खग्रास चन्द्रग्रहण

आज चन्द्रग्रहण। नेपालमा लाग्ने चन्द्रग्रहण सबै देशमा नहुनसक्छ तर यस पालिको ग्रहण उत्तरी र पूर्र्वी यूरोप, एशिया, अस्टे्रलिया, उत्तरी तथा पूर्र्वी अफ्रिका, उत्तर अमेरिका उत्तरी तथा दक्षिणी अमेरिका, प्रशान्त महासागर, एटलान्टिक महासागर, इन्डियन सागर, अन्टार्टिका महादेशबाट देखिदैंछ। यो वर्ष नेपाली आकाशमा दुंर्इ वटा चन्द्रग्रहण परेका छन्, एउटा चन्द्रग्रहण साउन २३ गते सोमबार परेको थियो भने अर्को माघ १७ गते बुधबार। २०७४ सालमै परेका यी दुंर्इ ग्रहणमा फरक के छ भने पहिलेको खण्डग्रास थियो भने बुधबारको खग्रास -पूरै कालो धब्बा) चन्द्रग्रहण।

सूर्य र चन्द्रमा निकै शक्तिशाली आकाशीय दुंर्इ ठूला पिण्डहरु हुन्। साँच्चै नै यी ग्रहहरु बिना पृथ्वीका कुनै पनि जीवजीवात्माका अस्तित्व सम्भव छैन। दिनमा उज्यालो छर्ने ग्रह सूर्य हो भने रातमा केही उज्यालो देखाउने ग्रह चन्द्रमा हो। पुस-माघका दिनमा दिनभर घाम नै लागेन भने सूर्यको र अँधेरी रातमा चन्द्रमा देखिएन भने चन्द्रमाको महत्त्व थाह हुन्छ। मूल कुरा के हो भने कुनै पनि वस्तुको अभावमा महत्त्व देखिन्छ। ब्रमाण्डमा थुप्रै सूर्य, चन्द्रमाजस्तै सानातिना अन्य खगोलीय पिण्डहरु छन्, यी सबै एकसेएक महत्त्वका छन्। खगोल विज्ञानमा यी आकाशीय पिण्डका बारेमा जति व्याख्या गरे पनि सकिदैंन।

नेपाली पञ्चाङ्ग अनुसार १७ गते बुधबार साँझ ६ बजेर ३६ मिनेटमा सुरु हुने चन्द्रग्रहण ८ बजेर ५७ मिनेट जाँदा सकिनेछ। तर यसभन्दा अघि नै चन्द्रमा नउदाउँदैदेखि आकाशमा ग्रहण लाग्दछ तर यो चन्द्रोदय भएपछि मात्र देखिन्छ, सो ग्रहण वृष, कन्या, तुला र कुम्भ बाहेक अन्य राशिवालाले ग्रहण हेर्र्नु घातक छ। यस अनुसार मेषलाई व्यथा, वृषलाई श्रीप्राप्ती, मिथुनलाई क्षति, कर्कटलाई घात, सिंहलाई व्यय, कन्यालाई लाभ, तुलालाई सुख, वृश्चिकलाई मानहानि, धनुलाई कष्ट, मकरलाई स्त्री पीडा, कुम्भलाई सुख प्राप्ति र मीनलाई चिन्ता हुने ज्योतिष फलित खण्डले बताएको छ। यो ग्रहणले विशेष गरेर तिष्य, अश्लेषा नक्षत्र भएका कर्कट राशिका व्यक्तिले हेरेमा  अति कष्ट फल प्राप्त हुने कुरा नेपाली पञ्चाङ्गमा उल्लेख छ। खग्रास चन्द्र ग्रहण साँझ ५ बजेर ३२ मिनेट जाँदा लाग्ने भए पनि चन्द्रोदयपछि मात्र देख्न सकिन्छ। धार्मिक विश्वास अनुसार आज बुधबार बिहान ८ बजेर ५५ मिनेट जाँदादेखि नै सुतक लाग्ने भएकोले बालबच्चा, बुढाबुढी र बिरामीबाहेक अरुलाई भोजन गर्न निषेध छ। यसको सर्वपर्वकाल ३ घण्टा २ मिनेटको रहेको छ। नासाका अनुसार ग्रहण लाग्दा पृथ्वीबाट चन्द्रमा ३ लाख ५८ हजार ९ सय ९४ किलोमिटर दूरीमा रहनेछ।

ब्रमाण्डका सम्पूर्ण पिण्डहरु चलायमान छन्। सौर्य परिवार  (मंगल, बुध, बृहस्पति, शुक्र, शनि आदि) का ग्रहहरुले सूर्यलाई केन्द्रमा पारेर घुम्ने गर्दछन्। ग्रहहरुले सूर्यलाई घुम्ने क्रममा सीधा रेखामा पर्न जादाँ एक ग्रहले अर्कोलाई छेक्ने गर्दछ र सूर्य वा चन्द्रमामा छायाँ पर्दछ। यही छायाँ वा कालो धब्बा वा दाग चन्द्रमामा देखिन्छ भने चन्द्रग्रहण, सूर्यमा देखिन्छ भने सूर्यग्रहण भनिन्छ। कालो धब्वा वा दाग जे भने पनि ती ग्रहहरुमा देखिने छायाँ मात्र हुन्।

वास्तवमा चन्द्रग्रहण कसरी देखिन्छ त ? सूर्यलाई पृथ्वीले घुम्ने गर्दछ, पृथ्वीलाई चन्द्रमाले। यसरी घुम्ने क्रममा सूर्य, पृथ्वी र चन्द्रमा एउटै सीधा लाइनमा पर्न जान्छ। सूर्यको बीचमा पृथ्वी पर्न जाँदा पृथ्वीको छायाँ चन्द्रमामा पर्दछ। यो नै चन्द्रग्रहण हो। सूर्य, पृथ्वी र चन्द्रमा एउटै सीधारेखामा पर्ने संयोग पूणिर्मा तिथिमा मात्र हुन्छ। तर हरेक पूणिर्मामा चन्द्रग्रहण भने लाग्दैन किनकि जुन पूणिर्मामा चन्द्रमा पृथ्वीको छाँयाबाट नजिकै भएर जान्छ, त्यस पूणिर्मामा चन्द्रग्रहण लाग्दैन। जुन पूणिर्मामा चन्द्रमामा पृथ्वीको छाँया पर्छ, त्यसबेला पृथ्वीले सूर्यबाट निस्केका किरण छेकिदिन्छ। यस अवस्थामा पूरै चन्द्रमामा पृथ्वीको छाँया पर्दछ। यसलाई खग्रास भनिन्छ। जुन पूणिर्मामा चन्द्रमामाको केही भाग पृथ्वीको छायामा पर्छ, त्यस अवस्थामा त्यति चन्द्रमाको भाग नदेखिने हुँदा खण्डग्रास (आंशिक भाग धब्बा) चन्द्रग्रहण हुन्छ।

सूर्य, पृथ्वी र चन्द्रमा एउटै सरलरेखामा पर्नु, सूर्य र चन्द्रमाको बीचमा पृथ्वी पर्नु र प्रकाश सीधा सरल रेखामा हिंडनु चन्द्र ग्रहण लाग्नुको कारण हो। यसको लागि पूणिर्माको दिन नै हुनुपर्दछ। तर हरेक पूणिर्माको रातमा भने ग्रहण देखिदैंन। यसो हुनुको मुख्य कारण पृथ्वीको कक्ष (मार्ग) र चन्द्रमाको कक्षको सतह एउटै समतलमा नपरिकन ५.१५ ड्रि्रीको कोणमा ढल्केका छन्। यसरी चन्द्र कक्ष र पृथ्वी कक्ष एक आपसमा ढल्किएर ५.१५ ड्रि्रीको कोण बनाएको हुँदा हरेक पूणिर्माको रातमा सूर्य, पृथ्वी र चन्द्रमा एउटै सरलरेखामा परे पनि ग्रहण लाग्दैन। यस अवस्थामा पृथ्वीको छाया चन्द्रमा देखिन्न। सरलरेखामा पृथ्वी कहिले सूर्य र चन्द्रमाको रेखाभन्दा माथि त कहिले तल पर्दछ। यस अवस्थामा चन्द्रमामा छाया पर्न सक्दैन। ग्रहण लाग्नको लागि शून्य ड्रि्रीको अवस्था हुन जरुरी हुन्छ। यो परिस्थिति प्रत्येक पूणिर्माको तिथिमा पर्दैन। तसर्थ हरेक पूणिर्मामा चन्द्रग्रहण लाग्दैन।

सूर्यको उज्यालो ताराहरुमा पनि व्याप्त छ। यी ताराहरु यति टाढा छन् कि जहाँ सूर्यको प्रकाश मात्र पुग्न पनि वर्षौ लाग्छ। मानव जीवनका धार्मिक पक्ष पनि चन्द्र ग्रहका आधारमा विभिन्न चार्डपर्व मनाइने गरिन्छ। यति मात्र नभई साँस्कृतिक तथा सामाजिक पक्ष पनि ग्रहमै आधारित छन्।

चन्द्रमा धार्मिक कर्मसित जोडिएको छ। विभिन्न चार्डपर्वहरुको निर्धारण यही ग्रहको गति कारण हुन्छ। तिथि हामी भन्दै आएका गते जस्तै हो। यो गते सरकारी कामकाज लगायत अन्य दैनिक गतिविधिमा प्रयोग हुन्छ भने तिथि धार्मिक कार्यमा मात्र। चन्द्रग्रहण, व्रतपर्वादिको निर्धारण चन्द्रमामाको गतिको परिणाम हो।

चन्द्रग्रहणमा केही धार्मिक कार्य बिटुलो हुन्छ। त्यसरी नै यज्ञ लगाएर जनै मन्तर गर्न हुँदैन् भन्ने शास्त्रीय मान्यता छ। तर ग्रहणकालमा जप, दान एवम् हवन गर्दा धेरै फल प्राप्त हुन्छ। यस बखत सुतक -घरमा सन्तान जन्मिदाँ वा मर्दा लाग्ने आशौचजस्तै) लाग्ने भएकोले दूध, दही, घिऊ, भोजन, जल आदिमा कुशका टुक्रा डुबाएर राख्दा ती खानेकुराहरु दूषित हुन पाउँदैन भन्ने भनाइ छ। गंगाजल भने यत्तिकै पनि पवित्र मानिन्छ। कुशको प्रयोग देव पितृकार्यमा प्रयोग हुन्छ। यसमा एक दिव्य विलक्षण अग्नि तत्त्वका साथै विद्युत् शक्तियुक्त हुन्छ। कुशका जलले र्छर्किएको छिटाबाट भूतप्रेतादिका अदृष्ट बाधा हट्छ भन्ने भनाइ छ। ग्रहण लाग्दा तमोगुण व्याप्त हुने भएकोले खाद्यपदार्थमा यसको मात्रा बढ्न गयो भने यस्तो खानाले बुद्धिमा मलिनता, मस्तिष्कमा निर्वलता र शरीरमा आलस्यता ल्याउँछ। त्यसैले  खानेकुरामा कुशका टुक्रा राख्ने प्रचलन छ। यसले तमोगुणी विद्युत कुचालकको काम गर्दछ र खानेकुराहरुलाई  प्रदूषित हुनबाट जोगाउँछ।

ब्रमाण्डका समस्त कार्य सूर्य र चन्द्र ग्रहमा आश्रति छन्। सूर्यले अन्न, फलफूललाई परिपक्वता प्रदान गर्दछ भने चन्द्रमाले रसयुक्त पौष्टिकता बनाउँछ। मूर्तिलाई स्र्पर्श गर्न नहुने, आफूभन्दा तल्ला जातिलाई दान गर्दा राम्रो हुने कुरा ज्योतिषशास्त्रमा छ। कुन तिथिमा के पर्व पर्छ, के कति बेला मनाउने वा टीका लगाउने आदि जस्ता निर्णय सरकारी स्तरमा नेपाल पञ्चाङ्ग निर्णायक समितिले गर्दछ। ज्योतिषीय तथा कर्मकाण्डीय कर्ममा अन्तिम निर्णय दिने यही समितिले गर्दछ। नेपालबाट प्रकाशन गरिने धेरैजसो पात्रो (पञ्चाङ्ग)हरुलाई यही पञ्चाङ्ग निर्णायक समितिमा पेश गरी आवश्यक जाँचबुझपछि स्वीकृत दिएपछि मात्र आधिकारिक हुन्छ। व्रत, पर्वादिमा एक रुपता कायम गर्न यस समितिले भूमिका खेल्दै आएको छ। समग्रमा भन्दा ग्रहणको वैज्ञानिक अर्थलाई बुझेर धर्मसित जोडिएका भनाइलाई पनि आत्मसा तगर्न सकेमा सहजता मिल्ने कुरालाई नर्कान सकिन्न।

- कल्याण पन्त