कला क्षमतामा शोषण

अनुभव र पर्याप्त क्षमता भइकन पनि नारीहरू अघि बढन पाएका छैनन्। यथार्थमा यही नै हो। यो नियति हिजो पनि थियो र आज पनि विद्यमान छ। कतिपय कार्यालयमा जतिसुकै मेहनति सक्षम क्षमतावान नारी भएपनि ऊ भन्दा कम क्षमता भएको पुरुषले उच्च पद र ओहदालाई ओगटेको हुन्छ। एकातिर नारीले परिवारसगैँ घर पनि भ्याउन पर्ने सम्झौता र लामो सङघर्षमा काम र कार्यालयमा पुग्नुपर्ने हुन्छ। अर्कातिर काम गर्ने ठाँउमा उचित मूल्याङकन र पारिश्रमिक नै दिइन्न। नारीको योगदानलाई कदर गरिँदैन बुझ्ने प्रयास नै गरिदैन। जसका कारण महिलाहरू काम गर्ने जोस्, जागर र क्षमता भइकन पनि खुम्चिन बाध्य हुन्छन्। हिजोका दिनमा नारीलाई घरभित्र मात्र सीमित गर्नुपर्छ भन्ने सोच थियो। नारीले घर बाहिरको काममा लागेको तथा नाम, दामका लागि अगाडि बढ्नुलाई उत्ताउलीको संज्ञा दिइन्थ्यो। नारी घरभित्र भान्सामा मात्र सीमित हुनुपर्ने घरको धन्दा पकाउने खुवाउने उनीहरूकै कुरा सुन्ने तथा निर्देशनमा हिँड्नुपर्ने बोल्नुपर्ने नियति थियो।

आफ्नो खुसी लुकाएर अरुको निर्देशनमा हिँड्नु पर्दाको पीडा त भोग्नेलाई थाहा होला। हरेक ठाँउमा केन्द्रीय भूमिका पुरुषले नै निभाउने गर्थे सफल कति बन्थे, त्यो त उनीहरूलाई नै थाहा होला। दुर्इ पाङग्राले चल्ने गाडी एक पाङग्राले मात्र त पक्कै पनि राम्रो सँग त चल्दैन होला। दाइने पुरुष र देब्रे महिला मान्दा दाहिने तिर मात्रै भएको हातले एउटा त के दुइवटा चारवटा पाँचवटै भए पनि के देब्रेतिर हात तै छैन भने राम्रोसँग काम गर्न सकिएला – सामान्य काम गर्न गुजरा चल्छ बस हाम्रो समाजमा अहिले भएको यहीँ हो गुजरा चलाउने काम मात्र गरिएको छ।

नारी पुरुषको बराबर सहभागीता र सक्रियताको खाँचो छ सफलताका लागि नारीलाई भरसक केन्द्रमा लैजान खोजिन्न यो प्रवृत्ति हिजो पनि थियो आज पनि विद्यमान छ। भन्दा फरक नपर्ला पितृसतात्मक सोच र प्रवृत्तिको। आमा विनाको घर, घर बन्न सक्दैन बरु बाबु बिनाको घर राम्रैसँग चल्ने सम्भावना छ। यदि आमाको उपस्थिति परिवारमा पुगेन भने घर बिथोलिन्छ बालबच्चा विचलित हुन्छन्् बाबुले त आफुले आफैलाई समाल्न सक्दैन बालबच्चा त परै जाओस्।

हिजो आज समाजको हरेक तह र तप्कामा महिलाको आवश्यकता महसुस गर्न त थालिएको छ तर पनि महिलाबाट स्वार्थ र फाइदा मात्र लुट्न खोजिएको पाइन्छ। घर बाहिर र भित्र जहातहीँ समस्या अवरोधहरू छन् बल्लतल्ल पाइला चालिरहेको बेला फेरि पनि समस्या र अवरोधहरू खडा पारिएको हुन्छ आफ्नो क्षमता र हैसियत लुकाउन विवस हुन्छिन् नारी। घर जस्तै परिवार समाज र राष्ट्रको विकास र उन्नतिका लागि नारीको भूमिका महसुस गरिएको छ हिजोआज तर सफलताको जस पुरुषले मात्र खान खोज्छन्। परिश्रम र पीडाको बोध गर्ने नारी जस खाने पुरुष।

सर्न्दर्भ साहित्यकार उमा सुवेदीको हालै पोखरामा मञ्चन भएको बुधबारेमा फ्लप मंगलबारेमा हिट नाटकको हो। सुवेदीले आफैले भोगेको कथा भनेकी छन्। नाटकमा हरेक नारीले घरदेखि कार्यालय कलाकारितासम्म विगतदेखि वर्तमान परिपेक्षमा भोगेको समस्यालाई देखाउने कोसिस गरिएको छ। नाटक शुरु भएको छ नाटकको रियल्सलबाट नारी पुरुष दुवैको सहभागिता भए पनि मुख्य भूमिकामा पुरुषलाई मात्र उभ्याइएको छ नारीको भूमिका पनि पूरुषले नै निभाउन खोजिएको छ। जसबाट जति नै कोसिस र मेहनत गरे तापनि नाटकको अभिनय पक्ष बन्नै सक्दैन्। जसमा नारीको मुख्य भूमिकामा पनि पूरुषलाई नै उभ्याइएको छ पहिला पहिला त्यस्तै थियो नारीलाई मुख्य भूमिका दिइदैन्थ्यो। एक त नारीलाई घरभित्रै सीमित गर्न खोजिन्थ्यो घरबाहिर जान खोजियो आफ्नो कला क्षमता देखाउन थालियो भने उत्ताउली भनिन्थ्यो।

नारीको मुख्य भूमिका महसुस गरिन्छ ल्याइन्छ उमा सुवेदीलाई लेखक पात्र आफै छन् नाटकभित्र नाटक उमा सुवेदी पात्रकै केन्द्रमा घुमेको छ। सुवेदीको घरमा आमा र दाजु छन्। बाबुको पहिले नै मृत्यु भइसकेको छ। आमाको केन्द्रियतामा घर सुन्दर बनेको छ। सुवेदीलाई नाटक खेल्ने इच्छा छ उसँग विशिष्ट क्षमता पनि छ। तर हाम्रो घर तथा सामाजिक बन्धनले बाधेको छ। छोरी मान्छे जान हुँदैन भनिन्थ्यो पहिला-पहिला विस्तारै सोचमा परिवर्तन आएको देखाइएको छ। सुवेदी नाटकमा खेल्न तयार भइन् डाहा गरेको प्रसङ्ग पनि छ नाटकको मुख्य भूमिका नै त्रि्रो हो त्रि्रो सफलता नै नाटकको सफलता हुनेछ भनियो पनि नभन्दै सुवेदी आउने बित्तिकै नाटकले गति लियो उनको कला अरु सबैमा परेको छ। सानो मेहनतबाटै नाटक हिट बन्ने देखियो। बुधवारे मंगलवारे बजारमा नाटक मञ्चन गरियो साच्चिकै हिट भयो नाटकको शीर्षकले बुधबारेमा फ्लप भनिए पनि हिट नै भएको छ। मञ्चनभन्दा अगाडिको अवस्था हो फ्लप हिट नाटक जहाँ पनि हिट हुन्छ शिर्षक प्रतीकात्मक छ। सुवेदीले केही वर्ष अगाडि भोगेको कथा भनिए पनि अहिलेका नारीको कथा र व्यथा पनि यस्तै छ। टिकटको काम गर्नेदेखि नाटकको सम्पूर्ण काम नारी सक्रियताबाट सम्पन्न भएको छ। सम्पन्न भएपछि परिश्रमको फल पाउन त कहाँ हो कहाँ उल्टो अन्य तिनुपर्ने बिलमासमेत फसाइएको छ। नाटक खेलाउने काकाको पनि मिलेमतो देखिन्छ समस्यामा परेकी छोरीको समथनमा बुझेर पनि एक शब्द खोलेनन्। सुवेदीकी  आमा बिरामी पछिन् उपचारको खर्च नहुँदा आफ्नो पारिश्रमिक आएको भए तर के गर्ने आएन सुवेदीले अबदेखि नाटक नै नखेल्ने निर्णय गर्दछिन्, नारी विवशता।

एक त नारीलाई पहिले-पहिले घरभित्रै सीमित गर्न खोजिन्थ्यो नारीको अभिनय पनि पूरुषले नै गर्ने गर्थे मूख्य भूमिकामा नारीलाई स्थान नदिने अवस्था थियो। विस्तारै नारीको भूमिका नारीलाई नै दिन त थालिएको छ तर सोझै श्रमको शोषण गर्ने गरिन्छ भन्ने नाटकले सशक्त ढङ्गले प्रष्टाएको छ। अन्य क्षेत्रका नारीले पनि क्षमता भइकन पनि काम सहजता नहुने पारिश्रमिकमा झुलाउने क्षमताको कदर नगरिने समग्र पक्षलाई देखाउन नाटक सफल भएको छ। नारीभित्र लुकेको क्षमतालाई देखाउँदै नारी समस्या र शोषणको विरुद्ध लड्नुपर्ने सन्देश दिएको छ।

कलाकारिता क्षेत्रमा श्रमको शोषण शारीरिक शोषण पनि हुने गरेको सुन्नमा आए पनि उनको नाटकमा भने नारीलाई गरिने श्रमको शोषण पक्षलाई अत्यान्त शशक्त र स्वभाविक ढङले प्रस्तुत गरिएको  छ। श्रमको मूल्य नदिने दिन्छु दिन्छु भन्ने झुक्काउने गरेको पाइन्छ। एकातिर निर्माता डारेक्टरले सोझै श्रमको शोषण गरेको देखाइएको छ। अर्कातिर तिर्नुपर्ने ठाँउमा पनि उसैलाई देखाएर फसाइएको छ। कति असझिलो अवस्थामा नारीलाई पारिन्छ नारीलाई कसरी फँसाइन्छ भन्ने अवस्थालाई नाटकले देखाएको छ।

(पोख्रेल बिग एफ. एम. पोखरामा कार्यरत छिन्। सं.)

- गीता पोख्रेल सिग्देल