क्वाँटी पूणिर्मा

नेवार समाजमा नौ अंकको महत्व वेग्लै र अर्थपूर्ण रहेको हुन्छ। जस्तो कि नवदुर्गा, नवरात्रि, नवरत्न, नौ दिन, नौ महिना नौ वर्ष र नौ ओटा गेडागुडी र नौओटा पात गासेर सिइएको नवदुर्गाको प्रतीक दशैमा भोज खानको लागि वनाइएको पात, नौ दिनसम्म मनाइने गुन्हिपुन्हि चाड आदिको महत्व नेवार समाजमा संस्कृति र संस्कारको रुपमा व्यवहारमा प्रायःजसो वेला वेलामा लागु भैरहेको हुन्छ। माथि उल्लिखित नौ दिन र नौ महिना नौ वर्ष भन्नाले घरवाट वाहिर गएका व्यक्तिहरु यी गणनाको ख्याल गरेर घर र्फकनु पर्दछ नत्र अपशकुन हुन्छ भन्ने चलन अद्यावधि छ“दैछ भने किरिया वस्दा पनि नौदिन सम्म वारेर वसेपछि दशौ दिनमा गाईको गहुत खाइए पछि शुद्धाशुद्धि भएको मानिन्छ।

रक्षावन्धन, जनैपूणिर्मा अर्थात श्रावण शुक्ल पूणिर्मा देखि कृष्णाअष्टमी सम्म गरी नौ दिन सम्म मनाईने यस चाडलाई गुँपुन्हि (गुन्हिपुन्हि) भनिने गर्दछ भने नौथरिका गेडागुडी मिसाएर वनाइएको स्वादिष्ट क्वाती खाइने भएको हुँनाले यस पर्वलाई क्वाती पूर्णिमा पनि भनिन्छ। क्वाको अर्थ तातो र तीको अर्थ झोल भन्ने वुझाउ“दछ। यही क्वा र तीलाई संयोग गरी हाम्रा पुर्खाहरुले क्वाती भन्दै आएको हो। हाम्रा पुर्खाहरु वलिया र निरोगी थिए। त्यतिवेलाका हाम्रा पुर्खाहरुले न अस्पताल न औषधी मूलोको सहज व्यवस्थामा वाच्नु परेको थियो। परम्परागत पौष्टिकताले भरिपूर्ण खाद्य पदार्थ, सागपात, फलफूल र कन्दमूललाईनै औषधि तथा खाद्य पदार्थको रुपमा वेला र मौसममा खाने विभिन्न भोज र रोटीहरु आदि प्रचलनमा प्रयोग गरिएकाले हाम्रा पुर्खाहरु स्वस्थ, जा“गरिला, फुर्तिला भएर जीवनयापन गरेका थिए भन्ने इतिहास भेटिन्छन्। भोजमा खाने रक्सी पनि आगो वल्ने आफ्नै खालका उत्पादन थिए। माटोको प्याला र अन्तिमा राखिएको रक्सी पनि तिन पटक भन्दा वढि खादैनथे। यसैले हाम्रा ती पुर्खाहरु धन्यवादका पात्र छन् जसले आजसम्म पनि हामिहरुलाई नेवार भनि गर्व गर्न सिकाए।

गेडागुडीहरु धेरै प्रकारका हुन्छन् तरपनि यहीनै हुनुपर्छ भन्ने नभई विभिन्न व्यक्तिहरुले आफ्नो अनुकूल समय अनुसार पाईएका नौ थरीका गेडागुडीलाई २ दिनसम्म भिजाएर पानी फाल्ने र सफा कपडामा पोको पारी ओभानो बनाएर राख्दा टुसा पलाएको गेडागुडीलाई तेल र ज्वानो तताएर ठूलो आवाज आउने गरी झ्वाइ…… गरेर झान्दै क्वातीमा मिसाएर बनाएको क्वातीको वास्ना घरको अन्य कोठाहरु सम्म पनि पुग्ने र हेर्दैमा मुखवाट रस आउने गरेर वनाएको क्वाती दिनभरमा नौ थरीका लुगा फेरेर नौ पटकसम्म खाएर नौ पटक सम्म घरवाट निस्केर नौओटा मन्दिरको दर्शन गरी मनाउने परम्परा काठमाण्डौं उपत्यकामा रमाइलो र रोचक परम्परा रहिआएको थियो आजकल यो चलन हट्दै गइरहेकोछ।

नेवारहरुले मात्र खाने गरिएको परम्परागत क्वाती केहीवर्ष देखि नेवारहरु संग सर्म्पर्क भएका अन्य जाति समुदायहरुले पनि थाहा पाई राम्रो र प्रोटिनयुक्त खाद्यपदार्थ मानेर सवैले किनेर वेला वेलामा वनाएर खाने प्रचलन अव यो जात जातिकाहरुले मात्र खाने भन्ने नभई सवैले खान थालेको पाइन्छ। भिजाएर टुसा उमारेको क्वाटीमा रोग संग लड्न सक्ने क्षमता (सेतो रगत) अत्यधिक रहने गर्दछ। क्वाटीमा विशेषगरी कावोर्हाइड्रेड, क्याल्सियम, क्यालोरी र खनिज तत्व पाइने भएको हुँनाले शरीरलाई तन्दुरुस्त र फुर्तिलो बनाउन मद्दत गर्दछ। क्वाटी खानाले कब्जीयत हटाउंदछ भने मधुमेह र पायल्स भएकाहरुलाई समेत फाइदा गर्दछ। क्वाती पूणिर्माको दिनमा गहुँको पीठोवाट वनेको रोटी नेवारी भाषामा “ग्वाराचा मरी” (क्वातीमा पकाएको सानो सानो टुक्राको रोटी), मुलाको साग र मूलाको तरकारी पनि खाने चलन रहि आएको पाइन्छ। विशेषगरी यो खाद्य पदार्थको महत्व खेतवारीमा काम गर्ने नेवारहरुले महिनौसम्म खेतवारीमा सधैं पानीमा भिजेर काम गर्दा चिसो गढेको हुँनाले चिसो हटाउन र विरामी नहोस भनेर यो दिनमा खानुपर्छ भनेर स्वास्थ्यवर्द्धक खाद्य पदार्थ खाने संस्कृति र संस्कार हाम्रा पुर्खाहरुले मनाउने गरिएको राम्रो उदाहरण पाइन्छ।

हिन्दु धर्मावलम्वीहरुले देशभर जनैपूणिर्मा अर्थात ऋषि तर्पणी पर्व मनाउने गर्दछ। तागाधारीहरुले ऋषिको सम्झना गर्दै जलाशय अर्थात धारामा गई माटो, गोबर, कुश, खरानी र अपमार्गले स्नान गरी विशेष मन्त्रबाट मन्त्रिएको डोरो बांधी रक्षावन्धन पनि गरिन्छ। आज बांधिएको डोरो गाईतिहारका दिनमा गाईको पुच्छरमा बांधेमा मृत्युपछि वैतरणी पार भइन्छ भन्ने जनविश्वास रहेको छ। जनैपूणिर्माका अवसरमा पाटनको कुम्भेश्वर, रसुवाको गोसाइकुण्ड, नुवाकोटको देवीघाट र म्याग्दीको नागीबाराहि लगायत देशका विभिन्न मन्दिरमा पनि जनैपूणिर्माको अवसरमा मेला लाग्ने गर्दछ। विहान ब्राह्मणले जपेको डोरो हातमा बाँध्ने दिदी वहिनीले आफ्ना दाजु भाइहरुलाई हातमा राखी बाध्ने र वुलुका नौ प्रकारका गेडागुडी मिश्रति क्वाटी खाने हिन्दु मान्यता रही आएको छ।

क्वाती हामीहरुले वर्षको २ पटक खाने गरिन्छ। वैशाख १ गते अर्थात बिक्रम सम्वतसरको पहिलो दिन अर्थात नेवारी परम्परामा खाइ सल्हु अर्थात तितो सक्रान्ति भनेर वुझ्न सकिन्छ। यस दिनमा हामीहरुले तिता सागपात र गेडागुडी राखेर खाने प्रचलन रहेको हुँनाले यस दिनलाई खाइ सल्हु भनेर भनिएको हो। जाडो सकिएको वसन्त ऋतु शुरु भएको र वर्षा याम शुरु हुन खोजेको यो मौसममा गर्मी पनि हुने गर्दछ। यसैले उक्त मौसममा पेटमा गडवडी भई विरामी हुने भएकोले स्वास्थ्य राम्रो भइरहोस भनेर उक्त मौसममा तिता सागपात र गेडागुडी गरी ७ थरी मिसाएर क्वाती खाने गरिन्छ मूलाको सुकुटी, मूलाको विउ, सानो केराउ, कोइरालो, चामलको पिठो, मेथीको साग, प्याज आदि मिलाएर क्वाती खाने र खुवाउने चलन रहेकोमा यो पनि धेरै हदसम्म मेटिइसकेको छ।

कुनैपनि गेडागुडीलाई तरकारी वनाउनु पूर्व ४ दिन सम्म भिजाएर राख्नु पर्दछ। त्यसपछि पानी सुकाएर ढक्कनले किरा फट्यांग्रा, मूसा आदिले नखाने गरी ढाकेर टुसा पलाएर खाएको तरकारीको स्वादिष्ट र पौष्टिकताले भरिपूर्ण हुन्छ भन्ने प्रचलन परापूर्वकाल देखिनै चलिआएको पाइन्छ। प्रोटिनयुक्त स्वादिष्ट क्वातीमा विशेषगरी निम्न प्रकारका गेडागुडीहरु रहेका हुन्छन, ती यस प्रकार रहेका छन् – १. मस्याङ, २. चना, ३. मुगी, ४. बोडी, ५. ठूलो अथवा सानो सिमी, ६. मास, ७. भट्ट, ८. ठूलो केराउ, ९. सानो केराउ र अन्य गेडागुडी समेत मिसाएर आजकल तयारीनै हरेक खुद्रा पसलमा बेच्न राखिएका हुन्छन्। केही दशक अगाडि सम्म पनि घरका आमा तथा भाउजु, दिदी वहिनीहरुले महिनौ देखि एक घरमा रहेको गेडागुडी अर्को घरका व्यक्ति संग आफ्नो अनुकूलको समय मिलाएर ठूलो दुःख गरेर साटिदै खोज्दै जम्मा गरेर आफ्नो सन्तानहरुलाई खुवाउने चलन रहेकोमा आजकाल कुनैपनि वेलामा पसलमा पाउने भएको हुँनाले बूढापाकाहरुले छोरी वुहारीहरुलाई भाग्यमानी भनेर सम्झन्छन्।

क्वाँटी खानाले निम्न फाइदाहरु मिल्दछ

  •      यसले बूढ्यौली हुने गति मन्द पार्नुको साथै मानिसलाई सुन्दर र स्वस्थ रोग मुक्त पार्दछ।
  •      तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई चाहिने शक्तिको स्रोत दिन्छ।
  •      यो सजिलै पाच्य हुन्छ।
  •      पेटमा अनावश्यक वायु बनाउदैन।
  •      यसले शरीरको थकाई कम पार्दछ र तनावबाट मुक्त गर्दछ।
  •      रोग प्रतिरोधात्मक शक्ति बढाउंछ।
  •      बालबालिका तथा वृद्धमा हुने कुपोषण हटाउन शक्ति दिन्छ।
  •      क्वाँटीको नियमित सेवनले स्मरण शक्ति पनि बढाउंछ।
  •      मानसिक स्वास्थ्यमा सुधार ल्याउंछ।
  •      रक्त सञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुर्‍याउदछ।
  •      टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ। त्यसैले क्वाटी खानाले एसिडिटि तथा मूत्रनलीमा संक्रमण जस्ता समस्याबाट पनि छुटकारा मिल्दछ।
  •      पाचन शक्तिमा सुधार ल्याउंछ।
  •      गेडागुडीमा हुने सबै पौष्टिक तत्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार आउँछ।

- अादर्श समाज सम्वाददाता