तागाधारीको पर्व जनै पूणिर्मा

जनैपूणिर्मामा सप्तऋषिहरुको पूजा हुन्छ । सप्तऋषिको पूजा नै जनै मन्त्रने पूजा हो । यो सालको जनैपूणिर्मा रक्षाबन्धन संस्कृत दिवस भाद्र १० गते रविबार परेको छ । जनैपूणिर्माको अघिल्लो दिन ब्राहृमणहरु एक छाके बस्छन् । त्यो दिन ब्राहृमण, पण्डितहरु बिहान पवित्र गंगा नदी गण्डकीमा स्नान गरेर नदीकै किनार वा शिव मन्दिरहरूमा जजमानले ल्याएका जनै सप्तऋषिहरुको पूजाआजा, शिव भगवान्को पूजा रुद्री गरी जनै मन्त्रन्छन् । जनै मन्त्रिसकेपछि जजमानहरुले पुरानो जनै त्यागेर नयाँ जनै लगाउँछन् र गुरुबाट रक्षा बन्धन (ताओ) बाधेर गुरु दक्षिणा दिएर भोजन गर्छन् । भान्जा ज्वाइलाई ताओ बाध्न लगाई दान दक्षिणा दिई मिष्ठान्न भोजन गराउने परम्परा पनि छ ।

हिन्दू धर्म संस्कार संस्कृतिमा जनै पूणिर्माको ठूलो महिमा छ । त्यसैले यो दिनलाई संस्कृत दिवसको रूपमा मनाइन्छ । यहाँ ऋषि भनेका सात्विक र साधनारत जीवन व्यतीत गर्ने तथा जीवन र जगत्का आध्यात्मिक र भौतिक तत्त्वहरुलाई साक्षात्कार गर्ने व्यक्ति वैदिक मन्त्रका प्रथम द्रष्टा मानिएका व्यक्ति वैदिक साहित्यको रचना र व्यवस्थित रूपमा सङ्कलन गर्ने व्यक्ति मुनि तपस्वीहरु ऋषि हुन् । तर्पणी भनेको गोत्र प्रवर आदिका प्रवर्तक ऋषिहरुलाई सम्झेर तर्पण दिने, पूणिर्मा, श्रावण शुक्ल पूणिर्मा, जनैपूणिर्मालाई ऋषितर्पणी भनिन्छ ।

जनै पूणिर्मा जनै (यज्ञोपवीत) उपनयन (व्रतबन्ध) यज्ञोपवीत संस्कार) विधि गरेर ब्राहृमण आदि जातिले लगाउने शिखा -ब्राहृमण क्षेत्री द्विजातिले मुख्य धार्मिक चिन्ह भएको शिखा र जनै) पारिएको धागो, ब्रहृम सूत्र, यज्ञोपवीतलाई जनै भनिन्छ । ब्रहम सूत्र भनेको यज्ञोपवीत जनै हो । व्यास मुनिद्वारा रचित एक प्रसिद्ध दर्शन ग्रन्थ पनि हो । यज्ञोपवित  ब्राहृमण क्षेत्रीहरुले गलामा धारण गर्ने लगाउने यज्ञ सूत्र जनै हो । पहिले पहिले ब्राहृमणले तीन डोरा दुर्इ जोर र क्षेत्रीले तीन डोरा भएको एक जोर जनै लगाउने चलन थियो । पछि क्षेत्रीहरुले पनि छ डोरावाला जनै नै लगाउन थाले । जनै प्रायः पहेलो रङ्गले रंगाएर लाइन्छ । जनै बेसारले रङ्गाएको शुद्ध मानिन्छ । ऋषि मुनिहरुको पालामा सुनको तारको जनै लगाउने प्रचलन थियो भन्ने भनाइ पनि छ । धातुहरूमा सुनलाई खियो नलाग्ने शुद्ध धातु मानिन्छ ।

रक्षा बन्धन श्रावण शुक्ल पूणिर्माका दिन सप्तषि (१) गौतम (२) भारद्वाज (३) विश्वामित्र (४) जमदग्नि (५) वसिष्ठ (६) कश्यप (७) पुलस्त्यको पूजा गरेर नाडीमा बाँधिने सूत्र, रिखिडोरो, यज्ञ, देवार्चन आदि कर्म गरेपछि प्रसादस्वरूप नाडीमा बाँधिने मन्त्रेको ताओ जनैलाई रक्षा बन्धन भनिन्छ । रक्षा सूत्र बाँध्ने काम, ऋषितर्पणी पूणिर्मा जनै पूर्णेलाई रक्षाबन्धन भनिन्छ । संकट वा दुःखद अवस्थाबाट उद्धार होस् हानी नोक्सानी हुनबाट बचाउ होस्, सुरक्षा हेर विचार रेखदेख हिफाजत होस् भन्ने उद्देश्यले रक्षा बन्धन ताओ बाधिन्छ । भगवान्का गुरु पनि ऋषिहरु हुनुहुन्छ । त्यसैले ऋषिहरु पूजनीय मात्र होइन परम पूजनीय हुनुहुन्छ ।

नागाधारीहरुले गायत्री मन्त्र जप्दा जनै आवश्यक पर्दछ । गायत्री मन्त्र चौवीस मात्रा -मात्रिक छन्द) हुने एक वैदिक छन्दमा ऋषिले रचेका हुन् । यो छन्दमा रचित रचना आर्यहरूका पवित्र मानिने साँझ विहान जपेको वैदिक मन्त्र गायत्री मन्त्र हो । जप र चिन्तन गर्नाले रक्षा गर्ने मानिएकी आराध्य देवी, गायत्री मन्त्रको अधिष्ठात्री -देवताहरुमध्ये सबै भन्दा बढी मानिएकी देवी, कुनै वस्तु वा कार्यको स्वामिनी वा संरक्षिका, इष्टदेवी, कुलदेवी गायत्री हुन् ।

ऋषिहरु गोत्र प्रवर्तक पनि हुन् । तागाधारी सबैका थर गोत्रका प्रवर्तक भएकाले ऋषिहरुलाई कुल देवताको रूपमा पूजा गर्ने परम्परा छ । अत्री गोत्रीय गोतामेहरूले अनन्त चर्तुदशीका दिन आफ्ना कुल देवता अत्रि अनुसूयाको पूजा भव्य र सभ्य रूपमा मनाउँछन् । ब्राहृमण क्षेत्री तागाधारीहरुले विहान सबेरै उठेर स्नान गरेर गायत्री मन्त्र जप्ने परम्परा थियो ।

हाल जनै लगाउने, जपतप गर्ने संस्कार संस्कृति लोप हुँदै गएको छ । व्रतबन्ध भएका बालकहरुले जनै लगाउने गायत्री मन्त्र जप्ने चलन छाडि सके । व्रतबन्ध औपचारिकता निभाउनका लागि मात्र गर्छन् । जनै लाउने जपतप गर्ने छाडिसके । यो संस्कृत दिवस मनाउन सरकारले सार्वजनिक विदा दिने प्रचलन थियो तर अहिले हटाइ दिए । सरकार चलाउनेहरू तागाधारीहरु नै छन् तर उनीहरुले यो पर्वलाई कुनै महत्व दिएका छैनन् ।

धर्म संस्कार संस्कृति लोप गर्ने सरकार नै भएको छ । देशमा राजनीतिक परिवर्तन भई लोकतान्त्रिक शासन प्रणाली चलेको छ । लोकतन्त्रले धर्म संस्कृति लोप गर भन्दैन तर नेताहरुले संस्कार संस्कृति मेटाउने काम गरेका छन् । यो अत्यन्त निन्दनीय कार्य हो । जनै लाएर विद्वान् स्नान गरेर शुद्ध भई धोती फेरेर बिहान बेलुका गायत्री मन्त्र जपेर पूजा आजा गर्ने र भोजन गर्दा भाग बस्ने मन्त्रले सबै भगवान्लाई चढाएर भोजन गर्ने तागाधारीहरुको परम्परा लोप भएको छ ।

जनै पूणिर्मा पर्वको एक दिन मठ मन्दिरमा गएर जनै लगाउने र पण्डितबाट ताओ बाध्ने औपचारिकतामा जनै पूणिर्मा सीमित हुन गएको छ । गायत्री मन्त्र आजकल मिडिया रेडियो र एफ.एममा सुन्न पाइन्छ । ताओ बाँध्न भने गुरुहरुकोमा भीड लाग्छ ।

रक्षा बन्धन मन्त्र

येन बद्धो बली राजा दानवेन्द्रो महाबल ।

तेन त्वां प्रतिबध्नामि रक्षोमा चल मा चल ।।

भावार्थः अति बलवान् दानवहरुका राजा बलि जुन रक्षा बन्धन रक्षासूत्रले बाँधिएका थिए, सोही रक्षा सूत्र म तिमी -यजमान) लाई बाँधिदिन्छु । हे रक्षा सूत्र तिमी स्थिर भइरहू अर्थात् यजमानको रक्षा गरिरहू ।

धर्म संस्कार संस्कृति लोप गर्दा हुँदैन है हितकर ।

स्वधर्म पालन गर्न कस्ले कस्लाई छेक्न सक्छ र – ।।

फ् श्री परमात्मने नमः फ् श्री सप्तऋषय नमः ।

- शिवप्रसाद गौतम