गान्धी : अहिंसा, राजनीति र अध्यात्मका सेतु

आश्विन १६ (२ अक्टुवर) का दिन भारतका राष्ट्रपिता महात्मागाँधीको १४८ औँ जन्मजयन्ती मनाईयो। अहिंसा र सत्याग्रहको प्रयोगद्वारा अंग्रेजको उपनिवेशबाट स्वराज र स्वतन्त्र भारत उपलब्ध गर्न सक्नु गाँधीको देन हो। उनको विशेषता भनेकै असल उद्देश्य प्राप्त गर्न साधन पनि सवोर्त्कृष्ट हुनुपर्छ भन्ने हो।

गाँधीको जीवनमा राजनीतिक र अध्यात्मिक कार्यको सुन्दर मिश्रण छ। तर, गहिरिएर हेर्दा राजनीतिक कर्म पनि उनको आध्यात्मिक साधनाकै एक रुप हो। त्यसोत, भारतको स्वतन्त्रताको खाँतिर गाँधीलाई भगवानले आफ्नोदूतको रुपमा पठाएको भन्ने पनि छन्। गाँधीका समकालीन श्रीअरविन्द एक प्रतिष्ठित राजनीतिज्ञ हुन्। अंग्रेज विरोधी आन्दोलनमा उनी पक्राउ परे र जेलमा थुनिए जेलमा एकरात उनले श्रीकृष्णको दर्शन पाए र केही निर्देशन पनि। यस संबन्धमा स्वामी  आनन्द अरुण सन्त दर्शनमा लेख्छन्- “तिमीले हिन्दू संस्कृतिको पुनरुत्थान गर्दै  आध्यामिक मूल्य मान्यतालाई जगतमा प्रतिस्थापित गर्नुछ”  भनेको स्मरण गरे। श्रीकृष्णले के पनि संकेत दिनु भयो भने भारतको स्वतन्त्रताको राजनीतिक नेतृत्व लिन अको सुयोग्य नेता आउँदै छ। त्यो संकेत माहात्मा गाँधीप्रति थियो। त्यसैले अरिवन्दले आफ्नो राजनीतिक यात्रा समाप्त भईसकेको र आफू आध्यात्मिक यात्रा तर्फ लाग्ने अठोट गरे।

माहात्मा गाँधीलाई भेटेका दुर्इ महान सन्तले आफूमाथि परेको गाँधी प्रभाव संबन्धमा लेखेका छन्। परमहंस योगानन्दको आफ्नै आत्मकथा-“योगीकथामृत” मा गाँधीको वर्धा स्थित आश्रममा केही दिन बिताएको र गाँधीसंग महत्वपूर्ण विषयमा संवाद भएको कुरा महत्वका साथ उल्लेख गरेकाछन्। परमहंसजीले अहिंसा संबन्धमा गाँधीसंग चर्चा गर्दा गाँधीले भने- “यदि धर्मयुद्धमा प्राणसंहार आवश्यक भयो भने अको लाई होइन बर्रु इसामसीह झैँ आफैलाई बलिदान दिन तयार हुनुपर्छ”। यसबाट विश्वमा  अन्ततः रक्तपात कम हुन्छ। गाँधीजीको अहिंसाको पुकारले मनुष्यको सवोर्च्च चेतनलाई स्र्पर्श गर्छ भन्ने कुरा यसबाट बुझ्न सकिन्छ।

गाँधीलाई भेटेर अभिभूत भएका अर्का स्वामी छन्-स्वामी राम। आफ्ना गुरुका आदेशले उनी गाँधीलाई भेट्न वर्धा आश्रममा पुगेकाछन् सन् १९३० को अन्त्य वा १९४० को शुरु वर्षमा। उनी पुग्दा गाँधी एक विक्षिप्त कुष्ट रोगीको सेवा सुसार गर्दै थिए। स्वामी लेख्छन्-“गाँधीले त्यो विरामीको यसरी सेवा गर्दै थिए कि त्यो दृश्य मेरो मनमस्ितष्कमा सँधै छाप रहेको छ”। उनका गुरुले गाँधीको हिंर्डाई राम्रोसंग नियाल्नु भनेका रहेछन्। र, स्वामीजीले गाँधीको हिंर्डाई बढो चाखले हेरे र यो देखे कि गाँधीको हिंर्डाई अरु सन्तहरुको भन्दा फरक छ। उनी हिंडदा यस्तो लाग्थ्यो शरीर र उनी अलग्गै हुन्। घोडाले बग्गी तानेझैँ उनले शरीर तानेकाछन्।

स्वामीजी अगाडि लेख्छन्-गाँधीले सँधै अरुको कल्याणको लागि प्रार्थना गर्छन्। उनका मुख्य तीन गुरुहरु छन् -कृष्ण, बुद्ध र क्राईष्ट। र, स्वामीजीले गाँधी आश्रममा अनुभूत गरेका दशवटा कुराहरु आफ्नो डायरीमा लेखेको उल्लेख गरेकाछन्। जसमा अहिंसा र डर सँगै रहन सक्दैन भन्ने कुरा एक नम्बरमा उल्लेखछ।

गीतामाता र सत्यको प्रयोग

गीताका भाष्यहरु धेरै छन्। धेरै विद्वानहरुले गीताको अर्थ र व्याख्याहरु दिएकाछन्। गाँधीको गीता संबन्धी व्याख्या भने विशिष्ट र सरल पनि छ। मैले गाँधीका कृति पढेको यिनै दुर्इटा हुन-गीतामाता र उनको आत्मकथा “सत्यको प्रयोग”।

गीताको भावाथ, टिप्पणी, ख्याख्या र शब्दकोष समेत उनले यरबदा जेलमा हालेका वेला लेखेका हुन्। गीताको अर्थ “गाइएको गीत” भन्ने देखि लिएर गीतामा रहेका सातसय श्लोकमा प्रयुक्त भएका शब्दहरुको शब्दकोष पनि एउटै पुस्तकमा दिनु एक विशेषता रहेको छ। गीतालाई गूढ ग्रन्थ मानेर महाभाष्य तयार गर्ने प्रकाण्ड विद्वान लोकमान्य तिलकको मतसंग अलि फरक मत राख्छन् गाँधी। उनी भन्छन्-तिलक महाराजको लागि यो गूढ ग्रन्थ हुनसक्छ, तर हामी जस्ता साधारण व्यक्तिको लागि यो गूढ छैन। कसैलाई कठिन लाग्छ भने तीन अध्याय पढे पुग्छ। गीता सार यसमा आउँछ। गाँधी जब कुनै समस्यामा अल्भिmन्थे उनले गीतामा समाधान खोज्दथे र समाधान पाउथे। त्यसैले गीतालाई उनले आमाको संज्ञा दिएका हुन्। र, गीता माता नाम दिए।

रामायण र महाभारत ऐतिहासिक ग्रन्थ भन्दा धार्मिक ग्रन्थको रुपमा ग्रहण गर्ने गाँधीले गीतालाई सबै उपनिषदको सार मात्रै भन्दैनन्, यसलाई उपनिषदको दीपस्तम्भको रुपमा लिएकाछन्। उनको दृढमत के छ भने गीता पढदा अन्तर्यामी श्रीकृष्ण भगवान हाम्रै शरीर भित्र विराजमान छन् र जिज्ञासु अर्जुन पनि हामी भित्रैछन्। त्यही अर्जुन जिज्ञासा उत्पन्न गरेर धर्मसंकटबाट समाधान खोज्नु पर्छ।

गाँधीले सँधै फलको आकांक्षा नराखी कर्म गर्दै गएका पनि हुन उनको कर्म राजषि जनकसंग मेलखान्छ।  गाँधीले आफ्नो आत्मकथालाई “सत्यको प्रयोग” नाम दिएका छन्। वास्तवमा गीताको जुन भाष्य उनले गरेकाछन्। यो र उनको सत्यको प्रयोग अन्योन्याश्रति नै छन्। सत्यको प्राप्तिका लागि एउटा मुनष्यले जे जति कर्म गर्न सक्छ त्यो सबै प्रयोग गरेकाछन् गाँधीजीले। गाँधीले समाज कल्याण को लागि, त्यो पनि एकलै, जुन दुष्कर कार्य गरे त्यो यो पृथ्वीतलमा कसैले गर्न सकेको छैन र सायद भविश्यमा पनि कठिन हुने छ। यसैले होला ३० जनवरी १९४८ का दिन गाँधीजी माथि नाथुराम गोडसेले गोली प्रहार गरी उनको हत्या गरेको खवर पाउनासाथ उनी प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै आईन्स्र्टाईनले लेखेका थिए- “हुनसक्छ, आगामी पुस्ताले रगत मासुको शरीरधारण गरेको यस्तो व्यक्ति यो पृथ्वीतलमा विचरण गरेको थियो भन्ने कुरामा कदाचित् विश्वास गर्ने छैनन्”।

अन्त्यमा

गाँधीका आलोचकहरु पनि छन्। उनीहरु गाँधीजीलाई ढोँगीको संज्ञा दिन्छन्। उनीहरुको भनाइ यो रहेको छ कि गाँधीको आदर्शले राज्यसत्ता चल्दैन। यो कुरा थाहा थियो गाँधीलाई र उनले सत्ताको राजनीतिमा रुची नदेखाएका हुन। भारत अंग्रेजको उपनिवेशबाट मुक्त भएपछि पश्चिमा एक पत्रकारले उनलाई सोधेकाछन्-“गाँधीजी, भारत स्वतन्त्र भयो, अव यहाँका हात हतियार र सुरक्षा कर्मीलाई के गर्नु हुन्छ” – आफ्नो स्वभाव र अचारण अनुसारकै जवाफ दिए गाँधीले- “सबै हातहतियार समुद्रमा फलिदिन्छु र पुलिस, सेनलाई खेतवारीमा काम गराउछु”। पत्रकारले थप जिज्ञासा राखे-विदेशीहरु हिन्दूस्थान माथि आक्रमण गर्न आए भने – गाँधीले सहज जवाफ दिए-“सीमानामा गएर उनीहरुलाई रोक्छु र भन्छु हतियारको आवश्यकता छैन, फ्याँकि देऊ। आउ हामीहरु जसरी बसेका छौं त्यसै गरी मिलेर बसौं”।

गाँधीजीले अहिंसाको माध्यमद्वारा स्वतन्त्र बनाएका भारतका शासक भने आणविक अस्त्र बनाएकोमा ठूलो गौरव ठान्दछन् र राष्ट्रको ठूलो आम्दानी हतियार एवं सामरिक शक्त्िा आर्जनमा खर्च गरेकाछन्। यो पनि गाँधीजीको आलोचना नै हो।

- तिलक पराजुली