क्रोध नियन्त्रक भगवान् श्रीकृष्ण

महषि दुर्वासा क्रोधी ऋषिका रुपमा तीनै लोकमा परिचित छन्। सानो सानो कारणमा पनि छिट्टै रिसाउने यिनको स्वभावले गर्दा यिनीसँग हतपत जो कोही पनि बोल्न र अगाडि पर्न चाहँदैनथे। तर उग्र रिसाहा भए पनि  रुद्रांश भएकाले क्षमतावान् पनि मानिन्छन्। यिनी खुस भए  भने अभीष्ट वरदान समेत दिन सक्ने हैसियत राख्दछन र दिएका पनि छन्।

पहिलेकै कुरो हो, टाउकाबाट खुट्टाको कुरकुच्चासम्म लत्रेको मकैको जुँगा जस्तै आफ्नो कपालको टुप्पी सहितको जटालाई दुर्इफन्को बेरेर बाँधी शरीर भर खरानी घसी नाङ्गो शरीर लिई -तर पहेलो रंगको एक कौपिनसम्म धारण गरेका थिए) हातमा एक काँडेदार लौरो समाती विभिन्न लोकमा पुग्दथे र ठूलो ठूलो शब्दले चिल्लाउँदै(चिल्लाउँदै डुलिरहेका हुन्थे। साना-साना केटाकेटी वाहेक यिनका नजिक कोही पनि पर्न चाहँदैनथे। ती साना केटाकेटी यिनका नजिकै झुम्मिन आएपछि हातको लौरो जमिनमा तोडसँग बजारी केटाकेटी तसाउदै यत्रतत्र घुमिरहेका देखिन्थे। यस प्रकारले घुम्ने क्रममा यी देवसभा, मनुष्यसभा, यक्षसभा जस्ता विभिन्न सभा जमघटमा समेत चिल्लाउँदै-चिल्लाउँदै भन्ने गर्दथे, “म अत्रि पुत्र दुर्वासा हूँ दुर्वासा ’ म केही महिना बस्नका लागि योग्य स्थानको खोजीमा भौँतारिरहेको छु, जो कोही गृहस्थहरुले आफ्नो गृहस्थधर्मबमोजिम मलाई आफ्नो घरमा राख्ने चाहना गर्दछन् भने आफ्नो इच्छा पनि व्यक्त्त गरीहालून्। तर यो कुरोको ख्याल राखून् कि सानो भन्दा सानो अपराधमा पनि मेरो क्रोध भने जाग्ने छ।यसैले जो मलाई आश्रय दिन आफ्नो घरमा राख्ने चाहना गर्लान् त्यस्ता व्यक्तिले सर्वदा मेरो कुरोलाई ध्यानमा राखी निकै सावधानी रहनु पर्ने छ। आज मैले दुःखका साथ भन्नु परेको छ कि डुल्दा- डुल्दा मेरो शरीर थकित भई गली सक्यो तर मैले कुनै पनि गृहस्थीवाट कही पनि आश्रय पाउन सकिन आर्श्चर्यको कुरो छ, धन्य  विधाता ’ म गृहस्थी हुँ भन्ने जनलाई धिक्कार छ ’

यसप्रकारले महषि दुर्वासा चिल्लाउँदै-चिल्लाउँदै देवलोक, नागलोक, गर्न्धर्वलोक, यक्षलोक मनुष्यलोक आदि सबै ठाउँमा घुमे। तर कसैले पनि यिनको प्रस्ताव रुपी विपत्ति स्वीकार गर्ने साहसै गर्न सकेनन्। यी घुम्दै(घुम्दै थकित देह र क्षीण आशामा द्वारावती शहरमा पनि पुगे। त्यहाँ लाइन बद्ध रुपमा रहेका भगवान् श्रीकृष्णका रानीका महलहरुका गेटका नजिकै पुगी चिल्लाउँदै-चिल्लाउँदै हिँड्दा तिनको आवाज भगवान् श्रीकृष्णको कानमा पुग्यो। तब भगवान्ले ती महषिर्लाई आफ्नो महलमा बोलाई खान बस्नको निमित्त उचित आश्रय दिनुभयो। आश्रय पाएपछि उनी त्यहीँ निर्भयका साथ बस्न थाले।

महषि देख्दैमा डरलाग्दा त्यसमा पनि उग्र रिसाहा स्वभाव भएकाले यिनीसँग प्रायः सबै जना वहुतै सतक देखिन्थे। तै पनि कुन बखत कहाँ के गर्दछन भनी भगवान्का रानी र कामदारहरु हमेसै यिनका क्रियाकलाप माथि अप्रत्यक्ष रुपबाट नियाली रहन्थे। यी भने ठीक पागल व्यक्ति वा बालबच्चाले गर्ने जस्तै क्रियाकलाप देखाउँदथे। कहिले असमयमा भोजन माग्दथे र लगभग महषि अगस्त्यजीकै दाँजोमा भोजन गर्दथे, कहिले भने नाम मात्रको भोजन गरी पकाएका सबै सामग्रीहरुमा जूठो हाली खेर फालिदिन्थे। कहिले अकारण रुने त कहिले हाँस्ने गदर्थे। कहिले भने कमी कमजोरीका छ्रि्र खोज्दथे।तर पाउन भने सक्दैनथे।

एक दिनको कुरो हो आफूबस्ने सुत्ने कोठा भित्र पसी दिउँसोको समयमा पलङ् विछौना आदि सबै सामानमा आगो लगाई आफू त्यहाँबाट भाग्दै गरेका थिए। यो दृश्य टाढैबाट एक चौकिदारले देख्यो र दौड्दै गई आगो निभाउन कोठाभित्र पस्दा सुत्ने पलङ, लत्ताकपडा समेतका सबै फर्निचरहरु जलेर खरानी भइसकेका थिए, यो कुरो भगवान् श्रीकृष्णमा जाहेर गर्न त्यो चौकिदार दौडदा दौड्दै भगवान् समक्ष पुगी “प्रभु ’रिखि भन्ने ती यतै आउदै गरेका बूढाले आफू सुत्ने कोठामा आगो लगाई पलङग लत्ता कपडा सबै खरानी पारे, त्यो बूढो साह्रै खराव छ।” चूप ’ भगवान्ले त्यो चौकिदारलाई त्यति भनेपछि ऊ चुपचाप आफ्नो कामतिर लाग्यो। यही बीचमा दुर्वासा श्रीकृष्ण समक्ष आई भन्न थाले -“वासुदेव ’ मलाई यस समय खीर खान मन लागेको छ। तुरुन्त खीर खुवाऊ।”

भगवान् श्रीकृष्ण अन्तर्यामी, सर्वज्ञ र सर्वशक्तिमान् प्रभुका अगाडि असम्भव भन्ने कुरो के नै त थियो र ती ऋषिले व्यक्त गर्ने अभ्रि्राय भगवान्ले पहिले नै बुझिसक्नु भएकाले ती ऋषिको निमित्त अभीष्ट खाद्य सामग्रीहरु पहिले नै तयार गरी राखिएको थियो। यसैले ती ऋषिले खीर खान्छु भन्दासाथ तुरुन्त गरम गरम स्वादिष्ट खीर ल्याएर तिनका साम्नेमा राखिदिए। तिनले कपाकप खिर खान थाले। अघाइसकेपछि पनि बाँकि सबै गिथोलेर छाडेको त्यो जूठो खीर देखाउँदै श्रीकृष्णसँग भने “वासुदेव ’  तिमीले यो बचेखुचेको खीर आफ्नो टाउको र शरीरभरमा दल।”

श्रीकृष्णले पनि तत्कालै ऋषिले भनेबमोजिम त्यो जूठो खीर विना संङकोच आफ्नो मस्तक र शरीरका अन्य विभिन्न भागमा दल्नुभयो। भगवान् श्रीकृष्णले आफ्नो शरीरमा त्यो जूठो खीर दलेको देखेर निकै आर्श्चर्य चकित रुपमा ऋषिको आँखा छल्दै श्रीकृष्णतिर र्फकेर रुक्मिणीभने मुसुमुसु हास्न थालिन्। तर ऋषिले यो कुराको चाल पाइहाले, अनि रुक्मिणीले मेरो खिसी गरी भन्ने विचारले उनको रिसको पारो चढिहाल्यो। त्यसपछि रानी रुक्मिणीलाई त्यो जूठो खीरले रानीको अनुहार देखि शरीरका विभिन्न भागमा पर्ने गरी टाढैबाट छ्यापिदिए।घिनलाग्दो ऋषिको त्यो जुठो प्यालप्यालाउँदो खीर ती रानीको ओठ, मुख निधार जताततै पर्‍यो। अध्यारो अनुहारमा ऋषि तर्फ आखाँ तर्दै ज्यादै नै खल्लो मन बनाउदै उनी चुपचाप सही बसिन्, केही भन्न सकिनन्।

ऋषिको क्रोध अझै शान्त भएको थिएन। यसपछि तिनीले रानी रुक्मिणीलाई नजिकैको घोडा विनाको रथमा लगी जवरजस्ती घोडाका रुपमा जोताई रथ माथि आफू सवार भई जसरी सारथीले रथको घोडालाई चावुकले हिर्काउदै रथ अगाडि वढाउँदछ ठीक त्यसै गरी निर्दयताका साथ ती क्रोधी ऋषिले रुक्मिणीको पिठ्यूमा चाबुकले हिर्काउँदै रथ अगाडि बढाउन खोजे। भगवान् श्रीकृष्णले यो दृष्यलाई चुपचापसँग हेरिरहनु भएको थियो। त्यहाँ उपस्थित सवै यादवहरुलाई भने यो घटनाले ज्यादै नै दुःखित बनायो। तर पनि ती क्रोधी ऋषिको अगाडि कसैले पनि बोल्न भने सकेनन्।

रुक्मिणी रानीलाई चावुकले हिर्काउँदै-हिर्काउदै मूल बाटोसम्म पुर्‍याए, रानीका शरीर भरी हिर्काएका चावुकका निला डामहरु यत्रतत्र  देखिन्थे,उनका आँखाबाट आँसुका थोपाहरु तप(तप गिरिरहेका थिए। दुर्वासाले भने रत्तिभर पर्वाह नराखी घोडालाई झैँ ती रानीलाई चावुकले हिर्काइ राखेका थिए।तर रथ खिच्नमा ती रानी  सर्वथा असमर्थ हुँदै जमिनमा गिरिन् तब मात्र ती क्रोधी रथबाट उत्रे। यही बीचमा आफ्नो शरीरभर जूठो खीर पोतेका भगवान् श्रीकृष्ण दौड्दै त्यो ठाउँमा आई महषि दुर्वासासँग हात जोड्दै भन्न लाग्नुभयो( ‘भगवान् म माथि प्रसन्न हुनुहोस्।’

तब भने दुर्वासा प्रसन्न हुँदै श्री कृष्ण तर्फ हेरी भन्न लागे- ‘हे वासुदेव ’ तिमीले क्रोधलाई जिती आफ्नो पकडमा लियौ। त्रि्रो कुनै सानो तिनो त्रुटी पनि मैले देखिन। अब म तिमी माथि ज्यादै खुसी छु। यसैले म तिमीलाई यो वरदान दिन्छु कि तिमी सारा संसारमा सबैको प्रिय हुनेछौ। त्रि्रो पवित्र कीर्ति सवै लोकमा फैलिने छ। त्रि्रा जे जति चिज वस्तुहरु मैले जलाएँ वा नष्ट गराएँ ती सबै वस्तुहरु पहिलेको भन्दा पनि श्रेष्ठ अवस्थामा मिल्ने छन्। यो जूठो खीर तिमीले आफ्नो शरीरको जुनजुन भागमा दलेका छौ ती अगं अवध्य भए, ती अगंबाट तिमीलाई मृत्युको भय रहने नै छैन। परन्तु तिमीले आफ्ना दुवैगोडाका पैतालामा यो खीर नदलेको कारणले ती पैताला भने निर्भय बन्न सकेनन्। यो भने खेदकै कुरो छ।

जे होस् तिमी जवसम्म यो धर्तीमा जीवित रहने चाहना राख्ने छौ, तबसम्म जीउन सक्ने छौ। मृत्यु त्रि्रो इच्छामै आउने छ। भगवान् श्रीकृष्णलाई यति भनीसकेपछि महषि रुक्मिणी तर्फ र्फकेर भन्न थाले( कल्याणी ’ त्रि्रो पनि मैले कठोर परीक्षा लिएको हूँ। तिमी परीक्षाबाट खरो उत्रिएकी छौ। अब त्रि्रो शरीरमा वूढोपना र रोगले स्र्पर्शसंम पनि गर्न सक्ने छैन। त्रि्रो शरीर सदैव यौवनपूर्ण र कमनीय नै रहनेछ, त्रि्रा देहबाट सदैव पारिजात फूलको झैँ सुगन्ध निस्किरहने छ। तिमी सवै स्त्रीहरुमा श्रेष्ठ हुने छौ, यश र कीर्ति प्राप्त गर्ने छौ। अन्तमा तिमीलाई भगवान् श्री कृष्णको सालोक्य स्थिति प्राप्त हुने छ।      भगवान् श्रीकृष्ण र रानी रुक्मिणीलाई यति भनेर महषि अन्तर्धान भए। रानीलाई साथै लिएर भगवान् आफ्नो दरवार र्फकनु भयो। सो दरवारमा उँहाले देख्नु भयो कि महषिर्ले जुन(जुन वस्तुहरु जलाएर नष्ट गरेका थिए, ती सवै पहिले कै सरह आआफ्नो ठाउँमा जस्ताको तस्तै थिए।महषिर्को यो अद्भूत कार्य देखेर सबै आर्श्चयमा परे।

- कुलप्रसाद भण्डारी