किन बढ्दैछन् सम्बन्ध विच्छेदका घटना ?

विषय प्रवेश :

केही समय अघि मात्रै एक हास्य कलाकारको जोडीको सम्बन्ध विच्छेद भएको घटनाले राम्रै चर्चा पायो। पछिल्लो समयमा सम्बन्ध विच्छेदका घटनाहरु सामान्य जस्तै बनिसकेका छन्। पुरानो पुस्ताको लागि श्रीमान-श्रीमतीबीचको सम्बन्ध विच्छेद एकदमै अनौठो विषय भयो र पुरानो पुस्तामा श्रीमान् श्रीमती बीच सम्बन्ध विच्छेद भयो भन्ने घटना विरलै मात्र सुनिन्थे। समय बदलिँदो छ, परीस्थिति पनि बदलिँदो छ र समय अनुसार सामाजिक मूल्य मान्यताहरु पनि बदलिँदै गईरहेका छन्। समय परिवर्तनसँग सबै कानूनी प्रावधानहरु पनि परिवर्तन भएका छन् जसले सम्बन्ध विच्छेदलाई तुलनात्मक रुपमा सहज बनाईदिएका छन्। कानूनी रुपमा नै सम्बन्धहरु विच्छेद हुने क्रम बढ्दो छ।

सम्बन्ध विच्छेद भनेको के हो भनी छुट्टै कानूनले व्याख्या नगरेतापनि पति पत्नीबीचको विवाहको सम्बन्धलाई कानूनी रुपमै तोड्नु सम्बन्ध विच्छेद हो। सम्बन्ध विच्छेदमा लोग्ने स्वास्नीको नाता सम्बन्ध मात्र टुट्ने र टुक्रिने हुन्छ। विवाह गर्ने प्रचलन र रीतिस्थिति फरक भएतापनि यसको मूल उद्देश्य भनेको स्त्री-पुरुषको दुर्इ आत्मा एक भएर समाजमा रहनका लागि विवाह सम्बन्ध स्थापना गर्नु हो। हिन्दु धर्मशास्त्रले एकपटक विवाह भइसकेपछि पति-पत्नीमा विच्छेद हुन सक्छ भनी कल्पना पनि गरेको पाइँदैन।

हिन्दु धर्मशास्त्रमा विवाहको कार्य सम्पन्न गर्दा विभिन्न प्रण गरेको पाइन्छ। चतुर्थीको समयमा दुलाहाले “त्रि्रो प्राणसँग मेरो प्राणहरु, त्रि्रा हड्डीसँग मेरा हड्डीहरु, त्रि्रा मासुसँग मेरा मासु, त्रि्रा छालासँग मेरो छाला मिलाई एक गराऊछु भनी देवता र आफ्ना पुरोहित, इष्ट मित्र बन्धु बान्धव साक्षी राखी पति र पत्नीको दुर्इ शरीर एवम् दुर्इ आत्मालाई एक बनाइएको हुन्छ भनी विभिन्न पुस्तकमा उल्लेख भएको पाइन्छ।

राजषि मनुको दृष्टिकोणबाट पनि त्याग वा बिक्रीबाट पनि पति-पत्नीको सम्बन्ध विच्छेद हुन सक्दैन भनी उल्लेख भएको छ भनी केही पुस्तकहरुमा उल्लेख भएको पाइन्छ। मनुस्मृति अनुसार विवाह भएका पति वा पत्नीले आफूहरु छुट्टनिे कुनै पनि कार्य गर्न हँुदैन भनी उल्लेख गरेको पाइन्छ। जुन कालखण्डमा यी धर्मशास्त्रीय व्यवस्थाहरु लागु हुन्थे त्यो समयमा विच्छेद भन्नु नौलो विषय हुन्थ्यो तर अहिले त्यो परिस्थितिमा बदलाव आएको छ र सम्बन्ध विच्छेदका घटनाहरु पनि तुलनात्मक रुपमा बढ्दै गएका छन्।

सम्बन्ध विच्छेद सम्बन्धी कानूनी व्यवस्था :

सम्बन्ध विच्छेद सम्बन्धी अन्तर्राष्ट्रिय व्यवस्थालाई हेर्ने हो भने बेलायतले द म्याट्रीमोनीयल कज ऐक्ट १९७३ अनुसार सम्बन्ध विच्छेदलाई निर्देशित गरेको पाइन्छ। गणतन्त्र चीनको विवाह सम्बन्धी ऐन १९८१ म्ाा पति पत्नीको संयुक्त मञ्जुरीमा सम्बन्ध विच्छेद गरिदिने व्यवस्था गरेको पाइन्छ। गर्भवती पत्नी भएमा बच्चा जन्मेको एक वर्षसम्म सम्बन्ध विच्छेदको निवेदन दिन नपाइने पुन : विवाह गर्न सकिने जस्तो व्यवस्था रहेको पाइन्छ। भारतको हिन्दु विवाह ऐन १९५५ ले  धर्म परिवर्तन,  कुष्ठरोग, यौनरोग, नपुसंकता, यदि सात वर्षसम्म हराएमा, वेपत्ता भएमा, न्यायिक पृथकीकरण पश्चात पनि पुनः सहवास पुन : प्रारम्भ नभएमा एक पक्षको निवेदनका आधारमा विवाह विच्छेद हुन सक्ने प्रावधान रहेको पाइन्छ।

नेपालको सर्न्दर्भमा मुलुकी ऐन २०२० लोग्ने स्वास्नीको १ नं. व्यवस्था अनुसार सम्बन्ध विच्छेद हुन्छ। स्वास्नीले लोग्नेलाई निजको मञ्जुरी बेगर लगातार ३ वर्ष वा सो भन्दा बढी समयदेखि छाडी अलग बसेमा, लोग्नेको ज्यान जाने कुनै जाल प्रपञ्च गरेमा, स्वास्नीलाई निको नहुने यौनसम्बन्धी रोग लागेमा, स्वास्नीले परपुरुषसँग करणी गराएको ठहरेमा यस्ती स्वास्नीसित लोग्नेले सम्बन्ध विच्छेद गर्न पाउँदछ।

यस्तै गरी लोग्नेले अरु स्वास्नी ल्याएमा वा राखेमा स्वास्नीलाई घरबाट निकालेमा वा खान लाउन नदिएमा वा स्वास्नीको खोजखबर नलिई हेरबिचार नराखी लगातार तीन वर्ष वा सो भन्दा बढी समयदेखि स्वास्नीलाई छोडी अलग बस्ने गरेमा, स्वास्नीको ज्यान जाने अ·भ· हुने वा अरु कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको काम वा जाल प्रपञ्च गरेमा वा लोग्ने नपुंसक हुन गएमा वा लोग्नेलाई निको नहुने यौन सम्बन्धी कुनै रोग लागेमा वा लोग्नेले परस्त्रीसंग करणी गरेको ठहरेमा वा जर्वजस्ती करणीको महल ३ नं को दफा ६ बमोजिम लोग्नेले स्वास्नीलाई जर्वजस्ती करणी गरेको ठहरेमा यस्तो लोग्नेसित स्वास्नीले आफनो सम्बन्धविच्छेद गर्न पाउने व्यवस्थालाई लोग्ने स्वास्नीको महल १ नं ले व्यवस्था गरेको छ।

यस्तै गरी मुलुकी देवानी (संहिता) ऐन २०७४ जुन कानून आगामी भाद्र (२०७५) बाट लागु हुदैछ, उक्त कानून ले पुरुष पनि सम्बन्ध विच्छेद गर्न सोझै अदालत जान पाउने व्यवस्था गरी महिला र पुरुषको समान अधिकारलाई प्रत्याभूत गरेको छ। उक्त कानून अनुसार मेलमिलाप गराउन नसकेमा दफा ९८ ले सम्बन्ध विच्छे्दको लागि ढोका खुला राखिदिएको छ।

सम्बन्ध विच्छेद बढ्नुका कारण :

ल्ाोग्ने स्वास्नी बीच सम्बन्भ विच्छेद हुनुमा उनीहरूको असमझदारी नै प्रमुख कारण हो भनी अनुमान गर्न सकिन्छ .। श्रीमान/श्रीमती बीच को सम्बन्ध सुमधुर नहुने तत्वहरूको अस्तित्व रहनु, उनीहरू बीचको हरेक कुरामा मतभिन्नता हुनु समान धारणा नहुनु नै सम्बन्ध विच्छेद बढ्नुको मुख्य कारण देखिन्छ यसका अतिरिक्त वैदेशिक रोजगारी वा अन्तर्राष्ट्रिय श्रम बजार पनि सम्बन्ध विच्छेदको कारण भएको धेरैको मत छ। कामको खोजीका साथ पैसा कमाउन श्रीमान/श्रीमती वा दुवै वैदेशिक रोजगारीमा जाने गर्दा लामो समयसम्म श्रीमान/श्रीमती टाढिँदा दूरीका कारण पनि एक आपसमा विश्वास घटेर शंका उपशंका गर्न थाल्दछन्। जसले सम्बन्ध विच्छेदलाई बढावा दिइरहेको हुन्छ।आर्थिक, सामाजिक, पारिवारिक रुपमा आत्म निर्भरता बृद्धि भएकोले श्रीमान-श्रीमतीबीच सानो खटपट उत्पन्न भएमा पनि स्वतन्त्रत रुपमा बस्न सक्छु भन्ने आत्मविश्वास बढेकाले पनि सम्बन्ध विच्छेदको घटना सामान्य हुन थालेको धेरैको मत छ। लामो समय श्रीमान-श्रीमतीबीच सर्म्पर्क सम्बन्ध नहुनु, एक अर्काप्रतिको बुझाइमा कमी आउनु, लहडमा किशोर अवस्थामै विवाह गर्नु, बालविवाह, महिलामा आएको चेतना, श्रीमान-श्रीमतीले एक अर्काको समान अस्तित्व नस्वीकार्नु आदि कारण भएकोले पनि सम्बन्ध विच्छेद गर्नेको संख्यामा बृद्धि भएको हो। सूचना प्रविधिको बढ्दो गलत प्रयोगले पनि सम्बन्ध विच्छेदलाई बढावा दिन सहयोग गरिरहेको धेरैको मत छ। तथ्यांकहरुमा पनि पारीवारिक विषयका मुद्धाहरु बढेको भनी सार्वजनिक भएको पाइन्छ।

सवोर्च्च अदालतको वाषिर्क प्रतिवेदन आ.व. २०७१/०७२ को तथ्यांकलाई हेर्दा पारिवारिक विषयमा नै बढी मुद्दा परेको पाइन्छ। उक्त आ.व. मा कुल ४४,९०० पारिवारिक मुद्दा रहेको पाइन्छ। यसैगरी आ.व. २०७२/०७३ को तथ्यांकलाई हेर्दा उक्त संख्या बढेर ४६,८५७ भएको पाइन्छ। पारिवारिक विषय अन्तर्गत सम्बन्ध विच्छेद पनि पर्ने हुँदा र पारिवारिक विषयका मुद्दाको संख्यामा बृद्धि हुँदा सम्बन्ध विच्छेदका घटनामा पनि केही बृद्धि हुन सक्छ भनी सहजै अनुमान गर्न सकिन्छ। सम्बन्धित कार्यालयमा सम्बन्धविच्छेद दर्ता गर्ने क्रम बढ्दो रहेको र अनलाइन सम्बन्ध विच्छेद दर्ताको संख्यामा पनि बढावा देखिनुले सम्बन्धविच्छेदका घटनाहरु घट्दो क्रममा छन् भनी भन्न मिल्ने अवस्था देखिँदैन। तुलनात्मक रुपमा स.वी. का घटनाहरु बढ्दै गएको कुराहरु कानून व्यवसायीहरुले स्वीकारेको पाइन्छ।

अन्त्यमा स्वदेशमै रोजगारीको सिर्जना गरेर दम्पतीहरुबीच नियमित सर्म्पर्क स्थापित गर्ने, श्रीमान र श्रीमती एक रथका दुर्इ पाङ्ग्रा हुन भन्ने बुझाइमा फरक आउन नदिने, सम्बन्ध विच्छेदका कारण उत्पन्न परिस्थिति बारे जानकारी गराउन सके सम्बन्ध विच्छेदको बढ्दो क्रम रोक्न सकिने बताइन्छ। बढ्दो सम्बन्ध विच्छेदलाई मलजल गर्ने तत्वहरुलाई पहिचान गरी परिवार खण्ड खण्ड भएर बाँच्नुपर्ने अवस्थाको अन्त्य हुनु पर्दछ । जसका लागि परिवारले धेरै पहल गर्न सक्छ भने राज्यले पनि उक्त तत्वहरुको निर्मलीकरण गर्न सहयोग गर्न सक्दछ।

कतिपय अवस्थामा महिलाले एकैपटक स्वतन्त्रताको उपयोग गर्न खोज्दा चाहिने नचाहिने कुरामा विभिन्न खाले तर्क गर्दै जानाजान सम्बन्ध बिगारेर आफु अलग हुने निर्णय गर्नु पक्कै जायज होइन। पुरुषले पनि महिलाको बदलिँदो भूमिकालाई अस्वीकार गर्नु, उनीहरुको पहिचान र कदर गर्न हिच्कीचाउनु न्यायोचित हुँदैन। श्रीमान-श्रीमती एक रथका दुर्इ पाङ्ग्रा हुन् भन्ने कुरालाई आत्मसात गरी अगाडि बढ्नुपर्दछ। सानोतीनो खटपटले सम्बन्ध विच्छेद सम्मको अवस्था नल्याओस्। कानून सजिलो भयो भन्दैमा यसको दुरुपयोग नहोस्। परिवार सुखी होस्, खुसी रहोस्।

- अमृत रेग्मी