गायत्री साधना-साधकहरुको अनुभवमा

नेपालमा बस्ने नेपालीहरु हामी प्राय सवै हिन्दु धर्मावलम्बी छौ। हिन्दु भनेर कसलाई संकेत गर्छ भन्ने प्रश्न उठ्न सक्छ। यसका धेरै प्रकारका उत्तर हुन सक्छन्। तर सामान्य भाषामा भन्नेहो भने ती व्यक्ति हिन्दु हुन जसले गौ, गीता र गायत्रीको साधना वा उपसना गर्दछन्। गीता र गायत्री मध्ये यहाँ गायत्री साधनाको बारेमा चर्चा गर्ने प्रयास गरिएको छ।

गायत्री २ शब्द मिलेर वनेको छ- गाय र त्री। गाय को अर्थ गाउनु भन्ने हुन्छ। भने त्री को ३ भन्ने हुन्छ। त्यसकारण गायत्री भन्नाले जुन मंत्रको गायन वा साधना दिनमा ३ पटक अर्थात विहान दिउँसो र वेलुका गरिन्छ, त्यो शक्तिलाई गायत्री भनिन्छ। गायत्री मंत्रको उच्चारण सार र छन्द मिलाएर गर्नु पर्ने भएकाले गायन भनिएको हो। तर मानसिक रुपमा जप पनि गर्न सकिन्छ।

गायत्री मन्त्रहरुमा सबैभन्दा प्रचलित मन्त्र २४ अक्षरको ब्रहम गायत्री हो- जुन “भूर्भुव स्वः” बाट शुरु हुन्छ। यसका  साथ साथै देवता अनुसारको फरक फरक गायत्री हुन्छन् , जस्तो गणेश गायत्री,गुरु गायत्री, देवी गायत्री आदि। यसको साथै वर्णअनुसारको फरक फरक गायत्री पनि हुन्छ।

गायत्रीको उत्पत्तिका सम्बन्धमा विभिन्न धारणा रहेका छन्। भनिन्छ कि ब्रहमको स्फुरणबाट गायत्रीको उत्पति भएको हो। गायत्री साधनाबाट अज्ञानता, आशक्ति र अभावको समस्या मेटाउन सकिन्छ। विद्या, ऐर्श्वर्य र शक्ति गायत्री साधनाबाट प्राप्त हुन्छ। यसबाट हामीमा भएको दुःर्चे हटाउन सकिन्छ।

मंत्रमा अदभूत शक्ति रहेको हुन्छ। शब्दलाई ब्रह्म पनि भनिन्छ। शब्दको उच्चारणले कम्पन वा तर· उत्पन्न हुन्छ। हामीबाट उत्पन्न हुने ध्वनि अन्तरिक्षमा प्रतिध्वनित हुनछ र यसबाट विभिन्न असर पर्न जान्छ। यसैबाट वीज मन्त्र जस्तै ऐ, ह्रीं,ल्किं, क्रिं, ∏’ आदि ध्वनि। शुद्धसंग बारम्बार ध्वनित गर्ने हो भने यसले वातावरणमा असल प्रभाव पार्छ।

त्यस्तैगरी ब्रह्म गायत्रीमा रहेका २४ ओटा अक्षरहरुको उच्चारणले अन्तरिक्षमा मात्र होइन हाम्रा शरीरका हरेक कोषिकाहरुमा सकारात्मक प्रभाव पर्छ। यसको उच्चारणले चेतनामा अनुकूल प्रभाव पर्छ र हाम्रो जीवन आनन्दमय हुन जान्छ।

गायत्रीलाई साकार र निराकार दुवै रुपमा मान्ने गरिन्छ। सावित्री अथवा सरस्वती पनि गायत्री माताको एक रुप हो। हिन्दु धर्ममा व्रतबन्ध गर्ने संस्कार छ। व्रतबन्ध गर्नु पर्ने मुख्य कारण के हो भने त्यस दिन योग्य गुरु द्वारा व्रतबन्ध गरिने बटुकलाई गायत्री मन्त्र प्रदान गरिन्छ। त्यसदिनदेखि बटुकले दिनका ३ पटक गायत्री साधना गर्नु पर्ने हुन्छ। तर आजभोलि व्रतबन्ध केवल एक संस्कारका रुपमा सीमित हुन पुगेको छ।

हाम्रा शास्त्र तथा ऋषी मुनी तथा साधक हरुले गायत्री को ठूलो महत्व बताएका छन्। महषि विश्वामित्रकाअनुसार गायत्रीसमान चारै वेदमा कुनै मन्त्र छैन र वेद, यज्ञ, दान, तप को फल गायत्रीको एक अंश बराबर हो। भगवान मनुका अनुसार  गायत्री मन्त्र सबैभन्दा  श्रेष्ठ छ। जसले नियमित रुपमा ३ वर्ष सम्म गायत्री को जप श्रद्धा र विश्वास पुवक गर्दछ भने उसले इश्वर प्राप्त गर्दछ।  अन्य कुनै जप वा साधना गरे पनि नगरे पनि गायत्री जप मात्र गर्ने गरेको छ भने पनि उसले सिद्धि प्राप्त गर्न सक्छ। योगीराज याज्ञवल्क्यका अनुसार गायत्री मन्त्र भन्दा परम पवित्र अको मंत्र छैन। गायत्री भन्दा श्रेष्ठ मंत्र अको छैन र हुने पनि छैन।

शौनक ऋषिका अनुसार अन्य उपासना गरेपनि नगरे पनि गायत्री मन्त्र अवश्य गर्नु पर्छ। संकटको समय १० हजार जप गरेमा आपत विपतको निवारण हुन्छ। महषि व्यास को भनाइमा सबै वेदको सार गायत्री हो। सिद्ध गरिसकेको गायत्री मन्त्र कामधेनु समान छ।

प्रसिद्ध सन्त राम कृष्ण परमहंस को भनाइमा हामीले लामो लामो र जटील साधना गर्न आश्यक छैन। केवल गायत्री मन्त्र को साधना गरेमा ठूला ठूला विपत्ति र्टन सक्दछन् र सिद्धि प्राप्त हुन्छ। जगद गुरु शंकराचार्यले भनेको छन् कि गायत्रीको महिमा गाउनु मनुष्य को क्षमता वाहिर को कुरा हो। ऋषि भारद्वाजका अनुसार गायत्री साधनाबाट ब्रह्म साक्षात्कार हुन सक्छ। गायत्री रहित व्यक्ति अपवित्र हुन्छ। यस्तैगरी नेपालका प्रख्यात योगी एवं सन्त नरहरि नाथ गायत्री साधना हिन्दुहरुको पहिचान हो भन्नु भएको छ भने अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त सन्त र्चेप्तड बाबाले गायत्री कामधेनु गाइ जस्तै हुन् भन्नु भएको छ।

यस्तै वेद, उपनिषद पुराण मा महात्मा गान्धी भन्दछथ् कि गयत्री मंत्रको जपद्वारा आपतकालमो संकट बाट पार हुन मदत मिल्छ। यसका साथै आत्म कल्याण हुन्छ।

गायत्री साधनाबाट ठूला ठूला आपत विपतको समयमा संकट मुक्त भएका घट्नाहरु पत्र पत्रिकाहरुमा वेला वेलामा प्रकाशित हुने गर्दछ। खासगरी भारतको गोरर्चेपुर स्थित गीता प्रेसबाट प्रकाशन हुने कल्याण पत्रिकामा यस्ता घटना थुप्रै पाइन्छ। यसरी प्रकासित घटनाहरुमा झाँसिका लक्ष्मीकान्त झाको अनुभवमा उसले दैनिक रुपमा १ हजार संख्यामा गायत्री जप गरेको फलस्वरुप नै उनले आर्थिक विपन्नताको वावजुद पनि साहित्याचार्य , व्याकरणाचार्य, साहित्यरत्न को उपाधि हासिल गर्न सफल भए र कलेजको प्रिन्सीपल समेत भए ।

गायत्री साधना अत्यन्त सरल भए पनि  ज्यादै प्रभावशाली ठहरीयको छ।  यस मंत्रको उपसना शुरु गरेपछि अफु भित्र हलचल भएको, आफुभित्र  रहेका दुर्र्गुण कुविचार, दुस्वभाव घट्दै गएको अनुभव हुन्छ। यसको साथ साथै आफुमा उत्साह उमंग नियमशिलता सात्विकता प्रेम दया करुणा जस्ता गुणहरु प्रकट हुन थालेको अनुभव हुन थाल्छ। यसरी गायत्री साधनाबाट जीवनमा कायाकल्प हुन्छ भनिएको छ। यस साधनाबाट विवेक बुद्धिमा वृद्धि हुन्छ।

परिवारमा कुनै आपत विपत परेमा असाध्य रोग लागेमा आर्थिक संकट परेमा वैवाहिक सम्बन्धमा समस्या परेमा मुद्धा मामिला परेमा र यस्तै अन्य समस्या परेमा पनि गायत्री साधना बाट समस्या समाधान भएका घटनाहरु छन्। यसबाट सबैभन्दा ठुलो कुरा  आत्मबल वृद्धि हुनु हो।

गायत्री साधना गर्ने धेरै विधि हुन्छन्। कुनै कुनै साधुहरुले मालाबाट संख्या गणना गर्ने गर्दछन् भने कसैले श्वासको गतिबाट पनि संख्या गणना गर्दछन्। उदाहरणका लागी श्वास लिंदा -पूरक) एक मन्त्र मनमनै जप्ने, श्वास रोक्दा -कुभक) १ मंत्र मनमनै जप्ने र श्वास फाल्दा (रेचक) १ मंत्र जप्ने गरिन्छ।मेरा एक जना मित्रले यसरी गायत्री साधना गर्ने गरेका रहेछन। एकपटक कार्य व्यस्तताले गर्दा केही दिनसम्म सो तरीकाबाट गायत्री साधना गर्न सकेनछन्। एक दिन राति सपनामा एक बालिका आएर गायत्री साधना किन छाडेको हो नियमित रुपमा गर्नु भनेर निर्देशन दिएर गइछन् रे।

कतिपय साधकले गायत्री मन्त्र गर्दा लक्ष निर्धारण गर्ने गर्दछन्। सामान्यतया गायत्री साधकले २५ लार्चे संख्यामा मंत्र जप गर्ने अठोट गरेका हुन्छन्। सो मंत्र जपको क्रममा सात्विक भोजमा सात्विक  आहार विहार सात्विक चिन्तन हुन आवश्यक हुन्छ। यसरी २५ लार्चे संख्या पुरा भएपछि गायत्री पुनश्चरण गर्न आवश्यक छ। पुनश्चरण नगरी मंत्र सिद्ध हुदैन भनिन्छ। कुनै कुनै साधकले १ करोड संख्यमा मंत्र जप गर्ने लक्ष लिएको पनि पाइन्छ। यसरी भक्तिभाव पुवक नियम बद्ध तरिकाले जप संख्या पुरा गरी पुनश्चरणसमेत गरेमा माता गायत्रीले प्रत्यक्ष दर्शन दिने र मनोकांक्षा पुरा हुने कुरा बताइन्छ र सोही अनुसार घटना भएको पनि सुनिन्छ।

नेपालमा गायत्री साधकको कमी छैन। खासगरी ब्राहमणले त अनिवार्य रुपमा यो साधना गनै पर्ने हुन्छ। यसरी गायत्री साधना गरी प्रत्यक्ष रुपमा वा ध्यानमा गायत्री माताको दर्शन पाई मार्ग दर्शन पएका  साधकहरु अहिले पनि थोरै संख्यामा भएतापनि पोर्चेरा वा पोर्चेरा वरिपरिका स्थानहरुमा पनि भेट्न सकिन्छ।तर ती साधकहरुले आफुलाई प्रचारमा ल्यउन चाहँदैनन्। प्रचारमा आएमा आफ्नो साधनामा व्यवधान र्चेडा हुनुका साथै अनावश्यक विवादमा पर्न सक्ने समस्या हुने भन्ने मान्यता छ।

म ३ वर्ष अघि म्याग्दीको गलेश्वर मा जाँदा एक जना बृद्ध साधु बाबा भेटेको थिएँ। उहाँ त्यसबेला गायत्री मन्दिरमा बस्नु हुन्थ्यो। उहाँले भने अनुसार उँहाले हालसम्म २ पटक गायत्री पुरश्चरण गर्नु भयो र माताको दर्शन उहाँलाइ बेलाबेलामा भइरहन्छ र आवश्यक निर्देशन पनि प्राप्त हुन्छ। यसरी नै पोर्चेरा नजिकैको घाचोक वरिपरिको एक गाउँमा एक गायत्री साधक बस्नु हुन्छ। उहँले पनि गायत्री पुरश्चरण समय समयमा गर्नु भएको छ। उहाँको भनाइमा पनि उहाँलाइ माता गायत्री प्रत्यक्ष हुन भएको छ र आवश्यक पर्दा निर्देशन प्राप्त हुन्छ।

मेरा एक जना मित्रले पनि गायत्री साधना गर्नु भएछ। २५ लार्चे संख्या पूरा गरी पुरश्चरण पनि गर्नु भएछ। पुरश्चरण भएपछि एक बालिकाको रुपमा प्रत्यक्ष रुपमा उहालाई माता गायत्रीको दर्शन मिलेको कुरा उहाँले भन्नु भएको थियो।

हामी हिन्दुहरुको साधना पद्धतिमा गायत्री साधनाको ठूलो महत्व छ। यसमा वर्णवा लिंगको कुनै भेद छैन। भक्तिपूर्वक साधना गर्नाले सबैलाइ ज्ञान प्राप्ति हुन्छ। हाम्रा, वेद, उपनिषद, पुराणहरुमा लोपामुद्रा, यमी, शाश्वती, शुचि, सावित्री, धोषा, अपाला, अदिति र्ऊवशी जस्ता नारी साधकहरुले साधनाद्वारा उच्चस्थान प्राप्त गरेको कुरा उल्लेर्चे छ।

नेपालमा पनि योगमाया, शंकराचार्य हेमा गिरी जस्ता साधिका नभएका होइनन्। गायत्री साधना हिन्दुहरुको पहिचान हो। हामी साधनामा जति  बलियो भयौँ त्यति नै हाम्रो आत्मवल बलियो हुन्छ र देशमा शान्ति, सुव्यवस्था र समृद्धि हुन्छ। अस्तु

- विष्णु प्रसाद श्रेष्ठ