के स्र्वर्गद्वारी महाप्रभुका गुरु कस्केली थिए ?

नेपालको प्रसिद्ध तीर्थस्थलहरु मध्ये प्युठान जिल्लामा रहेको स्र्वर्गद्वारी आश्रम पनि एक हो। यस आश्रमको स्थापना स्र्वर्गद्वारी महाप्रभुबाट भएको हो। भनिन्छ यस स्थलमा सत्य युगमा स्र्वर्गका राजा इन्द्रवाट यज्ञ गरिएको थियो र द्वापर युगमा यसै स्थल भएर पाँच पाण्डव स्र्वर्ग जाने भनेर प्रस्थान गरेका थिए।

धार्मिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको यस स्थलको पुनरुत्थान गर्ने र प्रचार प्रसार गर्ने काम महाप्रभुबाट भयो। उनले वैदिक विधि विधान अनुसार यज्ञ, होम, जपको अनुष्ठान मात्र शुरु गरेनन् कि गुरु कुल पद्धति अनुसार शिक्षा दिने व्यावस्था गरे। गौ माताको संरक्षण एवं सम्वर्धन गर्ने उद्देश्यले प्रशस्त मात्रामा गाई पालन गर्ने व्यवस्था भयो। त्यस क्षेत्रमा अखण्ड हवन गर्ने परम्परा चलाइए अनुसार हाल पनि हवन, गौ पालन र शिक्षा दीक्षा दिने परम्परा चलिआएको छ।

भनिन्छ महाप्रभु इश्वरका अवतार थिए। उनको मुखमा सिद्धि थियो र उनले भनेका कुरा पूरा हुन्थ्यो। उनी भविष्य द्रष्टा पनि थिए। उनले दिएको आशिर्वाद र श्राप फलिभूत हुन्थ्यो भनिन्छ। यस्ता धेरै उदाहरणहरु सुनिन्छन् र पढ्न पनि पाइन्छ।

महाप्रभुलाई भगवानको अवतार मानेर भक्तजनहरु श्रद्धा गर्दथे। उहाँको कृपा र आशिर्वाद प्राप्त गर्न नेपालका कुना काप्चाबाट समेत श्रद्धालुहरु आउँथे भने भारतबाट समेत ठूलो सख्यामा भक्तजनहरु आउने गर्दथे। महाप्रभु ले चलाएका पद्धतिहरु हाल पनि आश्रममा कायम नै छन् र हरेक वर्ष भक्तजनहरुको सख्यामा वृद्धि हुदै गएको छ।

स्र्वर्गद्वारी आश्रममा मुख्य मन्दिरको रुपमा शिवालय छ। त्यस शिवालयमा २ ओटा शिवलिङ्ग देख्न सकिन्छ। के भनिन्छ भने स्र्वर्गद्वारी महाप्रभुको समाधि स्थलमा नै शिव मन्दिर बनाइएको थियो। त्यस्तै गरी महाप्रभुका गुरु साच्चिदानन्द गिरिको समाधि पनि महाप्रभुको समाधि स्थल नजिक रहेको छ। त्यस मन्दिरमा एउटा शिवलिङ्ग महाप्रभुका नाममा र अर्को शिवलिङ्ग उनका गुरु सच्चिदानन्द गिरिकै नाममा त्यस मन्दिरमा राखिएको हो।

महाप्रभुलाई शिक्षा दीक्षा र ज्ञान दिने यी सच्चिदानन्द गिरि को थिए त भन्ने प्रश्न उठ्न जान्छ। कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका अन्तगत पर्ने पाउँदुरका स्थानीय वासिन्दाहरुको भनाइ अनुसार सच्चिदानन्द गिरी पाउँदुर निवासी थिए। उनी विद्या आर्जन गर्ने र साधना गर्ने उद्देश्यले भारततिर प्रस्थान गरे र वद्रीनारायणको वरिपरि को गुफामा वसी साधना गर्न थाले। उनलाई साधनामा प्रवृत्त गराउन र आध्यात्मिक ज्ञान दिनका लागि एक जना युवक योगी आउने गर्दथे। उनलाई सामान्य भाषामा बाबा भनिन्थ्यो। उनको पूरा नाम के हो, कहाँ वस्थे भन्ने कुरा पनि प्रचार भएन।

सच्चिदानन्दको साधना को क्रम समाप्त भएपछि बाबाले भविष्यवाणि गरे कि नेपालको प्युठान जिल्ला वरिपरि एक अलौकिक बालकको जन्म हुँदैछ। उनी अवतार पुरुष हुनेछन्। उनलाई शिक्षा दीक्षा ज्ञान दिनेे काम सच्चिदान्दले गर्नु पर्नेछ। गुरु आज्ञा अनुसार नै उनी त्यस स्थानमा आएर बस्न थाले। समयको कालक्रम अनुसार महाप्रभु को जन्म भयो र उनलाई शिक्षा तथा ज्ञान दिने काम यिनै सच्चिदानन्द ले गरे भनिन्छ।

कास्कीको अन्नपूर्ण गाउँपालिका अन्तरगत पाउँदुर भन्ने सुन्दर गाउँ छ। त्यस क्षेत्रमा ऐतिहासिक शिवालय पनि रहेको छ। भनिन्छ कि स्र्वर्गद्वारी महाप्रभुले आÇना गुरु सच्चिदानन्द को स्मृतिमा त्यस मन्दिरको स्थापना गर्न लगाएका थिए र शिवालयमा राख्नका लागी शिवलिङ्ग पनि पठाएका थिए। मन्दिर बनाउने जिम्मा उनले काउरेका परमहंस शंकरानन्दलाई दिनुका साथै उनी मार्फत गुरुको सम्झनामा गुरुकै जन्म क्षेत्रमा शिवालयमा स्थापना गर्न शिवलिङ्ग पठाएका थिए।

यसरी के स्पष्ट हुन्छ भने स्र्वर्गद्वारी महाप्रभुका गुरु कास्की जिल्ला अन्तरगत पाउँदुरका साच्चिदानन्द गिरि थिए। महाप्रभुको गुरु हुने सौभाग्य प्राप्त गर्ने ती महान व्याक्ति सच्चिदानन्द गिरिको बारेमा विस्तृत रुपमा अनुसन्धान गरी उनको व्यक्तित्व र कृतित्व वारे प्रकाशमा ल्यउन जरुरी छ। यस्तैगरी सच्चिदानन्दका गुरु बाबा भनिने ती अलौकिक पुरुष कतै महावतार बाबा जी त होइनन् भन्ने जिज्ञासा राख्नु अस्वभाविक नहोला। परमहंस योगानन्द बाट लिखित “योगीको आत्म कथा” मा वर्ण गरिएको “महावतार बाबाजी” यद्यपि सशरीर विद्यमान भएको मानिन्छ।

स्र्वर्गद्वारी महाप्रभुको जीवनकालमा ज्ञान हासिल गर्न, ब्रÞमचारी तथा सन्यासको दीक्षा ग्रहण गर्न, उनको कृपा प्राप्त गर्न, आश्रममा रहेर साधना गर्न, पूजा, अर्चना, होम, यज्ञ आदि कार्य गर्नका लागि देशका विभिन्न भागबाट श्रद्धालुहरु जाने गर्दथे। यसरी जानेहरुमा कास्की जिल्लाकै कुरेचौर चुरुङ्गाका शंकरानन्द पनि थिए। शंकरानन्द पहिला गृहस्थी भए पनि गृहस्थी जीवन परित्याग गरी उनले सन्यास दीक्षा लिएका थिए। यसै क्रममा उनी स्र्वर्गद्वारी आश्रममा गए। त्यहाँ महाप्रभु को सान्निध्यमा रहेर ज्ञान साधना विद्या आर्जन गर्नुका साथै उनले आश्रम संचालन गर्नमा पनि ठूलो सघाउ पुर्‍याए।

शंकरानन्दले गृहस्थ जीवनमा मुखियाको समेत जिम्मेवारी वहन गरेकाले प्रशासनिक कामकाजको वारेमा उनलाई वढी जानकारी थियो। उनको कामकाज सेवा साधनाबाट महाप्रभु सन्तुष्ट र प्रभावित थिए। त्यसै भएर उनले आ_ना गुरु सच्चिदानन्द गिरिले जन्म क्षेत्र पाउँदुरमा शिवालय निर्माण गर्न उनलाई जिम्मेवारी दिनु साथै शिवलिङ्ग पनि दिएर पठाएका थिए। महाप्रभुवाट नै प्राण प्रातिष्ठा गरी पठाइएकाले यस शिवलिङ्गलाई जागृत शिवलिङ्ग भन्ने गरिन्छ। र यहाँ भक्ति पूर्वक साधना गर्नाले मनोकामना पूरा हुन्छ भन्ने विश्वास गरिन्छ। सडक सञ्जालले नछोएको र प्रचार प्रसारको कमी भएकाले यस शिवालयमा वाहिरका भक्तहरुको उपस्थिति  न्यून रहेको देखिन्छ।

एकपटक स्थानीय बासिन्दाहरुले स्र्वर्गद्वारी आश्रम परिसर भित्र शिकार गर्न पाउनु पर्छ भनेर महाप्रभु समक्ष आई माग गरेछन् र महाप्रभुले सो माग अस्वीकार गरेपछि त्यहाँका जनताले आश्रममा पछि तोडफोड गर्ने काम समेत भएछ। यसै विषयलाई लिएर मुद्दा परेछ र सो मुद्दा श्री ३ महाराज तथा प्रधानमंत्री समक्ष पुगेछ। सो मुद्दाको सम्बन्धमा आश्रमको तर्फबाट प्रतिनिधित्व गरी आवश्यक पहलहरु गर्न महाप्रभुले यिनै परमहंस शंकरानन्द लाई काठमाडौ पठाएछन्। गुरु आज्ञा शिरोधार्थ गरी उनी काठमाडौ गए।

उनले महाप्रभुको सान्निध्यमा बसी योग,तन्त्र र आयुवेदको ज्ञान प्राप्त गरेको हुनाले  उनमा योग शक्ति पनि थियो। त्यसैको आधारमा उनले कतिपय व्याक्तिको समस्या समाधान गरिदिए भने कतिपय व्याक्तिको बारेमा भविष्यवाणी पनि गरे। उनको साधना र योग शक्तिबाट प्रभावित भई त्यस बेलामा राणा प्रधानमंत्री लगायत कतिपय उच्च पदस्थ व्यक्तिहरु उनका शिष्य भए। आश्रम सम्बन्धमा परेको मुद्दा को छिनोफानो  भएपछि उनी र्फकने तरखरमा लागे। यसै शिलशिला मा राणा प्रधानमन्त्री लगायत अन्य व्यक्तिहरुले उनमा दक्षिणा स्वरुप रकम प्रदान गरे। त्यसपछि उनी स्र्वर्गद्वारी नगई पोखरा तर्फ आए। यस क्षेत्रमा नै धार्मिर्क क्षेत्रमा केही योगदान गर्न पर्छ भन्ने उद्देश्यले फेवाताल किनारमा केदारेश्वर मन्दिरको स्थापना गरे भने चुरुङ्गा काउरेमा अम्बरेश्वर शिवालय स्थापना गरे भनिन्छ। शिवालय संचालन का लागि खेत पनि खरिद गरे। महाप्रभुको आज्ञा अनुसार महाप्रभुकै नाममा त्यहाँ हंसानन्द शिवालय पनि बनाए।

हालै मेरा मित्रहरु गोविन्द जोशी र दुर्गा रेग्मीका साथ हामी त्यस क्षेत्रको भ्रमण गर्न र साधना गर्न गएका थियौ। त्यस अम्बरेश्वर मन्दिर सँगै हाल रामानन्द आश्रमको स्थापना भएको छ। डा. रामानन्द गिरिबाट स्थापना भएको यो आश्रम खासगरी साधक र मुमुक्षुहरुका लागि ज्यादै उपयुक्त भएको पायौँ। अम्बरेश्वर शिवालय र रामानन्द आश्रम भएको यो क्षेत्रका कास्की जिल्लाकै अत्यन्त सुन्दर स्थल मानिन्छ।ध्यान र जप साधना गर्न यो स्थल निकै उपयोगी छ। तर प्रचार प्रसारको कमीले गर्दा यो शिवालय ओझेलमा परेको देखिन्छ।परमहंस शंकरानन्दले यस जिल्लामा पुžयाएको योगदान लाई यस क्षेत्रका जनताले विर्सनु हुँदैन। अस्तु

- विष्णु प्रसाद श्रेष्ठ