कम्युनिष्ट पार्टीका मदन भण्डारीको योगदान

उठ जाग ए भोका नाडगा,जाग संसारका दुखी

सुन्दर संसार रचना गर्न न्यायका लागी गर्जी।

बाध्ने छैन परम्पराको साडलोले जाग ए श्रमिक हो,

नयाँ जगमा पृथ्बी उठनेछ संसार हाम्रो हुनेछ।

मानिसको अन्तर्राष्ट्रय जाती हुनेछ।

यो अन्तिम युद्ध हो आ आफनो ठाउँमा डटौँ

अब मानिसको अन्तराष्ट्रिय जाती हुनेछ।

यो गीत कम्युनिष्ट पार्टीको गायत्री मन्त्र हो अर्थात राष्टिय गीत हो जुन गीतलाई आत्मसात गरेर बाचन गरेर कशम खाएपछि कम्युनिष्ट भएको मानिन्छ। यो मात्रै होइन झापालीहरु आफनै औला काटेर रगतबाट यो गीत गाउदै शपथ गर्ने गरेका हुन राधाकुष्ण मैनालीद्वारा लेखिएको नलेखिएको इतिहासमा उल्लेख छ। जसरी जुन विश्वास र उद्देश्य लिएर नेपालमा कम्युनिष्ट पार्टीस्थापना भयो सो लक्ष्यमा पुग्न पुग्न आतुर नेकपा एमाले आज लामो समयको संघर्ष पश्चात बहुमतको कम्युनिष्ट सरकार स्थापित गर्न सफल भएको छ।

बहुमतको वामसरकार गठन हुनु  राष्ट्रका लागि गौरवको विषय हो। २००६ सालको वैशाख १० गते पुष्पलालको नेतृत्वमा गठन गठन भएको कम्युनिष्ठ पार्टी२०१९ साल पछि विभिन्न स्वार्थहरुका कारण एक ठाउँ रहन सकेनन् छिन्न भिन्न भैरहेको कम्युनिष्ट आन्दोलनलाइ कम्रेड मदन भण्डारीले एकता प्रक्रियामा ल्याउने काम गर्नुभएको थियो  पाटीहरुको एकता गराएर मात्र होइन  जडसूत्रवादलाई परास्त गर्न मार्क्सबादको सिर्जनात्मक प्रयोग गर्नुपर्छ भनेर जनताको बहुदलीय जनबादको नयाँ सिद्धान्त र कार्यक्रमकासाथ  बिश्व इतिहासमा कमजोर बन्दै गएको कम्युनिष्ट आन्दोलनलाई नेपाली माटोमा स्थापित गराउन सफल भए। जस्को अगुवाइले आज नेपालको कम्युनिष्ट आन्दोलनलाइ सफलतातर्फ अगाडि डोरयाइरहेको छ।

२०४८ सालको आम निर्बाचनमा काठमाण्डौ निर्बाचन क्षेत्र नं १ बाट तत्कालीन प्र.म. कृष्णप्रसाद भट्टराइलाई हराएपछि नेपालमा कार्लमार्क्स जीवित छन् भनेर अमेरिकन पत्रिकाले  मदन भण्डारीको अन्तरवार्ता प्रकाशन गरेको थियो। यो अन्तर्वार्ता पछि कलकत्तामा भएको एक अर्को कार्यक्रममा पनि उहाको प्रस्तुतिले साच्चिकै नेपालमा कार्लमाक्स जन्मेको आभास दुनियामा गरायो। त्यस्को २ बर्ष पनि बित्न नपाउदै कम्रेड मदनलाई २०५० साल जेठको ३ गते पोखराबाट चितवन जाने क्रममा चितवनको दासढुगंामा रहस्यपूर्ण तरीकाले दुर्घटनाग्रस्त गराइएको थियो। उक्त घटनाको आज २५ बर्ष पूरा भएको छ तर आजसम्म घटनाको सत्य तथ्य पत्ता लाग्न सकेको छैन।

मदनकै बिरासतमा आज नेकपाएमाले सत्तामा पुग्न सफल भएको छ सैयौ नेताहरु प्रधानमन्त्री देखि मन्त्री भैसकेका छन कसैलाइ पनि मदनको हत्यारा पत्ता लगाउने फुसद मिल्दैन। संसारमा यस्ता घटनाहरु विरलै हुन्छन् तापनि हत्यारा पत्ता नलागेको कुनै घटनाहरु छैनन् तर मदनका हत्यारा किन पत्ता लाग्दैन यसैले पनि यो थप रहस्यमय बन्दै गैरहेको छ।

ताप्लेजुड जिल्लाको ढुगेंसाँघुमा जन्मेका मदन भण्डारी मोरडको इटहरामा बसाँइ सरेका थिए र त्यहीबाट पार्टीको काम अगाडि बढाइरहेका थिए।  सिद्धान्त जीवनका लागि हुनुपर्छ न कि सिद्धान्तका लागी जीवन भन्ने मदन भण्डारीको अवसानले आज कम्युनिष्ट आन्दोलनलाई मात्र क्षति पुगेको छैन समग्र राष्टको अग्रगामी विकाश नै पछाडि परेको छ। समाजको मनोबिज्ञान र सिद्धान्तको सृजनात्मकतालाइ ब्यबहारमा उतार्न र त्यस्को कशलतापुब नेतृत्व गर्ने कुरा चुनौती पूर्ण हो तापनि मदन जस्तो नेता गुमाउनुको यो पीडा आज राष्टले भोग्नु परेको छ।

देशको राजनीतिले नया मोड लिएको छ सायद मदन भएको भए आज मुलुक संघीयतामा जान्थ्यो वा जादैन्थयो अर्को  बिषय छ र संघीयता के हो संघीयताले राष्ट्रलाई र जनतालाई के फाइदा हुन्छ र संघीयता हाम्रो आवश्यकता हो वा होइन जस्ता विषयहरुमा हाम्रा नेताहरुको दूरदृष्टि पुगेको जस्तो लाग्दैन यतिसम्म कि नेताहरु नै संघीयताका विषयमा स्पष्ट नहुँदा नहुँदै यो मुलुकमा संघीयताको अभ्यास हुन गैरहेको छ त्यो पनि नेकपा एमालेकै नेतृत्वमा -। यो बेला मदन भण्डारीको आवश्यकता शायद नेताहरुलाई खडकेको छ ,राष्ट्रलाई खडकिरहेको छ।

मदनले नेतृत्व दिएको समयमा राष्ट्र र जनताका लागि के कसरी काम गरिएको थियो र आज आफैमाथि नेतृत्व आइपर्दा मदनले देखाएका विचार र सिद्धान्तहरुलाई कसरी प्रयोग गर्न सकिएला जनताको लागि अधिकतम हितका लोककल्याणकारी कामहरुलाई कसरी सफल गर्न सकिएला चिन्ता र चासोको बिषय छँदैछ। यद्यपि  कम्रेड मदन भण्डारीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीहिजो र आजको अवस्थामा जनताका बीच लोकप्रिय बन्दै गएको छ  यो लोकप्रियतालाई अहिलेको नेतृत्वले कति जोगाउन सक्छ वा सक्दैन त्यो त अबका समयले बताउने छ।

२०४८ सालमा गिरिजा प्रसाद कोइरालले महाकाली सन्धि गरेको कारण आठ आठ घण्टा संसद स्थिगित गर्ने नेकपाएमालेले आज अरुण तेस्रो आयोजना निर्माणको काम भारतलाई सुम्पिएको छ यो जायज छ वा छैन अबका दिनहरुमा मूल्याडकन हुने नै छ । तर यो भन्दा अगाडि अरुण तेस्रो आयोजनाका बिषयमा नेकपा एमालेले गरेको बहश र अन्य कम्पनीहरुलाई अरुण तेस्रोको निर्माण ठेक्का दिन नहुने र भारतलाई नै दिनुपर्ने अवस्था के हो – वा कतै भारतले हाम्रो  बिजुली किनिदिँदैन भन्ने भयले भारतीय सरकारी कम्पनी सतलजलाई २५ बर्षका लागि दिइएको हो कि भन्ने समाचारले  राष्ट्रवादीहरुमा निराशा छाएको छ। यो विषयमा पार्टीले सबैलाई विश्वस्त गराउन जरुरी छ।

अरुण तेस्रोको विषय मदन भण्डारी रहेकै समयमा बहशको विषय बनेको थियो र यस्को निर्माणमा ग्लोबल टेण्डरसम्म गर्ने हिम्मत नगर्नु र भारतीय घुसपैठलाई खुलेआम स्वीकार गर्ने ओली सरकारको यो निरीहताबाट सिगों पार्टींक्ति रुष्ट बनेको छ। नरेन्द्र मोदी नेपाल आउँदा सुरक्षा प्रत्याभूति गर्न नसकी भारतीय सेनाहरुको निर्बाध प्रवेश लगायतका विषयहरुमा राष्ट्रिय स्वाभिमानमा गम्भीर खतरा उत्पन्न भएको अवस्था छ जो मदन भण्डारीको आत्मालाइ सैहृय हुनसक्दैन। शहीदको रगतले भन्छ हामीलाई ,शहीदकोबाटो हिँडदै छौ कि भुल्यौ दाजुभाइ -।

आज जेठ ३ गते विभिन्न कार्यक्रमहरु गरी मदन स्मृति दिवस मनाउन लागिएको छ। वास्तवमा दिवस मनाउनुको अर्थ उस्को आत्माले शान्ति पाओस भन्ने नै हो तर जस्को नीति  र सिद्धान्त विपरीत कामहरु गरिन्छ भने त्यस्को आत्माले शान्ति पाउन सक्दैन भने स्मृति दिवस मनाउनुको सार्थकता के हुन्छ र -।

मधेसको मुद्धा आफनै ठाउँमा छ। तर मोदीलाई काठमाण्डौमा ओराल्न नसक्ने तथापि जनकपुरमा आउने अनुमति दिएको बिषय थप पेचिलो बन्दै गएको छ। सुशील कोइराला प्रधानमन्त्री हुँदा पनि मोदी जनकपुर आउन नखोजका होइनन् तर यसपटक नेकपा एमाले अध्यक्ष के पि शर्मा ओलीको राष्टवादी अडानलाइ चुनौती दिनका लागि मोदी जनकपुर आएको प्रष्ट हुन्छ। यो विषयमा अब पार्टीको विश्लेषण कस्तो रहन्छ र आम नेपाली जनतालाई विश्वस्त गराउन सकिन्छ वा सकिँदैन त्यो हेर्दै जानु छ।

जनकपुमा मोदी आउनुको आशय र मनोविज्ञान ओलीले नबुझेका होइनन् त। यस्को रहस्य प्रष्ट हुनु जरुरी छ। जनकपुरमा ओलीलाई अभिनन्दन गरिरहँदा त्यहाँका मुख्य मन्त्री लालबाबु राउतको भनाईमा सरकारले स्पष्टीकरण सोधेको छ।

मधेसको विषय हाम्रो आन्तरिक मामला हो। जनकपुरमा मोदीलाई स्वागत गर्दा लाखौँ भारतीय नागरिकहरुको प्रवेशले आज नेपालको राष्ट्रिय अस्मिता लुटिएको छ। मधेशको समस्या हाम्रो हो सीमाको सुरक्षादेखि नागरिकको सार्वभौम अधिकारको रक्षामा राष्ट्रले मोदीको अनुहार हेरेर काम गर्ने हैन त्यहाका जनताको मनोभावना बुझेर काम गर्ने हो र गरिरहेको पनि छ। नेपाल हाम्रो हो र हामीले नै बनाउने हो मोदी अर्थात भारत वा अरु कुनै राष्ट्रले बनाइदिने होइन। नेपाली भूमिको रक्षाका लागि हामी सबै एकजुट हुनैपर्छ।

२ नं प्रदेशका मुख्यमन्त्री भनिने लालबाबु राउतको अभिव्यक्ति राष्ट्रिय स्वाभिमानका लागि आपत्तिजनक छ। जस्ले नेपाल सरकारलाई होइन भारतलाई विश्वास गरिरहेको बुझिन्छ। मुख्यमन्त्रीको यस्तो अभिब्यक्तिका पछाडि पनि नेपालको सार्वभौमिकताको रक्षाका लागि थप चुनौती बन्दै गएको छ।

अहिले नेपालको शासन व्यवस्था बामपन्थीहरुको हातमा आउनुको श्रेय कम्रेड मदनलाई नै जान्छ। मदनको राष्ट्रियताको दृष्टिकोण र भाबना अनुरुप बदलिदो विश्व परिबवशमा पार्टीकाई पनि पद्धतिगतरुपमा सुधार गर्दै लानुपर्ने त छदैछ तर सुधारका नाममा सैद्धान्तिक बिचलन र पार्टीको सवोर्च्च निकाय महाधिवेशनले बनाएको बिधि बिधान विपरीतका गतीबिधिबाट आज पार्टीसञ्चालन भैरहेको आम कार्यकर्ता र शुभचिन्तकहरुको गुनासो छ। आजका सबै मिडीयाहरु एकोहोरो रुपमा नेकपा एमाले बिरुद्ध खनिएका छन के साच्चिकै एमालेले अरुण बेचेकै हो –

गत निर्वाचनमा माओवादी केन्द्रसँगको गठबन्धनलाई पार्टीएकीकरणमा बदल्ने कुरा पनि आज अन्योलमा परिरहेको छ राष्ट्रको आवश्यकता हो वामएकता तर एकताका बिरुद्धमा पनि यहाँ ठूलै षडयन्त्रहरु चल्दैछन्। वाम एकतालाई छिन्न भिन्न पार्ने खेलहरु पर्दा पछाडि र अगाडि नै पनि चलिरहेका छन्। एउटै मन्त्रिमण्डलमा रहेका ऊर्जा  मन्त्री बर्षमान पुनलाई मोदीसँगको अरुण सम्झौतामा सहभागी नगराउनु वा सहभागी नहुनुमा पनि केही रहस्यहरु रहेको हुनुपर्छ। यी सबै घटनाक्रमले गर्दा प्रधानमन्त्री के पि शर्मा ओली आलोच्य हुनुभएको छ र सिगों पार्टीको दिशाहीनताले आज हामीले कम्रेड मदन भण्डारीको २६ औ स्मृति दिवस मनाउनुको सार्थकता खोजी गरिनु पर्दछ। श्रद्धा सुमन कम्रेड मदन आश्रतिप्रति।

- विष्णु अधिकारी