गोरखा तीर्थस्थल – साल्मेडाँडा

अहिले स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका वडा नं. १ मा पर्ने साल्मेडाँडामा गोर्खा समाधि निर्माण भइरहेकोछ। यो काम ७ मार्च २०११ बाट शुरु भएको हो। यो ठाउँ पोखरा हवाई अड्डाको मुस्ताङ चोकबाट १५ किमी दक्षिण पश्चिममा पर्ने सिर्द्धार्थ राजमार्गको कुभिन्डे भञ्ज्याङ हुँदै लगभग साढे दुर्इ किमी उकालो चढेपछि १५सयमिटर उचाइमा अवस्थित यो पवित्रस्थल साल्मेडाँडाको दर्शन गर्न सकिन्छ।

सेप्टेम्बर २०१६ सम्म गोर्खा समुदायहरूले आफैले चन्दा उर्ठाई, यस पवित्र भूमिको आवरण तयार गरिएको हो। यहाँसम्म आइपुग्दा गोर्खाहरूले १० करोड उठाइसकेका छन्। हाल बेलायतस्थित हेरिटेज ट्रष्टको अनुरोधमा नेपाल सरकार शहरी विकास मन्त्रालयले बहुवर्षीय कार्यक्रम अन्तर्गत ५ करोड रूपैयाँ विनियोजन गरेको छ। यसको बोलपत्र आहृवान भई गजेन्द्र कन्स्ट्रक्सन कम्पनीलाई गोर्खा समाधि निर्माण गर्न अनुमति दिने प्रक्रिया पनि पूरा भइसकेको छ। यस्तै पर्यटन मन्त्रालय, पर्यटन विभागद्वारा पर्यटन पूर्वाधार विकासको लागि रु. ५० लाख रकम विनियोजन भई पर्यटन पूर्वाधारको खानेपानी र पँधेराको चारैतर्फ पर्खाल र बगैंचा निर्माण गर्ने काम जोडतोडसँग भइरहेको छ। मूल रूपमा गोर्खा समाधि साल्मेडाँडामा साल्मे पँधेराबाट पानी खाने गाउँलेहरू र दामगाडे माध्यमिक विद्यालयले  पानी खान पाउने भएको छ।

अहिले सञ्चारका माध्यमहरूमा साल्मेडाँडाको विषयमा चर्चा परिचर्चा हुन थालेको छ। लगभग २१ महिनासम्म रकमको अभावमा अलपत्र रहेको गोर्खा समाधि पुनः निर्माण हुन लागेको छ। अहिले धेरैको जिज्ञासा छ, गोर्खा समाधि साल्मेडाँडा भनेको के होला यस विषयमा धेरैको जिज्ञासा छ। यो लेखको उद्देश्य यस विषयमा संक्षिप्त वस्तुगत जानकारी दिनु रहेको छ।

यस विषयमा प्रवेश गर्नुभन्दा अघि गोर्खाली राज्यको इतिहास बुझनु जरुरी छ। गोरखाका थुम्केली राजा पृथ्वीनारायण शाह र उनको मृत्यु पश्चात उनका भाई बहादुर शाहले मुख्तियारी लिई, त्यसबेलाका थुम्कौलो बाइसे-चौबीसे राजाहरूलाई विजय गरी नेपाल राज्यको विस्तार गरेका थिए। गोरखा राज्यको सिमाना पूर्वमा सिक्किम भुटानसम्म, दक्षिणमा हालको विहार र उत्तर प्रदेशका उत्तरी भागहरू र पश्चिममा किल्ला काँगडा र पञ्जाबको सतलज नदीसम्म पुगिसकेको थियो। उत्तरतर्फ हिमालय प्राकृतिक पर्खालको कारण उत्तर सीमा हिमालयमा सीमित रहन पुग्यो। त्यसबेला उपनिवेश विस्तारमा जुटेका इस्टइन्डिया कम्पनीको फौज गोर्खाली सेनासँग पश्चिमी सिमाना किल्ला, काँगडा र सतलजका मैदानहरूमा घमासान युद्ध भएको थियो।

सन् १८१४-१६ को यस अंग्रेज-गोर्खाली युद्धपछि, गोर्खाली सेनाले पराजय व्यहोर्र्नु पर्‍यो। त्यसपछि अलपत्रमा परेका गोर्खाली सिपाहीहरू कतिपय घर नफर्की कम्पनी सरकारको स्थानीय सेनामा भर्ती भए। अंग्रेजहरूको दाबी अनुसार सन् १८१६ को सुगौली सन्धिभन्दा एक वर्ष अघिबाट नै अलपत्रमा परेका गोर्खालीहरू ब्रिटिस सेनामा भर्ती हुन थालेको भन्ने छ। शुरुका दिनहरूमा कम्पनी सरकारको पक्षबाट व्रि्रोही राजा रजौटाहरूलाई दबाउने क्रममा गोर्खाहरूको उपयोग गरिएको थियो।

सन् १८४६ को नेपाल दरबार भित्रको षडयन्त्रमूलक कोतपर्व र भण्डारखाल पर्वपछि ज·बहादुरको अचानक उदय भयो। परिणामस्वरूप सन् १८५० को ज·बहादुरको बेलायत भ्रमण र त्यसपछि १८५७ को इन्डियन सिपाही व्रि्रोह दबाउने काममा नेपाल दरबार र भर्तीको माध्यमबाट गोर्खा भर्तीलाई नियमित गराइयो।  पछि यही गुणले अंग्रेजहरूले नेपाल सरकार र गोर्खाहरूलाई विश्वास गर्न थाले।

सन् १८१५ देखि आजसम्म ब्रिटिस नेपाल सम्बन्धको दुर्इ शताब्दीपछि गोर्खाका नाउँबाट नेपाली युवाहरू विश्वका विभिन्न युद्धभूमिहरूमा गएर युद्ध लडे। प्रथम विश्वयुद्ध -सन् १९१४-१८) र द्वितीय विश्वयुद्ध (सन् १९३९-४५) र सयौं क्षेत्रीय युद्धहरूमा गोर्खाहरू संलग्न भए। ब्रिटिस अभिलेख अनुसार प्रथम विश्वयुद्धमा २०,हजार र द्वितीय विश्वयुद्धमा २३,हजार गोर्खाहरू युद्धमा मारिए। दुवै विश्वयुद्धमा गोर्खाहरू अप्रिmकन तथा युरोपियन युद्धमा समेत सामेल भए। युद्धमा मारिनेहरूको संख्या जोड्दा लगभग ६०,हजार गोर्खाहरूले ब्रिटिस साम्राज्यको रक्षाको लागि आफ्नो जीवनको आहुति दिए।

विश्वको विभिन्न भागमा भएको युद्धमा कति युद्धमा मारिए र कतिको अ·भ· भयो, कति घाइते भएर मरे। उनीहरूको चिहान विश्वका विभिन्न देशहरूमा देख्न सकिन्छ। तर गोर्खाहरूको नामबाट छुट्टै चिहान कहीं पनि छैन। ब्रिटिस कमनवेल्थ वार कमीसनले प्रकाशित गरेको तथ्याड्ढ अनुसार नेपाली वा गोर्खा भनी कहीं पनि चिहानमा उल्लेख भएको छैन। गोर्खाहरूको नाम छ तर उनीहरूको नाम इन्डियन सेनाभित्र पारेर लेखिएको छ। नेपाली युवा वा गोर्खाहरू भनेर कुनै छुट्टै चिहान विश्वमा कहीं पनि छैन। अहिले हामीले साल्मेडाँडामा निर्माण गर्दै गरेको गोर्खा समाधिमा  गोर्खाहरूको मात्र समाधि रहने छ।

अर्को अर्थमा भन्नुपर्दा यो चिहान युद्धमा मारिएका गोर्खाहरूको मात्र हो। ब्रिटिस उपनिवेशको समयमा नेपाल भूमि यातायात र सञ्चार माध्यमबाट बिल्कुलै उपेक्षित थियो। हजारौं गोर्खाहरू युद्धमा मारिंदा धेरैजसोको मरुवा चिठ्ठी नेपालमा पठाउँदा पनि कतिको नाम नमिलेर कतिको ठेगाना प्रष्ट नभएकाले उनीहरू लडाइँमा मारिए अथवा घाइते के भए थाहा हुन सकेन। कतिको नेपालमा काले, डल्ले भन्ने नाम थियो भने भर्ती हुँदा अकै नाम लेखिएको वा नाम नमिलेकोले काजक्रिया हुन सकेन। धार्मिक संस्कार अनुसार उनीहरू स्र्वर्ग जान सकेका छैनन् र काँचो वायुको रूपमा विश्वका विभिन्न युद्धभूमिहरूमा उनीहरूको प्रेतआत्मा भौंतारी रहेको छ भन्ने धार्मिक विश्वास छ। यसैले हामीले ती सबै गोर्खाहरूको मोक्षको लागि गोर्खा समाधि( साल्मेडाँडा निर्माणको थालनी शुरु गरेका हौं।

२७ नोभेम्बर २०१२ मा साल्मे डाँडामा गोर्खा भर्तीमा समावेश भएका २१ नेपालका जातिहरूको मोक्षको लागि आ-आफ्नो धार्मिक संस्कार अनुसार आफ्नै पुरोहित धर्म गुरुहरूबाट सामूहिक काजक्रियाको काम भएको थियो। त्यसै समयमा जातीय पुरोहित र जातीय कन्या छोरीहरूको पवित्र बाहुलीबाट यस तीर्थस्थल निर्माणको शिलान्यास भएको थियो।

यस्तै प्रकारले स्थानीय जनताबाट जग्गा उपलब्ध गराउने क्रममा तत्कालीन सांसद हितकाजी गुरुङको ठूलो भूमिका रहेको छ। यस्तै नेपाल सरकारबाट रकम प्राप्त गर्ने क्रममा तत्कालीन सांसद डा. गणेशमान गुरुङबाट ठूलो सहयोग भएको छ। यस्तै अस्ट्रेलियाकै धनीमध्येका शेष घले र उहाँकी धर्मपत्नी जमुना गुरुङले गोर्खा गार्डेनको लागि सहयोग दिने वचन दिनुभएको छ। नेपाल सरकार तथा यस पवित्र काममा प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने सबैमा गोर्खा स्मारक कोष तथा गोर्खा हेरिटेज ट्रस्ट हार्दिक आभार प्रकट गर्दछ।

हामीले यस परियोजना अन्तर्गत पाँच विभिन्न आयोजनाहरू समावेश गरेका छौं। (१) गोर्खा समाधि (हाल निर्माण हुँदै गरेको), (२) गोर्खा म्युजियम, (३) गोर्खा टावर (६३ मिटर अग्लो), (४) जातीय नमूना घरहरू र (५) ३ डिब्बे सानो रेल। रेलले गोर्खा समाधि परिक्रमा गर्दै भैरवस्थान नुवाकोट देउरालीसम्म पुगी फेरि गोर्खा तीर्थस्थलमा नै आई पुग्नेछ। समय परिस्थितिले परियोजनाबारे फेरि विशेष छलफल गर्न अझै बाँकी नै छ। भविष्यमा यो गोर्खा तिर्थस्थलमा आन्तरिक तथा बाहृय पर्यटकहरूको गन्तव्यस्थल बनाउने हाम्रो प्रयास रहने छ। गोर्खा हेरिटेज ट्रस्टका ट्रस्टी अध्यक्ष जमानसिङ थापा कार्यकारिणी अध्यक्ष भक्तबहादुर गुरुङ र गोर्खा समाधि( साल्मेडाँडा निर्माण समितिका अध्यक्ष पुरनध्वज गुरुङ, वरिष्ठ उपाध्यक्ष टीका पुन र म ट्रस्टको महासचिव यहाँहरूको यस पवित्र सोच र सहयोगको लागि हार्दिक अपेक्षा राख्दछौं।

(लेखक गोर्खा स्मारक कोष, नेपाल र गोर्खा हेरिटेज ट्रस्ट, बेलायतका महासचिव हुन्। सं.)

- प्रा.डा. चन्द्रबहादुर गुरुङ