टीकाराम गुरु : आमा, गान्धी र महाभारत

‘म प्रकृतिबाट नै धेरै शिक्षा लिन्छु र परिर्वर्तनको क्रमलाई प्रकृतिसँग नै तुलना गर्छु’

आदरणीय गुरु टीकराम बाँस्तोला उहाँले शिक्षा लिने गरेको त्यही प्रकृतिको नियम अनुसार रूपान्तरित हुनुभयो सायद : उहाँको पार्थिव शरीर जनवरी २१ तारिख, २०१३ मा हामीबाट छुट्टयिो र प्रकृतिको महासागरमा मिसियो। त्यस दिन पछिको उहाँ हाम्रा लागि अगम्य हुनुभयो। तथापि, उहाँलाई विभिन्न तवरबाट भोगेका मानिसहरूको बीचमा, उनीहरूका वैयक्तिक स्मृतिमा र ती स्मृतिको जोडमा उहाँ विभिन्न तवरमा जीवन्त हुनुहुन्छ भन्ने मलाई लाग्छ।

पछिल्ला ४-५ वर्षमा म टीकाराम गुरुसँग अत्यन्त तीव्र सर्म्पर्कमा थिए। गएको अक्टोवरमा डेनमार्क र्फकनु अगाडि करिब ५ महिनाको बीचमा मैले उहाँलाई चारपटक भेटेको थिएँ। तीन पटक उहाँको घर पोखरामा र एकपटक गैह्रापाटनको एक वैवाहिक भोजमा। यस चरणको पहिलोपटक, मैले गएको जून महिनामा उहाँलाई भेटेको थिएँ। त्यसबेला उहाँ आफ्नो कोठामा नै हुनुहुन्थ्यो। उहाँको शरीर धेरै दुब्लो लागेको थियो। महाभारत, वेद लगाएका अन्य पुस्तक र पत्रपत्रिका उहाँको अगाडि थिए।

सन् २०११ मा म डेनमार्क जानु अगाडिसम्म, उहाँ हेमजामा नै रहेको उहाँको घेरै पहिले बनाइएको घरमा नै बस्नुहुन्थ्यो। म उहाँलाई भेट्न प्राय घरमै जान्थे। साँझको समयमा हामी गुरुआमाले दिनुभएको चिया पिउँदै घण्टौ बहस गथ्यौ। हामी प्राय पिंढीमा बसिरहेका हुन्थ्यौ। आमाले चिया दिनु अगाडि गुरु हरेकपटक यो चिनी नराखेको चिया हो भनेर सोध्नुहुन्थ्यो। कयौ पटक खाना खान धरै ढिलो हुन्थ्यो। आमा चाँडो खाना खान आग्रह गरिरहनुहुन्थ्यो। त्यही बीचमा कहिले काहीँ घनघोर पानी पर्थ्यो। कहिले गाउँघरमा खैलावैला हुन्थे, कुनै बेला मान्छेहरू गुरुकहाँ आउँथे टोलको धारा, बाटोघाटो, र कतिपय पारिवारिक तथा छिमेकीबीचका झैझगडा र मनमुटावलगायतका विभिन्न विषयमा कुरा गर्न। अनि तिनै विषयको चर्चा गर्दै उहाँ आएका मानिसहरूसँग विभिन्न तवरले परम्परा, नीति, नियम र सामाजिक सदभाव र समन्वयका कुरा गर्दै जानुहुन्थ्यो र र्फकने बेलामा धेरै पटक त्यस्ता मानिसहरू अब यसो गर्नुर्पर्छ भन्ने एउटा धारणाको निर्माण गरेर र्फकन्थे। यस्ता विषयमा गुरुआमाले पनि विशेष चनाखो भएर विभिन्न कुरा गर्नुहुन्थ्यो। कहिले उहाँको जीवनका कुनै लामा प्रस·मा हामी छिथ्यौ अनि त्यसलाई छिचोल्नुपर्थ्यो।

वैवाहिक भोजमा संयोगबस भेट हुँदा लामो छलफलपछि हामीले सँगै खाना खायौ। गुरुले भोजमा राखिएका सबै परिकार आफ्नो प्लेटमा राख्नुभयो, एथेष्ट मात्रामा। लाइनमा म उहाँको पछाडि थिएँ। मैले मनमनै अचम्म पनि मानेँ र एक कौतुहलता जाग्यो उहाँले निसड्ढोच त्यहाँ राखिएका खानाका हरेक परिकारलाई प्रेमपूर्वक आफ्नो प्लेटमा राख्दै जाँदा। उहाँ उच्चरक्त चापबाट गुज्रिइरहनुभएको थियो र केही समय पहिले वेहोस अवस्थामा नै हस्पिटल भर्ना गरिएको कुरा मैले फोनबाट थाहा पाएको थिए। धेरै वर्षदेखि दैनिक २ -३ पटक औषधि सेवन गरिरहनुपर्ने अवस्थामा उहाँ हुनुहुन्थ्यो। यो सबै कुरा सम्झँदा मनमनै डर पनि लागेको यिथो। हामीले सँगै राखिएका कुर्सीमा बसेर खाना खायौ। यो बीचमा म गुरुको स्वास्थ्यभन्दा उहाँको मनतर्फ लोभिइसकेको थिएँ। खाना खाइसकेपछि मैले दही र रसवरी राखिएका दुर्इवटा प्लेट लिएर आएँ। गुरुले भन्नुभयो, ल दही पनि खाइदिउँ तर रसवरी चाहीँ मेरो भाग पनि तपाइँ नै खानोस् भनेर रसरवरी मेरो प्लेटमा राखिदिनुभयो, दही सबै खानुभयो। पछि छुट्टनिे बेलामा मैले मोटरसाइकलमा विस्तारै घर पुर्‍याउँछु भने उहाँ मान्नुभएन। उहाँले म माइक्रोबसबाट आएको थिएँ त्यसरी नै र्फकन्छु भन्नुभयो। मलाई त्यहाँ पनि डर लाग्यो फेरि, किनभने केही समय अगाडीको खानाले उहाँको शरीरमा प्रचुर ताकत दिइरहेको मैले उहाँको अनुहारमा देखा परेको फरकपनाबाट सहजै अनुमान लगाइसकेको थिएँ। तर उहाँको इच्छालाई मैले नर्कान सकिनँ।

पछिल्लो पटक दसैँको आसपासमा उहाँसँग भेट भएको थियो। त्यतिबेला गुरुको शरीर अलि मोटो देखिएको थियो र त्यसलाई कोट्टयाउँदा बाबुहरूले धेरै मोटाउनु राम्रो होइन भन्छन् भन्नुभएको थियो। त्यसपटक उहाँका तीन सन्तानमध्येको जेठो छोरा पनि पोखरा नै आउनुभएको रहेछ। धेरै सुनेर कहिल्यै भेट्न नपाएको मान्छे हुनुहुन्थ्यो उहाँ मेरो लागि। मैले आफ्नो कामका सम्बन्धमा र मेरा आउँदा योजनाका सम्बन्धमा उहाँसँग केही कुरा गर्ने प्रस· निस्कियो। यो बीचमा उहाँले मेरो पारिवारिक पृष्ठभूमि र मेरो जन्म घरलाई लोकेट गर्नुभयो र मलाई केही महत्त्वपूर्ण सुझावहरू पनि दिनुभयो। साथै, बाहिरबाट गएको एक पेशेवर चिकित्सकको रूपमा काठमाडौको समाजसँगको अन्तरसम्बन्धका बारेमा आफ्नो एउटा गहिरो अनुभव पनि साट्नुभयो।

यसपटक डेनर्माक फर्किएर गुरुसँगका अन्तर·लाई पल्टाउन थाल्दा म सोच्दै थिएँ मैले त थाहा पाएँ र देखे पनि शाल्रि्रामरूपी टीकाराम गुरुभित्र अथाह सुवर्णणहरू रहेछन्, तर म त्यो कुरा अरुलाई कसरी भन्न र बुझाउन सक्छु ? म ती कणहरूलाई कसरी बाहिर ल्याउन सक्छु? कसरी प्राप्य हुन्छ त्यो अमूर्त र अगम्य लाग्ने वस्तु आम मानिसहरूको लागि ? यी प्रश्नहरूले मलाई कहिलेकाहीँ विश्वविद्यालयको समग्र ज्ञानको प्रक्रिया र आम सामाजिक प्रक्रियाको बीचमा उभ्याएजस्तो पनि लाग्थ्यो र कतिपय अवस्थामा अझै समाज र विश्वविद्यालयको बीचमा निकै ठूलो दूरी भएजस्तो पनि महसुस हुन्थ्यो। मेरो विश्वविद्यालयमा तोकिएको त्रि्र अध्ययन र अनुसन्धानका पूर्वनिर्धारित कार्यक्रमले गएको क्रिसमससम्म म अत्यन्त व्यस्त भएँ। अङ्ग्रेजी नयाँ वर्ष (सन् २०१३) को प्रारम्भसँगै मैले आफ्नो वाषिर्क कार्यतालिका पुनरावलोकन गर्दै थिएँ। र यो वर्षमा गुरुसँगको एक भिडियो प्रोजेम्ट तयार गर्ने योजनालाई प्राथमिकतामा राखेँ।

यही जनवरीको दोस्रो हप्तामा मैले सो प्रोजेक्टको प्रस्ताव तयार पनि गरिसकेको थिएँ, जस अनुसार ३ चरणमा गुरुको अन्तर्वार्ता लिने र उहाँको जीवनका विभिन्न पक्षको सम्बन्धमा ६ देखि ९ घण्टाको उहाँको आवजमा भिडियो रेकर्डिङ तयार गर्ने र त्यसलाई ३ वटा फाइलमा बाँढेर आम सोसल मिडिया पुर्‍याउने। उहाँसँग औपचारिक सम्वाद गर्ने चेकलिष्टको लामो फेहरिस्त तयार भइसकेको थियो। पुरानो नेपाली ग्रामीण परिवेशकी विधवा आमाको हौसला र आशीर्वाद लिएर उच्च शिक्षाका लागि वनारसमा रँहदाका उहाँको जीवनको एक बेजोड पक्ष, समाजका विभिन्न पक्षसँगको तीव्र अन्तरक्रियात्मक सम्बन्धका बीचमा शैक्षिक संस्थाहरूको स्थापना, सञ्चालन तथा अध्यायपनको लामो अनुभव र सामाजिक तथा पारिवारीक क्षेत्रमा उहाँले देखेका र अनुभव गरेका विविध पक्षहरूलाई खोतल्दै म ती घटना र परिवेशको बीचमा गुरुको गुरुत्त्वलाई निर्माण र पुनर्निर्माण गर्दै थिएँ।

आगामी वर्षको बजेटमा यसको खर्चलाई समेट्न ज्ञानसरोवर एकेडेमीका मित्र रामबबहादुर जिसीलाई अनुरोध गरेको चिठ्ठीको ड्राफ्ट र परियोजनको प्रस्तावलाई मेरो वेवसाइटमा अपलोड गरिसकेको थिएँ। आउने जुलाई महिनामा नेपाल फर्किएर उहाँको अन्तर्वाताको सुटिङ गर्ने र त्यसको सम्पादनको सबै काम सक्याएर आउँदो २०१३ को सेप्टेम्बर सम्ममा र्सार्वजनिक गर्ने योजनामा म थिएँ। अनायास, त्यसको दुर्इ दिन पनि नवित्दै राम सरले गुरु स्वर्गे हुनुभयो भनेकोर्र् इमेल मेरो डेस्कटपमा देखियो म छँगाछुर भीरबाट सीधै तल पछारिएँ, मेरो एउटा परिकल्पना को समग्र आधार भत्कियो, राम्ररी कोखमा जम्न नपाउँदै मरो एउटा सृजनाको यसरी गर्भपतन भयो।

यद्यपि मेरो पहिलो पुस्तक आँधीका सुसाइ गुरुकै हातबाट विमोचन गर्ने संयोग परेको थियो र संस्थापकको रूपमा ज्ञानसरोवर एकेडेमीको भवन निर्माणको शिलान्यास पनि उहाँकै हातबाट गराउने अवसर पाएको थिएँ। तर यो पछिल्लो काम कहिल्यै पूरा नहुने गरी मनमै रह्यो भन्दा नमीठो लागिरहेको छ। सोचेको थिएँ, गुरुलाई मेरो त्यो एउटा सानो उपाहार हुन्छ होला तर त्यो मात्र आफ्नै मनको तलाउमा रहने भयो सधैँभरि, कहिले उत्रँदै र कहिले डुब्दै।

नेपाली भाषा र साहित्यका विद्वानको रूपमा सयौ सहकर्मी, हजारौ विद्यार्थी र आम शिक्षित वर्गको बीचमा उहाँको एक मजवुत छवी थियो। आम जनमानसले उहाँलाई एक सरल, मृदुभाषी, अनुशासित, नैतिकवान, सक्रिय र सकारात्मक सोच भएको एक आदर्श व्यक्तिको रूपमा लिन्छ भन्ने मेरो ठम्याई छ। यहीँनेर एउटा विचारणीय पक्ष के छ भने यी सबै त हामीमध्येले देखेको वा मानेको गुरुको चरित्रका आयाम हुन् तर गुरुले हामी, आम मानिस र समग्रमा समाजलाई कसरी हेर्र्नुहुन्थ्यो र आफू र अरु बीचमा कसरी समन्वय गर्नुहुन्थ्यो र एक र्सार्वजनिक पद र क्षेत्रमा जीवनको अत्याधिक उर्जा र समयलाई उपयोग गरेको व्यक्तिले आफ्ना जिम्मेवारीलाई कसरी सम्पादन गर्थ्यो ? यो प्रश्नको निरूपणले गुरुको अप्रकाशित आयमलाई बुझ्न मद्दत मात्र गर्ने छैन उहाँको जीवनको त्यस पक्षसँगको साक्षातकारले हामीले भन्ने गरेको वस्तुगत र विषयगत अन्तरलाई र त्यसको महत्त्वालाई अझ बढी र्छलङ्ग पारिदिने छ भन्ने मलाई लाग्छ। उपलब्ध समय, सर्न्दर्भ सामग्रीहरू र अन्य श्रोत साधानको सीमितताले म यस प्रश्नको विस्तृत निरूपणका लागि अहिले अर्समर्थ छु।

वस्तुगत जगत र विषयगत जगत दुवैलाई निरन्तरको परिर्वर्तनको क्रममा राखेर गुरुको विषयगत दृष्टिकोणबाट उहाँले जीवनसँग जसरी खेल्नुभयो त्यसको अध्ययन समाजशास्त्रका केही आधारभूत अवधारणा र मान्यतालाई छोडेर उहाँको मनोवैज्ञानिक अध्ययनबाट मात्र पूरा हुन सक्छ भन्ने विषयमा मेरो अत्यन्त ठूलो शड्ढा छ। किनभने आफ्नो र आफ्नो अगाडिको व्यक्तिको मनोविज्ञानलाई समातेर, सामाजिक संस्था, प्रक्रिया र सामाजिक मूल्य मान्यतालाई स्पष्ट ढ·ले छिचोल्दै आफ्ना नियमित कार्यहरूको सम्पादन गर्न सक्ने उहाँको सरलता भित्रको एक अद्भूत कलालाई मैले नजिकबाट देख्ने र त्यसको परिणामलाई सामाजिक तहमा एक समाज विज्ञानको विद्यार्थीको रूपमा पटक-पटक नियाल्ने अवसर प्राप्त गरेँ। त्यति मात्र होइन, कतिपय अवस्थामा ती परिणामका विषयमा पछिल्ला भेटमा सैद्धान्तिक तवरबाट चर्चा गर्ने एक मित्रवत् सम्बन्धको निमार्णहुन पुगेका कतिपय स्वणिर्म क्षण मैले जीवनमा प्राप्त गरेका अरु कुनै कोटीका पुरस्कारसँग तुलना गर्न म यतिबेला अर्समर्थ छु।

आम मानिसले मूर्तरूपमा समाजकाप्रति गुरुबाट अझ बढी अपेक्षा राखेको कुरा उहाँको जन्मस्थान हेमजाका शिक्षित वर्गका बीचमा हुने विभिन्न तवरका कुराकानीमा म सुन्न र बुझ्न पाउँथेँ।

सुरुसुरुमा म पनि त्यही मनोविज्ञान बोकेर जाँदोरहेछु, उहाँ मेरो मनको आसपास नै खेल्नुभयो। पटक-पटक यस्तो भयो। तर मलाई गुरुको त्यो रूप जँचेन। अन्ततः मैले निश्चय गरेँ म रित्तो हात र्फकन्नँ। उहाँको दृष्टिलाई मैले गोचर गर्दै गएँ। र उहाँसँगको भेटलाई महिनौसम्म निरन्तर राखे। कहिलेकाहीँ उहाँ मसँग झर्किएँजस्तो गरी पनि प्रस्तुत हुनुभयो। मैले उहाँसँग प्रस्तुत हुने अरु उपायको खोजी गर्न थाले। मभित्र उहाँप्रति अरुबाट आरोपित धारणा विस्तारै पखालिँदै गए। म मौलिक तवरबाट प्रस्तुत हुन थालेछु क्यार : मैले उहाँका हरेक शब्द र ती शब्दभित्र उहाँले पोख्नुभएका भावना र उहाँको दृष्टिकोणलाई सजीव तवरले देख्न र त्यसमाथि पौडन सक्ने भएँ। कञ्चन पानी बग्ने नदीको तीरमा उभिएजस्तो लाग्न थाल्यो मलाई गुरुको अगाडि हुँदा, त्यसपछि।

शंकर लामिछानेले कतै उल्लेख गरे जस्तै टीकाराम गुरुका जीवनका तहै तह केलाउँदै जाँदा सारमा मेरो हातमा उहाँका तीनवटा आयाम फेलापरे : आमा, गान्धी र महाभारत। मैले उहाँमा निस्सारता देखिनँ। यी तीनै पक्षका प्रस· प्रायः हाम्रा छलफलमा मिसिन्थे। र्सार्वजनिक अभिव्यक्तिका क्रममा पनि हामी यी पक्षका प्रस· उहाँबाट पटक-पटक सुन्न पाएका हुन्थ्यौ। गुरुभित्रको टीकारामलाई सञ्चालन गर्ने सम्पूर्ण उर्जाको आधारभूत जग उहाँकी आमा तथा उहाँको ममता र प्राञ्जल प्रेम हो। अहिंसाको माध्ययमबाट मानिसको स्वतन्त्रता र उसभित्रको प्रेमलाई रक्षा गर्न आफ्नो जीवनलाई उर्त्र्सग गर्ने यस युगका एक त्यागी पुरुष गान्धी उहाँको चरित्रलाई समाजमा उतार्ने एक वलिष्ठ आधार हो। र, विरोधाभाषपूर्ण लाग्ने समाजका केही साश्वत पक्षलाई आत्मसाथ गर्दै आफ्नो कर्तव्यको वेदिमा निस्पृहतापूर्वक मानवीय जीवनलाई सञ्चालन गर्ने अनुपम विधि र औजार प्रदान गर्ने संसार भरिकै एक अद्भूत ग्रन्थ महाभारत उहाँको बुद्धिको आधारभूत जग हो। समग्रमा, टीकाराम गुरुको गुरुत्त्वको संरचनामा उहाँकी आमा त्यसको उर्जा हुनुहुन्थ्यो, गान्धी त्यसको शरीर थिए र महाभारत मस्तिष्क। वस्तुतः मेरा लागि आज उहाँ यिनै तीन पक्षको सजीव सन्तुलन हो, यस बाहेकको अरु कुनै पनि टीकाराम गुरुको अस्तित्व हाम्रो भ्रम हो भन्ने मेरो ठहर छ। यी तीनमध्ये यदि कुनै पनि एक चीज उहाँको जीवनमा उपलब्ध हुने थिएनन् वा फरक पर्थ्यो भने, उहाँको गुरुत्त्व हामीले आज हाम्रा बीचमा पाएजस्तो हुने थिएन, त्यो भिन्न रूपको हुनेथियो।

अझ अगाडि बढेर विश्लेषण गर्दा मलाई के लाग्दछ भने गुरुले, आमा, गान्धी र महाभारतको त्रिकोणमा आफूभित्र गतिशील तथा नैतिकता र मानविय मूल्यहरूले युएक उत्कृष्ट सब्जेक्टिभिटीको निर्माण गरेर जानुभयो। धेरै समयपछि मात्रै थाहा भयो, गुरुकै सामिप्यताबाट, मैले हाम्रो छरछिमेक र बाहिर पनि त्यस्ता धेरै सम्भावनाका पात्रलाई नजिकबाट देख्ने मौका पाएको रहेछु जस्ले आफ्नो सब्जेटिभिटिको निर्माण गर्ने क्रममा आवश्यक न्यूनतम आधार ठम्याउन सकेनन् वा त्यस्तो परिस्थितिबाट उनीहरू टाढा हुन पुगे जसका कारण ‘अजिंगरले वनको मृग खाएजस्तै गरि’ समाजले उनीहरूको मौलिक विषयगत स्वरूपलाई आफ्नो गर्भमा पचाइदियो वा क्षतविक्षत पारिदियो सदाका लागि र मात्र एक जीवित निस्सार प्राणीमा रूपान्तरण गरिदियो। गुरु त्यसबाट उम्कनुभयो वा यसो भनौ त्यसको सदैव हेक्का राख्नुभयो र फक्रनुभयो हिलोमा कमलजस्तै।

त्यो विशिष्ट सब्जेक्ट नै आधारभूत ढाँचा हो कि उहाँले जीवनको गाडीलाई सञ्चालन गर्नेक्रममा आफ्ना पारिवारिक तथा सामाजिक भूमिकालाई मौलिक तवरले निर्वाह गर्दै जानुभयो नै तर ती सम्बन्धबाट कहिल्यै बाँधिएर बस्नुभएन। परिवारभित्रको वा परिवार बाहिरको सदस्य, आफ्नो सहकर्मी वा विद्यार्थी हरेकलाई उहाँले स्वयं फक्रने र फूल्ने वातावरणतर्फ लक्षित गर्नुभयो, आफ्नो नियन्त्रणमा कहिल्यै राख्नुभएन। न त तीव्र राजनीतिक र साँस्कृतिक उतार चढावबाट गुज्रिएको उहाँको कार्यकालको नेपाली समाजको लामो कालखण्डभरि ठूला-ठूला शैक्षिक संस्थाको प्रतक्ष्य सञ्चालन गर्ने तथा उच्च शिक्षाको अध्यापनमा संलग्न हुँदा उहाँप्रति कहीँ कतैबाट समाजले औला उठाउने अवस्थाको सृजना हुने अससर दिनुभयो। लोभ, लालसा, र स्वार्थहरूको दबाबले उहाँको कर्तव्य र नैतिकताको सीमालाई कहिल्यै आँक्न सकेनन् र आफ्नो ज्ञान वा विचारको बोझले समेत उहाँलाई कहिल्यै थिच्न सकेन। त्यतिमात्र, होइन, उमेरका हिसाबले सात दशक बढी भइसक्दा पनि उहाँको शरीरको स्फूर्ति जस्तै विचार र चिन्तनमा पनि कहिल्यै बुढ्यौली लागेन, सदावहार आफ्ना अनुभव र विचारलाई समयको कसी लगाउँदै जानुभयो। गुरुसँग जो जसले जे जे अपेक्षा राखेर गए गुरु त्यसकै वरिपरि रहनुभयो आफ्नो चाहना र स्वार्थलाई अरुमा आरोपित गर्नुभएन। ठूला वैज्ञानिक, साहित्यकार तथा कलाकारले समाजमा विभिन्न तवरले आफ्ना योगदानलाई छोडेर जान्छन्, मेरा विचारमा एउटा उच्च नैतिक र बौद्धिक क्षमताको व्यक्तिको रूपमा गुरुले निर्माण गरेर जानुभएको वहाँको गतिशिल व्यक्तित्व र त्यसका माध्ययमबाट प्रस्तुत गर्नुभएको उहाँको विशिष्ट चरित्र उहाँले भोग्नुभएको समाजका सदस्यहरूका लागि त्यस्ता कुनै योगदानभन्दा कम महत्त्वको छ भन्ने मलाई लाग्दैन।

(लेखक हाल आरुस विश्वविद्यालय, डेनमार्कमा छन्।सं.)

- दामोदर त्रिपाठी