क्यान्सर रोगको निवारण

हिजो आज विश्वमा सरुवा रोगको प्रकोप कम हुँदै गए पनि क्यान्सर, मुटुरोगजस्ता कडा रोगको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ। अर्बुद (क्यान्सर) रोग आज संसारभरिमा दिनहूँ बद्दो स्वास्थ समस्याको रूपमा देखा पर्न थालेको छ। मानिसको बढ्दै गएको औसत आयु, बढ्दो सहरीकरण एवं औद्योगिकीकरण तथा खाद्य परिकार र जीवनशैलीमा आएको परिवर्तन नै यो रोग फैलिनुको मुख्य कारणको रूपमा रहेको देखिन्छ।

अर्बुद रोग शरीरको कोष या कोषिकाहरूको समूहको अस्वाभाविक वृद्धि हो। यदि यसलाई समयमा नै नष्ट गरिएन वा हटाइएन भने, शरीरभरि नै यो फैलिन्छ र अन्ततः यो मृत्युको कारण नै बन्छ। यो सरुवा रोग होइन, यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन। तर यो रोग शरीरको एक अङ्गबाट अर्को अङ्गमा सर्न सक्दछ।

क्यान्सर रोगको लक्षण :

(१)    दिशा वा पिसाबको बानीमा परिवर्तन

(२)    घाउ, जो निको हुँदैन।

(३)    अस्वाभाविक रक्तस्राव

(४)    स्तन वा शरीरको अन्य भागमा गिर्खा

(५)    निल्नुमा असजिलोपन

(६)    मुसा, कोठी दागमा अस्वाभाविक चिर्चिराहत

(७)    घाँटीमा खसखस अथवा स्वरमा घोद्रोपना

उपयुक्तमध्ये कुनै पनि संकेत/लक्षण देखिनासाथ चिकित्सकसँग सर्म्पर्क राख्नुपर्दछ। सुरुमै उपचार सेवा प्राप्त गरेमा अर्बुद रोग निको पनि हुन सक्दछ। अर्बुद रोग एक भयावह रोग भएकोले यस रोगले मानव जीवनलाई पीडादायक बनाउनका साथै यसको उपचार पद्धति खर्चिलो भएकोले यस रोगबाट समयमै सचेतना अपनाउनु अति जरूरी देखिन्छ। विश्व स्वास्थ्य सङ्गठन को प्रतिवेदन अनुसार प्रतिवर्ष लगभग ९० लाख मानिस यस रोगबाट पीडित हुने गरेको देखिन्छ। एक अध्ययन अनुसार नेपालमा करिब ४८ हजार क्यान्सर रोगी रहेको अनुमान गरिन्छ।

सुर्तिजन्य पदार्थ :

सुर्तिजन्य पदार्थको सेवन नै अर्बुद रोगको मुख्य तत्त्व रहेको विभिन्न सर्वेक्षण तथा अनुसन्धानबाट प्रमाणित भइसकेको छ। चुरोट, बिँडी, तम्बाखु र धुँवारहित मुखमा चपाएर खाने जस्तै सुर्ति, पान, खैनी, नस आदिलाई सुर्तिजन्य पदार्थको रूपमा लिइन्छ। जुनसुकै रूपमा यसको प्रयोग गरेपनि यसको सेवनले मानिसलाई बराबर नकारात्मक असर गर्दछ। विश्व स्वास्थ्य स·ठन ९ध्ज्इ० को प्रतिवेदन अनुसार सुर्तिसेवनको कारणले बर्षेनी ६० लाख व्यक्तिहरूको मृत्यु हुने गरेको छ। यदि यही क्रम जारी रहने हो भने सन् २०३० सम्म प्रतिवर्ष १ करोडको मृत्यु यहि सुर्तिसेवनको कारणले हुनेछ, जसमा ६० लाख नेपालजस्तो विकासोन्मुख राष्ट्रहरूको मात्र हुनेछ। विश्वमा धुम्रपानको कारणले प्रत्येक ७ सेकेण्डमा १ जना मानिसको मृत्यु हुन्छ। नेपालमा पनि १५ हजार व्यक्तिको यही सुर्तिसेवनको कारणले मृत्यु भइरहेको छ। ध्ज्इ का अनुसार नेपालमा ४९ प्रतिशत पुरुष र २९ प्रतिशत महिलाले धुम्रपान गर्दछन्। सुर्तिजन्य पदार्थको प्रयोग मात्रै रोक्न सक्यांै भने ४० प्रतिशत अर्बुद रोगको भार घटाउन सकिने अध्ययनहरूले देखाइसकेका छन्।

धुम्रपानबाट हुने असरहरूः

धुम्रपान सेवनले मानिसको स्वास्थ्यमा प्रतिकुल असर गर्नुका साथै यसले सामाजिक, पारिवारिक तथा आर्थिक समस्याहरूसमेत निम्त्याउने गर्दछ। धुम्रपानको सेवनले खोकी लाग्ने, स्वास फेर्न गाह्रो हुने, दम लाग्ने आदि तत्कालै हुने समस्या हुन भने अर्बुद रोग, जो धुम्रपान नगर्नेलाई भन्दा गर्नेलाई शरीरको विभिन्न भागको क्यान्सर रोग हुने अधिक सम्भावना हुन्छ आदि दीर्घकालीन समस्या हुन्। अतः क्यान्सर तथा अन्य नसर्ने रोगको प्रमुख कारक तत्त्व सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्न बनेको ऐनलाई प्रभावकारी कार्यान्यन गर्न आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नु आवश्यक भैसकेको छ।

निस्क्रिय धुम्रपानः

धुम्रपान गर्ने व्यक्तिले हावामा फालेको धु“वा उसको वरपर रहेका व्यक्तिले लिन्छन्। यसरी हावामा फालिएको धु“वा लिने व्यक्तिलाई निश्क्रिय धुम्रपानकर्ता भनिन्छ। हावामा फालिएको धु“वामा धुम्रपान गर्ने व्यक्तिले तानेको धु“वामा भन्दा २ गुणा निकोटिन, ५ गुणा भन्दा कार्बनमनोअक्र्साईड र ५० गुणा भन्दा बढी क्यान्सर जन्य रसायन हुन्छन्। जसबाट निस्क्रिय धुम्रपानकर्तालाई धुम्रपानसम्बन्धी थुप्रै प्राणघातक रोग लाग्ने जोखिममा पर्दछन्।

धुम्रपानले बालबालिका र परिवारका अन्य सदस्यमा समेत स्वास्थ्यसम्बन्धी समस्या उत्पन्न गराउदछ। धुम्रपान नगर्ने व्यक्ति, यदि धुम्रपान (२ प्याकेट चुरोट प्रतिदिन) गर्ने व्यक्तिसँग बसेमात्र उसलाई तीनवटा चुरोट खाएसरह प्रभावित हुन्छ भन्ने तथ्य अनुसन्धानले प्रमाणित गरिसकेको छ। विशेषज्ञहरूले प्रदुषणमुक्त वातावरणमा काम गर्न पाउनु हरेक व्यक्तिको मौलिक अधिकार रहेको उल्लेख गर्दै चुरोट खानु अकोर्को मानव अधिकार हनन गर्नु समेत रहेको बताएका छन्। अतः यिनै तथ्यलाई मध्यनजर गर्दै सुर्तिजन्य पदार्थको प्रभावकारी नियन्त्रण र कार्यान्वयन गर्न सके सरकारले स्वस्थ वातावरणमा बाँच्न पाउनुपर्ने सर्वसाधारण जनताको अधिकारको सुनिश्चित गर्न सकेको ठहरने विश्वास गर्न सकिन्छ।

क्यान्सर रोकथामका उपायहरूः

अधिकांश क्यान्सर रोग खानपिन, जीवनशैली र वातावरणको असरले हुने भएकोले यस रोगको रोकथामका लागि समयमा नै आवश्यक सर्तकता अपनाउनुपर्छ। क्यान्सर रोगका कारक तत्त्वहरूबाट बचाउनको लागि निम्न कदम चाल्नुपर्छ।

१.     चुरोट, खैनी आदिलगायत सुर्तीजन्य पदार्थहरू सेवन नगर्ने।

२.     खानेकुरा, बासी तथा ढुसी परेको नखाने।

३.     पोलेको, डढेको खानेकुरा नखाने।

४.     चिल्लो बोसोयुक्त खानेकुरा नखाने।

५.     वातावरण प्रदुषणबाट जोगिने।

क्यान्सर रोग नियन्त्रणका उपायहरूः

१.     क्यान्सर रोगका सम्भावित लक्षणहरू देखिनासाथ चिकित्सकसँग सर्म्पर्क राख्ने।

२.     वर्षेनी नियमित रूपमा शरीरको जाँच गर्ने। २० वर्ष पुगेका विवाहित महिलाले नियमित रूपमा हरेक १-३ वर्षभित्र पाठेघरको श्राव परीक्षण गर्ने। ३५ वर्ष पुगेका महिलाले त सम्भव भएसम्म वर्षेनी जाँच गराउने।

३.     क्यान्सर रोग लागेको भए यथासक्य पत्ता लगाउने र चिकित्सकको रायअनुसार उपचार गराउने।

४.     क्यान्सर रोग सुरुमै पत्ता लाग्यो र उपचार थालियो भने शरीरको अन्य भागमा फैलिने सम्भावना थोरै हुन्छ र यसको उपचार सजिलै गर्न सकिन्छ। कुनै पनि क्यान्सर रोग ढिलो गरी पत्ता लागेमा निको हुन गाह्रो हुन्छ।

५.     यदि उचित समयमा उपचार गर्न सकियो भने अहिले ३३ प्रतिशत क्यान्सर रोग निको पार्न सकिन्छ। तर यो जति लामो समयसम्म रहेको हुन्छ त्यति नै यसको सफल उपचार गर्न कठिन हुन्छ।

विश्व क्यान्सर दिवसः

फेब्रुअरी ४ मा मनाइने यस वर्षको विश्व क्यान्सर दिवसको नारा ‘क्यान्सर ? के तपाईलाई थाहा छ ?’ – म्ष्म थ्यग प्लयध रु ० रहेको छ। विश्व क्यान्सर दिवस क्यान्सरसम्बन्धी ज्ञान बढाउने र गलत अवधारणालाई हटाउने अवसर पनि हो। विश्वव्यापी तहमा हाम्रो सन्देश निम्न चार गलत धारणालाई रहनेछ।

गलत धारणा १ : क्यान्सर स्वास्थ्यसँग मात्र सम्बन्धित विषय हो।

सत्यः क्यान्सर स्वास्थ्यसँग मात्र सम्बन्धित विषय होइन। यो सामाजिक, आर्थिक, विकास तथा मानव अधिकारलगायतका विषयसँग पनि सम्बन्धीत छ।

गलत धारणा २ : क्यान्सर धनी, वृद्ध तथा विकसित मुलुकको रोग हो।

सत्यः क्यान्सरले भेदभाव गर्दैन। यो विश्वभर नै महामारीको रूपमा फैलिएको छ। यसले सबै उमेर तथा वर्गलाई असर गर्दछ, कम आयश्रोत भएका मुलुकमा यसको असर अझ बढी छ।

गलत धारणा ३ : क्यान्सर लागिपछि मृत्यु निश्चित हो।

सत्यः विभिन्न क्यान्सर जुन पहिलेलाग्दा मृत्यु निश्चित मानिन्थ्यो, अहिले निको हुन सक्छ र अहिले थुप्रै क्यान्सरको सही उपचार सम्भव छ।

गलत धारणा ४ : क्यान्सर मेरो भाग्यमा रहेछ।

सत्यः सही रणनीतिको साथ प्रत्येक तीनमध्ये एक क्यान्सरको रोकथाम गर्न सकिन्छ।

नेपाल अर्बुद रोग निवारण संस्थाः

यसै क्रममा नेपाल अर्बुद रोग निवारण संस्था कास्कीले विभिन्न सङ्घसंस्था, क्लब र समुदायहरूसँग सहकार्य र समन्वय गरी विभिन्न जनचेतनामूलक तथा उपचारात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ। कास्की शाखाले अर्बुदरोग निवारणको क्षेत्रमा गरेका क्रियाकलापलाई उच्च मूल्याड्ढन गर्दै नेपालभरिको शाखामध्ये उत्कृष्ट शाखा सभापति र उत्कृष्ट जिल्ला शाखाको रूपमा पुरस्कृत समेत भएको सहर्ष जानकारी गराउँदछौं। विश्व क्यान्सर दिवसको अवसरमा समाजलाई क्यान्सर रोग मुक्त बनाउन क्यान्सर रोग निवारणको लागि विभिन्न कार्यक्रम समेत सञ्चालन गर्न आ-आफ्नो क्षेत्रबाट सहयोग, सहकार्य र सद्भावको अपेक्षा गर्दछु।

(लेखक नेपाल अर्बुदरोग निवारण संस्था, कास्कीका सभापति हुन्।सं.)

- दिनेश शंकर पालिखे