जनै पूणिर्माको महत्त्व

जनै पूणिर्मा अर्थात् ऋषि तर्पणी हिन्दू धर्मावलम्बीहरूको महान चाड तथा पर्व हो । यो पर्व प्रायः श्रावण महिनामा पर्दछ । जनै पूणिर्मालाई रक्षाबन्धन पनि भनिन्छ । यो वर्ष २०७५ भाद्र १० गते आइतवार परेको छ । यो वर्ष जेठमा मलमास परेको हुँदा भाद्र महिनामा परेको हो । हाम्रो हिन्दू धर्म संस्कृतिमा जनै (यज्ञोपवीत) र धागो (रक्षाबन्धन) को ठूलो महत्त्व छ । जनै पूणिर्माको दिन बिहानै उठेर प्रत्येक घरका आमा तथा गृहिणी, दिदीबहिनीहरूले जनैको धागोलाई सफा पानीले पखालेर बेसारमा मोलेर रङग्याई पहे“लो बनाएर जनै र धागोलाई खोला वा पधेरो तथा मन्दिरमा गई पुरोहित पण्डितद्वारा मन्त्रले जनै धागोलाई शुद्ध बनाइन्छ । त्यो दिन आफ्ना ज्वाँइ, भानिज, भिनाज्यूहरूलाई टीका लगाई जनै लगाइदिन्छन् । ज्वाँइ, भानिजले आफ्ना सासू, ससुरा, साला, तथा मामा माइजूलाई धागो बाँधिदिन्छन्  । यो हाम्रो परंपरागत पहिचान हो ।

हिन्दू धर्मानुसार धर्मशास्त्रमा जनैको ठूलो महत्त्व छ । शास्त्रमा शुद्ध कपासको धागोलाई ३/३ डोरा बनाई पा“च ओटा शिखाको गा“ठो पारी बौद्धिक मंत्रद्वारा यसलाई पवित्र गरिन्छ । जनै ३३ डोराको २ जोर जोडेर ६६ ओटा डोराको १ जोर जनै बन्दछ । त्यो पूर्ण जनै यस पवित्र जनैमा ठूलो शक्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको हुन्छ । यसले मानिसको रक्षा गर्ने भएकाले यसलाई रक्षा बन्धन भनेको हो । सत्य युगमा दानवद्वारा लखेटिएका देवताहरूलाई वृहस्पतिले रक्षा वन्धन वाँधेर रक्षा गरेका थिए । यज्ञोपवीत जनै तागाधारीले जीवनभरि लगाउनु, बाँध्नु भन्ने मान्यता छ ।

आज आधुनिक युगमा युवा पुस्ताले जनै लगाउने संस्कारको परित्याग गर्दैछन् । पश्चिमी संस्कार, संस्कृतिको अन्धानुकरण गर्नेहरूले जनै लगाउन नचाहेको कुरा बूढापाकाहरू बताउ“छन् तर नेपाल ब्राह्मण समाजको गठन पश्चात जनै लगाउनेको संख्या वृद्धि भएको छ । जनै पूणिर्माको दिन रसुवा जिल्लाको धार्मिक स्थल गोसाईकुण्ड र ललितपुरको कुम्भेश्वरमा नुहाउने र पुण्य कार्य गर्नेहरूको ठूलो मेला लाग्ने गर्दछ ।

गोसाईकुण्ड अत्यन्त महत्त्वपूर्ण धार्मिक एवम् पर्यटकीय गन्तव्य स्थल हो । धेरैजसो गतिविधि स्वास्थ्यसँग जोडिएका हुन्छन् । व्रतबन्ध भनेको आचार संहिताको पालना गर्ने, विहान सबेरै उठेर हिँड्ने, स्वस्थ अक्सिजन, हावा ग्रहण गर्ने, नुहाउने, स्वस्छ र ठण्डा दिमागको लागि लुगा फेरेर खाना खानु पर्ने, शुद्धताको लागि नवोलिकन खाना खाने, श्वास प्रश्वास सहजसँग फेर्नको लागि अक्सिजन लिने, गाईको गोबरले भूइं लिप्ने । यी आदि कार्यहरू स्वास्थ्यसँग सम्बन्धित रहेका छन् । परम्परागत प्रचलन पनि कतिका वैज्ञानिक रहेछ भन्ने कुरा महत्त्वपूर्ण छ । रक्षा बन्धनयुक्त विश्वासको र संस्कृतिको पहिचान पनि हो । रक्षा बन्धनले सबैको रक्षा गरोस् भन्ने चाहना हुन्छ ।

हाम्रो धर्म, संस्कृतिमा सोह्रौं संस्कार हुन्छन् । पहिलो गर्भाधान देखि सोह्रौं अन्त्येष्टी हुन् ।  सनातन वैदिक कर्म नै आवश्यक ठान्दछु । सर्व प्रथम चूडाकर्म, अनि उपनयन, त्यस पछि वेदारम्भ, अनि समावर्तन, व्रतबन्धका चार कुरा पूरा गर्न झण्डै सात-आठ भन्दै जा“दा सोह्र वर्णधान्दै व्रतवन्ध संस्कारमा टुपी अनि जनै, शिखा-सूत्र हिन्दुत्त्वको पहिचान, मानवीय सौन्दर्यका लागि कपाल काटी टुप्पी राख्ने प्रचलन छ । प्राचीन कालमा ब्रह्मा, विष्णु, शिव, राम, वशिष्ठ, विश्वामित्र, कृष्ण, कपिल ऋषिहरूले शिरमा जटा राख्ने गरेका थिए । त्यसकै स्मरणमा सर्वसाधारणले पनि टुपी राख्ने गरेकाहुन् । टुपी अर्थात् शिखालाई ब्रह्मग्रन्थी भनिन्छ । जनैको खास नाम यज्ञोपवीत हो । प्राचीन कालमा नारीले पनि वेद पढ्थे । जनै लगाई नारीहरू गायत्री पनि जप्थे । कन्यालाई यज्ञोपवीत धारण गराएर वैवाहिक विधिअनुसार वस्त्र ओढाएर कर्म गर्थे । तर पछि नियम संशोधन भयो ।

हरि फ् तत्सत्, तत्सत्, तत्सत् ।

इतिश्री

- धर्मराज (शर्मा) लामिछाने