देशको आवश्यकता र कुशल नेतृत्व

नेता बन्ने चटारो

आज २१ औं शताब्दीमा आएर राष्ट्रको लगाम समात्नु भनेको एक ठूलो जिम्मेवारी हो। नेतृत्वपंक्तिले राष्ट्र र जनता छन् भन्ने बोध हुनु अति आवश्यक छ। राष्ट्रको लगाम समात्नु नै एक विवेकशील, शिक्षित, ज्ञानी, बुद्धिमान, सक्षम कुटनीतिज्ञ र नेतृत्ववान राजनीतिज्ञ भन्ने बुझिन्छ। त्यस्तो महान व्यक्तित्वले भेदभावरहीत विचारधारा लिएर वर्ग, जाति, भाषा, समुदाय भन्दा अझै एक श्रेणी माथि उठेर जनताको सेवा गर्नु पर्छ। निर्मल र स्वच्छ छवि उज्ज्वल अनि नेतृत्वकलाको धनी र सफल व्यक्तित्वलाई नै नेता भन्ने अर्थ बुझिन्छ।

देशले राजनीतिमा जरुर ठूलो परिवर्तन ल्याएको छ, भन्दैमा दक्ष र सक्षम नेताको उत्पादन गरेको छ भन्ने अर्थमा गयौं भने ठूलो भूल हुनेछ। यो पनि भन्न खोजिएको छैन सबै नेताहरू असक्षम छन्, तर आवश्यकता अनुसार सक्षम नेतृत्वको विकास गर्नु प्रत्येक अग्रसर नेताहरूलाई त्यतिकै जरुरी छ। पहिलेको व्यवस्थालाई हेरेर नेता भएपछि कुर्सीमा बसेर हस्ताक्षर मात्र गर्ने हो, शानसँग जिउने हो भन्ने प्रवृत्तिमा छौं भने ठूलो भूल हुनेछ। नेतृत्वपंक्तिलेअलिकति नेतृत्व विकास गर्न अति आवश्यक छ भनी आजको युगले माग गरेको छ। नेतृत्व विकास ट्यूशन पढेर या कसैले सिकाउँदैमा हुने कुरा होइन न त आपने-आप म नेता हुँ भनेर ढ्वाङ फुकेर हुने कुरा हो। त्यसको लागि आफ्नो विचारधारा र मनोविज्ञानमा परिवर्तन ल्याउनु जरुरी छ र सर्वमान्य हुनु पनि त्यति नै जरुरी छ।

कतिपय विचारधाराहरु हाम्रा समाजमा गलत पनि छन्। मेरोमा धेरै शक्ति छ, म धनी छु, धन खर्चेर पनि जित्छु, म नेता हुँ भनेर आपने-आपलाई नेता घोषणा गर्दै हिँड्ने, कतिपय नेपाल जस्तो मिलीजुलीसमाज भएको ठाउँमा पृथकीकरणको नीतिमा समाजलाई जातीयता, भाषा, वर्ग, समुदायको आधारमा सम्बन्धटक्र्याएर नेतृत्व हात पार्न खोज्ने जस्ता प्रवृतीबाट माथि उठ्न जरुरी छ। यो पनि भुल्नु भएन, गरिब, विपन्न वर्ग, अल्पसंख्यकमा पनि नेतृत्व गुण हुन सक्छ।जसले आफैलाई नेता हुँ भनेर हिँड्दैन, त्यसमा पनि नेतृत्व गुण हुन सक्छ भन्ने कुरा कदापी न भुलौं। हाम्रो समाजले त्यस्ता नेतृत्व पंक्तीलाई अगाडि सार्ने भावनाको विकास गर्नु जरुरी छ, जो नेतृत्व गुणले सक्षम छ। हामीले चुनाव त्यस्तो व्यक्तिलाई गर्न सक्नुपर्छ चाहे पार्टीबिशेष जुनसुकै होस्।

नेता भनेको को हो त ?

नेता भनेको त्यो पवित्र स्वच्छ आत्मा हो,जसले समाजलाई डराई धम्काईको माध्यमबाट हैन समाजमा विद्यमान विभिन्न समुदाय, भाषा, लि·, जाति, धर्मलाई समेटी, उनीहरूको भित्री इच्छालाई जिति उनीहरूलाई स्वतः आफूप्रति प्रेरित गराउन सक्ने क्षमतावान व्यक्तित्व हुन्छ, त्यो नै नेता हो। जसमा आफ्नो आत्माबाट नै सबै वर्ग, समुदाय, भाषा, धर्म, लि·प्रति निष्पक्ष र निःस्वार्थ भावना हुन्छ। सेवा गर्ने भित्री मनबाट आशा जागेको हुन्छ। आाफ्नो सैद्धान्तिक ज्ञानलाई कार्यमा परिणत गरी जनतालाई सन्तुष्ट राख्न सक्ने क्षमता हुन्छ। जसको विचारमा गरिएका सोंच, योजना र कार्य प्रति सम्पूर्ण जनताले विश्वास गर्न सक्छन्। यस्तानेताले जनता र समाजमा गाईड गर्दै नियम सिकाउँछन्। निष्ठा, वफादारी र निष्पक्ष साथ जनताको सहयोग, सम्मान, न्याय र सुरक्षा प्रदान गर्छन् अनी जनताको वेल्पिmयर -कल्याण) हेर्दै आफ्नो कुर्सीर पदको हिफाजत राख्दै उत्तरदायी बन्दछन्। आफ्नो सफलताको साथमा राष्ट्र र सम्प्रभुको रक्षा गर्दछन्,त्यस्ता व्यक्ति नै एक सच्चा नेता हुन्।

नेतृत्व भनेको नेतामा हुनु पर्ने त्यो चरित्र, त्यो क्षमता, त्यो गुण हो जसका माध्यमले जनताका मनोइच्छालाई जिती सबै जनतालाई आफूतिर प्रभावित हुन वाध्य बनाउँछ, विश्वास गर्न वाध्य बनाउँछ त्यो कला नै नेताको नेतृत्व हो।

आज गाउँ गाउँमा नेता बन्ने दौडधुपमा घरको कामकाज ठप्प छोडेर केन्द्र धाउने दृष्यको सर्न्दर्भले घचघचाइ रहेको छ,। जसरी रोजगार खोज्नेको र्घुइंचो विदेश मन्त्रालयमा हुन्थ्यो आज कुर्सीर पद खोज्नेको र्घुइचो केन्द्रमा लाईन लागेको छ। यस किसिमका दुवै लाईनहरु देशका लागि अभिशाप सिद्ध हुन सक्छन्, दुर्भाग्यपूर्ण हुन सक्छन्। आज जति पनि सक्षम युवा शक्ति छानिई-छानिई विदेश गईरहेका छन्, आफ्नो योग्यता अनुसार देशमा सेवा गर्ने मौका पाईरहेका छैनन्, भने अको तिर कतिपय त असक्षम व्यक्तिहरू पनि नेता बन्ने हतारमा कम्मर कसिरहेका छन्। यी दुवै प्रवृत्तिले राम्रो नतिजा देशलाई दिन सक्दैन।

एकपक्ष राम्रो हो गाउँ-गाउँ, टोल र समाजबाट नेतृत्वको लहरमा महिला तथा पुरुषहरु अगाडि आउनु खुशीको लहर हो, तर नेतृत्वको लागि सक्षम भएर अगाडि आउनु धेरै राम्रो कुरा हो। गाउँ-गाउँमा हल्ला चल्दैछ ‘लौ अब त नेताको कोटा (भ्याकेन्सी) खुलेको छ रे’ भन्ने हल्लाले गर्दा हलो जुवा, कुटो, कोदालो तुरुन्तै झाडीमा फ्याँकेर कुर्सीको खोजीमा भाग्नु भएन। आफ्नो नेतृत्व क्षमता विकास पहिले गर्न अत्यन्तैजरुरी छ। पहिले हामी बुझौ नेतृत्व भनेको के हो ? उसको जिम्वरीको दायरा के हो र के म त्यो पदको जिम्मेवारी पूरा गर्न सक्षम छु ? त्यो बिषयमा बिचार गरौं। तब मात्र कुर्सीको खोजि गरौं।

विद्यमान देशमा रोजगारमूलक तालिम केन्द्रहरू, भर्ती तालिम केन्द्रहरु खोलिएका छन् जसमा २-३ महिने तालिम अनि प्रमाण-पत्र लिएर विदेशिने चलन छ। अब अको एक तालिम केन्द्रको स्थापना जरुरी भएको छ त्यो हो  बोल्ने र भाषण गर्न सिकाउन र नेता बनाउने तालिम।

यसै प्रस·मा, एक सत्य घटना हो, एक जना महिलाले मसँग सोध्नुभएको थियो, यहाँ बोल्न र भाषण गर्न सिकाउने ठाउँ कहाँ होला थाहा छ – मैले भने खोर्इ थाहा भएन त मलाई, कस्तो बोल्ने ठाउँ हो र ? मैले सोधे। उहाँले भन्नुभयो- समानुपातिकमा धेरै महिलाको कोटा खुलेको छ रे बोल्न र भाषण गर्न अली सिकौं कि भनेर ∕ म त थाहा छैन त भन्दै, फेरि उहाँसँग सोध्न मनलग्यो नेतृत्व २-४ दिन सिकेर मात्र गर्न सकिन्छ र ? के गर्नु हुन्छ त हजुर नेता भएर ? उहाँले भन्नुभयो, तपाईंहरूको सेवा गर्छु मेरो पनि इज्जत बढ्छ, ठूलो मान्छे बनिन्छ, कि भनेर, केही कमाई-समाई पनि हुन्छ। आजसम्म त विदेश-सिदेश गइएन, कुटो कोदालो पनि कति गर्नु र उहाँको कुरो थियो। फेरि मलाई सोध्न मन लाग्यो नेता बन्नु त धेरै खुसीको विषय हो, तर के तपाईंमा नेतृत्व गर्ने गुण छ त ? नेता बनेर ? उहाँको जवाफ थियो, त्यही नभएर त हो नि भाइ तालिम गर्ने ठाउँ खोजेको। बोल्न सिक्नु पर्‍यो, भाषण गर्नु पर्छ नेता भएपछि त। फेरि मैले सोधें- नेता भएपछि न्याय अन्याय छुट्याउन सक्नुपर्छ, ‘कुर्सी को जिम्मेवारीवहन गर्न सक्नुपर्छ के तपाईले सक्नु हुन्छ त ? भरखर बल्न सिक्ने तालिम पनि गर्छु भन्नुहुन्छ ‘उनको जवाफ थियो, किन नसक्नु कुर्सीमा बस्ने हो, सबै पि.ए. ले तयार पारिहाल्छ , सही गर्ने त हो नि,उहाँको जवाफ थियो। उहाँलाई हौसला दिंदै मैले फेरि भनेँ , कोसिस गरेर नहुने त केही छैन, नेता के हो र नेतृत्व के हो पहिले राम्रोसँग बुझनुहोस् तब मात्र कोशिश गर्नुहोस् है ∕  हजुरमा यो २ कुरा उपलव्ध छ भने जरुर कोशिश गर्नुहोस्, नत्र “बाँदरको पुच्छर लौरो न हतियारँहुनेछ भनेर म उहाँसँग छुटकारा भएँ।

मलाई धेरै खुशी लाग्यो अब त हाम्रो दिदी बहिनीहरू केही माथि त जरुर उठेका रहेछन्, यो धेरै राम्रो पक्ष हो  नेता बन्ने साहास त गर्न लागेका छन् , हाम्रा दिदि बहिनीहरु, राम्रो छ, तर यहाँ पुरुषहरूलाई पनि हैकमको आधारमा नभई नेतृत्वको आधारमा अग्रसर हुन अनुरोध गरिएको छ। कतिपय आफैले आफैलाई नेता हुँ भन्नेहरू भन्नुहुन्छ म त नेता हुँ, म देखेर सबै डराउँछन्, म त कुरा गर्न कसैसँग पछि हट्दिन, भन्नेहरू पनि कता-कतै छन्, तर उहाँलाई अनुरोध छ, नेतृत्व कला पहिले सिक्नुहोस्, चुनावी प्रक्रियामा सबैले चुने पछि जितेर आउनुहोस्, , तव मात्र….∕ नेता बन्न खोज्नुहोस्। चार जनाको बीचमा तिमी नेता म उपनेता भनेर भाग गर्दैमा नेता हुँ  भन्ने डम्फु नफुक्नुहोस्।

अब भनौं नेता भएर सबै काम पिए, स्टाफ या सहायकले गर्ने उद्देश्यले नेता बन्ने हो भने देशले के कोल्टो फेर्ला -यो दुर्भाग्य हुनेछ। यो गहन विषयमा  ध्यान दिई नेताको छनोट भएमा देशले शान्तिको श्वास फेर्नेछ। त्यसको लागि नेतृत्व कला भएको व्यक्ति टोल-टोलबाट छानिएर आएमा अवश्य राजनीतिक अवस्थाको नतिजा राम्रोहुनेछ।

सक्षम र असक्षम नेतामा यो फरक छ कि, सक्षम नेतृत्वले कुनै पनि कार्यको सपना पहिले देख्छ, योजना बनाउँछ, विचार विमर्स गर्छ, कार्यान्वयन गर्छ, रेखदेख र निरीक्षण गर्छ, कार्य सम्पन्नको साथमा रिवन काट्छ,,सबैको स्याबासीको पात्र बन्छ, तर असफल नेतृत्वले पहिले नै कार्य सम्पन्नको रिवन काट्न आतुर हुन्छ, अरुद्वारा सम्पन्न भएको भूमिका आफुले पढ्छ , के कसरी भएको रहेछ पछि ज्ञान मात्र लिन्छ , भाषणमा कार्यको पुष्टि गर्दै नतिजा आफ्नो पक्षमा हाल्ने कोसिस गर्छ  अनि जन असंतोष बेहोर्छ।

आजको आवश्यकता भनेको चको स्वरमा भाषण मात्र गर्ने नभई समाज सुहाउँदो रहनसहनको, पहिचान गरी निष्पक्ष भावमा दुःखी, गरीब, किसान, व्यापारी, मजदुर, कर्मचारी लगायत सम्पूर्ण वर्गको या अन्यको मर्मलाई समेटी सबै जात, धर्म, समुदायमा भिज्न सक्ने क्षमतावान निष्पक्ष र निःस्वार्थ महान व्यक्तित्व जो जनताको सेवा नै धर्म भन्ने सम्भिmनछ। अन्तर्राष्ट्रिय राजनैतिक मामिलामा प्रतिस्पर्धा गर्न सक्ने पनि आजको चुनौती हो। कम्प्युटर युगलाई च्यालेन्ज गर्न सक्ने क्षमता भएको व्यक्तित्वले मात्र राजनीतिको लगाम समात्नु उचित हुनेछ।”कुर्सीमाई नेताले वोलाउनभन्दा कुर्सीे नेतालाई वोलाएमा” सुनमा सुगन्ध हुनेछ।

नेता बन्ने दौडधुपमा हुनुहुने सबैजनामा यो अनुरोध छ कि, नेतृत्व गुणले भरिपूर्ण भई असल नेता बन्नुहोस्, आफ्नो इच्छा पूरा गर्नुहोस् यही नै शुभकामना छ।

- क्या.रुद्र गौतम