खाने पुरुषले तर देखाउने महिलालाई

“महिलालाई विज्ञापनको साधन बनाइन्छ” सामान्य यो शब्द हामी सवैले सुनको हो। शहर बजारमा विज्ञापनका होल्डि· बोर्डहरुमा महिलाको अर्धनग्न शरीर देखिन्छ। मदिराको विज्ञापनमा महिलाले मदिरा समातेर मुस्कान छरेको बग्रेल्ती प्रदर्शित गरिएकाछन्। त्यस्तो विज्ञापन देखेर मेरो मनमा क्लीक गर्‍या, खाने पुरुषले तर देखाउने महिला – साँच्चै होटल, भट्टी, रेष्टुरेण्टमा बेलुकीपख यिनै पुरुष महात्माहरुको बाक्लै जमघट देखिन्छ। उनीहरु रक्सीको गिलासमा गाउँ शहरदेखि अन्तर्राष्ट्रिय स्तरका कुरा गरेका हुन्छन्। घरदेखि राजनीतिसम्म कमल थापादेखि प्रचण्डसम्म पिउँदाखेरीको गफ हुन्छ।

महिला नै किन ?

प्रायः सवै विज्ञापनमा महिलाहरु नै देखाएर सामानको विज्ञापन गरिन्छ। पूँजीवादी दुनियाँमा विज्ञापन नै सवथोक बन्ने गर्छ। विज्ञापनले मानिसको चेतनलाई प्रभावित पारेर सामानको खपत हुने गर्छ। वास्तवमा राम्रो नराम्रो भन्ने कुरा खाफ्नो चेतले ठम्याउनु भन्दा पनि अरुको भनाइलाई हामी विश्वास गछौर्ँ। सृष्टिको सुरुवाती कालमा महिलाहरुलाई परिवारको नेतृत्व दिने गरिन्थ्यो। पछि पारिवारिक विकास हुँदै जाँदा पहिला घरको कामधन्दामा सीमित रहने पुरुष शिकार खेल्न जाने परिपाटी भयो। पुरुषले शिकार गरेर ल्याएको खजाना जतन गरेर राख्ने काम महिलाले गरे। यसरी हेर्दा बैंकको जन्मदाता महिला नै भएको हो कि भन्ने अनुमान गरेको पाइन्छ। पछि पूँजीको विकाससँगै महिलालाई निजी सम्पत्तिको रुपमा राख्न थालियो। यसरी पुरुषले महिलालाई वैयक्तिक सम्पत्ति सरह राख्न थालेपछि महिला उपभोगको वस्तुको रुपमा खरिद हुन थाले। पूँजीवादी दुनियाँले महिलालाई विलासी साधनको रुपमा प्रयोग गर्न थाल्यो। फलतः सियोदेखि पानी जहाज, हवाइ जहाजको विज्ञापनमा महिलाको प्रयोग हुन थाल्यो। यहाँसम्म कि प्रायः हवाइजहाजमा परिचारिका महिला नै राखेर पुरुष वर्गले यात्राको आनन्द लिने गर्छन् भनिन्छ। जहाजमा पुरुष यात्रु मात्र होइन महिला यात्रु पनि चढ्छन् भन्ने हेक्का यो समाजलाई छैन। समाजमा महिलाप्रतिको दृष्टिकोण कै कारण हरेक विज्ञापनमा महिलालाई प्रयोग गरिन्छ। पेय पदार्थ कोकाकोला, फेन्टा देखि चलनचल्तीका मदिराको विज्ञापनमा उनीहरुको अर्धनग्न तस्वीर छापिन्छ। महिलाप्रति आसक्ति हुने पुरुष मनोविज्ञानलाई बुझेर बहुराष्ट्रिय कम्पनीले महिलालाई विज्ञापनको साधन बनाएको हो।

राम्री बन्ने होड :

सवैको आकर्षण बन्ने चाहना मानवमा रहनु स्वभाविक हो। तर राम्रो बन्ने नाउँमा आफ्नो स्वास्थ्य नै बिगार्ने दिशातर्फ महिलाहरु लागेको देख्दा अचम्म लाग्छ। जिरो फिगरको सुरुवात अमेरिकाबाट फैलिदै आयो। अहिले संसारभर महिलाहरुमा जिरो फिगरको विगविगी छ। महिलाको शरीरलाई पुरुषको आँखाले कोकाकोलाको बोत्तलको सेफमा देख्न चाह्यो रे अनि डाइटि·को चलन व्यापक हुन थाल्यो। साक्षरदेखि शिक्षित महिलासम्म महिलाहरु बीच आफ्नो वजनको चर्चाले व्यापक ठाउँ पाएको देखिन्छ। त्यति मात्र होइन कतिपयले त श्रृङ्गारका सामानको चर्चा परिचर्चा गरेर समय बर्बाद गरेका छन्। हिजो गाउँघरमा हट्टाकट्टा महिला राम्री मानिन्थ्यो। दुलहीको रुपमा त्यस्तो स्वरुपलाई रोज्ने गरिन्थ्यो। त्यसको पछाडिको कारण गाउँघरमा काम गर्न सक्ने खुबी मानिन्थ्यो। पश्चिमा संस्कृतिले हाम्रो यो दृष्टिकोणलाई पूरै परिवर्तन गरिदियो। महिला पातलो जीउडालको राम्रो हुन्छ भन्ने सोचले पुरुष महिला दुवैको दृष्टिकोण हुन थाल्यो। यहाँसम्म कि मोटा महिलाको विवाह हुन नसकेर आफैले आफैलाई धिक्कार गर्नेहरुसम्म देखियो। दुब्लाउन डाइटि· देखि भोमेटि· गर्ने औषधी सेवन लगायत नानाभाँती गर्ने महिलाहरु यो समाजमा छन्। उनीहरु किन शरीर सुकाउन यति सारै मरिहत्ते गर्छन् भन्दा पुरुषको निम्ति राम्री हुन नै हो। आफू पुरुषको निम्ति कठपुतली हुन, पुरुषले मन पराउने हुन किन लालायित हुन्छन् महिलाहरु झ् सायद महिलाले आफूलाई असुरक्षित र कमजोर ठानेका कारण यस्तो हुन गएको हुनसक्छ। महिला पुरुषको निम्ति राम्री भइदिनु कुनै जरुरी छैन। आफ्नो स्वास्थ्य बिगारेर पुरुषले चाहेजस्तो आकृतिमा आफ्नो शरीर किन बनाउनु पर्‍यो ? स्वस्थ हुनु राम्रो हो तर स्वास्थ्य बिगारेर राम्री बन्ने चाहना राख्नु दास मनोवृत्ति हो।

परिवर्तन आवश्यक छ :

महिलालाई विज्ञापनको साधन नबनाउन सबैभन्दा पहिला पुरुष मनोग्रन्थी परिवर्तन हुनुपर्छ। पुरुषले महिलालाई हेर्ने दृष्टिकोणमा विलासिताको साधन, भोग्यवस्तु सम्झन्छन्। महिलालाई निजी सम्पत्ति ठानेर पुरुषले व्यवहार गर्छन्। यसै प्रस·मा ओशो रजनीश भन्छन् विवाहले महिलालाई वैधानिक वेश्या बनाइदिन्छ। महिलाको आफ्नो अधिकार कुण्ठित बनाइदिन्छ। हाम्रो समाज पुरुषको बहुलठ्ठीपनले ग्रसित छ। सम्पत्ति, स्वतन्त्रता सवैमा पुरुषको हालीमुहाली छ। चीनमा महिलाको खुट्टा सानो बनाउन, बढ्न नदिन बालकालदेखि नै काठको जुत्ता लगाइदिने गलत परपम्परा थियो। महिलाको ठूलो खुट्टा पुरुषलाई मन नपरेर खुट्टा बढ्न नदिन यसो गरियो। यसबाट के प्रष्ट हुन्छ भने पुरुषहरुले महिलाको सबै प्रकारको स्वतन्त्रता अपहरण गरेका छन्। अब पुरुषले महिलालाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन गर्नुपर्छ।महिलामाथि हुने विभेद पूर्ण व्यवहार सोँच परिवर्तन भए महिलाहरु विज्ञापनको साधन बन्ने थिएनन् कि ?

अबको बाटो

शहर बजारमा महिला विज्ञापनको साधन बनेका छन् भने ग्रामीण भेगमा महिलाहरु दासी बनेका छन्। गाउँ या शहर जहाँ भए पनि महिलाले भोग्ने समस्या समान छन्। बैंक तथा वित्तीय संस्थामा लहरै महिलालाई राखेर ग्राहक तान्ने गरिन्छ। महिलालाई नङ्ग्याएर आफ्नो सामानको विज्ञापन गर्ने परिपाटीलाई स्वयम् महिलाले बहिष्कार गर्ने अभियान अब महिलाले थालनी गर्नुपर्छ। टाउकामा चश्मा राखेर महिला अधिकारको कुरा गर्ने अधिकारकर्मीहरुले शहर बजारका विज्ञापनका होल्डि· बोर्डहरुमा आँखा पुर्‍याउनु पर्छ । राम्री हुने नाउँमा पुरुषको कठपुतली हुने मनोरोगबाट छुटकारा पाउनु पर्छ। महिला अधिकार र सशक्तीकरणका विषयमा जोडतोडले अन्तरक्रिया हुने ठाउँमा अब महिलालाई विज्ञापनको साधन बनाएर नङ्ग्याउन पाइँदैन भन्नुपर्छ। मदिरा पिउने पुरुष तर मदिराको विज्ञापनमा महिलालाई देखाउने गलत संस्कृतिको जरैदेखि अन्त हुनुपर्छ।अस्तु

- सुरेन्द्र थापा मगर