तीर्थस्थलमा कृष्णा गण्डकी र शालग्राम तीर्थस्थलको महत्व

हाम्रो जीवनमा तीर्थयात्रा को ठुलो महत्व छ। तीर्थ शब्द ती र थ बाट वनेको छ।  ‘ती’ को शाब्दिक अर्थ तीन हुन्छ र र्ँथ’  भन्नाले अर्थ अथवा प्रयोजन भन्ने हुन्छ। यसबाट के कुरा स्पष्ट हुन्छ तीर्थ यात्राबाट ३ लक्ष प्राप्त हुन्छ। संसारमा ४ वटा चिजलाई पुरुषार्थ भन्ने गरिन्छ। धर्म, अर्थ, कार्म, मोक्ष पुरुषार्थका प्रकार हुन। मानिसले विहान देखि वेलुका सम्म जुन प्रयत्न गर्छ त्यो यही पुरुषर्थ प्राप्त गर्नका लागी हो। तीर्थ यात्रा बाट धर्म, अर्थ, मोक्ष प्राप्त हुन्छ। ४ वाटा पुरुषर्थ मध्ये साविक प्रकारका साधकले मोक्ष प्राप्त गर्नका लागी साधन गरेका हुन्छन। त्यसकारण तीर्थ यात्रा गरेमा मोक्ष प्राप्ती हुन्छ भनिएको छ। यस्तैगरी सात्वीक र राजसिक प्रकारका साधकले तीर्थ यात्राबाट धर्म र मोक्ष प्राप्त गर्छन। तामासिक प्रकृतिका व्याक्तिले तीर्थ यात्रा गरेमा अर्थ अथवा भोग्य पदार्थ प्राप्त गर्न सक्छन् भनिएको छ। यसबाट के स्पष्ट हुन्छ भने तीर्थ यात्रा बाट धर्म, अर्थ, मोक्ष प्राप्त हुन्छ। कतिपय तीर्थल ले निस्काम भावले पनि यात्रा गर्न सक्छन।

त्यसो भए तीर्थ भन्नाले के हो भन्ने प्रश्न उठन सक्छ। हाम्रा शास्त्रहरुमा वर्ण गरिए अनुसार तीर्थ भनेका ती पवित्र स्थान हुन जहाँ भगवानका अवतार अथवा भगवानका परम भक्त शन्तहरुले निवास गरेका थिए अथवा त्यस क्षेत्रमा लिला गरेका थिए। यस्तै गरी अवतार पुरुषको जन्म भएको स्थललाई पनि तीर्थ भन्ने गरिन्छ।उदाहरणका लागी भगवान कृष्णको जन्मस्थल मथुरा, भगवन बुद्धको जन्मस्थल लुम्बिनी सीताको जन्मस्थल जनकपुर पनि तीर्थ स्थल हो। नेपालको मुक्तिनाथ भगवान् ब्र;माले विरात यज्ञ गर्नु भएको र त्यस यज्ञमा भगवान् विष्णु जलको रुपमा र भगवान शिव अग्नी रुपमा प्रकट हुनु भएको हुँदा विश्वभरका हिन्दुहरुका लागि मुक्तिनाथ परम तीर्थ मानिसको छ। जसले जीवामा एक पटक मात्र मुक्तिनाथ को दर्शन गरेको छ भने उसले मुक्ति प्राप्त गर्छ भनिएको छ। नेपालका तीर्थस्थलहरुमा अति विकट मानिने दामोदर कुण्ड र गोसाई कुण्ड पनि प्रसिद्ध।

तीर्थ स्थल पवित्र स्थल हुन। त्यस्ता स्थलमा भगवानका अवतार वा भगवानका परम भक्तहरु केही समय रहनु भएकोले त्यस्ता ठाउँमा पवित्र स्पन्दन ९ख्ष्दचबतष्यल० रहेको हुन्छ। जो भक्त पवित्र हृदय लिएर भक्ति पुर्वक त्यस्ता स्थलमा यात्रा गर्छन भने उनिहरुले त्यो पवित्र स्पन्दनको अनुभव गर्न सक्छन। त्यो पवित्र स्वन्दनको कारण व्याक्तिको भावनामा परिवर्तन हुने मात्र नभई जीवनमा पनि परिवर्तन हुन सक्छ। त्यसकारण कुनै पवित्र साधक त्यस्ता लिला क्षेत्रमा जाँदा भावविहल भएर आँखाबाट हर्षका आँशु धारा बगेको देख्न सकिन्छ। तर एउटा पर्यटनको मात्र धारण गरी भ्रमण गरेमा उसले त्यस किसिमको स्पन्दन गर्न सक्दैन। त्यस्ता पर्यटकले त्यस क्षेत्रमा पाइने वातावरणीय दृष्य, त्यहाँको व्यापारी तथा रिक्सावाला होटल व्यावसायी आदीवाट हुने गरेको ठगीको अनुभव गर्छ र आÇनो निवासमा फकेपछि उसले त्यस्तै अनुभव व्याक्त गर्न थाल्छ। उदाहरणको लागि एउटा भक्त वृन्दावन को भ्रमण गर्न गएमा उसले जहाँसुकै भगवान कृष्णको उपस्थिति को अनुभव गर्न सक्छ।भगवान कृष्ण को जन्म स्थान देख्नासाथ उसको अगाडी त्यो दृष्य आउन थाल्छ। गोकुलमा जादा भगवान्ले माखन चोरी गरेको देखी वाल लिला गरेको दृष्य उसको मानसपटलमा घुम्न थाल्छ। यसरी तीर्थमा जाँदा हामिले सकारात्मक वृत्ति लिएर गएको हुनुपर्छ। म एक पटक रा’ची स्थित योगदा आश्रममा एक कार्यक्रमा भाग लिन गएको थिएँ। त्यो आश्रम विश्व प्रसिद्ध सन्त परमहंस योगानन्द बाट स्थापना गरिएको र त्यहाँ वसेर उहाँले ध्यान र योगको शिक्षा दिनु भएको थियो। उहाँका लाखौ शिस्यहरु विश्वमा रहेका छन् जव म आश्रममा प्रवेश गरे मैले जहाँसुकै परमहँस योगानन्द उपस्थितिको अनुभुती भयो।यस्तै गरी हरिद्धारमा गँगा स्नान गर्न गएको थिए। गँगा स्नान गरिसकेपछि ज्यादै आनन्दको अनुभुति भयो र मलाइ मांसाहार त्याग गर्ने संकल्प पुग्यो। यसरी तीर्थ यात्रा बाट हाम्रो जीवनमा शुभ संस्कार उत्पन्न हुन्छ।

हाम्रा शास्त्रहरुमा हिन्दु तीर्थ स्थल भन्नाले अधिकांश मात्रामा भारतमा रहेका तीर्थस्थलको वर्ण गरिएको छ। नेपालमा भएका तीर्थस्थलहरुमा महत्व दिएर वर्ण गरिएको तीर्थस्थल मुक्तिनाथ र चक्रमदी अथवा कालिगण्डकी हो। यसका  साथसाथै पशुपतिनाथ, बराह क्षेत्र देवघाट आदि प्रशस्त तीर्थस्थल रहेका छन्। यसरी शास्त्रले महत्व दिएर उल्लेख गरेको काली गण्डकी (चक्र तीर्थ ) र मुक्तिनाथ तीर्थको बारेमा जान्न आवश्यक छ।

कालीगण्डकीको उत्पतिको बारेमा बताइएको छ कि भगवान नारायणको गण्डस्थल अथवा गालावट निस्केको पसिनाबाट उत्पति भएकाले यस नदीलाई गण्डकी भनिएको हो। यस गर्भमा कालो वर्णो शाल्रि्राम रहेको हुँदा सो नदीको पानीको रंग कालो भएकाले यस नदिलाइ कृष्णा गण्डकी अथवा काली गण्डकी भनिएको हो। गण्डक नामका ऋषीले तपस्या द्धारा खुसी भएकी नदी भएकी उनले यस नदीलाइ गण्डकी भनिएको हो। शास्त्रमा यस गण्डकी शिर मुक्ति क्षेत्र (मुक्तिनाथ) भनिएको छ।मुक्तिनाथमा शालीग्राम स्वरुप बाट भगवान् नारायण सदा विराजमान हुने भएकाले मुक्तिनाथको विशेष महत्व भएको हो। वृन्दाको श्रापबाट भगवान् विष्णु शिला रुपमा प्रकट हुनु पर्ने भएकाले भगवान्ले काली गण्डकीमा शालीग्रामको रुपमा प्रकट हुनु भएको कुरा पदम प्रराण, स्कन्द पुराण लगायतका शास्त्रहरुमा वर्ण गरिएको छ।

शालग्राममा सदा परब्रहम परमत्मा को नित्य सान्निध्य रहन्छ। अन्य मुर्तिहरुमा प्राण प्रतिष्ठा गर्नु पर्ने हुन्छ। तर शालग्राममा आहान, प्राण प्रतिष्ठा, विसर्जन आदी केही गर्नु पर्दैन। चक्रांकित शिलाको जसले दर्शन गर्छन् तिनीहरु समस्त पात्र वाट मुक्त हुन्छ। शालग्राम को सान्निध्नमा कसैको मृत्यु भएमा उसको मुक्ति हुने कुरा उल्लेख छ। जसले भगवान् शालग्रामको  पुजा गर्दछ र शालग्राम भगवानको चरणोदक पान गर्दछन भनि जन्म मरणको भयबाट मुक्त हुन्छ। शालग्राम भगवानको सान्निध्नमा पितृ श्राद्धा गरेमा प्रितहन तृप्ति भएर सन्तानलाई आसिरबाद दिन्छन्। शालग्राम भगवान को चौरतर्फ १ कोस भित्र किराको पनि मृत्यु हुन्छ भने उनीहरु को वैकुण्ठमा वास हुन्छ भनिएको छ।

यस्तै गरी शलग्राम भगवानको पुजा नगरी वा चरणोदक नलिई भोजन गरेमा किरा भएर जन्मन्छ भनिएको छ।

कति संख्यामा शालग्राम पुजा गर्न राम्रो हुन्छ भन्ने सर्न्दर्भमा जोडा संख्यामा पुजा गर्नु राम्रो हुन्छ भनिएको छ।तर एक जोडा वा २ वटा शालग्राम को पुजा गर्नु हुँदैन भनिएको छ।१२ संख्यामा भगवान् शालग्रामको पुजा गर्दा १२ कल्पसम्म १२ करोड शिवलिंगको पुजा गर्दा प्राप्त हुने फल एकै दिन प्राप्त हुन्छ भनिएको छ। जस्तै

यसरी हामीले थाहा पायौ कि सारा तीर्थहरुमा शालग्राम क्षेत्र सवैभन्दा उत्तम तीर्थ हो र नदिहरुमा कृष्णा गण्डकी समान कुनै नदि  छैनन्।यस्तै गरी नदी संगममा काग वेनी, गलेश्वर, देवघाट र रीडी क्षेत्र सबैभन्दा उत्तम संगम हुन। यी संगममा स्नान गर्दा वा श्राद्धा गर्दा हरिद्धार प्रयाग पा गंगा सागरमा गरिएको स्नानको फल प्राप्त हुन्छ भनिएको छ। हामीले हाम्रै देशमा भएका यस्ता तीर्थ स्थलको महत्व राम्रोसंग बुझेका  छैनौ। त्यसकारण प्रशस्त धन खर्च गरेर भारतमा तीर्थ यात्रा जाँदा समेत नेपाल भित्रै रहेका यस्ता पवित्र तीर्थ स्थलको भ्रमण गर्ने जमर्काे नगरेको पनि पाइन्छ। त्यसैले हामीले यस्ता तीर्थ स्थलको दर्शन गरी जीवन सार्थक वनाउन आवश्यक छ।

- विष्णु प्रसाद श्रेष्ठ