चिनिया सामर्थ्यको विश्वप्रभाव

चीनप्रति बढ्दो नेपाली जिज्ञासाः

‘हैन सर चीनमा पनि काँग्रेस छ र -’ मेरो कार्यकक्षमा आफ्नो काम विशेषले आएका प्रौढ उमेर पार गर्दै गरेका एक व्यक्तिले मसँग यो प्रश्न गरे। स्पष्ट छ, चीनको कम्युनिष्ट पार्टीो १९ औं काँग्रेस हुँदै गरेको समाचार नेपालका पत्रपत्रिकामा पढेका उनलाई यो काँग्रेस शब्दले अलमल परेको रहेछ। प्रश्नकर्ता नेपालको कम्युनिष्ट आन्दोलनका समर्थक पनि हुन्। र, चीनमा कम्युनिष्ट पार्टीो शासन छ भन्ने कुरा पनि उनलाई थाहा छ।

नेपाली काँग्रेस, भारतीय काँग्रेस भन्ने नामसँग परिचित उनी ‘काँग्रेस’ भनेको दल विशेषको नाउँ हो भन्ने उनको सोचाइ हो। काँग्रेस अंग्रेजी शब्द हो र यसले पाँच जना भन्दा बढी बुज्रुकसँग बुद्धिमान व्यक्तिहरू जम्मा भएर कुनै महति उद्देश्यमा विचार गर्ने सभालाई काँग्रेस भनिन्छ। हामी नेपालीको जनज्रि्रोमा रहेको ‘महाधिवेशन’ भन्ने शब्दको अंग्रेजी हो- काँग्रेस शब्द। मैले यो कुरा बताएपछि उनले कुनै नयाँ कुरा थाहा पाएको ठाने।

सन् १९२१ मा स्थापित चिनिया कम्युनिष्ट पार्टीका विगत महाधिवेशन यति चर्चा र चासोको विषय रहँदैन्थ्यो। कात्तिक १ गते -अक्टोबर १८) चीनको राजधानी बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’ मा शुरु भएको पार्टीकाँग्रेस उद्घाटन समारोहको बीबीसीको अंग्रेजी प्रसारणले लाइभ -प्रत्यक्ष) नै टेलिकाष्ट गरेको थियो। यूरोप र अमेरिकी संचारमाध्यममा १९ औं काँग्रेस र त्यसमा राष्ट्रपति सि जिङको उद्घाटन भाषणलाई ‘कि नोट स्पिच’को रूपमा हाइलाइट गरिएको थियो।

नेपाली संचारमाध्यममा प्रकाशित लेख एवं विश्लेषणात्मक समीक्षाका कारण नेपाली जनमानसमा पनि चीनप्रति बढ्दो जिज्ञासा र चासोको द्योतक हो ती सज्जनको ‘काँग्रेस’ सम्बन्धी प्रश्न।

बढ्दो चिनिया महत्व :

चीनको बढ्दो आर्थिक एवं सामरिक सामर्थ्य र चिनिया नेतृत्वले विश्व राजनीतिमा खेलेको महत्वपूर्ण भूमिका नै हुन्, चीनको महत्व बढनाका कारण। एकातिर विश्वको प्रथम शक्ति राष्ट्र अमेरिका आफ्नो अन्तर्राष्ट्रिय भूमिका र दायित्वबाट पलायन एवं तर्किदै गएको छ भने चीनले अधिकाधिक भूमिका बढाउँदै गएको छ।

यसै वर्षको जनवरी महिनामा स्वीट्जरल्याण्डमा भएको ‘विश्व व्यापार मञ्च’ (वर्ल्ड इकोनोमिक फोरम) मा अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वव्यापीकरण, खुला बजार र जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट हात झिक्ने कुरा गरे। यसै फोरममा चिनिया राष्ट्रपति सि जि·पि·ले भने उक्त तीनै विषय चिनिया एजेण्डा रहेको दृढता व्यक्त गरेपछि भेलामा उपस्थित युरोपियन नेताहरूले सिको मुक्तकण्ठले प्रशंसा मात्रै गरेनन्, चीन विश्वशान्ति, स्थिरता र सम्मृद्धिको भरोसायुक्त साझेदार रहेको भन्दै खुसी व्यक्त गरे।

चीनको आर्थिक समृद्धिको कुरा गर्दा यस्तो भन्ने गरिएको छ कि अरु देशको कुरा छाडिदिउ विश्वको एक नम्बर समृद्ध मानिएको अमेरिकाको हकमा पनि चिनिया मुद्रा येनको दरभाउमा तलमाथि हुँदा अमेरिकी डलरको भाउ डगमगाउने मात्र होइन,अमेरिकी अर्थ व्यवस्थालाई नै ज्वरो आउन थाल्छ।

नेपालको हकमा त चीनको सधैँ महत्व रहँदैआएको हो। र, अहिले झन् बृद्धि हुँदैगएको छ। दक्षिणको छिमेकी भारतले सधैँ हाम्रो स्वतन्त्रता, सार्वभौमिकता र भूअखण्डताप्रति इष्र्या, डाह र बलमिच्याईको व्यवहार गर्दा उत्तरको छिमेकीले सहयोगको ढाडस दिँदैआएको गुन नेपालीले बिर्सेका छैनन्। सन् ७० को शुरुसम्म अन्तर्राष्ट्रिय मञ्चमा चीनको प्रतिनिधित्व ताइवानले गर्दथ्यो। सुरक्षा परिषद्को स्थायी पाँच सदस्यमध्ये  एक रहेको चीनको प्रतिनिधित्व ताईवानबाट गराइँदा नेपालले भने सधैँ बेइजिङको सरकार नै चीनको वैधानिक सरकार हो भन्ने कुरा उठाउँदै एक चीन नीति इमान्दार प्रतिबद्धता विश्व मञ्चमा व्यक्त गर्दैआएको हो। यसरी चीन-नेपाल सम्बन्ध तत्कालको स्वार्थभन्दा माथि स्थायी एवं विश्वासको सम्बन्ध रहँदैआएको छ।

सम्बत् २०१२ सालमा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले चीनको राजकीय भ्रमण गर्दा चीनले नेपाललाई केही करोड रूपैयाँको आर्थिक सहयोग गरेको थियो। त्यस धनराशिको तुलनामा अहिले चीनले नेपाललाई गरेको आर्थिक एवं प्राविधिक सहयोगको तुलना नै हुन सक्दैन। नेपालको औद्योगिकीकरणको ध्येयले चिनिया सहयोगमा स्थापित भएका भृकटी कागज कारखाना, हेटौडा कपडा उद्योग, बाँसबारी छाला जुत्ता कारखाना जस्ता महत्वका उद्योग हामीले धान्न सकेनौं। यी उद्योगलाई मात्रै राम्रो व्यवस्थापन गर्न सकेको भए वैदेशिक व्यापारको घाटाको पहाडले नेपाल र नेपाली थिचिनुपर्ने थिएन। थप उद्योग खुल्ने थिए, युवाले स्वदेशमै रोजगारी पाउने थिए, हाम्रो राष्ट्रिय अर्थतन्त्रले एउटा सकारात्मक गति पनि लिने थियो। हाम्रा आफ्नै अकर्मण्यताले अवसरहरू गुमेका छन्। तथापि अहिले पनि हाम्रो आर्थिक एवं विकासका पूर्वाधारहरूको निर्माणमा चिनिया सहयोग एउटा भरपदो आधार भएको छ।

भारतले नेपालमाथि अमानवीय नाकाबन्दी लगाउँदा, खास गरेर २०७२ असोज ३ गते संविधान जारी भएपछि लगाएको नाकाबन्दीको सामना गर्न चीनले दिएको सहयोगले नेपालसँग भारतीय शासक पराजय हुनुपरेको सुखद सम्झना नेपाली मनमस्ितष्कमा जीवन्त छ। चीनले सहयोगस्वरूप दिएको इन्धन बोकेर केही ट्यांकरहरू केरु·को बाटो जब काठमाडौं भित्रिए यसले नेपालको भौगोलिक नक्सा नै फेरियो। नेपाल भारतवेष्ठित छ, विकल्प छैन भन्ने सोचमा परिवर्तन आयो। र, दिल्लीमा शासकले आफै नाकाबन्दी खोल्नु पर्‍यो। नेपाल चीनबीच सातओटा नाका खोलिदैगएका छन्। र, यसरी नाका खोल्न दुवै देशका सीमावर्ती बासिन्दाको पहल बढ्दै गएको छ। नेपालमा चिनिया पर्यटकको बढ्दो संख्याले चिनिया भाषा सिक्ने नेपाली युवाको आकर्षण र संख्या पनि बढेको छ भने नेपाली भाषा सिक्ने चिनिया संस्थाहरू चीनको पश्चिमका प्रान्तहरूमा हृवात्तै बढेका छन्।

राष्ट्रपति सी र वेल्ट एण्ड रोड :

चिनिया राजनीतिक व्यक्तित्वको सम्बन्धमा अध्ययन गर्नेहरूले आधुनिक चीनलाई नेतृत्व सापेक्ष गर्दा तीन युगमा विभाजन गर्न थालेका छन्। पहिलो, राष्ट्रिय जनमुक्तिको युगको प्रतिनिधित्व गर्ने माओत्सेतुङ। दोस्रो, आधुनिकता र सम्पन्ताको युगको प्रतिनिधित्व गर्ने दे·सियाओ पि·। र, तेस्रो विश्वशक्ति चीनको प्रतिनिधित्व गर्ने वर्तमान राष्ट्रपति सि जि· पि·।

राष्ट्रपति सी सन् २०१२ मा पहिलो पटक चिनिया कम्युनिष्ट पार्टीो महासचिव र राष्ट्रपति बनेका हुन्। उनले सन् २०१३ मा चीनको पुरानो गौरव पुनस्र्थापना गर्ने रेशमीमार्ग र वेल्ट एण्ड रोडको महत्वांकाक्षी योजनाको परिकल्पना गरे। यसलाई मूर्तरूप दिन ‘एशियाली पूर्वाधार लगानी बैंक’ पनि स्थापना गराएर रेलमार्ग, बन्दरगाह र उर्जा केन्द्रमा खबौ डलर लगानीको व्यवस्था समेत मिलाएका छन्। उनको विचारधारा संविधानमै समावेश गरिने भएको छ।

हालै सम्पन्न १९ औं पार्टीकाँग्रेसबाट पार्टीो महासचिव, जनसेना कमाण्डको केन्द्रीय अध्यक्ष र जनवादी गणतन्त्र चीनको राष्ट्रपति बनेका सी संसारकै शक्तिशाली शासक मानिएका छन्। रेशममार्ग र वेल्ट एण्ड रोडलाई सीको सपना भनिन्छ र यो आफ्नो सपना साकार गराउन उनी कृतसंकल्प पनि छन्। अहिले महाधिवेशनमा उनले १४ सूत्रीय भिजन पेपर पेस गरेका छन्।

चीनको समृद्धिबाट नेपाल लाभान्वित हुन सक्छ भन्ने कुरा सबैले भन्दै आएको कुरा हो। वेल्ट एण्ड रोड परियोजनामा नेपालले औपचारिक प्रतिबद्धता पनि जनाएको छ। तर, मुलुकमा अस्थिरता, कुशासन र भ्रष्ट नेतृत्वको वर्चस्व रहेको हुँदै नेपाली सपना भताभु· हुँदै गएको छ। स्थायित्व, सुशासन र सम्मृद्धि मृगमरीचिका जस्तै बनेको छ। आशा गरौं, आगामी निर्वाचनले प्रगतिशील र नैतिक चरित्र भएका प्रतिबद्ध युवालाई नेतृत्व गर्ने मौका मिल्ने छ। यसले स्थायित्व र समृद्धिको जनइच्छा मूर्त रूप दिनेछ। र, समृद्धिको चिनिया यात्रामा हामी नेपाली पनि सहभागी हुन सक्छौं।

- तिलक पराजुली