गुड फर पेमेन्टमा सञ्चालन जोखिम

नेपालमा बैड्ढ तथा वित्तीय संस्थाहरूको सङ्ख्यात्मक तथा गुणात्मक  सञ्चालन जोखिम पनि बढ्दै गइरहेका छन्। पछिल्लो समय एक वित्तीय संस्थामा भएको ठूलो रकमको गुड फर पेमेन्ट चेकसम्बन्धी जालसाजीको घटनाले यस तथ्यको पुष्टि गर्दछ। बैड्ढले आफ्ना ग्राहकले जारी गरेको चेक भुक्तानीयोग्य छ भनी प्रमाणित गरिदिएको चेकलाई गुड फर पेमेन्ट चेक भनिन्छ। यस्तो चेकको भुक्तानी गर्ने पहिलो दायित्व बैड्ढको हुन्छ। कहिलेकाहीँ कारोबारको सिलसिलामा स्वीकार गरिएको चेक सटहीको लागि पेश गर्दा विविध कारणले गर्दा भुक्तानी हुन सक्दैन। चेक भुक्तानी नहुने प्रमुख कारणहरू- खातामा मौज्दात नहुनु, हस्ताक्षर नमिल्नु, मिति नमिल्नु, अड्ढ र अक्षरमा फरक पर्नु आदि हुन्छन्। तर गुड फर पेमेन्ट चेकमा यस्तो भुक्तानी नहुने जोखिम हुँदैन किनकि बैड्ढले गुड फर पेमेन्ट चेक जारी गर्नु अगाडि नै सबै कुरा यकिन गरिसकेको हुन्छ। साथै गुड फर पेमेन्ट चेक बराबरको रकम सम्बन्धित खातामा नै रोक्का गरिएको हुन्छ वा अन्य आन्तरिक खाता (मार्जिन खातामा) ट्रान्सफर गरिएको हुन्छ। यसर्थ, गुड फर पेमेन्ट चेकलाई वित्तीय कारोबारमा नगदसरह मान्यता र विश्वास गरिन्छ।

गुड फर पेमेन्ट गर्ने चेकको साथमा निवेदन दिएपश्चात् निश्चित शुल्क लिएर बैड्ढ तथा वित्तीय संस्थाले सो चेकलाई गुड फर पेमेन्ट भनी प्रमाणित गरिदिन्छन्। अन्य चेक सटही गर्ने प्रक्रियासरह यस्तो चेकलाई सटही गर्न सकिन्छ। कथम्कदाचित यस्तो चेकलाई बदर गर्नु परेमा बैड्ढ तथा वित्तीय संस्थाको आ-आफ्नो आन्तरिक नियमअनुसार बदर गर्न सकिन्छ। सामान्यतयाः निवेदक स्वयंले गुड फर पेमेन्ट प्रमाणित गरेको चेक बैड्ढ तथा वित्तीय संस्थामा पेश गरी बदर गराउन सक्दछन्। गुड फर पेमेन्ट चेक पेस नगरिएको वा हराएको अवस्थामा निवेदक र धारक -चेक जारी गरिएको व्यक्ति वा संस्था) को संयुक्त निवेदनको आधारमा चेक बदर गर्न सकिन्छ। तर, दोस्रो अवस्थामा निवेदक एक्लैले धारकको अनुमतिबिना चेक बदर गर्न सक्दैन।

बैड्ढ तथा वित्तीय संस्थाले यस्तो चेक खरिद गर्न सक्दछन्। चेक खरीद प्रक्रियामा बैड्ढ तथा वित्तीय संस्थाले अर्को मान्यता प्राप्त बैड्ढ तथा वित्तीय संस्थाको चेक यसमा उल्लेख गरिएको रकममा आन्तरिक नियम अनुसार निश्चित रकम कम गरी (-डिस्काउन्ट गरी) तुरुन्त सम्बन्धित ग्राहकको खातामा जम्मा गरिदिन्छ। उक्त खरिद गरिएको चेक असुली (कलेक्सन) वा समासोधन (क्लियरिङ) मार्फत् सटही गरी हिसाब मिलान हुन्छ। खरिद गरिएको चेक सकेसम्म चाँडै सटही गर्नुपर्दछ। नियमित प्रक्रियाअनुसार चेकको भुत्तानी लिन समय लाग्दछ। यसर्थ तुरुन्त नगद आवश्यकता पर्दा चेक खरीद गरिन्छ। चेक खरीद गर्नासाथ बैड्ढ तथा वित्तीय संस्थाले तत्काल नगद भुक्तानी गर्दछ। चेक खरिद गर्दा ग्राहकले कमिशन तिर्नुपर्दछ। विशेषगरी अ-स्थानीय चेकको खरिद गरीन्छ।

तर चेकलाई धितोको रूपमा स्वीकार गरी ऋण प्रवाह गर्न पाइँदैन। नेपाल राष्ट्र बैड्ढ केन्द्रीय कार्यालय, बैड्ढ तथा वित्तीय संस्था नियमन विभागद्वारा जारी गरिएको एकीकृत निर्देशन २०६९ मा पनि यससम्बन्धी निर्देशन दिइएको छ। जस अनुसार  इजाजतपत्र प्राप्त बैड्ढ तथा वित्तीय संस्थाले कुनै पनि किसिमको चेक धितो वा सुरक्षणमा कर्जा प्रवाह गर्न पाइँदैन। तर प्रचलित नीतिगत व्यवस्थाको अधिनमा रही चेक खरिद वा डिस्काउन्ट गर्न सक्दछन्। नियमपूर्वक खरिद वा डिस्काउन्ट गरेको चेक खरिद गरेको दिनसमेत बढीमा तीन कार्य दिनभित्र अनिवार्य रूपमा सटही प्रक्रिया कलेक्सन वा समासोधन -क्लियरिङ)मा पठाउनु पर्छ।

गुड फर पेमेन्ट चेकसम्बन्धी यस्तो सर्वमान्य प्रचलन र नियमनकारी निकायको निर्देशन हुँदाहुँदै पनि नेपाली वित्तीय व्यवसायमा यससम्बन्धी ठूलो रकमको अपचलन भएको छ। उक्त घटनालाई अनुसन्धान गर्दा रकम नै नभएको खाताको चेकलाई गुड फर पेमेन्ट प्रमाणित गरी नियमविपरीत चेकलाई अर्को वित्तीय सस्ंथा र बचत तथा ऋण सहकारी संस्थाहरूमा धितोको रूपमा राखी ऋण निकालिएको पाइएको थियो।

केही समय पहिलाको यस्तै प्रकृतिको घटनालाई मध्यनजर गर्दै डेभलपमेन्ट बैर्र्ड्ढस एशोसिएसनले सम्बन्धित डेभलपमेन्ट बैड्ढसँग निश्चित गरेर मात्र गुड फर पेमेन्ट चेक स्वीकार गर्न बैड्ढ तथा वित्तीय संस्थाले अपिल गरेको थियो। हालसालै राष्ट्र बैड्ढले पनि यससम्बन्धी सर्र्कुलर जारी गरेको छ। जसमा चेक गुड फर पेमेन्ट गर्ने बैड्ढ तथा वित्तीय संस्थाले सो चेक बराबरको रकम सम्बन्धित खातामा सिस्टमबाट नै रोक्का (एअर मार्क) हुने गरी सिस्टम प्रिन्टेड प्रमाण चेकमा वा चेकसँग उपलब्ध गराउने व्यवस्था गरी सोको अभिलेख राख्नुपर्ने निर्देशन दिइएको छ। गुड फर पेमेन्ट गरिने चेकको मिति गुड फर पेमेन्ट गरेको मितिभन्दा पछिको हुनुहँदैन। आन्तरिक नियन्त्रण तथा सन्तुलनको व्यवस्था गरी यस्तो चेक जारी भएको विवरण प्रमुख सञ्चालन अधिकृतलाई उपलब्ध गर्ने व्यवस्था मिलाउनुपर्ने हुन्छ। साथ,ै गुड फर पेमेन्ट चेक धितो राखी कर्जा लिने दिने कार्यमा रोक  लगाइएको छ। आन्तरिक जोखिमलाई कम गर्न गुड फर पेमेन्ट चेक जारी गर्दा जारी गर्ने कार्यार्लयका कम्तीमा दुर्इ जना पदाधिकारीले आफ्नो हस्ताक्षर कोड नम्बरसहित नाम, पद र मिति खुलाइ दस्तखत गरी संस्थाको छापसमेत लगाउनुपर्ने व्यवस्था गरिएको छ।

यस घटनालाई बैड्ढ तथा वित्तीय संस्थामा हुन सक्ने सञ्चालन जोखिमको प्रतिनिधि घटनाको रूपमा लिन सकिन्छ। यसले लगानी जोखिममा केन्द्रित बैड्ढ तथा वित्तीय संस्थालाई सञ्चालन जोखिममा पनि ध्यान दिन आवश्यक गराएको छ। बैड्ढ तथा वित्तीय संस्थाका आन्तरिक काम गर्ने प्रक्रिया, कर्मचारी र सिस्टमका कमजोरी वा वाहिरी घटनाका कारणले हुन सक्ने नोक्सानी नै सञ्चालन जोखिम हो। आन्तरिक तथा बाहिरी जालसाजी, सिस्टम ब्रि्रनु, गलत डाटा प्रविष्टि हुनु र कार्य स्थलको असुरक्षाजस्ता कारणले सञ्चालन जोखिम हुन सक्दछ। यस्ता जोखिमले आर्थिक रूपमा नोक्सानी मात्र नपारी  बैड्ढ तथा वित्तीय संस्था प्रतिको विश्वासमा समेत धक्का पुग्दछ। तसर्थ यस्तो जोखिमको व्यवस्थापन गर्नु नितान्त आवश्यक छ। यसको निमित्त, वर्तमान र भविष्यमा हुन सक्ने यस्तो जोखिमको पहिचान गरी उपयुक्त नीति, कार्य प्रकृया र नियन्त्रण गर्ने प्रणाली स्थापित गराउनुपर्दछ।

- अनुज सिग्देल