कास्कीको निर्वाचन क्षेत्र एकको महत्व र आवश्यकता

जनसंख्या र भूगोलको आधार मानी नेपाललाई ७७ जिल्ला र १६५ निर्वाचन क्षेत्रमा विभाजित गरिएको छ। ती १६५ ओटा निर्वाचन क्षेत्रमध्ये कास्कीको निर्वाचन क्षेत्र एक एउटा महत्वपूर्ण क्षेत्र हो। प्राकृतिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय हिसाबले यस क्षेत्रलाई कास्कीको एउटा अनुपम एवं अतुलनीय क्षेत्र मान्न सकिन्छ। यस क्षेत्रमा पर्ने मादी र रूपा गाउँपालिका कास्कीको दुर्गम स्थान मानिए तापनि जल, जमिन, जङ्गल, जडिबुटी र जनावर पाइने स्थलका रूपमा हेर्दा यस भेगलाई आर्थिक उन्नतिको सम्भावित मेरुदण्डको रूपमा लिन सकिन्छ। यस क्षेत्रमा पार्चे, नामर्जुङ, थुमाकोडाँडा, सैमराङ, भाचोक, मिजुरे, तप्राङ, कालिका, माझठाना, हंसपुर, थुम्की, रूपाकोट, सिद्ध, देउराली, सिक्लेस, अर्चले, खुदी, सातमुहाने, खोलाको छेऊ, पचभैया, भँगरा, गगनगौँडा, लिपेनी, स्याक्लुङ, बराहथोक, भीरचोक, चिसापानी, भोले, मोहोरिया, डोरबेसी आदि भूभाग पर्दछन्। यस क्षेत्रबाट बग्ने मादी नदीबाट विद्युत उत्पादन गर्न सकिन्छ। ती गाउँपालिका भित्र पर्ने मादी, बेसी, तालबेसी फाँट, तार्काङ फँाट, तप्राङ फाट, माजठाना फाट, भगवती टार र पोल्याङ टारलाई खेतीयोग्य भूमिका रूपमा लिन सकिन्छ।

त्यसैगरी कास्की क्षेत्र एकको सुगम मानिने पोखरा लेखनाथ महानगरपालिकाका १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ नम्बरका वडा भित्र पर्ने ताल तथा समथर फाँटहरू र वनजङलले पनि यस क्षेत्रको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा कसैको दुर्इ मत हुन सक्दैन। यस क्षेत्रमा पर्ने कुँडहर फँाट, अघौर्ँ फाँट, सिसुवा फाट र मालमुल फाटलाई कास्की जिल्ला कै अन्नको भण्डार मान्न सकिन्छ। समग्र क्षेत्र एकको कुरा गर्दा कुँडहर र खाल्टेखोलाको जेठोबुडो धान, तालवेसीको वास्मती र मासारीधान, खुदीको गुड, डोरबेँसीको उखु, सात मुहानेको सर्सिऊ, माझठानाको तोरीको तेल आदि कास्की जिल्ला भरी नै प्रसिद्ध मानिन्छ। हिउँदे र वखे वाली लगाइने हुँदा यस क्षेत्रमा कहिल्यै पनि अनिकाल पर्दैन। किनभने एक वाली नष्ट भए पनि अको वालीले यस क्षेत्रका मानिसलाई जीवन धान्न सजिलो हुन्छ।

साँच्चै भन्दा कास्की निर्वाचन क्षेत्र एकलाई प्राकृतिक सम्पदाको राजधानी भने पनि फरक पर्दैन। किनभने नदी र तालतलैया बाहेक यस क्षेत्रलाई घना जङलले ढाकेको छ। यस क्षेत्रमा पर्ने गुँदे, न्यूरेनी, रुपा, वेगनास, खास्टे, मैदी र दिपाङ तालको मनमोहन दृश्य, वेगनासका स्वादिष्ट माछाका परिकार, डुङ्गा सयर, कमलको फूलले सुसोभित वातावरणका साथै यस क्षेत्रमा पर्ने हरियो वनलाई धनका रूपमा लिन सकिन्छ। ती वन भित्र काठ दाउरा मात्र होइन, मृतसञ्जीवनी बुटी पनि पाइन्छ। यस क्षेत्रका वनमा पाइने साल, सिसौँ, बाँस, डुब्ब्री, लैसी, खयर, अमला, वयर, रिठा, तिजु, चिलाउने, विलाउने, उत्तिस, कटुस, दमौरा, गुहेली, औसेली, खनियो, टाकी, चित्रो, काफल, लाकुरी, टुनी, पैयूँ आदि प्रसिद्ध छन्। त्यसैगरी वनस्पतिमा गुराँस, गुहेली, रुदिलो, आख्ले, घिऊ कुमारी, मरहटी, गन्धे झार आदि प्रसिद्ध छन्। त्यसैगरी वन्यजन्तु र पशुपन्छीमा बाघ, भालु, चितुवा स्याल, मृग, दुम्सी, लोखके, बादर, मुसा मलछाप्रा, सर्प, बाज, गीद्ध, जुरेली, ढुकुर, कुकुर डाग्रे, चिवे, भँगेरा, काग, परेवा, कोइली, तित्रो, मलेवा, बकुल्लो, न्याउली, चमेरो आदि पर्दछन्। यस क्षेत्रमा पाइने तरकारीमा मूला, बोडी, सिमी, आलु, पिडालु, काउली, रायो, पालुङो, कर्कलो, घिरौला, चिचिन्नो, काँक्रो, गहत, तामा, टुसा, सर्सिऊ, निहुरो, कोइरालो, काउरो, सिप्लीकान, गिठा, भ्याकुर, तरुल, खुसानी, लसुन, हलेदो, अदुवा, पतना आदि प्रसिद्ध छन् भने। फलफूलमा सुन्तला, भोगटे, कागती, हलुवावेद, अम्मा, आरु, आरुवखडा, आँप, विमिरो, केरा, ज्यामिर, निबुवा, मेवा आदि प्रसिद्ध छन्। त्यसैगरी यस क्षेत्रमा धान, मकै, कोदो, जौ, तोरी, फापर, कामुनो, जुनेलो, लट्टे, घैया, उवा, आदि पाइन्छ।

कास्की निर्वाचन क्षेत्र एकमा करिब एक लाख पच्पन्न हजार मानिस बसोबास गर्छन्। यस क्षेत्रमा ब्राह्मण, क्षेत्री, गुरुङ, मगर, दलित, मुसलमान आदि जातजातिको वस्ती छ। यिनीहरू हिन्दू, बौद्ध, इस्लाम, इसाई आदि धर्म मान्दछन्। यिनीहरूमा धार्मिक सहिष्णुता र जातीय एकताको भाव पाइन्छ। सात तालको वाटिका शहर र कवि शिरोमणि लेखनाथ पौडेलको जन्मस्थलका रूपमा विश्वसमुदाय माझ परिचित हुन सफल भएको छ ।

आफू जन्मेको, हुकेको, बढेको, पढेको, खाइ खेलेको र वनपाखा डुलेको हुनाले कास्कीको निर्वाचन क्षेत्र एकलाई बर्ढाई चर्ढाई गरी लेखेको हो कि भन्ने आशंका पाठकका मनमा पर्न सक्छ तर त्यसो होइन। यहाँ जे लेखिएको छ यो वास्तविकता नै हो। किनभने प्राकृतिक, धार्मिक, ऐतिहासिक अध्ययन एवं समसामयिक राजनीतिक दृष्टिकोणले हेर्दा साथै लोकतान्त्रिक गणतन्त्रको स्थापना पछि पुनसंरचनाको आधारलाई मान्दा कास्की निर्वाचन क्षेत्र एक एउटा विचित्रको क्षेत्र हो भन्न सकिन्छ। भनिन्छ यस क्षेत्रका मानिसले गाई, भैँसी, भेडा, बाख्रा, हाँस, कुखुरा, सुङ्गुर, बङ्गुर तथा माछा पालनका साथै कपास उद्योग, कफि व्यवसाय गरेर पनि आÇनो जीवकोपार्जन गर्न सक्छन्। साथै, यस क्षेत्रमा होमस्टे, सिंगमर्मर उद्योग, चुनढुङ्गा उद्योग, केवलकार, बञ्जीजम्प, आयुवेदिक चिकित्सालय प्याराग्लाइडि·, बागवानी, सार्वजनिक पुस्तकालय, विद्युत उत्पादन, मादी करिडोर, पर्यटन विकास, खेल मैदान, चिडीयाखाना, खानेपानी, पुस्तकालय आदिको विकास निर्माणमा जोड दिई यस ठाउँको उत्तरोत्तर प्रगति गर्न सकिन्छ।

साच्चै भन्नु पर्दा यस क्षेत्रका महिलाले हिजोको जस्तै घरको चुलोचौका लिपपोत गर्ने खाना पकाउने र लुगा धुने काममा मात्र लागेर होइन जागिर र राजनीति गरेर पनि आÇनो खुट्टामा उभिन सक्छन्। त्यसैगरी हिजोको दिनमा जदौ मालिक भनेर कटुवालको पेशामा लाग्ने, आरनमा बसी आँसी अर्जाप्ने, सारङ्गी रेटेर घरघर डुल्ने, अरुको लुगाफाटा सिलाउने अरुको जुत्तामा पोलिस लगाउने र माटाका भाँडा बनाएर जीवन यापन गर्नुपर्ने कथित् तल्लो जाति भनिएका समुदायले पनि विभिन्न निजी, सरकारी तथा गैरसरकारी कार्यलयमा जागिर खान र राजनीतिको उच्च ओहोदामा बसेर आफूलाई सम्मानित जातिको रूपमा उभ्याउन सक्छन्। परम्पराको पेशामा लाग्दा पनि कसैले हेप्न सक्ने अवस्था देखिँदैन तर वर्तमान अवस्थामा दमाई बाजा लोप हुँर्दै जानु, तालहरू पुरिँदै जानु, युवा विदेशतिर पलायन हुँदै जानु, पढेलेखेका धनीमानी मानिस गाउँघरलाई  छोडेर शहरतिर बसाई सर्दै जानु र खेती योग्य भूमिमा घर बस्ती बनाइनु यस क्षेत्रका लागि दुर्भाग्य हो भन्नु पर्दछ।

यस क्षेत्रमा पाइने प्राचीन, नाचगान, रोदी, घाटु, लोकदोहोरी हराउँदै गएका छन्। ठाडो भाका, खाडो जोगाउने, भजन चुट्का, बालुन, रत्यौली, भोटेसेलो, तीजे गीत, मालश्री जस्ता हाम्रा लोकगीत, लोकभाका हराउँदै गएका छन्। सातु खाने, खुवाइँ खाने, दर खाने, न्वार्ँइ खाने चलन पनि हराउँदै गएका छन्। यो ज्यादै दुःखको कुरा हो त्यसैगरी देउसी, भैलो, लुतो फाल्ने, दशैं, श्रीपञ्चमी, होली, जनैपूणिर्मा, चतुमास, माघेसक्रान्ति, पुसे पन्ध्र, नयाँ वर्ष जस्ता चार्डपर्वलाई भन्दा विदेशी संस्कारलाई महत्त्व दिने संस्कृति बढ्दो छ। यसतर्फ पनि ध्यान दिएर सबै वासिन्दाले अरुको परम्परालाई बाधा नपुर्‍याई आÇनो संस्कृतिको रक्षा गर्दै आÇनो रहनसहन, आहार विहार र भेषभूषालाई जोगाउँदै प्रयोग गर्नु पर्ने आवश्यकता छ।

यस क्षेत्रमा पर्ने अजिमला देवी, चिसापानी देवी, भद्रकाली मन्दिर, बराह मन्दिर, अघौ कोट, सिक्लेस, वेगनासकोट, फल्याङकोट, मज्याङकोट, स्याक्लुङ, देउराली उकाली, भगवतीटार आदिले कास्कीको गौरव बढाएका छन्। न र्घर्मी न ठन्डी हुने र शिक्षा, स्वास्थ्य र यातायातको सुविधा भएका कालिका, माझठाना, वेगनास, देउराली, रूपाकोट, सुन्दरी डाँडा, राखी, कन्धनी डाँडा जस्ता ठाउँ हुनाले भविष्यमा पहाडको बस्ती बाक्लिने सम्भावना देखिन्छ। त्यसै गरी उच्च शिक्षाको सुविधा भएका कारण यस क्षेत्रमा पर्ने खुदीस्थित पोखरा विश्वविद्यालयको स्थापनाले गर्दा त्यस आसपासका ठाउँमा मानव बस्ती दिनप्रतिदिन बढ्दै गइरहेको छ। यस सर्न्दर्भमा बेलायतका युवराज चार्ल्स केही वर्ष अगाडि पैदल यात्रामार्फत स्याक्लु· हुँदै रूपाकोटको चिसापानी गाउँ अवलोकन गरेकाले आजभोलि उनको पदमार्गलाई पन्छाउँदै विदेशी पर्यटकको ओइरो लाग्न थालेको छ र त्यस ठाउँमा रूपाकोट रिसोर्ट भएकाले पनि यस क्षेत्रको महत्त्व बढ्दै गएको छ।

अन्तमा, कास्कीको निर्वाचन क्षेत्र एकको विकासका लागि गाउँगाउँमा थप यातायात, स्वास्थ्य, शिक्षाको राम्रो व्यवस्था गर्नु पर्ने आवश्यकता छ। यसका साथै स-साना उद्योग, कृषि, पशुपालन, वनविकास, प्रहरी चौकी आदिको व्यवस्था मिलाउनु पर्ने देखिन्छ। यसका लागि सरकारी निकायबाट सहयोग र जनसहभागिताको उत्तिकै खाचो पर्दछ। किनभने आÇनो गाउँ बनाउन आफै अग्रसर हुनुपर्छ। अरुको भर पर्दा ढिलाई मात्र होइन, सधै उही स्थितिमा रहनु पर्ने अवस्था पनि आउन सक्छ।

- सूर्य खड्का बिखर्ची