चे ग्वेभारा-क्रान्तिकारी नेताका अन्तिम दिनहरु

चे ग्वेभाराको नाम र व्यक्तित्वले आज पनि युवाहरुलाई आकर्षित गर्दछ। लामो कपाल, दाह्री र जुंगा अनि टाउकोमा छड्के टोपी, धेरै खल्तीहरु भएको ज्याकेट र पाइन्ट लगाउने अनि बुट जुत्ता उनका अधिकांश तस्बीरहरु यही रुपमा प्रकाशित गरेको पाउँछौ। चे उनको लागि पछि थपिएको शव्द हो। बास्तविक नाम चाहीँ अर्नेस्तो ग्वेभारा डेला सेर्ना हो अन्तत विश्वभर चे ग्वेभारा कै रुपमा प्रसिद्धि पाए एक क्रान्तिकारी छवी भएका नेता, गुरिल्ला युद्धका पारखीको रुपमा।

अर्जेन्टाइनाको उपल्लो मध्यम वर्गीय परिवारका ५ सन्तान मध्य सवैभन्दा ठूला चे बच्चा देखि नै दमका रोगी थिए । त्यसैले हावापानी उपयुक्त भएको ठाउँ खोज्दै विभिन्न मुलुकका प्राकृतिक रुपमा राम्रो ठाउँहरुमा विताए। सन् १९२८ मा जन्मेका चेले बाल्यकालमा स्कूलको शिक्षा नियमित गर्नसकेनन् । तैपनि १९ वर्षको उमेरमा चिकित्सा शिक्षाका लागि विश्वविद्यालयमा पर्ढाई गरे। विद्यार्थी जिवनमा मेधावी छात्रको रुपमा, युवतीहरुको लागि आकर्षक व्यक्तित्व थिए।

दोस्रो विश्वयुद्धताका अर्जेन्टाइना एउटा धनी राष्ट्र पनि थियो र उसले युद्धताका आफूलाई  तटस्थ राष्ट्रको रुपमा उभ्याएको थियो । पछि जर्मन विरुद्ध युद्धको घोषणा गरे र पराजित हुनुपरेको थियो। विश्वविद्यालय पढेको अवस्थामा दक्षिण अमेरिकाका कैयन मुलुकहरु अर्जेन्टाइना लगायत चिली पेरु कोलम्बिया बोलिभिया । भेनेजुयला, ग्वाटेमाला देशहरुमा कतै साइकलबाट कतै मोटरबाट त कतै मोटरसाइकलबाट भ्रमण गरे।

त्यसबेला दक्षिण अमेरिकी मुलुकहरु राजनैतिक अस्थिरताबाट गुज्रीरहेका थिए, कतै सेनाले सत्ता, कतै सेनाको सहयोगले नागरिकद्वारा सत्ता आदि अवस्थाबाट गुज्रेको दिनहरुमा चे ग्वेभाराले विभिन्न खाले काम गर्दै विभिन्न मुलुकहरुको सामाजिक र आर्थिक अवस्थाको नजिकबाट अध्ययन गर्ने काम गरे। अन्ततः मेक्सिकोमा चिकित्सक भएर पनि काम गरे। यो सन् १९५५ को कुरा हो त्यही समयमा क्युवाका फिडेल क्यास्ट्रो जेलबाट रिहा भएर मेक्सिकोमा पुगेका थिए र ग्वाटेमालामा क्युबालाई स्वतन्त्र गर्न चाहने केही व्यक्तिहरुलाई भेटेका थिए।

ती सबैलाई चेले गुरिल्ला युद्धको कला, छापामार युद्ध गर्ने तौर तरीका सिक्न र सिकाउन थाले । मकसद थियो क्युबा स्वतन्त्र गर्न छापामार युद्धको तयारी गर्ने। यही तालिमको सिलसिलामा उनी लगायत २८ जना क्युबाली पक्राउ परे र जेल चलान गरियो। झण्डै साठी दिन पछि रिहा भए त्यसबेलासम्म सबै छिन्न भिन्न भइसकेका थिए अन्तत २४ जना सबैको एकै ठाउँमा भेट भइसकेपछि क्यूबा तर्फ लागे।

सन् १९२८ मा जन्मेका चे ग्वेभाराको मृत्यु १९६७ अक्टोबर ९ का दिन भएको थियो। आज ठीक ५० वर्ष भयो उनको निधन भएको। तर आफूलाई बामपंथी नेताको रुपमा ठान्नेहरु, छापामार युद्ध गरेर आएका भन्ने नेताहरुले उसलाई स्मरण गर्न पनि छोडेका छन्। सन् १९६० मा चेले लेखेका किताब गुरिल्ला वारफेयर  ुुगुरिल्ला लर्डाईँका सूत्रु विश्वभरका बामपंथीले , छापामारयुद्धमा तल्लीन लडाकुहरुले आफ्नो मूल सूत्र मानी आएका तरपनि सत्ताको स्वाद चाखिसकेका बामपंथीहरुको लागि चे ग्वेभारालाई सम्झने फुर्सद पनि छैन।

सर्वहारा वर्गको लागि संघर्ष गर्ने, मजदूर र किसानको हितमा संघर्षरत रहने बामपंथीहरु को लागि यो केवल राजनैतिक नारा मात्र हुन पुगेको छ, भोट प्राप्त गर्नक्ा लागि मात्र भट्याउने नारा भएको छ, सत्ताको नजिक पुग्न वा सत्ता प्राप्त गर्नका लागि देखाउने एउटा बाटो भएको छ ।  त्यसैले त विश्वभरका बामपंथी आन्दोलनहरु सर्वाहारा वर्गको लागि गरिने संघर्षहरु सवै इतिहासमा विलीन भएको छ। दक्षिण अमेरिकाका मुलुकहरु नै हेरौं। कोलम्बिया, भेनेजुयला, निकारागुआ, पेरु वा चिली, इक्वेडर वा पारागुआ सवै ठाउँमा कम्युनिष्ट आन्दोलनहरु निर्रर्थक भएका छन्।

वषौ सम्म छापामार युद्ध गरेका कोलम्बियाका व्रि्रोहीहरु भरखरै मूलधारमा समाहित भए। लाखौं मानिसहरु मारिए, निहत्था जनताले ठूलो दुःख पाए अन्ततः समाहित हुनपर्‍यो। भेनेजुयला आज अशान्त र अभावको  देश हुनपुगेको छ सारा जनतालाई निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य, निःशुल्क आवास, निःशुल्क भोजनको नारा सहित अमेरिकाको प्रचण्ड विरोध गर्दै सत्तासीन हुन पुगेको क्रान्तिकारी राभेजको मृत्यु पछि भेनेजुयला तानाशाही मुलुक बन्न पुगेको छ।

यिनै चे ग्वेभाराको नेतृत्वले स्वतन्त्रता प्राप्त गरेको कयूबा कम्युनष्टि शासन प्रणाली लागु गरेपछि आजको दिसम्म आइपुग्दा आफ्ना नागरिकलाई न्यूनतम सुविधा दिन र आफ्ना नागरिकलाई आफ्नै देशमा राखिराख्न संघर्षरत रहेको छ। एउटा कुरा हामी के विर्सनु हुँदैन भने चे ग्वेभाराले आफ्नो जीवनकालमा कम्युनिष्ट शासन प्रणालीको वकालत कहिले गरेनन् । निश्चितरुपमा उनी परिवर्तन हुनुपर्दछ भनेर क्रान्तिकारी स्वरुप को पहिचानका लागि बकालत गर्ने व्यक्ति हुन् ।

कुनैपनि देश पराधीन नभइ स्वतन्त्र हुनु पर्दछ भनेर संघर्ष गरे, संघर्ष गर्ने छापामार शैलीलाई विकास गरे अन्ततः त्यही सीप र कलाले क्यूबालाई स्वतन्त्रता प्राप्तको लागि नेतृत्व गरे तर क्यूबाको सत्ता आफूले नलिइ फिडेल क्यास्ट्रोलाई सुम्पे। त्यस्ता व्यक्ति चेग्वेभारालाई अन्ततः कम्युनिष्ट शासन प्रणाली लागु गर्न उद्यत रहेका क्यास्ट्रोले अन्तिम दिनहरुमा कुनै महत्व दिएनन्। संभवतः क्याष्ट्रोलाई महसुस भएको हुनु पर्दछ चे रहुञ्जेल क्यूबामा कम्युनिष्ट शासन स्थापित हुन सक्दैन।

हुनपनि सन् १९६५ अप्रिल महिनामा चेले क्युबा छोडे पछि मात्र क्यास्ट्रोले अक्टोबर १ मा औपचारिक कम्युनिष्ट पार्टीको घोषण गरी कम्युनिष्ट शासनको शुरुवात गरेका हुन। क्यूबा छोडेर जानका लागि क्याष्ट्रोले चे माथि दबाब, हतोत्साह र षड्यन्त्र गरी नै रहे जुन कुरा क्रान्तिकारी स्वभावका चे ग्वेभाराले बुझेका थिए। तसर्थ सत्ता प्राप्तिका लागि कम्युनिष्टहरु जे पनि गर्न सक्छन् जे पनि गर्दछ भन्ने इतिहास हामीले विसर्नु हुँदैन।

क्यूबालाई स्वतन्त्रता दिलाउनका लागि, र क्यूबाको आर्थिक स्थिति मजबुत गराउन र क्यूबालाई अन्तर्राष्ट्रिय रुपमा पहिचान दिनको लागि चे ग्वेभाराले आफू प्रधानमन्त्री नभइकन घुमुवा राजदूत, सुधारका लागि डाइरेक्टर पछि उद्योग मन्त्री, केन्द्रीयबैंकको गभर्नरको रुपमा काम गरे। आर्थिक सुधारका लागि सम्झौता गरे। चेको लोकप्रियताबाट, सुधारवादी कामहरुबाट क्याष्ट्रो संशकित भए। क्याष्ट्रोलाई राम्रोसंग थाहा थियो कि चेसंग रणनीतिक कौशलता संगठन गर्न सक्ने करिश्मा र नेतृत्व क्षमता छ र कुनै पनि बेला जे पनि गर्न सक्दछ ।

त्यसैले आफ्नो प्रतिद्वन्द्वीको रुपमा हेर्न थालियो। क्याष्ट्रोले आफ्ना सैनिकहरु मार्फत एकाधिकार शासन चलाउन तर्फ उद्यत रहेको संकेत जब चेले पाउन थाले उनले पनि विस्तारै क्यूबा छोडेर जाने मन बनाए । किनभने चे ग्वेभारा स्वतन्त्रताका लागि नायक थिए, अधिनायकवादका प्रखर विरोधी थिए। त्यसैले उसले सर्वाजनिक जीवनबाट क्रमशः टाढिँदै गए र ५ वर्ष क्यूबामा सक्रिय भूमिका पछि क्यास्ट्रोलाई विदाइ चिठी लेखेर गए। त्यसबेला क्यास्ट्रोले भने चलाई पुनः एकपटक गुरिल्ला युद्धको लागि कंगो पठाइएको छ। भनिन्छ गुरिल्ला युद्ध कंगोमा पराजित भएपछि क्यूबा र्फकन चाहेनन् र उसमा भएको क्रान्तिकारी ऊर्जाको प्रयोग कसरी गर्न सकिन्छ भनेर बोलिभियामा रहन थालेको कुरा उल्लेख गरिएको पाउछौं।

आफ्नो जीवनका अन्तिम क्षणमा चे निकै हताशजनक स्थितिमा रहेको र स्थापना भएका बामपंथी पार्टीहरूले पनि सहयोग नगरेको कारणले भौँतारिन थालेको कुरा इतिहासको कालखण्डले पुष्टि गरेको पाइन्छ। क्यूबामा क्याष्ट्रोले कम्युनिष्ट पार्टीको स्थापना गरी कम्युनिष्ट शासन चलाउन शुरु गरेपछि र चे ले क्यूबा छोडेपछि उनीप्रतिको धारणामा व्यापक परिवर्तन भएको पाउँछौं।

कम्युनिष्टपार्टीारा संचालित शासन प्रणालीले मुलुकको आर्थिक सुधार हुन नसक्ने कुराको पक्षपाती चे भएका कारणले क्याष्ट्रो कसरी चेबाट छुटकारा पाउन सकिन्छ भन्ने कुरामा क्याष्ट्रोको ध्यान केन्द्रित थियो। कम्युनिष्ट शासन प्रणालीमा कोही पनि नेता आफू भन्दा लोकप्रिय, आफू भन्दा सक्षम र सशक्त नहोस, सत्ता जहिले पनि आफू मै केन्द्रित होस भन्ने चाहना राख्दछन् यो यथार्थ भएको कुरा  विश्वका केैेयन देशहरुमा कम्युनिष्ट पार्टीको नाममा सत्ता चलाएकाहरुबाट पनि प्रमाणित भइसकेको छ।

त्यसैले हिजो कसले के योगदान पुर्‍याएका थिए भन्ने कुरा सम्झन चाहँदैन। यो विडम्बनापूर्ण स्थिति ठ्यक्कै चे ग्वेभाराप्रति क्यूबाका शासकहरुले गरेको व्यवहारबाट र्छलङ्ग हुन्छ। इतिहास साक्षी छ क्याष्ट्रोको नेतृत्वमा धेरैपटक प्रयास गरे पनि क्यूबा स्वतन्त्रत हुन नसकेको तर चे को छापामार शैली, रणनीतिक कौशलता र नेतृत्व क्षमताले सफलता प्राप्त गरेकेा कुरा कम्युनिष्ट शासन प्रणाली लागु भएता पनि क्यूबा गरीब राष्ट्रकै  श्रेणीमा छ, वर्षैनी हजारौँ मानिसहरु देशबाट पलायन भइरहेको र हुनेक्रममा छ। सैनिकको भरमा आडमा शासन चलाइएको छ। दाई पछि भाइ शासक भएका छन्। यसले एउटा पाठ सिकाएको छ क्रान्तिकारी हुनुको अर्थ कम्युनिष्ट हुनु हैन र कम्युनिष्टहरु क्रान्तिकारी सुधारवादबाट टाढा भाग्दछन्। फगत फोस्रो सर्वहारा वर्गसंघर्षका नारामात्र लगाउँछन् व्यवहारमा लागु गर्न चाहँदैनन् र सक्दैनन् पनि ।

विश्वभर चर्चित भएतापनि चे आफ्ना अन्तिम दिनहरुमा बोलिभियाका गाउँहरुमा सा साना समूह लिएर घुम्थे, गुरिल्ला युद्धको लागि तयार हुन छलफल गर्दथे। हतियारबन्द समूह भएतापनि गाउँलेहरुबाट ठूलो साथ पाउन सकेनन्। चेका जीवनी लेख्ने लि एण्डरसन लेख्छन् चे ग्वेभाराका अन्तिम दिनहरु उसको  जीवनको सबैभन्दा तल्लो तहको थियो उ एउटा आइकन थियो क्रान्तिकारी विचार बोक्नेहरुका लागि प्रेरणाको स्रोत थियो र रहनेछ। त्यसताका निकै व्यापक हल्ला फैलिएको थियो फिडेल क्याष्ट्रोले चे लाई मार्न लगाएका थिए भनेर। चे लाई देख्ने अन्तिम व्यक्ति एउटी महिला बेलिभियाको ला हिगुरे गाउँको एकजना स्कूल शिक्षिका जुलिया कोर्टेस। चेलाई त्यसै गाउँको सानो पसलमा र्इमा रोजेल्स नामक युवतीले चेले मागे अनुसार १ बाउल सुप दिन लागेकि थिइन् । गोलीको आवाज सुनिन् । चेलाई गोली लाग्यो र पक्रेर लिएर गयो । भोलिपल्ट स्कूलको एक कोठामा फेरि गोलीको आवाज सुनियो चेको देहान्त भइसकेको थियो र उसको लाश लिएर गएपछि रगत भएको कोठा सफा गर्ने काम ती शिक्षिका कोर्टेसले नै गरेकी थिइन् र त्यो कोठामा विद्यार्थीहरु पढ्न कहिल्यै गएनन् । आज त्यो कोठा सानो म्यूजियमको रुपमा रहेको छ। चेको लाशलाई गाउँकै हस्पिटलको एउटा कोठामा सार्वजनिक गरियो । विश्वभर चे ग्वेभाराकोे देहान्त भएको सन्देश दिइयो।

उचाइमा पुगेका एउटा क्रान्तिकारी छवी भएका चे ग्वेभारालाई कम आँकलन गर्ने प्रयास भएको छ। उसको हत्याबारे यथार्थ कुरा बाहिर ल्याउन नसकेको वा नचाहेको ? जीवनका अन्तिम दिनहरु अत्यन्तै दुःखदपूर्ण अवस्थाबाट गुज्रनुपरेको कुराहरु बामपंथी आन्दोलनका कर्ताधर्ताहरुलाई लज्जाको विषय बन्न पुगेको छ। सायद त्यही मनोग्रन्थीले होला लेनिन र माओको जन्मदिन मनाउन तँछाडमँछाड गर्ने नेपालका बामपंथी कम्युनिष्ट पार्टीहरू चे ग्वेभारा जस्ता क्रान्तिकारी गुरिल्लायुद्धका नायकको जन्मदिन र देहान्त भएको दिन सम्झन चाहदैनन्, सम्मान दिन कञ्जुस्यार्इँ गर्छन्। यो विडम्बनापूर्ण स्थितिलाई नेपालका बामपंथीहरुले अगामी दिनमा सच्याउलान्- हेर्न बाँकी नै छ।

चे ग्वेभारा जन्म मिति सन् १९२८ जुन १४ र देहान्त सन् १९६७ अक्टोबर ९ का दिन भएको थियो।

- आनन्दराज मुल्मी