नयाँ वर्ष २०७४ को राशिफल

श्री गणेशाय नमः ।।  गुरुचरण कमलेयो नमः।।  नमः शिवाय।।

श्री हरिलाल शरणम्।। श्री भगवते रामचन्द्राय नमः ।।

शुभ करोतु कल्याणमारोग्यं धनसम्पदा।

शत्रुबुद्धिविनाशाय दीपज्योतिर्नमो˜स्तुते।।

दीपज्योतिः परमब्रÞमा दीपज्योतिर्जनादनः।

दीपो हरतु में पापं दीपज्योतिनमो˜स्तुते।।

वक्री बुध, वृहस्पति

शनि राहु केतु

मुन्था-कुम्भ

अथ संवत २०७४ वर्षीय संवत्तसर फलम्।।

स जयति सिन्धुरवदनो देवो यत्पादपङ्कजस्मरणम्।। वासरमणिरिव

तमसां राशिन्नाशयति विधांनाम। विनायकं प्रणम्यादौं देवीं वाग्देवतां

गुरुम्।। सम्वतसरफलं वक्ष्ये जगत हितकाम्यया।। अचिन्त्याव्याक्तरूपायं निर्गुणाय गुणात्मने।। समस्त जगदाधारमूतये ब्रÞमाणे नमः।। तिथिवारञ्च नक्षत्रं योगं करणमेवच। पञ्चा·स्य राशिफलं श्रुत्वा ग·स्नान फलं लभेत्।।

वर्ष ग्रह राजा बुध फलम्ः शशिसुते शुभराजा समागते स्वपतिना कुरुते मदन क्रियाम् बहुधन, राज्ये बहुसस्यं संकुला बहुधनं वारिसमन्वितं

यवमसूरिचाणन्न महर्घता।। प्रकुवते दानदयाजनोक्पि स्वास्थ्य सुभिक्षं धनधान्यसङ्कुलम्।।

वर्ष मन्त्री गुरूफलम्ः सुभिक्षं जायते शुभमंत्रिसमागते स्पतिना कुरुते

मदन क्रियाम् बहुधनं बहुवारिसमन्वितं सुभिक्षं जायते देवि गुरौं:।।

यो वर्ष नेपालको जगलग्न कुण्डली पृथ्वीको विषुवत रेखादेखि सम्पूर्ण राशि क्षेत्रको ३०० ड्रि्री देशान्तरबाट ३३० ड्रि्री देशान्तरको क्षेत्र नेपाल देशीय जगलग्न केन्द्रीकृत भएको छ। जगलग्न राशिको मालिक एकादश दृष्टिमा मित्र भइरहेका छन् भने कुम्भ लग्नमा नयाँ विक्रम वर्षको प्रवेश हुने र जगलग्न कुण्डली स्थित ग्रहहरूको स्थिति प्राय राम्रै रहेका छन्। मात्र अष्टम स्थानमा अदृष्यवाधाको रूपमा वृहस्पति देखा परेका छन् भने अरु ग्रहहरू भावकारक रहेका छन्। वर्ष लग्न अनुसार वाषिर्क राजापद राजकुमार स्वभावका ग्रह बुध ग्रहले फेला पारेका छन् भने वाषिर्क ग्रह परिषदमा देव गुरु वृहस्पति ग्रह परिषद्को मन्त्री भएर बसेका छन्। राजकुमारको स्वभावयुक्त बुध ग्रहको राजपद विवेकहीँ’न नेतृत्वमा कमी हुन सक्छ। गर्नुपर्ने राजकर्मका निर्णयहरूलाई समयमा निर्धारण नहुँदा जनता जनार्दनहरू आक्रोशित हुन सक्छन् भने वाषिर्क शासनको भूमिका खेल्ने देव गुरु वृहस्पति मन्त्री पदको वाषिर्क कार्यनीति अवलम्बन गर्दा अष्टम भावमा अदृश्य रूपमा रहेको हुनाले कुटील चाल रच्नेहरू सक्रिय हुन सक्ने छन्। परचक्रीहरूको देशमा चलखेल हुन सक्छ। राज्यपक्ष यस विषयमा पूर्ण रूपेण सचेत भई राष्ट्रिय हित अनुसार काम गर्न आवश्यक छ।

तर जगल्लग्नको विचार अनुसार वाषिर्क लग्नको मालिक मित्र गृही भई एकादश स्थान लाभभावमा भई जनता जनार्दन बीच प्रभुत्व बढाएको छ। लग्न बल ज्यादै प्रभावशाली रहेको छ। जनता सचेत हुने छन्। ऐतिहासिक कार्यको थालनी हुनेछ। सरोकारवाला कार्यमा लगनशीलता बढ्ने छ। प्राकृतिक स्ोतको सही सदुपयोग गरिनेछ। छरछिमेकी बीच एक आपसमा मित्रत्वभाव रहने छ। आर्थिक उपार्जनका कार्यहरू हुनेछन्। स्वास्थ्य सम्बन्धी महत्वपूर्ण कार्यहरू हुनेछन्। प्रहरी एवम् शैन्य बलको प्रभुत्व हुनेछ। राष्ट्रिय एवम् राज्यमा जनताद्वारा सुरक्षा तन्त्रको खोजी हुनेछ। सामाजिक कार्यमा वृद्धि हुनेछ। श्रमिकको कल्याणको लागि विशेष कार्य योजनाहरू हुने छन्। निर्माण सम्बन्धी कार्यमा प्रगति हुनेछ। उद्योग धन्दामा उन्नति हुनेछ। शेयर बजारमा तेजि आउने छ। आद्रााप्रवेशको अवस्था सहि किसिमले चल्नेछ। वर्षा उत्तम रहेको छ। कहीँ कहीँ खण्डवृष्टि भए पनि चन्द्रमा र शुक्र ग्रहको भाव दृष्टिबाट हेर्दा वर्षा प्रशस्त हुनेछ। तर अदृष्य स्वरूपले रहेको हुनाले वर्षाको कारण र मेघ गर्जनको कारणले प्रकृतिमा छेद-भेद हुन सक्छ।

“गुरुख्दाधिपतिश्चेत्सु वृष्टिसमस्याभिवृद्धयः क्षमं।

याज्ञिक जनसंपत्तिः सामाज्यं धर्म संवृद्धिः।।

“आद्रााप्रवेश”

जगल्लग्न कुण्डली प्रवेशसँगै अधिकांश ग्रहहरू बुध, वृहस्पति, शनि, राहु र केतु पाँच ग्रह वक्रि गतिमा चल्नु राम्रो होइन। भूक्षय, भूस्खलन, भूकम्प आदि दैवीय विपत्ति, सवारी साधन तथा हवाई दुर्घटना एवम् कुनै भू-भागमा अनावृष्टीले खाद्य उत्पादनमा कटौती, कतै खण्डवृद्धिको प्रधानता र कहीँ’ अतिवृद्धिले बाढी-पहिरोको समस्या पर्नसक्छ। दैवी दुर्घटनाका विपत्तिहरू घट्न सक्ने छन्। बुध वृहस्पति जस्ता ग्रह वक्रि रहेको हुनाले शैक्षित क्षेत्र एवम् पत्रकारिताको सुरक्षामा उपेक्षा भाव प्रकट हुन सक्छ। कलाकार र साहित्यकारहरूको उन्नतिमा अवरोध खडा हुन सक्छ। व्यापार व्यवसायमा नयाँ समस्या उत्पन्न हुन सक्छ। शैक्षिक एवम् प्रशासनिक क्षेत्रका व्यक्तिको विवेक नष्ट हुँदा सर्वसाधारण जनमानसमा अन्योलको वातावरण बन्न सक्छ। राजनीति क्षेत्रमा गतिरोध हुन सक्छ। पापीय मनोवृत्तिले समाजलाई चिन्तित बनाउन सक्छ।

मेष :

चू चे चो ला ली लु ले लो अ

यस वषृको आरम्भमा मेष राशिमा सूर्य, मंगल, बुध बुद्धिस्थानमा राहु, आयस्थानमा शुक्र केतु भाग्यस्थानमा शनी सकरात्मक रहेका छन् भने अदृश्य स्वरूपमा वृहस्पति र चन्द्रमा रहनु र जेष्ठ ६ गतेबाट मंसिर १ गतेसम्म वक्रि गतिमा शनि अष्टममा आउँदा अढैया शनि दशा रहने छ। श्रावण २१ गतेदेखि राहु सुख र केतु कर्मस्थानमा बज्रनु दुःख दायक रहने छ। भाद्र २१ गतेदेखि राहु सुख र केतु कर्मस्थानमा बज्रनु दुःख दायक रहने छ। भाद्र २१ गतेदेखि फाल्गुण २७ गतेसम्म देव गुरु वृहस्पति सप्तम भावमा प्रवेश गर्नु ज्यादै प्रभावशाली रहने छ। तपाईँको राशी स्वामी मंगल हुन् भने नक्षत्र स्वामी केतु, शुक्र, सूर्य रहेका छन्। मंगल ग्रहद्वारा प्रभावित तपाईँको व्यक्तित्व हुनेछ। त्यसैले तपाईको स्वभाव, आत्मविश्वास, उत्सह, उमंग एवम् महत्वकांक्षीपन हुनेछ। विधा प्राप्ति आर्थिक उन्नति र सामाजिक प्रतिष्ठा प्राप्त भएर पनि असन्तोष पन रहने छ।

राशिचक्रको क्रमबाट यो राशि प्रथम स्थानमा रहेको छ। यसको क्षेत्र आकाश मण्डलमा ० ड्रि्रीबाट ३० ड्रि्रीसम्मको क्षेत्रलाई मानिएको छ। तर पनि यो वर्ष जगलग्न अनुसार ३०० ड्रि्रीबाट ३३० को आकाश गंगामा विशेष प्रभाव पर्ने छ। जुन क्षेत्र नेपाल देशका लागि पराक्रम स्थान मानिएको छ। मेष राशिका व्यक्तिहरूले यो वर्ष पराक्रम देखाउन सक्ने छन्। सुव्यवस्थित किमिसले उचित साधन स्रोतको परिचालन गरि प्रभावकारी कार्ययोजनाको शुरुवात गरिने छ। सूर्य मंगल बुधको प्रभावले जोश जागर बढ्ने छ। अनावश्यक खर्च नियन्त्रण गरिने छ। राजनीति एवम् सामाजिक कार्यमा प्रशंसायोग्य कार्य गरेर समाजमा प्रस्तुत भइने छ। नोकरी पेशाबाट अपेक्षित सफलता मिल्ने छ। उच्चस्तरीय व्यक्तिको सुझाव अनुसरण गरिने छ। बाबाआमा दाजुभाइ साथी संगतीहरूबीच घनिष्ठ सम्बन्ध रहने छ। दाम्पत्य जीवन प्रेमभाव रहने छ। इष्टमित्रहरूमा सद्भाव रहने छ। जगलग्न प्रभावशाली छ र पनि यो राशीलाई जेष्ठ ६ गतेबाट मंसिर १ गतेसम्म शनिको अठैयाले सामान्य उतारचढाव गर्न सक्छ। शनि वक्रि गतिले अष्टम स्थानमा आउने छन्। मनोवाञ्छित कार्यमा समस्या उत्पन्न भई भाग्यशक्तिमा कमजोररहन सक्छ। बौद्धिक स्तरमा ह्रासताले शैक्षिक, पराक्रमीक एवम् प्रतियोगितामा कमजोर पन रहन सक्छ। बोलिवचनबाटै समस्या हुन सक्छ। पशु चौपाया सवारी साधानमा ध्यान पुर्‍याउँदा कल्याण हुनेछ। जगलग्न प्रवेश राशि स्वामी भई आफ्नै राशिमा भए पनि प्रवेश सँगै ग्रह राशि परिवर्तन गर्ने छन्। आँटेको काम व्यवहारमा परिवर्तन हुन सक्छ। स्थान परिवर्तनको अवस्था आउन सक्छ। सञ्चित धनको खर्च गर्नपर्दा मनमा चिन्ता पर्ने छ। मातृसुखमा समस्या पर्न सक्छ। अग्नि भय रोग शोक पर्न सक्छ। विवादित कार्यमा सावधानी अपनाउँदा नै कल्याण हुनेछ। वैशाख ज्यादै प्रभावशाली रहने छ। ज्येष्ठमा खर्च भार चोटपटक, कलझगडा हुन सक्छ। आषाढ श्रावण भाद्र परिस्थिति अनुसार कार्य गरिने छ। आश्विन कार्तिक समय प्रतिकूल रहेको मंसीर रोग भय रहेको छ। पौष, माघ, फाल्गुण भाग्य कर्म आय आर्जन हुन्छ। चैत्र मनमा शंका अनर्थमा खर्च र शंका बढ्ने छ।

वृष :

इ उ ए ओ वा वी बु वे वो

कृतिका नक्षत्रका अन्तिम तीन चरण रोहिणीका पुरै र मृगशिरा नक्षत्रका दुर्इ चरण मिली वृष राशिको स्वरूप बन्दछ, जुन राशिलाई गायत्री देवीको तृतीय स्वरूप पनि भनिन्छ। यस राशिमा जन्मने व्यक्तिहरू घर परिवार कुलकुटुम्ब समाज सबैको जिम्मेवारी वहन गर्ने र आफ्नो कर्तव्यको निर्वाह गर्ने प्रवृत्ति हुन्छ।  यो राशिको स्वामी शुक्र ग्रह रहेका छन् भने नक्षत्र स्वामीको रूपमा सूर्य, चन्द्र मंगल ग्रहहरूले नक्षत्र अनुसार प्रभाव पार्ने छन्। शुक्र सौर्न्दर्य भोग विलास, सुख आनन्द ऐर्श्वर्यको प्रतीकको ग्रह हो। आकर्षक शरीर सुन्दर ठूला ठूला आँखा चाक्लो लामो काँध हँसिलो अनुहार र वाक चातुय यस राशिका विशेषता हुन्। शक्ति उपासक, पराक्रमी र सहनशीलता यस राशिको व्यक्तित्व रहने छन्। वृष राशिका व्यक्तिहरू सबैसँग मिलीजुली काम गर्ने प्रवृत्ति रहेको हुन्छ। इच्छा आकांक्षा धेरै पैदा हुने छन्। साधारण नामक संवतसरको भोगविलास एवम् जगलग्न कुण्डली अनुसार यो राशि सुख स्थानमा रहेको छ भने राशिक्रमबाट ग्रहको प्रभावमा हेर्दा सूर्य मंगल बुध ग्रहलाई व्याय भावमा पारेका छन्। चतुथ राहु अष्टम शनि प्रतिकूल अवस्थामा रहेका छन्। यो राशिलाई जेष्ठ ६ गतेसम्म र फेरि पुनः मंसिर १ गते पश्चात अढैया दशको प्रभावले याकुल व्याकुल जस्तो भए पनि अरु समय प्रभावशाली रहने छन्। राशीबाट चतुथ अष्टम र व्यायभाव प्रतिकूलको रहेको छ। मान्यजनहरूबाट अपहेलित हुन पर्ला, मातापिताको सन्तुष्टिको लागि ज्यादा लगानी र परिश्रम गर्न पर्ला, राजनीति कार्यमा समस्या परिश्रम एवम् नोकरीमा खिचातानी, व्यापार व्यवसायमा ज्यादा दुःख र लगानी गर्न पर्ला, पशुवहानादीमा समस्या परे पनि वर्षको मध्य समय अनुकूलको रहने छ। आत्मबल आत्मविश्वास वृद्धि हुनेछ। सहि कार्यको थालनी गरिने छ। पर्ढाई लेखाई एवम् बौद्धिक र प्रतिस्पर्धात्मक काम व्यवहारमा सफलता पाइने छ। न्यायिक र धार्मिक कार्यमा सरोकार बढ्ने छ। धर्मर्कर्म एवम् आध्यात्मक कार्यमा दत्तचित्त रहने छ। पापीय मनोवृत्ति हट्दै जाने छ। मित्रत्व व्यवहार हुनेछ। जग्गा जमीन पशु वहानादीबाट अपेक्षित लाभ गरिने छ। इष्टमित्र एवम् सहोदरका व्यक्तिको सहयोग सद्भाव पाइने छ। आर्थिक सामाजिक कार्यमा सुधार हुनेछ। त्यस्तै वैशाखमा कलह एवम् व्ययभार बढ्न सक्छ। ज्येष्ठ ज्यादै प्रभावशाली रहने छ। मेलमिलापको प्रभावले महत्वपूर्ण कार्य सम्पन्न गरिने छ। आषाढ आफ्नै बोलीको प्रभावले कार्यमा समस्या हुनेछ। श्रावण, भाद्र, आश्विन जोश जागर बढ्ने छ। साधन स्रोतको सही प्रयोजन हुनेछ। कार्तिक शत्रुभेद रहने छ। पौष रोग भय रहने छ। मार्ग, माध फाल्गुण, चैत्र भाग्य कर्म आयले भरिपूर्ण हुनेछ।

मिथुन :

का की कु घ ङ छ के को ह

मृगशिराका अन्तिम दुर्इ चरण आद्र चार चरण र पुनर्वसु नक्षत्रका तीन चरण मिली मिथुन स्वरूपको राशीको निर्माण हुन्छ। नक्षत्र स्वामीको रूपमा मंगल राहु र वृहस्पति रहेका छन् भने राशि स्वामीमा बुध ग्रहको प्रभुत्व रहेको छ जुन राशिको भूमिका मध्यस्तरको तालमेल मिलाउने हुन्छ तुरुन्त निर्णय नगरी सोच विचारमा समय जानेछ। यो राशिको क्षेत्र आकाश मण्डलमा पृथ्वीको विषुवत रेखाबाट २४ ड्रि्री उत्तर एवम् राशि चक्र अनुसार ६० ड्रि्री बाट ९० ड्रि्री अंशको देशान्तरमा पर्दछ। मिथुन राशिका व्यक्तिको कार्यशैली प्रभावशाली हुनेछ। विपरीत परिस्थितिलाई पनि सहज स्वभाविक बुद्धिमताले अनुकूल बनाउन सक्ने क्षमता हुनेछ। कठोर परिश्रमी स्वकार्य दक्ष वा चतुर एवम् जीवनको अद्भूत क्षमता रहने छ। जीवनको प्रारम्भमा कठिनाइ, विपत्ति बाधा अड्चन आए पनि पछि आफ्नो बौद्धिक क्षमताद्वारा सबै समस्याहरू हल गर्दै विजय श्री प्राप्त गर्न सकिनेछ। त्यस्तै यस वर्ष जगल्लग्न ग्रहस्थितिका आधारमा मिथुन राशिका व्यक्तिलाई सामान्य अशुभ रहेको छ। तर वाषिर्क चलित ग्रहस्थितिबाट हेर्दा राशि प्रभावशाली रहेको छ। तपाईँको लागि वर्ष प्रवेशको समयमा वाषिर्क कारक ग्रह देव गुरु वृहस्पति उच्च स्थान-चतुथ स्थानमा आफ्नो प्रभुत्व जमाई बसेका छन्। व्यापार व्यवसायबाट अपेक्षा गरे अनुरूप आम्दानी हुनेछ। गृहसुख मिल्ने छ। शैक्षिक, बौद्धिक र अनुसन्धानात्मक कार्यको लागि ज्यादै राम्रो रहेको छ। इष्टमित्रको सहयोग सद्भाव सकारात्मक रहने छ। बोलीचालीमा देखिने प्रखरता र अर्थ परिचालनमा प्रभावशाली रहेको छ भने जगल्लग्न स्थानबाट हेर्दा राशि बुद्धिस्थानमा परकेो छ। त्यस्तै वैशाख महिना पराक्रम बढ्ने छ। ज्येष्ठ मार्केश परेको छ। चोटपटकको भय रहेको छ, सञ्चित धन खर्च होला। आषाढ प्रभावशाली महिना रहेको छ। महत्वपूर्ण कार्य सम्पन्न गर्न सकिने छ। श्रावण आफ्नै बोलीको प्रभावले अवसर फुत्कन सक्छ। भाद्र पराक्रम देखाई आर्थिक आर्जन गरिने छ। आश्विनी आय आर्जन भएर पनि गृहकार्यको लागि खर्च गर्न पर्ला सजिसजावका कार्यहरू हुनेछन्। कार्तिक अस्थिरपन रहने छ। मंसिर सरदर रहने छ। पौषमा मनोकांक्षा सिद्धिको योग परेको छ। माघ अष्टम पर्नेछ। दुःख कष्ट बढ्न सक्छ। फाल्गुण भाग्यको खोजि गरिने छ। जनसर्म्पर्क बढ्ने छ। चैत्र राज योगको प्रभाव परको छ। राजनीति एवम् प्रशासनिक कार्यमा सफलता मिल्ने छ। आत्मबल आत्मविश्वास बढ्ने छ।

कर्कटः

हि हु हे हो डा डी डू डे डो

पुनवसु नक्षत्रको अन्तिम एक चरण तिष्य नक्षत्रको पुरै चार चरण र अश्लेषाको चारै चरण मिली कर्कट राशी चतुथ श्रेणीमा पर्दछ। आकाश मण्डलमा ९० ड्रि्री बाट १२० ड्रि्रीसम्म यसको प्रभाव क्षेत्र पर्दछ। यो राशिको चिन्ह कर्क जलचर हो। यो राशिको सम्बन्ध जलीय प्रदेश समुन्द्र नदी या समुन्द्र तट, खोला, नाला, ताल, तलैया सम्बन्धी जलीय क्षेत्र पर्दछ। यो अति चञ्चल अथवा गतिशिल रहेको हुन्छ। राशिको मालिक चन्द्रमा नै हुन् हुन् भने सरोकारवाला नक्षत्र स्वामी वृहस्पति शनि र बुध ग्रह हुन्। यो राशिवाला व्यक्तिहरू प्रायः चञ्चल प्रकृतिका क्षण क्षणमा मन परिवर्तन गर्ने हुन्छन्। धेरै काम व्यवहारमा सरोकार रहने छ। सोच्न सक्ने शक्तिको वृद्धि हुनेछ। परिश्रम, प्रयास र क्रियाशीलता अनुरूप आय आर्जन सहकार्य र सहयोग सद्भावमा ध्यान जानेछ। तर द्वितीय राहु र अष्टम केतुको प्रभावले स्वास्थ्य समस्या चोटपटकको प्रभाव, आफ्नै बोलीको प्रभावले सकस सञ्चित सम्पत्तिको नोक्सान हुनेछ। व्यापार व्यवसायमा विवाद पर्न सक्छ। विश्वास गरेका व्यक्तिले धोका दिन सक्छन्। खराब व्यक्तिसँग संगत रहन सक्छ। कुलकुटुम्बका व्यक्तिले आलोचना गर्ने छन्। तर राशिबाट तृतीय वृहस्पतिको प्रभावले पर्ढाई लेखाई एवम् प्रतिभाका कार्यमा सफलता मिल्ने छ। त्यस्तै मासिक फल अनुसार वैशाख राजयोगको प्रभाव परेको छ। उच्चस्तरीय व्यक्तिसँग सम्बन्ध रहने छ। ज्येष्ठ आयमूलक कार्यको शुरुवात गरिने छ। सद्बुद्धि प्राप्तिको योग छ। असार खर्च भार बढ्न सक्छ, शत्रुभेद रहेको छ। यात्रामा समस्या पर्न सक्छ। श्रावाण, आदर सत्कार पाइनुका साथै माङ्गलिक कार्यमा सहभागिता रहनेछ। भाद्र आफ्नै बोली वचनको प्रभावले काम व्यवहारमा समस्या पार्न सक्छ। आश्विन ज्यादै प्रभावशाली रहेको छ। देशकाल परिस्थिति अनुसारका काम व्यवहार हुनेछन्। कार्तिकमा परिश्रम ज्यादा पर्ने छ। मंसिर पर्ढाई लेखाइमा ध्यान जानेछ। विद्यार्थी वर्गमा खुशियाली छाउने छ। पौष शत्रुभेद र रोग लाग्न सक्छ, माघमा आकर्षण शक्ति बढ्ने छ। फाल्गुण शंका उपशंका लाग्ने र स्वास्थ्य समस्या पर्ने छ। चैत्र भाग्योन्नतिको योग परेको छ।

सिंहः

मा मी मू मे मो टा टी टू

राशि वृत्तचक्रमा १२० ड्रि्रीबाट १५० ड्रि्री अंश सम्मको आकाश मण्डलमा यस राशिको क्षेत्र निर्धारण रहेको छ। मघा नक्षत्र, पूर्वाफाल्गुणीको पुरै चरण र उत्तरफाल्गुणीको प्रथम चरणलाई मिलाई सिंह राशिको निर्माण भएको छ। यी नक्षत्रहरूका स्वामी केतु शुक्र सूर्य हुन् भने राशि स्वामी सूर्य हुन्। यसराशिको चिन्ह सिंह हो। फलस्वरूप यो राशि निडर निर्भिकता एवम् स्वाभिमानी, स्वतन्त्रप्रेमी कूल प्रधान सौर्य शक्तियुक्त प्रतापी उदारता तथा आत्मविश्वास प्रतिक हो। जगल्लग्न कुण्डली अनुसार राशिको मालिक उच्च भई पराक्रमस्थानमा भावपरक भई बसेको छ। प्रतिस्पर्धात्मक काम व्यवहारमासमेत सजिलैसँग सम्पन्न गरिने छ। शत्रुहरू विलिन हुनेछन्। सामाजिक, राजनीतिक एवम् प्रशासैनिक कार्यमा सफलता पाइने छ। व्यापार व्यवसाय एवम् पेशामा सोचेजस्तै लाभ हुने छ। कामप्रतिको लगनशीलता बढ्ने छ। दायित्व, कर्तव्यपरायणतालगायत क्रियाशीलता बढ्ने छ। देश देशान्तरबाट शुभ समाचार मिल्ने छ। सचेतता पूर्वक काम व्यवहार सम्पादन गर्न सकिने छ। उत्साहपूर्वक वातावरणले गर्दा महत्वपूर्ण कार्य बन्ने छ। द्वितीय वृहस्पतिको प्रभावले बोलीको प्रभाव बढाउने छ। पाँचै शनिको प्रभावले विद्याबुद्धि दिनेछ। भाद्र १९ गतेबाट वृहस्पति ग्रह कन्याबाट तुलामा जानाले सञ्चित धनको खर्च हुन सक्छ। मित्रहरू बन्ने छन्। त्यस्तै माघ २७ गतेबाट गुरु वृश्चिमा चतुथ हुँदा व्यापार व्यवसायबाट लाभ हुनेछ। मातृसुख मिल्नेछ। ज्येष्ठ ६ गतेबाट पुनः वक्रिगतिले चतुथ शनि र्फकनाले अढैया शनि मार्ग २ गतेसम्म रहने छ। मानसिक चिन्ता शंका उपशंका बढ्ने छ। उत्तेजना पीडा होला, दुष्टजनको संगत हुन सक्छ। मंसीर २ गते पश्चात शनि पुन धनुमा गएपछि काम गर्ने वातावरण बन्ने छ।

कन्याः

टो पा पी पु ष ण ठ पे पो

कन्या राशिको यस पृथ्वी आकाश मण्डलको उत्तर विषुवत रेखाको १२ ड्रि्रीबाट ० ड्रि्री सम्मको क्षेत्र रहेको छ। आकाश मण्डलमा १५० ड्रि्री अंशबाट १८० ड्रि्री अंशसम्ममा यो राशिको विशेष प्रभावित क्षेत्र मानिन्छ। यस राशिमा नक्षत्र मण्डलमध्ये उत्तराफाल्गुणीको अन्तिम तीन चरण हस्ताका पुरै चरण र चित्रा नक्षत्रको प्रथम दुर्इ चरण मिली कन्या राशिको निर्माण भएको छ। यस राशिको अधिपतिको रूपमा बुध ग्रहको प्रभुत्व रहेको छ भने नक्षत्र स्वामीको रूपमा सूर्य, चन्द्रमा र मङ्गल ग्रहहरू रहेका छन्। यस राशिमा प्रभावित व्यक्तिहरू विवेकशील हुन्छन् भने राशि चिन्हको रूपमा दुर्इ कुमारी कन्याको स्वरूप रहेको हुन्छ। यस राशिका व्यक्तिहरू इमान्दारी, लगनशील र पारिश्रमिक र चरित्रवान रहेका हुन्छन्, प्रत्येक कार्यमा सुरुचिपूर्ण तथा नयाँ कार्यमा ध्यान प्रभावित गर्ने हंसमुख र मिलनसार रहेका हुन्छन्। वाषिर्क लग्न कुण्डली अनुसार पाँचै दृष्टिमा तपाईँको राशि पर्दछ। यो वर्ष आत्मोन्नतिका लागि परिस्थिति बन्ने छ। धेरै व्यक्ति एवम् समुदायको सहयोग र सक्रियताको तालमेल मिल्ने छ। आयमूलक कार्यमा ध्यान जाने छ। नयाँ कार्य योजनाहरू बन्ने छन्। सहोदरहरू मात्र नभई अन्य समुदायबाट पनि सहयोग प्राप्त हुनेछ। बौद्धिक प्रतिभा बढ्ने छ। छोराछोरी एवम् विद्यार्थी वर्गका व्यक्तिको कार्यबाट सन्तोष मिल्ने छ। कर्मचारीको सहयोग सद्भावले महत्वपूर्ण कार्य सम्पन्न गर्न सकिने छ। उच्चस्तरीय व्यक्तिसँग सम्बन्ध रहने छ। मासिक फल अनुसार वैशाख महिनामा प्रतिस्पर्धात्मक र जोखिम प्रकृतिका काम गर्नुपर्ने छ। तर सफलता हात लाग्नेछ। ज्येष्ठमा आकर्षण शक्ति बढ्नेछ। प्रत्येक कार्यमा ध्यान जाने छ। यात्राको योग परेकाले समस्या उत्पन्न हुन सक्छ। असार-कर्म क्षेत्र निर्धारण गर्न सकिने छ। सकरात्मक सोचाई रहने छ। श्रावण-मनमा राप ताप पर्न सक्छ तर पर्ढाईलेखाइमा प्रगति हुनेछ। भाद्र-उच्चस्तरीय व्यक्तिसँग सरोकार रहने छ। राजनीति प्रशाशैनिक कार्यमा सफलता मिल्ने छ। खर्चभार बढ्ने सक्छ। चोटपटकको सम्भावना रहेको छ। आश्विन-आत्मबल, आत्मविश्वास बढ्ने छ। बुद्धि विवेकको प्रशंसा मिल्ने छ। कार्तिक-चञ्चलता बढ्ने छ। अवजस लाग्ने अनर्थमा खर्च हुन सक्छ। मार्ग-काम व्यवहार गर्दा बुद्धि विवेक पुग्ने छ। पौष-बोलिको प्रभाव बढ्ने छ। तर कार्यान्वयन पक्ष फितलो बन्ने छ। फाल्गुण-न्यायिक र शैक्षिक कार्यमा सफलता मिल्ने छ। चैत्र-चरित्रमा दोष लाग्न सक्छ। शंका लाग्ने छ।

तुला :

रा रि रु रे रो ता ती तु ते :

पृथ्वीको विषुवत रेखाबाट १२ ड्रि्रीसम्मको क्षेत्रलाई तुला राशिको क्षेत्र निर्धारण गरेको छ। राशिक्रम अनुसार यो सातौं राशिमा पर्दछ। आकाश गंगामा १८० बाट २१० अंशसम्म फैलिएको छ। यस राशिको अधिपति ग्रहको प्रभाव प्रातःकाल/सायंकालको थोरै समय अघिपछि चम्कन्छ। जसलाई शुक्रताराले कहिएको छ। तुला राशिका व्यक्तिहरू सौर्न्दर्य आकर्षण स्नेह भावना आत्मविश्वास, सुदृढता एवम् सुरुचिपूर्ण आचरण एवम् विशेषता रहेको हुन्छ। इमान्दारी, न्यायप्रियता, परिश्रम क्षमतावान् यो राशिका व्यक्तिको चारित्रिक गुण हो, लोभ लालच एवम् प्रलोभनमा नफस्ने इमान्दार प्रकृति रहेको हुन्छ। कर्तव्यपालक एवम् कर्तव्यप्रति सजक रहने स्वभाव हुन्छ। कुनै पनि व्यक्तिको दुर्र्व्यव्यवहारलाई घृणा गर्ने विशेष न्यायिक भावना रहेको हुन्छ।

तुला राशिका व्यक्तिहरूको लागि यो वर्ष जगललग्न र वाषिर्क चलित चक्रलाई हेर्दा लग्नमा चन्द्रमा तृतीय शनि पाँचौं शुक्र केतु, एकादशै राहु ज्यादै प्रभावशाली वर्ष रहेको छ। तर अदृश्य बाधाको रूपमा रहेको वृहस्पति, सूर्य हानीकारक रहेका छन्। मंगल बुध कारक प्रकृतिले रहेका छन्। वाषिर्क कुण्डली अनुसार आँट साहस र पराक्रम देखाउन सकिने छ। विद्या, बुद्धि एवम् प्रतिभाका कार्यमा सफलता पाइने छ। अनुसन्धानात्मक कार्यमा लागेकाहरूले चमत्कार देखाउन सक्ने छन्। तर श्रावण २४ गतेबाट चतुथ केतु र दशम स्थानमा वक्रि गतिले प्रवेश गरेको राहुको प्रभावले काम व्यवहारमा हलचल ल्याउन सक्ने छ। झगडा, मनमा तनाव, अनर्थको यात्राले अशान्तिपन बढ्न सक्छ, शत्रुभेद रहेको छ, मनमा डर त्रास, स्वप्नदोष जस्ता परिस्थिति भोग्न पर्ला त्यस्तै आश्विन १९ गतेबाट देव गुरु वृहस्पति कन्या राशिबाट तपाईँकै तुला राशिमा प्रवेश गर्नाले आत्मबल आत्मविश्वास बढ्ने छ। परिस्थितिको पहिचान गरी काम व्यवहार गरिने छ। देव पितृप्रति भक्तिभाव बढ्ने छ। अध्ययन एवम् कानुनी कार्यविधिमा सफलता मिल्ने छ। तर शनि ग्रहको कहिले काही वक्रि गति प्रदर्शनले गर्दा मानसिक अशान्ति, शारीरिक दुर्बलता, आर्थिक कमी मित्रमा वैरभाव सहनुपर्ने छ। कुल देवको आरधानाले शान्ति मिल्नेछ।

वृश्चिक :

तो ना नी नु ने नो या यी यू

वृश्चिक राशिको स्वरूप बन्न विशाखा नक्षत्रको अन्तिम चरण, अनुराधा र ज्येष्ठा नक्षत्र पुरै चरणहरू मिली वृश्चिक राशीको स्वरूप बन्दछ। यसको क्षेत्र २१० बाट २४० ड्रि्रीसम्मको क्षेत्रलाई जनाउँछ। आकाश मण्डलमा यो राशिको चिन्ह विच्छुको आकारमा रहेको हुन्छ। यस राशिका नक्षत्र स्वामी क्रमशः वृहस्पति, शनि र बुध ग्रहले आफ्नो प्रभाव देखाउँछन् भने सबै ग्रहको नेतृत्व मङ्गल ग्रहले लिएका छन्। वृश्चिक राशिमा सूर्य ग्रहको प्रभाव भएमा रोगव्याधिको बाहुल्यता हुन सक्छ। यस राशिमा उत्पन्न जातकहरू व्यवहारमा आशक्ति र अनुरागी हुने छन्। २८ वर्षपश्चात् यो राशिका व्यक्तिको भाग्योदय हुनेछ। श्रम र व्यवसायमा प्रयत्नबाट अपेक्षित लाभ गर्न सक्नेछन्। दृढ प्रतिज्ञा तमोगुणी जल तत्व प्रधान चित्त प्रकृति ब्राह्मण जातिको शिषोर्दय राशि हो। त्यस्तै यो २०७४ साल अन्त्य कहिले मध्य साढे साति भएर पनि सुख र सुखद् अवसरले प्राप्तिको दृष्टिले जति सकरात्मक देखिन्छ त्यतिकै जटिलता पनि रहेको छ। जगलग्न कुण्डली अनुसार कर्मस्थानमा तपाईँको राशि परेको छ। त्यस्तै राशि स्वामी स्वगृही भई पराक्रम स्थानमा रहेका छन्। साढे सातीको प्रभाव भए पनि जगलग्न कुण्डलीको ज्यादै प्रभावशाली भाव राज्यस्थानमा परेको छ। जसको प्रभावले जोखिम प्रकृतिका कार्यमासमेत सफलता मिल्ने छ। वर्ष लग्न अनुसार सप्तप स्थान, आदर प्रवेश कुण्डली अनुसार पराक्रम स्थान र जगलग्न अनुसार राज्यस्थान प्राप्त गर्नु साढेसातीको प्रभाव भए पनि राशिमालिकको गति र भावबल राम्रो रहेको छ। जोखिम प्रवृत्तिका कार्यमा समेत सफलता मिल्ने छ। अनुसन्धानमूलक कार्यमा सजिलो पर्ने छ। आकस्मिक लाभ पनि हुन सक्छ। तर कहिले स्वराशिमा र कहिले द्वितीय स्थानमा शनि ग्रह हुनु आफ्नै स्वास्थ्य र आफन्तहरूको स्वास्थ्यमा सञ्चित धनको खर्च गर्नुपर्ने छ। विश्वास गरेका व्यक्तिले घात गर्नाले ठूलो धन क्षय र मानमा आघात पर्न सक्छ चोटपटक, चोरभय, झगडा पर्न सक्छ। त्यस्तै महिनामध्ये वैशाख-नीति नियम र कर्तव्यको ख्याल हुनेछ। व्यापार व्यवसाय पेशा र राजनीति सामाजिक क्षेत्रबाट लाभ हुनुको साथै मान पाइने छ। ज्येष्ठमा कामप्रतिको लगनशीलता बढ्ने छ। आकर्षण शक्ति बढ्ने छ। उपहार कोशेली प्राप्तिको योग परेको छ। दाम्पत्य खुशियाली हुनेछ। असार-राशिबाट अष्टम दृष्टि पर्नेछ। काम व्यवहारमा कष्ट पर्न सक्छ। रोगव्याधीको प्रकोप पर्न सक्छ। श्रावण, भाद्र, आश्विन-धार्मिक कृत्य हुनेछन्। नयाँ कार्य योजनाहरू बन्ने छन्। जनसर्म्पर्क बढ्ने छ। प्रशासनिक एवम् राजनीतिक कार्यमा सफलता मिल्ने छ। व्यापार व्यवसायबाट अपेक्षित लाभ हुनेछ। कात्तिक-खर्च, रोग चोर भय रहेको छ। मंसिर-आत्मबल आत्मविश्वास बढ्ने छ। मेलमिलापले महत्वपूर्ण कार्य बन्ने छ। पौष-अर्काको काम गर्नुपर्ने छ। सञ्चित धनको खर्च होला। चोटपटक कलझगडामा सावधानी अपनाउन आवश्यक छ। माघ, फाल्गुण, चैत्र-पराक्रम बढ्ने छ। स्वजनको सहयोगले व्यापार बढ्ने छ। बुद्धिको प्रशंसा हुनेछ।

धनु :

ये यो भा भी भू ध फा ढा भे :

धनु राशि बन्नको लागि नक्षत्र मण्डलमा मूलका चार पूर्वाषाढाको चार र उत्तराषाढा नक्षत्रको प्रथम चरणको भाव मिली धनु राशिको स्वरूप बन्दछ। यस राशिको नक्षत्र स्वामी क्रमशः केतु, शुक्र र सूर्य हुन् भने पूरै राशिको नेतृत्व देव गुरु वृहस्पतिले फेला पारेका छन्। तर पनि जन्मकालमा मूल नक्षत्र फेला पारेका जातकको जन्मकालको शुद्धाशुद्धि कार्यमा विशेष तरिकाले मूलको शान्ति गर्नुपर्दछ। यस राशिको क्षेत्र आकाश मण्डलमा २४० ड्रि्री देशान्तरबाट २७० ड्रि्रीको क्षेत्रमा पर्दछ। यसको क्षेत्र पृथ्वीको विषुवत रेखाको दक्षिण २० बाट २५ अंश सम्म फैलिएको हुन्छ। नेपालमा जब सूर्य धनु राशिमा प्रवेश हुन्छ, त्यस समयमा सबै प्रकारका अन्नबालीहरू थन्किई सकेको हुन्छ। यसको मूल चिन्ह तारामण्डलमा एक धनुधरको आकृतिको निर्माण हुन्छ। यसको आकार आधा शरीर मनुष्यको र आधार शरिर चाहि अश्वा -घोडाको) जस्तो हुन्छ। देव गुरु वृहस्पति धनु राशिका स्वामी हुन्। यसका सबै गुण मिलनसारिता एवम् आशावादिता प्रमुख गुण हो।

धनु राशिको लागि वाषिर्क कारक ग्रहहरूमध्ये शनि ग्रहको छायाँको प्रभाव ५०% (प्रतिशतले) परेको छ, देव गुरु वृहस्पतिको प्रभाव सामान्य रहेको छ भने राहु र केतुहरू वक्रि गतिका भए पनि पराक्रम र भाग्य स्थान फेला पारेका छन्। जसको प्रभाव आर्थिक विचलन विश्वासमा संकट अपयश घरपरिवार साथी संगतीहरूमा विवाद भएर पनि बुद्धिस्थानका सूर्य मंगल बुध ग्रहको प्रभावले आत्मबल आत्मविश्वासमा वृद्धि हुनेछ। पराक्रमी सोचाई रहने छ। जोशमा होश पुर्‍याएमा पराक्रम बढ्ने छ। नयाँ कार्य योजनाहरू बन्ने छन्। बौद्धिक, शैक्षिक र प्राज्ञिक कार्यमा सफलता मिल्ने छ। राशिबाट भाग्यस्थानमा राहुको प्रभाव र पराक्रममा शुक्र केतुको प्रभावले आफन्तहरूलाई उपेक्षा गर्दै नयाँ र पराई मित्रहरूसँग मित्रता गासिने छ। राम्रो अवस्था हुँदा हुँदै पनि विकल्पको खोजि गरिनेछ। काम व्यवहार गर्दा बुद्धि भएर पनि विवेकको कमी हुनेछ। देश देशान्तरमा प्रगाढ सम्बन्ध रहन सक्छ। आफन्तहरू बीच जानी जानी पनि बुझ चुकाउने बानी रहेको हुनाले अरुले आलोचना गर्ने छन्। यथार्थपन कडा बोलि र व्यवहारले सरोकारवाला व्यक्ति रुष्ट हुनेछन्। भाद्र १९ गतेबाट देव गुरु एकादश तुला राशिमा प्रवेशपश्चात् सद्बुद्धि प्राप्त हुनेछ। सन्तान सुख मान कृति प्राप्तिको योग परेको छ। शत्रु नाश स्वजनको वृद्धि, सहयोग, सद्भाव प्राप्ति, मानसम्मान धनमान लाभ, पठनपाठनमा रुचि त्यस्तै माघ २७ गतेबाट गुरु वृश्चिक बाह्रौंमा प्रवेशसँगै प्रतिकूलको अवस्था आउने छ। आफ्नो र परिवार सन्तानको स्वास्थ्य समस्या पर्न सक्छ। तर जन्मकालीन शनि ग्रह राम्रो हुनेहरूका लागि समय ठिकै रहेको छ।

मकर :

भो जा जी खि खु खे खो गा गी

मकर राशि बन्नको लागि नक्षत्र मण्डलमा उत्तरषाढा अन्तिम दुर्इ चरण अभिजित नक्षत्र पुरै भाग श्रवण नक्षत्रा चार चरण घनिष्ठा नक्षत्रका प्रथम र द्वितीय चरण गरी आकाश मण्डलमा सबै राशिहरूको क्षेत्रभन्दा ज्यादा क्षेत्र ओगटेर रहेको हुन्छ। नक्षत्र स्वामीको रूपमा सूर्य चन्द्रमा र मंगलको प्रभाव रहेको हुन्छ भने अभिजित नक्षत्र यसै राशिमा परे पनि निष्प्रभाव परिएको छ। यी यावत नक्षत्रहरू मिली मकर राशिको स्वरूप निर्धारण गरिएको छ। यी सबै क्षेत्रको अधिपति शनि ग्रहले जमाएको छ। आकाश मण्डलमा मकर राशिको प्रभुत्व २७० ड्रि्री देशान्तर हुँदै ३०० ड्रि्री देशान्तरसम्मको क्षेत्रलाई औल्याइएको छ। पृथ्वीको विषुवत रेखाबाट दक्षिणको २० अंशबाट १२ अंशसम्म यो राशिको प्रभुत्व विशेष रहेको हुन्छ। यो राशिमा सूर्य प्रवेश हुँदा सूर्य उत्तरायण हुन्छन्। फलस्वरूप रात्रीको अपेक्षा दिन बढ्दै जान्छन् सौर्य मण्डलमा अभिजित मूहूतको साथै सबै शुभकर्मको शुरुवात हुन्छन्। सूर्यको तेज र दिनमान बढ्दै जान्छन्। प्राणी जगत्््मा उत्साह उमंग बढ्छ। सरस्वती देवीले प्रकृतिमा प्रवेश गरी सबैमा सद्विचार दिन्छिन् र वसन्त श्रवण गर्दछिन्।

जगलग्न अनुसार यो राशि ओझेलमा परेको छ भने साढे सातीको प्रभाव पनि बढ्दै गएको छ। राशिको मालिक व्यवस्थापनमा रहनु मारक स्वरूपमा राहु र केतु रहनु राम्रो रहेको छैन। मनमा अशान्ति शारीरिक दुर्बर्लता काम व्यवहारमा समस्या सवारी कठिनता मानहानी, स्वजनबाट धोका, अपमान सहनु पर्ला। चतुथ मंगलले काम व्यवहारमा राप-ताप, पारिवारिक स्वास्थ्यमा चिन्ता, लगानी गरेका स्थानमा विवाद मनमुटाव हुन सक्छ। मुद्दा मामिलामा सावधानी अपनाउन आवश्यक छ। तर श्रावण २४ गतेबाट अदृश्य स्वरूप लिई केतु प्रवेशले वातावरण र परिस्थिति मिल्दै जानेछ। शुत्र लागे पनि आत्मबलमा कमी हुने छैन। प्रतिकार गर्ने शक्ति प्राप्त हुनेछ। तर दाम्पत्य जीवनमा रेखदेख राम्रै गर्नुपर्ने छ। भोग विलासमा रुचि पर्ढाई लेखाइमा प्रगति धार्मिक कार्यमा चासो बढ्ने छ। राजनीति एवम् सामाजिक कार्यमा प्रभुत्व बढ्ने छ। उद्योग व्यापारबाट लाभ हुनेछ। तर चरित्र खानपीन र आनीबानी शुद्ध हुन आवश्यक छ। तर प्राकृतिक नियम विपरीत र लापर्वाही व्यवहार भएमा आकस्मिक दुर्घटना, विवाद पर्न सक्छ। तर माघ २८ गते आइतबार देव गुरु वृश्चिक राशिमा प्रवेश गरी पराक्रम दृष्टि दिने छन्। आनीबानी परिवर्तन गरी सद्बुद्धि प्राप्त गरी आफ्नै बोलीवचनद्वारा सरोकारवाला व्यक्तिलाई मोहित पारी धन मान पराक्रम बढाउन सकिने छ। प्रतिस्पर्धामा अगाडि बढ्दै विजय श्री प्राप्त गर्न सकिनेछ।

कुम्भ :

गू गे गो सा सी सु से सो दा

कुम्भ राशि निर्वाणमा धनिष्ठा नक्षत्रका अन्तिम दुर्इ चरण, सतभिषा नक्षत्रको पुरै भाग र पूर्वाभाद्रपदा नक्षत्रका तृतीय चरण सम्मको योगबलले कुम्भ राशिको निर्धारण भएको छ। यो राशिको नक्षत्र स्वामीको रूपमा मंगल राहु र वृहस्पति रहेका छन् भने राशि स्वामीको अधिपतित्व शनि ग्रहले नै ओगटेको छ। यो राशिको क्षेत्र विशेष गरी ३०० ड्रि्री बाट ३३० ड्रि्री देशान्तर सम्म ड्रि्री देशान्तरसम्म निर्धारण गरेको छ। पृथ्वीको विषुवत रेखादेखि २० ड्रि्री देखि १२ अंशको रूपरेखा निर्धारण गरी पृथ्वीमा आफ्नो प्रभाव पार्दछन्। सूर्य ग्रह नै यो क्षेत्रमा वासस्थान गरी सबै राशिहरूमा शुभाशुभ दृष्टि दिने छन्। प्राकृतिकमा आत्तिएका प्राणी एवम् वनस्पतिलाई सहारा दिन वायुमण्डललाई शुद्धिकरण गर्दै वायुको उग्रता र मेघ गर्जिने संकेतहरू देखा पर्दछन्। कुम्भ राशिका व्यक्तिको अन्तरदृष्टि स्वभाव, स्वाधिनता र स्थायित्व आफन्तहरूप्रति दत्तचित्त, श्रद्धाभक्ति, धर्मप्रियता, राजशक्ति, भक्ति र सकारात्मक सोचाई रहेको हुन्छ। देशकाल परिस्थिति अनुसार आफ्नो स्वभाव परिवर्तन गर्न सक्ने क्षमता हुन्छ। शान्त प्रकृति धीर गम्भीर स्वभाव विशुद्ध रूप र यथार्थवादी सोचाई रहेका हुन्छन्।

यो वर्ष कुम्भ राशिले जगलग्न स्वामी प्राप्त गरेको छ। सुख र सुखद् अवसर प्राप्तिको दृष्टिले ज्यादै प्रभावशाली रहेको छ। राशि स्वामी शनि प्रभावशाली भई एकादश दृष्टिमा रहेकोले यो वर्ष ज्यादै महत्वपूर्ण कार्य सम्पादन गर्न सकिने छ। जोखिम प्रकृतिका कार्यलाई पनि सजिलैसँग सम्पन्न गरिदा घर परिवार,र्र् इष्टमित्रहरूबाट प्रशंसा मिल्ने छ। आकस्मिक लाभ प्राप्त गुनका साथै दूरदृष्टि प्राप्त हुनेछ। भविष्यका काम व्यवहारमा समेत सफलता मिलने छ। त्यस्तै वैशाखमा नीति नियम र कर्तव्यको पालना गरिने छ। अपेक्षित कार्यमा लाभ गरिने छ। ज्येष्ठ महिना राजयोगको प्रभाव परेको छ। राजनीति एवम् सामाजिक कार्यमा सफलता पाइने छ। असार सकारात्मक सोचाई रहने छ। धर्मर्कर्म एवम् दयामायाका कार्यका साथै मांगलिक कार्यमा लगानी गरिने छ। श्रावण समय प्रतिकूलको रहेको छ। दैविक प्रकोपका कार्यमा सहभागी हुन पर्ला चोटपटकको सम्भावना रहेको छ । सावधानी अपनाउँदा कल्याण हुनेछ। भाद्रमा रोकिएका काम व्यवहारहरू बन्नेछ। रमाइलो यात्राको योग परेको छ। दाम्पत्य सुख मिल्ने छ। उपहार कोशेली प्राप्त हुनेछ। आश्विन शत्रुभेद रहेको छ। विवाद बढ्न सक्छ, खर्च बढ्ने छ। कार्तिक कलाकृति एवम् विद्याबुद्धिको कार्यमा सफलता मिल्ने छ। मंसिरमा व्यापार व्यवसायबाट लाभ हुनेछ। व्यक्तित्व विकास हुनेछ। पौष पराक्रम बढ्ने छ। अपेक्षित कार्यमा सफलता मिल्ने छ। स्वजनको सहयोग पाइनेछ। माघमा अरुको काम गर्नुपर्ने छ। सञ्चित धनको खर्च हुनेछ। फाल्गुण धार्मिक आध्यात्मिक काम व्यवहार गरिने छ। मांगलिक कार्यमा सहभागी हुन पाउँदा उत्साह उमंग बढ्ने छ। मेलमिलापले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ। पर्ढाई लेखाई धर्म कर्ममा ध्यान जानेछ। व्यक्तित्व विकास हुनेछ। चैत्र महिनामा कुटुम्बिया योगको प्रभाव परेको छ। आफन्तको काम गर्दा सञ्चित धनको खर्च हुनेछ।

मीन :

दी दु थ झ ञ दे दो चा ची

पूर्वाभाद्रपदा नक्षत्रको अन्तिम चरण, उत्तराभाद्रपदा र रेवती नक्षत्रको चार चार चरणले मीन राशिको स्वरूप बन्दछ। नक्षत्र स्वामीको रूपमा वृहस्पति शनि र बुध ग्रहहरू रहेका छन् भने राशि स्वामीको रूपमा देव गुरु वृहस्पति रहेका छन्। यो राशि राशिहरूको गणनाको हिसाबले अन्तिम राशि स्थापित भएको छ। यसको क्षेत्र आकाश मण्डलमा ३३० ड्रि्री देशान्तरबाट ३६० ड्रि्री सम्मको परिधिलाई मानिएको छ। यसको क्षेत्र पृथ्वीको विषुवत रेखादेखि दक्षिणको क्षेत्र १२ देखि ० अंशसम्मको क्षेत्रसम्म फैलिएको छ। मीन राशिको अधिपति देव गुरु वृहस्पति रहेका छन्। पुराण अनुसार मीन समुद्र, जलाशय, पवित्र नदीहरूको क्षेत्रलाई जनाउँछ। मासिक राशिअनुसार चैत्र महिना मीन राशिमा पर्दछ।

मीन राशिका व्यक्तिहरू आध्यात्मिक विचारधाराका हुन्छन्। विनम्रता, करुणा, दया, मिठास अभिव्यक्ति संवेदनशीलता स्वभाव रहेका हुन्छन्। शान्त व्यवहार यस राशिको विशेषता रहेको छ। कलाकृति आकृतिका एवम् चलचित्र मनोरञ्जन सम्बन्धी व्यवसाय वैज्ञानिक र सांस्कृतिक कार्य, लेख अनुसन्धान एवम् आध्यात्मिक कार्यमा सरोकार रहने छ। घर समाजमा आदर्श स्थापित गर्ने प्रकृति हुनुका साथै श्रद्धालु,र्र् इश्वरभक्ति, सामाजिक परम्पारलाई पालन गर्ने समझदार, स्वभाव प्रेरणादायक सामर्थ्यवान परोपकारी क्षमावान, लज्जाशील, सुशिक्षित व्यक्तित्व रहेको हुन्छ। जगलग्न अनुसार तपाईंको राशि द्वितीय स्थानमा पर्दछ भने वर्ष लग्न कुण्डली अनुसार तपाईँक्ो राशि एकादश स्थानमा पर्दछ, मनोकांक्षा सिद्धिको योग परेको छ भने राशि स्वामीको पूर्णदृष्टि परेको र राशिस्वामीले नै जगलग्न अनुसार मन्त्री पद नै फेला पारेका छन्। जगलग्न अनुसार अदृष्यबाधा रहे पनि राशिको हिसाबले पूर्ण दृष्टि परेको हुनाले नयाँ वर्ष नयाँ सोचाई कार्य योजनाको रूपमा कार्यविधि अपनाइने छ। यो वर्षमा धेरै व्यक्तिको सहयोग सद्भाव पाइने छ। मान्यजनको आशिर्वादले महत्वपूर्ण कार्य सम्पन्न गरिने छ। सामाजिक एवम् आर्थिक रूपमा पूर्ण सफलता पाइने छ। पर्ढाई लेखाई एवम् प्रतियोगिताहरूमा अपेक्षित सफलता मिल्ने छ। व्यापार व्यवसाय उद्योगधन्दा सुचारु रूपले चल्नेछन्। व्यापार व्यवसायबाट प्रगति हुनेछ। उचित कार्यको थालनी गरी समाजमा प्रस्तुत भइने छ। त्यस्तै वैशाखमा अरुको लागि खर्च र परिश्रम गर्नेपर्नेछ। ज्येष्ठ मनोकामना सिद्धिको योग परेको छ। आषाढ श्रावण व्यापार व्यवसाय एवम् पेशाबाट लाभ गरिने छ। भाद्रमा आर्थिक विवाद पर्न सक्छ आश्विन आकर्षण शक्ति बढ्ने छ। उपहार प्राप्तिको योग छ। कार्तिक मंसिरमा परिश्रम र लगानी ज्यादा हुनेछ। पौष रोगव्याधीको प्रभाव पर्न सक्छ। माघ फाल्गुण कर्मभाव खुलेको छ। आर्थिक लाभ गरिने छ। चैत्र राप ताप बढ्ने छ।

अन्तमा यो वर्षको वर्षलग्न कुण्डली, जगलग्न कुण्डली र आद्रााप्रवेशका कुण्डली हेर्दा यो वर्ष ज्यादै प्रभावशाली रहेको छ। सबै क्षेत्रमा व्यक्तिहरूले कामप्रतिको लगनशीलता देखाउने छन्। सबै क्षेत्रका व्यक्तिहरूले आफ्नो कर्तव्य पूरा गर्ने छन्। नीति नियम र कानुनको समूचित परिचालन हुनेछ। धर्म संस्कृति र कानुनको समुचित प्रयोग हुनेछ। नियतवश समाज र राष्ट्रलाई धमिल्याउन खोज्ने व्यक्ति र समुदायलाई सबैले घृणा गर्ने छन्। जगलग्न कुण्डली अनुसार वृहस्पति ग्रहबाहेक अरु सबै ग्रहहरू भावकारक रहेका छन्। त्यसैले यो २०७४ साल ऐतिहासिक वर्ष रहने छ।

अस्तु

- ज्यो. रामजी ओझा