“नासःद्यः छकनिं भागीं याना वा” अर्थात नासःद्य लाई एकपटक ढोगेर आऊ भन्ने गरिन्छ।

“नासः मदुम्ह मनु”/”नासःछखेलाम्ह मनु” – रंग न ढंगको कुरा गर्ने/हिस्सी नभएको मान्छे।

“नासलं ल्यूम्ह मनु” – सवैलाई मोहित पारी कुरा गर्ने मान्छे। हिस्सी, सिद्धि भएको असल मान्छे।

यस प्रकारको लोक कथन अनुसार पनि नासःद्यः कार्य सिद्धि र प्रतिभाका देवता हुन भन्ने स्पष्ट बुझिन्छ। नासःद्यः प्रतिको आस्था र विश्वासको चलन पनि व्यवहारिक रुपमा चलाइएको हो। यसर्थ गायन, संगीत र कलाकारितामा लागेका प्रत्येक व्यक्तिहरुले मात्र नभई जो सुकैले पनि नासःद्यः लाई बुझेरनै पुज्ने गर्दछन्। नृत्य, गायन र वाद्यवादनका आराध्यदेवको नेवार वस्तीमा गणेश जस्तै नासःद्यः लाई अनिवार्य रुपमा पुज्ने गर्दछन्।

नासःद्यः सम्वन्धी लोक कथा

धेरैजसो कलाकारितामा लागेका व्यक्तिहरुलाई थाहा भएको र प्रचलित लोक कथा यस प्रकार छ। पाचपाण्डव मध्येका माइला भाइ भीमसेन नासःद्यः कहा“ संगीत सिक्न गएछन्। संगीत शान्त दिमाग भएकाहरुले सिक्ने कला भएको र भीमसेनलाई तिमी जस्तो लडाकुले संगीत जस्तो गहन र शान्त भएर सिक्ने शिक्षा भएकोले तिमीलाई सिकाउन सक्दिन भनि नासःद्यःले भन्दा पनि भीमसेनले जिद्दी गरेकोले केही नलागि नासःद्यःले संगीत सिकाउन वाद्य भए।

एकपटक भीमसेनले गायन अभ्यास गरिरहँदा एक धोवी आएर मेरो गधाको आवाज सुनेर म यहा“ आएको हुँ खोइ मेरो गधा भनी भीमसेन संग सोधनी गर्दा नासःद्यःले आफ्नो स्वाभाविक कमी कमजोरी नकेलाइकनै यस प्रकार संगीत सिकाएको रहेछ भनी नासःद्यःसंग रिसाएछन र अव नासःद्यःलाई बा“की राख्दिन भनि तम्सिए। नासःद्यः ले उक्त कुरा थाहा पाएपछि भाग्न थाले। भाग्दा भाग्दै एउटा सानो प्वालमा पसे। भीमसेन त्यो प्वालमा पस्न सकेनन् र नासःद्यः विलीन भए। यस कारण नासःद्यः को कुनै मूर्ति नहुने र नासःद्यःलाई प्वालका रुपमा पूजा गर्ने चलन चलेको कथन रहेको छ।

भक्तपुरमा प्रचलित एक प्रचलित कथन अनुसार नासःद्यः भाग्दा उनलाई बचाउन धर्ती फाट्यो र नासःद्यः सानो भएर त्यही पस्यो। यस ठाउँ भक्तपुर दरवारको पश्चिम दक्षिण कोण हो भन्ने विश्वास गरिन्छ। यस ठाउँवाट भित्र पसेका नासःद्यः नगदेश -ठिमी) सिद्धि गणेश मन्दिर अगाडिबाट निस्के भन्ने विश्वास गरिन्छ। त्यसैले अन्यत्र नासःद्यः भित्तामा मात्र पाइन्छन् भने यी दुर्इ ठाउमा नासःद्यः जमीनमा रहेका छन्।

भक्तपुरमा नासःद्यः धर्ती भित्र रहन्छन्। धर्ती भन्नाले आमा जाति हुन्। त्यसैले पनि भक्तपुरका नारी जाति “नासलं ल्यू” अर्थात हिस्सी परेका हुन्छन्। तिनीहरुको बोली नवुझ्नेलाई पनि त्यो वोली मिठो लाग्दछ। अनि मुखमा हा“सो नलिई प्रायः वोल्नै जान्दैनन्।

नासःद्यः को तीन प्वालको अध्ययन गर्दा विभिन्न देव देवीको स्थापना गरी नासःद्यःको पूजा गरी बुद्धि र ज्ञान आर्जन गरी तिनीहरुको शक्ति प्राप्त गरी आफ्नो परिवार, समाज र देशको रक्षा एवं हित गर्ने कार्यको प्रचलन रहेेको आदिवासीहरुको प्राचीन परम्परावाट थाहा हुन्छ। धन्यवाद

- अष्टमान प्रधानाङग