दूरदर्शी पृथ्वीनारायण शाह

एकीकृत नेपालको पहिलो राजा मानिएका पृथ्वीनारायण शाहलाई आधुनिक नेपालको राष्ट्र निर्माताको रुपमा लिइन्छ। आधुनिक नेपालको इतिहासमा उहाँको महत्वपूर्ण स्थान छ। प्राचीनकालमा रहेको विशाल नेपाल पछि टुक्रिएर विभिन्न राज्य रजौटाहरुमा बाँडिएर टुक्रा-टुक्रा भएको नेपाललाई एउटै नेपाल बनाउने महाअभियानको विम्बको रुपमा पृथ्वीनारायण शाहलाई लिइन्छ।

राष्ट्र निर्माता गोरखाका राजा नरभूपाल शाहका छोरा हुन्। नरभूपाल शाहका चार रानीहरु थिए। तीमध्ये माइली रानी कौश्ाल्यावतीको पहिलो सन्तान पृथ्वीनारायण शाह हुन्। सात महिनाको गर्भबाट जन्मेका शाह आफ्नी आमा कौशल्यावतीको उनी सानै हुँदा निधन भएकोले उनको लालनपालन र शिक्षा दीक्षा जेठी रानी चन्द्रप्रभाबाट भएको थियो। भनिन्छ पृथ्वीनारायण शाहको साहस, दूरर्दर्र्िर्ता, कुटिलता र कुटनीतिक दक्षताले नै नेपाल राष्ट्रको एकीकरण सफल भएको हो। भनिन्छ विशाल नेपालको मजबुत जग पृथ्वीनारायण शाहकै पालामा बसेको हो।

जग मजबुत बसे पनि त्यसलाई पूरा गर्ने काम बहादुर शाह र राज्यलक्ष्मीले गरेका हुन्।  तर पनि नेपालको इतिहासको अध्ययन गर्दा उहाँको एकीकरण अभियानभित्र काजी कालु पाण्डेको दूरदर्शिर्ता र बलिदानी, बहादुर शाह र राज्यलक्ष्मीको त्याग तपस्या, नेपाली सेनाले देखाएको निडरता र साहसीपन नेपाली जनताको प्रत्यक्ष अप्रत्यक्ष देन भाइ तथा भारदारहरुको लगनशीलतालाई नेपालको आधुनिक इतिहासले उचित मूल्यांकन गर्न सकेको देखिँदैन। जे होस पृथ्वीनारायण शाहकै साहसीपन, निडरता, दूरदर्शिता र कुटनीतिक दक्षतालाई नै नेपालको एकीकरणको मूल कडिको रुपमा मानिन्छ। एकीकरणको अभियानमा उहाँका दूरदर्शिताहरुलाई निम्न बमोजिम उल्लेख गर्न सकिन्छ :-

१. त्यसबेला मूलशक्तिको श्रोतको रुपमा काठमाण्डौ उपत्यका थियो। काठमाण्डौ उपत्यकालाई नै पृथ्वीनारायण शाहले मूल चुनौतीको रुपमा लिए। उपत्यका जित्न नुवाकोट नजितिकन सम्भव थिएन। नुवाकोट जित्नका लागि पश्चिममा लमजुङ, कास्की र पूर्वमा मकवानपुर त्यतिकै शक्तिशाली थिए। यदि कास्की, लमजुङ र मकवानपुरको समर्थन नलिई नुवाकोट आक्रमण गर्ने हो भने सबैको संयुक्त चुनौतीको सामना गर्नुपर्ने स्थिति थियो। त्यसैले यिनीहरुलाई समर्थन लिनका लागि शाहले कुटनीतिक कुशलताले अगाडि बढ्ने नीति अगाडि बढाए। जस अनुसार  कास्की र लमजुङलाई फूट गराउने र लमजुङलाई आफ्नो हातमा लिने नीति लिए। जस अनुसार लमजुङसंग एक अर्को संग मिलेर बस्ने र एकले अकोर्लाई सहयोग गर्ने। पूर्वमा गोरखालाई सहयोग गर्ने सतमा एक सन्धि पारित गराए। तनहुँमा कुनैपनि      हमला नगर्ने कुराले उसलाई थुम्थुमाए। भनिन्छ लमजुङसंग शान्ति तथा मैत्री सन्धि गर्ने मूल        कूटनीति पृथ्वीनारायण शाहको भन्दा बढी काजी कालु पाण्डेको थियो। मकवानपुरसंग वैवाहिक सम्बन्ध अगाडि बर्ढाई मकवानपुरका राजा हेमकर्णसेनकी छोरी इन्द्रकुमारीसंग विवाह गरेका थिए।

२. उपत्यका तीन राज्यहरुमध्ये भक्तपुर अत्यन्तै बलियो भएकोले यिनीहरु बीच फूट गराउन भक्तपुरसंग मितेरी सम्बन्ध गाँसे। जसले गर्दा उपत्यकामा आक्रमण गर्न अझ सजिलो स्थिति बन्यो।

३.     काठमाण्डौ उपत्यका जित्नु भन्दा पहिल्यै नाकाहरु समेत पर्ने यस वरिपरिका थलोहरु जित्ने    मूल रणनीति बनाए। जस अनुसार पहिले नुवाकोट र उपत्यका आसपासका अन्य क्षेत्रहरु सिन्धुपालचोक, काभ्रेपलान्चोक, दोलखा, साँखू, चाँगु, नालादूम, महादेव पोखरी र लामिडाँडामा समेत आफ्नो कब्जा जमाए।

४.     सेना र सेनापतिमा आफ्ना नातेदार भन्दा योग्यता र क्षमता लाई प्राथमिकता दिए।

५.     युद्ध र लर्डाईका बेला बेलामा आफैं उपस्थित भई सैनिक बलको साहस बढाउँथे।

६.     उपत्यकाको वरिपरि जितेर उपत्यकामा चौतर्फी नाकाबन्दी गरे।

यी र यिनै महत्वपूर्ण दूरदर्शिताका कारण उनका पालामा नेपालको सिमाना भुटानसंग जोडिएको थियो।

- जनक दुलाल