कास्कीको राजनीतिमा हलचल

बहुआयामिक व्यक्तित्व सूर्य बहादुर के.सी. काँग्रेसमा प्रवेश भएबाट कास्कीको राजनीतिमा हलचल पैदा भएको छ।

पोखराका पहिलो निर्माण व्यवसायी, समाजसेवी, प्रजातन्त्र प्रेमी, पिता स्व. कीर्ति बहादुर के.सी तथा माता पदम कुमारी के.सी, पबित्रा के.सी, रमा के.सीे का सात भाई छोरा र आठ बहिनी मध्ये जेठा श्री सूर्य बहादुर केसी (सीताराम ) वि.सं. २०१४ जेठमा सात महिनामा आमाको कोखबाट मझेरी पाटन (हाल पो.ले १४) मा जन्मनु भएको थियो।

उहाँकी धर्मपत्नी प्रेम कुमारी के.सी कुशल गृहिणी हुनुहुन्छ भने छोरा प्रकाश के.सी.,किरण के.सी.,रोशन के.सी युवा उद्यमी हुनुहुन्छ।

उहाँ १५ बर्षको उमेर देखि पढाइसँगै पिताको निर्माण व्यवसायमा  लाग्नुभयो। प्रारम्भमा सिंचाई, खानेपानी, सडक, भवन आदिमा काम गर्नुभयो। २५ वर्षको कलिलो उमेरमा पोखरा नगर पञ्चायतको प्रधान पञ्च २ कार्यकाल निर्वाचित हुनुभयो। महेन्द्रपुल, राममन्दिर पुल, दिपेन्द्र सभागृहको निर्माण र सार्वजनिक पर्ति जग्गा संरक्षण, शैक्षिक क्षेत्रमा विद्यालय भवनको निर्माण र शिक्षा गुणस्तर सुधारमा लाग्नुभयो। राजा विरेन्द्रसँग उहाँको निकट सम्बन्ध थियो। राजालाई  महेन्द्रपुलको उद्घाटन गर्न आग्रह गर्दा प्रसन्न भएर तिमीले नै उद्घाटन गर भनि सम्बन्धित निकायमा जानकारी दिए। उहाँ राप्रापाबाट केन्द्रीय कोषाध्यक्ष र सभासद हुनुभयो।

के.सी. गु्रप संलग्न संघसंस्था र उद्योगहरुमा हिमश्री फुड्स प्रा.लि , हिमश्री फुड्स वेस्टन नेपाल, के.सी कन्स्ट्रक्सन र्फम, टाक्स हाइड्रोपावर प्रा.लि, भगवती हाइड्रोपावर प्रा.लि, सिभिल हाइड्रोपावर प्रा.लि, गण्डकी हाइड्रोपावर प्रा.लि, मडक्यू -सिक्लेस) हाइड्रोपावर प्रा.लि, युनाइटेड इदि मर्दि हाइड्रोपावर प्रा.लि, अपर सेती हाइड्रोपावर प्रा.लि, हिमश्री के.सी ग्रुप पिएएर्स इण्डस्ट्रीज एण्ड ट्रेडिङ, माछापुच्छ्रे बैंक लि., नेपाल इन्जिनियरिङ कलेज, नेपाल मेडिकल कलेज, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, नेपाल कलेज अफ इनफर्मेसन एण्ड टेक्नोलोजी, कालिका  बहुमुखी पब्लिक  क्याम्पस आदिका अध्यक्ष, संस्थापक तथा सञ्चालक हुनुहुन्छ। आहा रारा गोल्ड कपका विगत १५ बर्ष देखि मुख्य प्रायोजक के.सी. साहित्य, संगीत, कला, संस्कृतिको विकासमा गहिरो अभिरुची राख्नुहुन्छ।

तीन वर्ष राप्रपा बाट सन्यास लिएर स्वतन्त्र्र रुपमा रहनुभयो। राजा विरेन्द्रको वंश विनास, जननेता मदन भण्डारीको दुर्घटना, माओवादीबाट हितैषी राजनीतिक सहकर्मी हर्क बहादुर गुरुङ, क्षेत्र बहादुर के.सी, प्राध्यापक गणेश पालिखेको हत्या बिर्सन नसक्ने घटनाको रुपमा लिनुहुन्छ। कम्युनिष्टहरुको गठबन्धनले सर्व स्वीकृत संविधानलाई संशोधन गरी, साम्यवाद र अधिनायकवादतर्फ जाने सम्भावना देखेर हजारांै समर्थक सहित लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्न काँगे्रस पार्टीका प्रवेश गर्नुभयो। देशमा शान्ति सुरक्षा, निष्पक्ष न्याय ब्यवस्था, मानव अधिकार, प्रजातान्त्रिक मुल्य र मान्यतामा आधारित राज्य व्यवस्था कायम गर्न र निजी क्षेत्रको सहभागिताले  समृद्धितर्फ अघि बढ्न सक्रीय राजनीतिमा लाग्नुभयो। पार्टीप्रवेश गर्दा विगतमा उद्योग व्यवसायीले भोग्नु परेको बन्द, हडताल, चन्दा आतंक, हत्या हिंसा अपहरण आदिको स्मरण गर्नुभयो। हिन्दु, बौद्ध, ओमकारवादी सनातन धर्मलेे नेपाल विश्वमा सुरक्षित हुने भएकोले संविधानमा हिन्दु राज्य कायम हुनुपर्छ भन्ने प्रस्ताव गर्नुभयो। विभिन्न धार्मिक संघ संस्था, जात-जाति, जनजाति, क्षत्री, ब्राह्मण समाज , उद्योगी, व्यवसायी वर्गमा उहाँको राम्रो पकड छ। कस्केली समाजले उहाँलाई माहिर राजनीतिक खेलाडीको रुपमा चिन्दछन्। उहाँको साथ सहयोगले आगामी चुनावमा प्रजातान्त्रिक गठबन्धनले विजय हासिल गर्नेछ भन्ने विश्वास लिएका छन्।

- इ. वसन्तमोहन भट्टराई