डा. गोविन्द केसीको सत्याग्रह र वर्तमान नेतृत्वको चरित्र

संवेदनहीनताको पराकाष्ठा

डा गोविन्द केसीको अनशन आज १८ औं दिन पनि जारी छ। एउटै विषयमा उही व्यक्तिले ११ औं पटक, त्यो पनि प्रत्येक पटक लामो अनशन गर्नु परेको र अनशन गरेको सायद विश्वमै यो पहिलो घटना होला। राज्यको बागडोरो सम्हाल्नेहरुले छलछाम र सधैँ बेइमानी गर्दै आएकोले यो कठोर कदम डा केसीले उठाउनु परेको हो। लामो भोक हड्तालरुपी सत्याग्रहले उनको स्वास्थ्य स्थिति बिग्रदै गएको छ। राज्य संचालन गर्नेले उनको यो सत्याग्रहलाई अनदेखा गर्नु र उनले उठाएका स्वास्थ्य शिक्षासम्बन्धी सर्वथा उचित मागहरु इमान्दारिताका साथ सम्बोधन नगर्नु, यसअघि पटक पटक उनीसँग गरेका सम्झौताविपरीत नीति लागू गर्न खोज्नु बेइमानीको पराकाष्ठा बाहेक अरु केही होइन।

राणा प्रधानमन्त्री मोहनशमशेरका शासनकालमा बीपी कोइराला जेल पर्दा त्यस्तै १८/२० दिन जति उनले अनसन गर्नुपरेको हो-जेलका बन्दीहरुले सुविधाको माग राखेर। सरकारले उनका माग पूरा गर्ने वचनबद्धता गरेपछि उनले आफ्नो आमरण अनशन तोडेका हुन्। त्यसबेलाको सरकारले जुन वाचा गरेको थियो, बन्दीका सुविधा सम्बन्धमा ती पूरा गरेको पनि हो। घटनालाई जोडेर हेर्दा प्रश्न उठ्छ-के लोकतान्त्रिक गणतन्त्रका सरकारहरु राणा प्रधानमन्त्री मोहनशमशेर जति पनि आफ्नो वचनमा इमान्दार र संवेदनशील छैनन् –

लोकतान्त्रिक गणतन्त्रका नेतृत्वकर्ताको संवेदनहीनताको प्रस·, उर्ठाई रहँदा काठमाडौं मूल शहर -डाउन टाउन) को सडकमा पानी पर्दा बगेका दुर्इ बालिकाको याद आउँछ। एउटा उद्धार गरिएकोले बाँच्न सकिन् तर अर्कीको ज्यानै गयो। र, रौतहटमा सरकारी निकायका अधिकारीहरुको लापरबाहीकै कारण सडक बनाउँदा पारिएका खाल्टामा परेर ११ बालिकाहरुको ज्यान गएको छ। तर, काठमाडौं शासनसत्तामा बस्नेहरु संवेदित भएको देखिँदैन-सदनमा मन्त्रीको बयान माग गर्ने र एउटा जाँच कमिटी गठन गर्नेबाहेक।

काठमाडौं सडकको पानीमा बालिका बगेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सचिवहरुलाई बोलाएर १५ दिनभित्र सडकका खाल्टा पुन निर्देशन त दिएका छन्, तर खाल्टा पुरिएको नपुरिएको र पुरिएको भए कति बलियो गरी पुरिएको छ, त्यो हेर्न अनुगमन गर्न भने उनले फुर्सद पाएनन्। जहाँसम्म सडकमा हिंड्ने-देख्नेहरु भन्छन् केवल झारा टार्ने बाहेक काम केही भएको छैन। सडकको हालत जस्ताको त्यस्तै छ। र, काठमाडौंका निर्वाचित मेयरको भनाइ पनि उदेकलाग्दो छ। उनी भन्छन्-अहिले खाल्टा पुरेर काम छैन। शासनसत्तामा रहेकाहरुको व्यवहार हेर्दा लाग्छ-लोकतान्त्रिक गणतन्त्रका हाम्रा शासकहरु कवि भूपि शेरचनका घुम्ने मेचमाथिका अन्धा मान्छे हुन्।

किन पूरा भएनन् डा केसीका माग ?

डा केसीले कुनै ठूला र राज्यले पूरा गर्न नसक्ने माग राखेका छैन। उनको मुख्य मागको विषय हो-स्वास्थ्य र शिक्षा आममुलुकबासीको प्रत्यक्ष सरोकार राख्ने विषय हुँदा यसलाई व्यापार बनाइनु हुँदैन, यो मुनाफा कमाउने क्षेत्र होइन। डा केसी र अहिलेको शासक वर्गबीच स्वार्थ बाँझिएको विषय यही हो।

वर्तमानको राजनीतिक नेतृत्वको शीर्षतहले नै स्वास्थ्य र शिक्षा क्षेत्रलाई मुनाफा कमाउने क्षेत्र बनाएका छन्। खास गरेर तीन ठूला दलको नेतृत्व पंक्ति नै यसमा संलग्न छन्। यिनीहरुले आफै प्रत्यक्ष लगानी गर्ने पनि होइनन्। यो राजनीतिक नेतृत्वको साँठगाँठ माफियाहरुसँग छ। यी माफियाको काम नक्कली पूर्वाधार खडा गर्ने र राजनीतिक नेतृत्वलाई बिना उनीहरुको लगानी शेयर दिने अनि विश्वविद्यालयको सम्बन्धन तथा संचालन अनुमति लिने। मेडिकल कलेज संचालन गर्ने। योग्यताको होइन, जसले बढी शुल्क तिर्न सक्छ, त्यसैलाई भर्ना लिने। व्यापारीको त यत्किञ्चित पेशागत गुण-धर्म (एथिक्स) हुन्छ। तर, माफियातन्त्र भनेको यस्तो खतरनाक प्रवृत्ति हो, जसले समग्र समाज र अन्ततः मुलुकलाई नै बिनाश गर्छ। उसको न कुनै दायित्व छ न त कुनै नैतिकता। यस्तो देशघाती-जनघाती तत्वको संगतमा रमाएको, लाभ लिएको नवसामन्तवादी शासक वर्गको दुश्मन हुन्, डा केसी। जसका सन्तान भनेकै नेपाली गरिब जनता हुन्।

म आफैले अनुभव गरेका स्मरण राख्न चाहन्छु। जतिबेला म नेपाल कम्युनिष्ट पार्टीमार्क्सवादीको नेतृत्वमा थिएँ, २०४६ सालको संयुक्त जनआन्दोलनपछि, २०४७ सालमा नेकपा (माले) र मार्क्सवादीबीच पार्टीएकता भएर एमाले बनेको हो। मालेका नेताहरु (राधाकृष्ण मैनालीबाहेक) बहुदलको पुनस्र्थापना घेाषण नहुँदासम्म भूमिगत नै थिए। तर, आर्श्चर्य यो छ कि भूमिगत हुँदै उनीहरुमध्ये केहीले निजी बोर्डिङ स्कूलमा लगानी गर्नुका साथै इन्सेकलगायत अन्य केही गैरसरकारी संस्था (एनजिओ, आइएनजिओ) मा संलग्न पनि रहेछन्। बहुदल आएर शासनमा पुगेपछि त यो एक आमप्रवृत्ति नै बनेर आएको छ, ठूला पार्टीका नेतृत्वको। अनि केपी ओली, शेरबहादुर र प्रचण्ड डा. केसीको स्वास्थ्यप्रति किन संवेदनशील हुने ? केसीले त यी नेताहरुको निहीत एवं अवाञ्छित स्वार्थको प्रतिरोध गरेका छन्।

आर्श्चर्य त यो छ कि डा केसी, जसले आमनेपालीको लागि यत्रो ठूलो खतरा उठाएका छन्, उनको समर्थनमा राजधानीमा केही सानो तप्का बाहेक हामी कोही उठ्न सकेका छैनौं। मोफसलमा त छुँदै नछोएको प्रतीत हुन्छ, डा केसीको सत्याग्रहले। यसको मतलव के नेपाली जनता यत्रो अनमोल व्यक्तिको कृतसंकल्पता र त्यागले स्पन्दित हुन छाडेको हो ? सचेत भनिएको नेपाली समाज मृतप्रायः छ ? वा दलका नेताको भयले आक्रान्त छ ?

खेर जाने जाने छैन केसीको तपस्या :

अनशनरुपी सत्याग्रहको ठूलो प्रयोगकर्ता हुन्-महात्मा गान्धी। यी पंक्ति लेख्दै गर्दा भारतमा गान्धीको सत्याग्रह सफलताको ७५ औं वर्षगाँठ मनाइरहेका छन्-जनस्तरमा र सरकारी तवरमा। गान्धीले यही सत्याग्रहको अविचलित एवं सतत प्रयोगले दुर्इसय वर्ष भारतमा शासन गरेको अंग्रेजलाई धपाउन सफल भएका हुन्। भारतमा मात्रै होइन, दक्षिण अप्रिmकाको रंगभेदवादी गोरा शासकलाई पनि उनले सत्याग्रहको माध्यमबाट केही मानवीय बनाउन सफल भए। गान्धीकै जगमा उठेका हुन्, नेल्सन मण्डेला। त्यस्तैले यो निश्चित छ कि डा. केसी सत्याग्रह गर्दै गर्दा नन्दप्रसादझैं मर्न पनि सक्छन् वा उनलाई गंगादेवीलाई झैं बनाउला सत्ताले। तर डा. केसीले उठाएको मिसन मर्ने छैन भन्ने सम्झनुपर्छ। र, यो पनि सम्झिनुपर्छ कि अहिलेको शासक वर्ग चाहे त्यो सत्तासीन होस् वा प्रतिपक्ष लोकतन्त्रको नाउँमा उनीहरुको माफियातन्त्र एवं लुटतन्त्र निरापदरुपमा धेरै अघि जान सक्ने छैन। उनीहरुको रजाई निष्कण्पट रहने छैन।

डा केसीलाई १० औं पटक ढाँटियो। अब सत्तासीनले सम्झिनुपर्छ सधैँ सबैलाई ढाट्न सकिने छैन। ढाटतन्त्रको सीमा पनि नाघेको छ।

- तिलक पराजुली