गठबन्धन चुनौती : आर्थिक उत्पादन र समृद्धि

चुनावी माहोलसँगै राजनीतिक ध्रुवीकरण तीव्ररुपमा अघि बढिरहेको छ-लोकतान्त्रिक गठबन्धन तथा वाम गठबन्धन। आरोप र प्रत्यारोपबीच गठबन्धनको चुनावी गतिविधि सशक्त पारले लम्किरहेको छ। मूलतः गठबन्धन सत्ताप्राप्तिको अचूक माध्यम हो। सत्ता प्राप्ति हुँदैमा आर्थिक समृद्धि हुन्छ भनेर मान्न सकिँदैन। सत्ता प्राप्तिमा हाम्रा नेताहरु माहिर छन् अपितु आर्थिक समृद्धिमा शून्य छन्।

वाम गठबन्धनसँगै लोकतान्त्रिक गठबन्धन निकै झस्किएको छ। लोकतान्त्रिक गठबन्धनभित्रको सवेसर्वा नेपाली काँग्रेस वाम गठबन्धनबाट अत्तालिएको छ। परिणामतः वाम गठबन्धनबाट प्राप्त हुने कम्युनिष्ट शासन प्रजातन्त्र मास्ने अधिनायकवादी हुन्छ जहाँ रुन पनि पाइँदैन भन्ने आशयको अभिव्यक्ति काँग्रेसका नेताहरुबाट उजागर भइरहेका छन्।

वाम गठबन्धनबाट आत्तिनु र मात्तिनु पर्ने स्थिति छैन। अतार्किक र केटौले प्रवृत्तिको आरोप आफैमा हास्यास्पद हुन्छ। देश चलाउने नेताहरुको त्यस किसिमको कथनले लहडमा देश संचालन भइरहेको आभास ल्याइरहेको छ। आर्थिक उत्पादन र समृद्धिको अभाव नेताहरुमा छ भन्ने भाव त्यस किसिमको अभिव्यक्तिले प्रस्फुरण गरेको छ।

२१ औं शताब्दीमा प्रविधि तथा विज्ञानको कारणले गर्दा तानाशाही व्यवस्था आउन सक्दैन। हालै साउदी अरवमा महिलाहरुलाई गाडी चलाउन दिइएको अनुमतिलाई यसै परिवेशमा विश्लेषण गर्नु उपयुक्त हुन्छ। निःसन्देह प्रविधिले गर्दा साउदी अरवमा क्रमशः सुधार हुँदै जान्छ। अधिनायकवादी व्यवस्था त्यही रुपमा रहन सक्दैन। त्यसका रुप पक्षहरुमा सुधार हुँदै परिवर्तन हुन्छ। आर्थिक समृद्धिले केही समय अधिनायकवादी व्यवस्थालाई धाने पनि अन्तत्वगोत्वा धान्न सक्दैन। यो नै यथार्थरुपमा सत्य हो। “२१ औं शताब्दीमा समाजको रुपान्तरण आर्थिक पक्षले भन्दा प्राविधिक शक्तिबाट हुन्छ” भन्ने चिनिया कम्युनिष्ट पार्टीको धारणालाई विस्मरण गर्न मिल्दैन।

प्रविधि र आर्थिक पक्षको संयोग नै समाज रुपान्तरण हो। यी दुवै पक्षलाई सँगसँगै लैजानुपर्छ-देश र जनताको रुपान्तरणका लागि। जनता र राष्ट्रको सम्पन्नता र समृद्धि बिना राजनीति मृतःप्राय हुन्छ। राजनीतिलाई सजीव र गतिशील बनाउने अस्त्र प्रविधि तथा आर्थिक समृद्धि नै हो। आर्थिक समृद्धि र विकास बिनाको राजनीति अर्थहीन हुन्छ। यस परिप्रेक्ष्यमा व्याख्या गर्दा गठबन्धनबाट हिजो र आज गरिएको राजनीति अर्थहीन  छ। त्यसैले आम जनतामा असन्तुष्टि बढिरहेको छ। असन्तोषले आलोचना र आलोचनाले आन्दोलनको सूत्रपात गर्दछ भन्ने परिभाव दिनानुदिन आविर्भाव भइरहेको छ। फलतः हरेक ठाउँमा अन्तुष्टि र आलोचना बाहेक सकारात्मक टिप्पणी हुँदैन। यही टिप्पणीलाई आधार मानेर आन्दोलन गर्ने दाउमा विप्लवहरु उद्यत छन्। यसमा हेक्का कसैको छैन।

राजनीति, राजनीतिका लागि होइन, विकास र समृद्धिका लागि हो। राजनीति साधन होइन, साध्य हो। राजनीति सेवा हो, व्यापार तथा व्यवसाय होइन। अपितु गठबन्धनले राजनीतिलाई साधन, व्यापार, व्यवसाय ठानिरहेकोछ ,मुखले होइन, व्यवहारले। राजनीतिलाई साधन, व्यवसाय र व्यापार मानिने प्रवृत्तिले प्रश्रय पाइरहेमा नातावाद तथा भ्रष्टाचार सदैव मौलाइरहन्छ।

त्यस किसिमको प्रस्फुरण, विकृति र कुरुपताको असभ्यतामा आधारित लुटतन्त्र हो। लुटतन्त्र आदर्श, नैतिकता, प्रणाली, लोकतन्त्र तथा कानूनका शत्रु हुन्। नातावाद र भ्रष्टाचारमात्रै लुटतन्त्रका मित्र हुन्। सरकार भ्रष्टाचारको विकृत रुप हो। यही रुपमा राजनीति हुर्किएर झा· बन्दै गइरहेको मुलुकको परिगति छ। “भ्रष्ट सरकार भनेको संगठित अपराधबाहेक केही होइन” भन्ने शिव खेडाको मान्यताले मुलुकको राजनीतिलाई र्छल· पारेको छ। “सिंहासनमा विराजमान हुनु, ठूलो धन सम्पत्ति र हुकुमत प्राप्त गर्नु तर गरीबको रक्षा नहुने हो भने सत्तामा बस्नु वाहियात हो” भन्ने भगवान् शिवको वाणीविपरीत गठबन्धनका नेताहरुका क्रियाकलाप छन्। यसरी राजनीतिमा कसरी शुद्धिकरण हुन सक्छ –

राजनीति विकास, पद्धति, उत्पादन, नैतिकता र समृद्धिको योगफल हो। विकास, उत्पादन, पद्धति, नैतिकता र समृद्धिले राजनीतिलाई डोर्‍याउनुपर्छ, तबमात्र राजनीति विकास, पद्धति, उत्पादन, नैतिकता तथा समृद्धिबाट पृथक हुन सक्दैन अन्यथा राजनीति त विकास, पद्धति, उत्पादन, नैतिकता तथा समृद्धिबाट अलग हुन सक्छ र संगठित अपराधीहरुको हातमा पुग्छ। मुलुकको परिच्छेदमा भएको राजनीति जनआकांक्षा अनुरुप छैन।

मुलुकमा सत्तासीन र सत्ता बाहिरका नेताहरु नेता हुनमात्र सके; राजनेता हुन सकेनन्। राजनेता हुन राजनीतिलाई विकास, प्रणाली (पद्धति) उत्पादन, नैतिकता र समृद्धि मार्फत लगेर जनतालाई सम्पन्न, सुखी र समृद्ध बनाउन प्रयोग गरिनुपर्छ। त्यसैको प्रतिफलबाट देश र जनतालाई सम्पन्न, सुखी तथा समृद्ध बनाउनु नै राजनेता तथा राजनेताको धर्म हो। सिंगापुरको लि क्यान यु मलेशियाका टंक अब्दुल रहमान र मोहम्मद महाथीर तत्समयका राजनेता हुन् किनकि उनीहरुले राष्ट्र र जनतालाई सम्पन्न तथा समृद्ध बनाएर विश्व सामु देखाए। यो तीतो सत्य राजनीति गर्ने जो कोहीले अबवोधन गरेकै हुनुपर्छ।

हाम्रो मुलुकको तथाकथित नेताहरुले मृत राजनीति गर्न जानेका छन् तर सजीव र र्ऊजस्वल राजनीति गर्न जानेका छैनन्। यो नै मुलुकको लागि विडम्बना र दुर्भाग्य हो। मृत राजनीतिभित्र जसरी पनि सत्ता लिने तिकडम, प्रतारण तथा रणनीति पर्छ। जसमा जालझेल, षड्यन्त्र र अनैतिकता, नातावाद, भ्रष्टाचार र लुटतन्त्र मौलाइरहन्छ। व्यक्तिवाद हावी हुन्छ। समृद्धि एकादेशको कथा बन्न पुग्दछ। यस मौलाइभित्रको राजनीति मुलुकको राजनीति हो।

राजनीतिलाई विकास, उत्पादन, नैतिकता, पद्धति र समृद्धिले मात्र सार्थकता र सजीवता प्रष्फुरण गर्दछ। यस किसिमको प्रस्फुरणमा राजनीतिलाई डोर्‍याउन नेताहरुले सक्दै सक्दैनन्। परिणामतः नातावाद र भ्रष्टाचारमा राजनीति केन्द्रित भयो। पीडित कार्यकर्ताहरुलाई पाखा लगाएर निर्वाचनमा नेताका श्रीमती, छोराछोरी, ज्वाइँ, सालासाली, भिनाजु, दिदीबहिनी, दाजुभाइहरुलाई टिकट दिइरहेको ज्वलन्त उदाहरण नातावादमा आश्रति राजनीतिको प्रतिफल हो। सो नातावादलाई सोही परिप्रेक्ष्यमा अवलोकन गर्नुपर्छ।

भ्रष्टाचार अर्थहीन र अनैतिक राजनीतिको उपज हो। राजनीतिलाई शुद्धिकरण गरिनुपर्छ। “दुष्ट र तुच्छ बाहेक अहिले कोही सफल हुन सक्दैन” भन्ने लियो टल्सटायको उक्ति नेपालको राजनीतिक परिप्रेक्ष्यमा राजनीतिज्ञ र नेताहरुको हकमा समसामयिक र सान्दर्भिक बनेको अवस्था छ। विकृति र विसंगति भित्रको राजनीतिमा शुद्धीकरण हुन पाउँदैन। त्यसभित्र दृष्टिकोण भएका नैतिकवादी नेताहरुप्रति पूर्वाग्रह राख्न दक्ष हुन्छन्-मृत राजनीति गर्नेहरु। हामीले पूर्वाग्रही धारणा राख्ने व्यक्तिहरुलाई शुद्धीकरण गर्नुपर्छ भनेर “युद्ध र शान्ति” नामक उपन्यासमा लियो टल्सटयले भनेको विषय स्मरण गर्नुपर्छ। त्यसैले हाम्रो राजनीतिलाई पूर्वाग्रहबाट शुद्धीकरण गरेर जनमुखी, उत्पादनमुखी र विकासमुखी बनाउनुपर्छ। यस विषयमा कुन दलले हेक्का राखेर कार्यान्वयन गरेको छ र –

प्राणहीन राजनीतिभित्र स्वार्थले आश्रय पाउँछ। लोभ व्यक्तिवाद र परिवारवादभित्रको देश र जनता लुट्ने दुःस्वप्न हो। “लोभी कसैको मित्र हुँदैन” भन्ने चाणक्य भनाइलाई ध्यान दिनुपर्ने हुन्छ। लोभी नेताले देश र जनतालाई लुटेर ध्वस्त पार्दछ। तसर्थ देश र जनताको मित्र लोभी नेता हुन सक्दैन। “लोभले दुःखलाई आहूत गर्दछ भन्ने वेदवाणीलाई हेक्का राख्नैपर्छ।” “लोभले दुःख कष्ट निम्त्याउँछ। “जस्को जीवन अर्काको उपकारको लागि हुँदैन। त्यसको सब कुरा र्व्यर्थ हुन्छ” भनी शिव महापुराणमा भनिएको उक्तिलाई सबैले आत्मसात गर्नुपर्छ। लोभले अर्काको उपकार गर्ने विषयलाई निस्तेज पार्छ र आफूमा मात्र केन्द्रीकृत गरेर चरम व्यक्तिवादको धारणा अघि र्सार्दछ।

प्रविधिमार्फत राजनीतिलाई उत्पादन र समृद्धिमा एकलब्य रुपमा लगिएन भने देश कहिल्यै समृद्ध हुन सक्दैन। जनता कहिल्यै सम्पन्न, सुखी र शान्त हुन सक्दैन। अनि, राजनीति अपराधीकरणको उपज बन्दछ। त्यस्तो राजनीति व्यापार बन्दछ जहाँ टिकट दिँदा नै पैसा लिइन्छ। लगानी गरेपछि त्यसबाट प्रतिफल लिन थाल्दछन्-चुनावमा विजय प्राप्त गर्नेहरुले। जनताहरुको आकांक्षा नै सम्बोधन हुन असम्भव हुन्छ। ठेकेदार, डन र गुण्डाहरुले निर्वाचनमा दलबाट टिकट प्राप्त गर्दछन्। त्यस टिकट प्राप्तिलाई दलभित्रको अर्कमण्यतालाई राजनीतिको यही परिप्रेक्ष्यमा बुझ्नुपर्छ। अनि राष्ट्रको विकास तथा समृद्धि कसरी हुन्छ –

समृद्धिको स्यालभाका लगाए पनि राष्ट्रको समृद्धि कसरी गर्ने भन्नेबारेमा ठोस खाका प्रस्तुत गर्न नसक्नु हाम्रा दलहरुको विशेषता भइसकेको छ। यसैले गर्दा राष्ट्र पछाडि परिरहेको छ, अझै पछाडि पर्ने सम्भावना छ। नेताहरुसँग भिजन -अन्वेषण) दृष्टिकोण छैन-आर्थिक समृद्धिका विषयमा। यो नै मुलुकको गम्भीर तथा ज्वलन्त समस्या हो। “दृष्टिकोणले नेता र कार्यकर्ताहरुबीच फरक ल्याउँछ। दृष्टिकोणले नयाँ अवसर तथा सम्पन्नता ल्याउँछ” भन्ने उक्तिलाई उपहास गरेर दल र नेताहरु परम्परागत चिन्तनमा रमाइरहेका छन्।

परम्परागत सोचाईमा विश्वास गर्नेहरु नै अनृत पथमा लागिरहेका हुन्छन्। त्यसैले विदेशी हस्तक्षेप र परनिर्भरता दिनानुदिन बढिरहेको छ। राजनीतिलाई उत्पादन र समृद्धिमा जोडेर देश र जनतालाई सम्पन्न र समृद्ध बनाउने ज्ञानी -विद्धान) नेता आज मुलुकलाई चाहिएको छ। राजनेता पनि पद्धति, विकास, उत्पादन र समृद्धिले नै जन्माउँछ। मुलुकमा हालसम्म ज्ञानी नेता पाइएको छैन। “विद्धान नेताले चालु समस्याको समाधान गर्दै भविष्यका समस्यालाई अहिले रोकिदिन्छ” भन्ने वेदको वाणीलाई व्यवहारमा उतार्न सक्ने नेताहरु गठबन्धनमा जन्मनु आवश्यक भएको छ। ज्ञानी नेताको प्रादुर्भाव हुन सकेन भने राष्ट्र तथा जनताले फेरि फोस्रो नारा बाहेक केही प्राप्त गर्न सक्दैन। उग्रनारा र अनर्गल प्रलापले भोको पेट रोकिँदैन। स्मरणीय छ, भोको पेटलाई ज्ञानले पनि सन्तुष्ट बनाउन सक्दैन।

संसारको सबैभन्दा सुन्दर हाम्रो राष्ट्रबाट विदेशमा तल्लो रोजगार, कामको लागि जाने प्रवृत्ति कसरी रोकिन सक्छ ? यस सम्बन्धमा नेताहरुलाई लाज लाग्नुपर्ने हो। तर के को लाज ? आफू र आफ्ना नजिकका सम्पन्न भएका छन्। जनता र राष्ट्रलाई किन सम्पन्न तथा समृद्ध बनाउनुपर्‍यो ? वेदमा उल्लेख भए झैं सारा आँखाले देखेका वनस्पति औषधि हुन्। यस्ता वनस्पतिलाई सुख,शान्ति र समृद्धिका लागि प्रयोग गरिनुपर्छ। यसबारेमा हाम्रा दल तथा नेताहरु अनभिज्ञ भएको विषय उनीहरुले निर्वाचनमा पेस गरेको घोषणापत्रबाट र्छल· हुन्छ।

दुर्इ ठूला राष्ट्रबीच रहेको हाम्रो मुलुकले वनस्पति बेचेर र स्वदेशमा उत्पादन गरेर वाषिर्क पचासौं खर्ब आम्दानी गर्न सक्दछ। दलहरुले यसबारेमा के सोचेको छ – रंगढंग र दृष्टिकोण नभएपछि यसबारेमा सोच्ने फुसद पनि नेता र दलहरुमा देखिएन। “जसले वनस्पतिको सर्म्बर्द्धन र संरक्षण गर्दछ तथा जलबाट बिजुली निकाल्छ, त्यसैले राष्ट्र र जनतालाई समृद्ध बनाउँछ र आफू पनि समृद्ध हुन्छ” भन्ने वेदको परिभावलाई व्यवहारमा उतार्नुपर्छ। यो नै जनचाहना हो।

“विद्वान, ज्ञानी र शक्तिशालीहरु सबै सफल हुन एकअर्काका लागि आवश्यक हुन्छन् भनी वेदमा भनिएको छ। यस उक्तिलाई पनि यथाशीघ्र कार्यान्वयन गर्ने प्रचेष्टा गर्नुपर्छ। “कमजोर राष्ट्रले विदेशी हस्तक्षेप आहूत गर्दछ” भन्ने चाणक्यको परिश्रृत भनाइबाट पनि उत्पादन र समृद्धिमा जोड दिएर राष्ट्रलाई सबल बनाउ भन्ने सन्देश दिएको छ। “जसले राष्ट्रलाई राम्ररी चलाउँछ ऊ नै स्थायी शासक बन्न सक्छ  भन्ने वेद वाणीले पनि राष्ट्रलाई सम्पन्न र समृद्ध बनाउ भनी इ·ति गरेको छ। निर्वाचनमा विजयी भएर सरकार चलाउँदैमा पचास वर्ष शासन गर्न कुनै गठबन्धनको सरकारले सक्दैन। उत्पादन र समृद्धिलाई आधार स्तम्भ नमानेसम्म कुनै गठबन्धनको सरकार बन्दैमा त्यो स्थायी सरकार हुँदैन। त्यस सरकारले जनअसन्तोषको सामना गरिरहनुपर्नेछ र वैदेशिक हस्तक्षेप अनेक आवरणमा आहूत गर्दछ। फलविमुख राजनीतिको गन्तव्य नै त्यही हो। यसमा आशंसा नगरे हुन्छ। अस्तु।

- महेन्द्रमान श्रेष्ठ 'व्यथित’