जननेता मदन भण्डारी

बौद्धिक विचारका धनी, स्वप्नदर्शी राजनीतिज्ञ मदन भण्डारी थिए। छोटो समयमै उनले पार्टीको नेतृत्वदायी पदमा निर्वाचित भई आम जनताले समेत अनुभूति गर्ने गरी प्रदर्शन गरे। मानिसको मन मस्तिष्कलाई प्रभावित पार्ने क्षमता मदन भण्डारीले देखाए। १९८९ मा विश्व कम्युनिष्ट आन्दोलनमा देखिएको पूर्र्वी यूरोपमा समाजवादी व्यवस्थाको विघटन र विखण्डन हुँदै गर्दा त्यो घटनालाई समेत ध्यानमा राखेर सम्पन्न नेकपा -माले) को चौथो महाधिवेशनबाट पछ्याउँदै आएको दलीय प्रतिस्पर्धामा जानु पर्ने वहस शुरु भयो।

राजनीतिमा स्थायी शत्रु र मित्रु हुँदैन भन्ने कुरालाई व्यवहारमा स्थापित गर्दै मदन भण्डारीको नेतृत्वमा पञ्चायत इतर राजनीतिक शक्ति बीचमा रहेको असमाञ्जस्य अन्त्य गर्दै  पञ्चायती निरङ्कुशताको अन्त्यको लागि सात वामपंथी दलबीच वाममोर्चा गठन गर्दै नेपाली काँग्रेससँग समेत संयुक्त आन्दोलन अगाडि बढाउने प्रस्ताव गरियो। मदन भण्डारीले आजको नेपाल निर्माणका लागि दिएको बुद्धिमत्तापूर्ण साहसिक र दीर्घकालीन महत्त्व राख्ने सबैभन्दा ठूलो योगदान यही हो, जसले गणतन्त्र नेपाल निर्माणका लागि अगाडि बढ्ने मार्गलाई खुला फराकिलो बनाइदियो।

यसरी अगाडि बढेको विचारलाई स्थापित गर्दै २०४९ सालमा सम्पन्न पार्टीको पाँचौ महाधिवेशनको मञ्चबाट अत्यधिक वहुमत सहित नेपाली क्रान्तिको कार्यक्रमको नाम “नया“ जनवाद” बाट जनताको बहुदलीय जनवादमा रूपान्तरण गराउन सफल भए। मदन भण्डारीको यो योगदानले पूर्र्वी यूरोपका देशहरू र सोभियत संघमा कम्युनिष्ट पार्टीको विघटन पछि कम्पास हराएको जहाज झैं हुन पुगेको विश्व कम्युनिष्ट आन्दोलनको परिवेशमा नेपाली कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक प्रक्रियाबाट अगाडि बढाउन सकिन्छ भन्ने नया“ दिशा प्रदान गयो।

२०४७ सालमा संविधान निर्माणको प्रक्रियामा मदन भण्डारीले पर्याप्त ध्यान दिनुका साथै उपलव्धिलाई संस्थागत गर्ने काममा दूर दृष्टिका साथ आफ्नो विवेक प्रयोग गरेका थिए। संविधान घोषणा गर्ने सर्न्दर्भमा पार्टीको तर्फबाट २७ ओटा बु“दामा असहमति राख्दै आलोचनात्मक सर्मर्थनको उनले घोषणा गरेका थिए। २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा गठन भएको सरकारले ल्याएका लोक कल्याणकारी नीति कार्यक्रम र बजेट जसलाई अहिले सम्मकै सबैभन्दा जनप्रिय कामका रूपमा लिने गरिन्छ।

समाजको लोकतान्त्रिक करणको आधार भनेको स्थानीय सरकार स्थानीय तहमा मात्र होइन, व्यक्तिसम्म पुर्‍याउनु पर्छ भन्दै मदन भण्डारीले २०४८ सालमा संसदमा बोलेका थिए। स्थानीय निकायहरू भविष्यमा विस्तारै आफ्नै विकास निर्माण र आफ्नो क्षेत्रका समस्याहरू हल गर्नका निम्ति आफै स्वावलम्वी हुन सकून् र आफ्नो ठाउँको वौद्धिक प्रतिभा मानवीय श्रम, शक्ति र साधन स्रोतलाई ठीक ढ·ले प्रयोग गर्न सकून् भन्नका निम्ति स्थानीय तह/निकायहरूलाई स्वायत्त शासनको निकायको रूपमा स्थापित गरिनु पर्छ। यही आशय अनुसारको स्थानीय सरकारको पहिलो पटकको निर्वाचन सम्पन्न भएको छ। यसको व्यवस्थित र प्रभावकारी संचालनबाट नै वास्तविक रूपमा समाजको लोकतान्त्रीकरण सम्भव हुन सक्छ।

यसरी जवजले पार्टीको नेतृत्व विकासलाई थप समावेशी, गतिशील, प्रतिस्पर्धी बनाउने सर्न्दर्भमा प्रक्रियागत रूपमा नै हासिल गर्दै अगाडि बढाउनु पर्ने नया“ मान्यता स्थापित गरेको छ। यो भावनालाई आज संविधानलेसंमेत स्वीकार गर्दै राजनीतिक दलहरू भित्र पनि समावेशी सहभागिता हुनु पर्ने कुरालाई निर्देशित गरेको छ। ऐतिहासिक रूपमा कम्युनिष्ट आन्दोलनको मूल आधार भनेको अर्थतन्त्रको सार्वजनीकरण हो, जसले निजी सम्पत्तिको अन्त्य गर्दै सार्वजनिक स्वामित्वको कुरा गर्छ।

चिनीया क्रान्तिसँगै पछिल्लो चरणमा अरु विकास र विस्तार गरिएको थियो। नेपाली सर्न्दर्भमा पनि मिश्रति अर्थतन्त्रको प्रणालीलाई मुलुकको समृद्धि र जनतामा सुखको आधार सृजना गर्ने कार्यक्रमका रूपमा अरु मजवुत बनाउँदै -जवज) ले तीनखम्वे अर्थतन्त्रको नीतिलाई अगाडि सारेको छ। परिणाम स्वरूप आज सहकारी आन्दोलन व्यापक रूपमा अगाडि बढेको छ। यसलाई व्यवस्थित रूपमा संचालन गर्ने र पू“जीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरी रोजगारी सिर्जनाकोक्षेत्रमा ध्यान दिनु पर्ने आवश्यकता बढेको छ। आजको तीनखम्वे अर्थ नीति “जवज” को मात्र विषय नभएर यसलाई मुलुकको संविधानले नै निर्देशक सिद्धान्तको रूपमा स्वीकार गरिसकेको छ।

नेपाली समाजमा रहेका विभेदका रूपहरू विश्व मानव समाजमा भन्दा फरक थिए र छन् पनि। सामान्यतया विश्वभरको कम्युनिष्ट दर्शन आर्थिक न्यायको विषयलाई केन्द्रमा राखेर विकास भएको दर्शन हो। यो कुरा आज नेपालको संविधानमा समेत एक हद सम्म प्रतिविम्वित हुन पुगेको छ। त्यसै गरी जातीय आधारमा हुदै आएको विभेदको समूल अन्त्य गरिनु पर्ने, संस्कार र संस्कृतिमा रूपान्तरण हुनु पर्ने कुरामा जवजले जोड दिएको छ।

आज संवैधानिक रूपमा समेत जातीय आधारमा हुदै आएको विभेदको क्षतिपूर्ति समेतको कुरा उल्लेख छ। हाम्रो भौगोलिकताको कारण क्षेत्रीय आधार भएको थियो। २०४८ सालमा मधेसमा रहेको विभेदपूर्ण अवस्थाको अध्ययनका लागि पार्टीै तर्फबाट आयोग बनाएर अध्ययन गर्न लगाउने कुराले क्षेत्रीय विभेदको अन्त्यमा मदन भण्डारीको दूरदृष्टि रहेको अन्दाज गर्न सकिन्छ।

वि.सं.२०४६ सालबाट पार्टीनेतृत्वको सवोर्च्च कार्यकारी पद र २०४८ बाट जनताको प्रतिनिधिको रूपमा आफ्ना विचार र भावनाहरू राख्ने समय पाएका मदन भण्डारी छोटो समयमा नै सबै उमेर, जाति, लिङ्ग, वर्ग र क्षेत्रको जनताको मन र मस्तिष्कमा वास गर्न  पुगे। साथै उनमा आफ्ना सोच र विचारलाई यथेष्ट तथ्य र तर्कले पुष्टि गर्दै जनताले बुझने सरल भाषामा प्रभावकारी रूपमा सम्प्रेषण गर्न सक्ने कला र वाकपटुता थियो।

विश्वमा खस्कदो कम्युनिष्ट आन्दोलनको अवस्थामा पनि कम्युनिष्ट पार्टी्रति नेपाली जनतालाई आशाको दियो जगाउने काम मदन भण्डारीको नेतृत्वमा नै सम्भव भएको थियो। त्यसैले पनि त्यस समय अमेरिकाको ‘टायम्स पत्रिका’ले नेपालमा ‘कार्ल मार्क्स’ जीवितै छ भन्ने मदन भण्डारीको अन्तर्वार्ता छापेर कम्युष्टिहरूको आशाको किरण छर्ने काम गरेको थियो।

२०४७ सालमा संविधान निर्माण गर्दा मदन भण्डारीले पर्याप्त ध्यान पुर्‍याउनुभएको दूर दृष्टिका साथै आफ्नो विवेक प्रयोग गरेका थिए। वामपन्थी, नेपाली काँग्रेस र दरवार सहित तीन पक्षीय शक्ति सन्तुलनको दस्तावेजको रूपमा आएको संविधान घोषणा गर्दा पार्टीको तर्फबाट २७ वटा बु“दामा असहमति राख्दै आलोचनात्मक समर्थनको घोषणा गरेका थिए। आलोचनात्मक समर्थनलाई कसै कसैले हासोको विषय पनि बनाए तर त्यो कति दूरदृष्टिपूर्ण कदम थियो- मदन भण्डारीको नेतृत्वका कम्युनिष्ट आन्दोलनलाई नेपाली जनताले समाजवादका आधारहरूसहितको नया“ संविधान प्राप्त गर्ने संभव थिएन। यसथ मदन भण्डारीको योगदानलाई अलग गरेर हेर्न सकिदैन।

मदन भण्डारीको आस्था र विचार सिद्धान्त आत्मसात गर्दै अगि बढेको नेकपा एमाले आज स्थानीय चुनावमा अग्रस्थान ओगट्न सफल भएको छ। साथै भविष्यमा नेपालका ‘सबै वाम एकै ठाम’ हुन सके भने र राष्ट्रपति वा प्रधानमन्त्री जनताको प्रत्यक्ष निर्वाचनबाट कार्यकारी ५ बर्ष सम्मको टिकाऊ सरकार बनाउन सक्नेछ र एकीकृत नेपाल कम्युनिष्ट पार्टीको वहुमतको सरकार गठन गरी यो देश नेपाललाई संमृद्ध नेपाल बनाउने हामी नेपाली जनताको यहा“ सफलता प्राप्त गर्न सकियोस् यही नै हामी सबैको चाहना हो भन्ने यिनै हुन् नेपालका “महान नेता मदन भण्डारी”।

आज नेपालमा वाम ध्रुवीकरण हुन गइरेछ। २०७४ को स्थानीय र संघीय चुनावमा देशका ठूला पार्टीएमाले र माओवादी केन्द्र मिलेर देशमा सातौं दशकसम्म अल्प मतमा रुमलिएका जनताले आज दुर्इ तिहाईको वहुमत सरकार स्थापित गराएका छन्। यो स्थायी सरकारले जनताको मनलाई जितेर विकासका मार्ग प्रशस्त गरी यो देशलाई ऋणबाट मुक्त गरी विकास कार्यमा तीव्रताका साथ अघि बढाउने र जनताका आशा भरोसालाई पूर्ण गराउने यो सरकारको कँधमा अभिभारा थपिएको छ। एक युगमा एक दिन पालो आउछ भन्ने कुरा क. मदन भण्डारीको भनाईलाई आत्मसात गर्दै स्व. क. मदन भण्डारी प्रति श्रद्धा सुमन अर्पण गर्दछु।

- धर्मराज लामिछाने