एसियामा प्रकट भएका द्वन्द्वहरुः एक टिप्पणी

अन्त्यहीन सिरिया द्वन्द्व

अन्तर्राष्ट्रिय राजनीतिको विश्लेषण गर्नेहरु अव विश्व शक्त्तिको केन्द्र एसिया हुने बताई रहँदा एसिया अहिले द्वन्द्वको थलो बन्दै गएको उदेकलाग्दा घटनाहरु देखिएका छन्। पश्चिम एसियाको सिरिया लामो गृहयुद्धले तहस नहस भएको छ। गृहयुद्धका प्रतिद्वन्द्वीपक्षको सहयोगमा अमेरिका र रुस प्रत्यक्ष संलग्न भई आफ्ना सेना तैनाथ गरेको द्वन्द्वले जटिल र पेचिलो रुप लिएको छ। यही हप्ता जर्मनीको ह्यार्म्वर्गमा भएको ज्ाी २० बैठकमा पुटीन र ट्रम्पले सिरियामा युद्ध विराम गर्ने संझौता गरेपनि त्यो अस्थायी मात्रै हो। रुस राष्ट्रपति असदलाई विस्थापित गर्न चाहँदैन अमेरिका असदलाई स्वीकार्ने पक्षमा छैन। यसरी सिरियाको द्वन्द्व सिरियाली उपज नभएर अमेरिका रुसको प्रभाव कायम गर्ने रणक्षेत्रको रुपमा प्रकट भएको छ।

कोरियन प्रायद्धीप :

उत्तरकोरियाले विकास गरेको आणविक प्रविधि अमेरिकाको लागि ठूलो टाउको दुःखाई भएको छ। अझ, हालै अन्तरमहाद्विपीय प्यालेष्टिक मिसाईलको सफल परीक्षणले उत्तरकोरियाका राष्ट्रपति किम  जोङ उनलाई ट्रम्पले ठूलो खतराको रुपमा लिएका छन्।

उत्तरले पटक पटक गरेका शक्तिशाली क्षेप्यास्त्रहरुको सफल प्रयोगले दक्षिण कोरिया र जापानको सुरक्षामा प्रत्यक्षतः खतरा उत्पन्न भएको आँकलन गरिनु स्वभाविकै हो। अन्तरमहाद्वीपीय प्यालेष्टिक मिसाइल पड्काउँदा किमले यो अमेरिकी मूर्खहरुलाई उपहार हो भनी व्यङ्गोक्तिसमेत प्रकट गर्नुले अमेरिका थप उत्तेजित बनेको हो। यो मिसाईल प्रयोग लगत्तै अमेरिकाले शक्तिशाली मिलाईल प्रतिरोधी हतियारहरु दक्षिण कोरिया र जापानमा थुपारेको छ। यतिमात्रै होइन, त्रिदेशीय सैनिक अभ्यास नियमित भएका छन्। यी अमेरिकी गतिविधि चीन र रुसको लागि टाउको दुखाई भएका छन्।

उत्तर कोरियाको सैन्य तथा आणविक क्षमताको विषय चीन अमेरिकी सम्बन्धमा द्वन्द्व थप्ने मूल कारक बनेको छ। एकातिर अमेरिका चीनले उत्तर कोरियालाई भित्री सहयोग दिएको हुनुपर्छ भन्ने ठानेको छ भने चीनले उत्तर कोरियाको निहुँमा अमेरिकाले कोरियन प्रायद्वीपमा सैनिकीकरण गरी चीनको सुरक्षामा खतरा पुर्‍याएको भनी स्वभाविक विरोध जनाएको छ। जी २० को बैठकमा राष्ट्रपति सी र ट्रम्पबीच वार्ताको मुख्य विषय रह्यो यही-कोरिया।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने प्रस्ताव गरे बाबजुद चीनसँगको व्यापार पन्ध्र प्रतिशतले बृद्धि भएको देख्दा ट्रम्प झस्किएका हुन्। कतै चीनले उत्तर कोरियालाई पश्चिम एसियाको इजराइल जस्तै बनाएको त होइन भन्ने ठानेको हुनुपर्छ ट्रम्पले।

उत्तरकोरियाको आधुनिक इतिहास स्मरण गर्ने हो भने उत्तरकोरियालाई सहयोग गर्नु चीनको एक बाध्यता मात्रै हो। तर, आणविक विकासमा भने चीनको हात छैन भन्ने बुझिन्छ। किम जोङ उनका हजुरबुवा किमईलसुङ कम्युनिष्ट आन्दोलनका ख्यात्रि्राप्त नेता हुन्। उनकै नेतृत्वमा कम्युनिष्ट क्रान्ति सम्पन्न भएको हो। सन् १९६० को दशकमा सुङको जुछे विचारधारा नेपालसम्म प्रभाव पार्ने विषय बनको थियो। उनले चीन र सोभियत यूनियन दुवैलाई टेर्दैनथे। जुछे विचारधारा भनेको सवै कुरामा आत्मनिर्भर हुने विचार हो। स्वभावत राष्ट्रिय सुरक्षा पनि पर्छ यसभित्र। त्यसैले यी नाति किम जोङ उनले आफ्नै राष्ट्रिय सुरक्षाको लागि आणविक विकास गरेको अनुमान गर्न सकिन्छ। तर अमेरिकाको अलास्का र हवाई शहरसम्म मारहान्न सक्ने मिसाईल पड्काउँदा दक्षिण कोरिया, जापान  र अमेरिकाको टाउको नदुख्ने कुरा भएन।

ट्रम्पले उत्तरकोरियामाथि आक्रमण गर्ने धम्कि दिएका छन् र उनका विदेशी मन्त्री टेलरसनले त आजै भोलि आक्रमण गर्ने जस्तो धम्की पनि थिए। तर चीन र रुस दुवैले यसको परिणाम राम्रो नहुने दृढअडान देखाएपछि अमेरिकी स्वरमन्द भएको छ। जे होस एसियाको यो समस्याको सजिलो छैन समाधान।

खाडी अर्थात पर्सियन  गल्फ समस्या

आफू राष्ट्रपति चुनिएपछि ट्रम्पको पहिलो विदेश भ्रमण साउदी अरवबाट शुरु गरेका हुन्। साउदी हुँर्दै उनी इजिप्ट र इजराईल पनि पुगे। भ्रमण समाप्त गरेर ट्रम्प वासि·टन पुगेकै दिन चार मुस्लीम राष्ट्रहरु-साउदी अरब, युनाईटेड इमिरेट्रस, बहराईन रर्र् इजिप्टले कतारका विरुद्ध नाकाबन्दीको घोषणा गरे। कतारले आतक्ङवादलाई सहयोग गरेको आरोप लगाएका छन्। साउदी राजा सलमानले कतार माथिको प्रतिबन्धको नेतृत्व गरेकाछन्। यी राजाले ट्रम्पको भ्रमण लगत्तै उत्तराधिकारी रहेका भाइलाई हटाएर आफ्नै छोरा महेम्मद विन सलमानलाई उत्तराधिकारी बनाएर रक्षामन्त्रीमा नियुत्ति गरे। यी दुवै कुरा ट्रम्पको सल्लाहमा सम्पादन भएका हुन् भन्ने विश्लेषण गरिएको छ। यसै विवाद मिलाउने नाउँमा कतारबाट अमेरिकाले ठूलो धनराशी लिन टेलरसनको कसरतले पनि यो पुष्टि गर्दछ।

नाकाबन्दी गर्ने साउदी ब्लकले कतार समक्ष तेह्र सूत्रीय माग तेस्र्याएको छ। यी मागमा तीनवटा पेचिला सूत्र छन्। सबै भन्दा अचम्म त आजको संचार स्वतन्त्रताको युगमा कतारमा रहेको विश्व प्रसिद्ध सेटेलाईट टी.भी अलजजिरा बन्द गरिनु पर्ने माग पनि छ नाकाबन्दी पक्षको। ट्रम्पलाई अमेरिकाको सि.एन्.एन्.र न्युयोर्कटाइम्स पनि घाँडोभएको छ। विनलादेन जीवित छँदा उनको अन्तर्वार्ता प्रसारण गर्न पनि नडराउने अलजजिरा बन्द गराउने कुरा उनको प्राथमिकता भित्र पर्नु स्वाभाविक छ। यो बुझ्न सकिने कुरा हो तर, इरान र र्टर्कीसंग कतारले कुटनीतिक सम्बन्ध विच्छेद गर्नुपर्ने जस्तामाग पनि छन्। समग्रमा साउदी गठबन्धनका माग कतार सरकारले पूरै खारेज गरेको छ , अस्वीकार गरेको छ। अतः तनाब थपिंदै गएको छ।

यो समस्या नेपालसम्म आईपुगेको छ। यसै हप्ता साउदी गठबन्धनका नेपाल स्थित राजदूतहरुले विदेशमन्त्री महरालाई भेटी कतार विरुद्ध लवि· गरेकाछन्। कतार लगायतका यी खाडी राष्ट्रहरु नेपालका रोजगारदाताहुन। यो शीत द्वन्द्व चर्कियो र सैनिक द्वन्द्वमा रुपान्तरित भयो भने यसले एसियाको स्थिरता र शान्तिलाई नराम्रो गरी प्रभावित गर्ने छ।

भारत-चीन, भारत-पाक द्वन्द्व

नेपालको पूर्वमा नजिकै पर्ने चीन, भारत र भुटानको त्रिदेशीय सीमा रहेको क्षेत्र डोकलाम पठारको क्षेत्रलाई लिएर हाम्रै भीमकाय एवं आणविक शक्त्ति चीन र भारको विवादलाई लिएर दुवै देशका सैनिक आमने सामने  भएकाछन्। डोकलामदेखि डोङलाङ सम्म चीनले बाटो बनाउन लागेकोमा भारतको आपत्तिमात्रै होइन सेनानै थुपारको छ त्यसक्षेत्रमा। र, अहिले नै भारतीय प्र.मं.मोदी अमेरिका र इजराईल पुगेर खरबौं डलरका युद्ध सामग्री किन्ने.सौदा गरेका छन्।

भारत-पाक द्वन्द्व त सँधै युद्धको पूर्वावस्था जस्तो छ।  कश्मीर मुख्य विवादको विषय हो। यो चाँडै टु·ीने समस्या होइन। भारत भित्रका द्वन्द्वहरु आफैमा खतरनाक छन्। कश्मीरमा आफ्नै नागरिकमाथि भारतीय सेनाले गरेको बर्बरता उदेक लाग्दो छ। त्यहाँ नेट र  फेसबुक लगायतका सामाजिक संजाल बन्द गरिएको छ, सवै विच्छेद गरिएको छ। पहाडकी रानी भनेर चिनिने दार्जलिङ् क्षेत्रमा चलेको अलग राज्य मागको आन्दोलनमा भएका सरकारी दमन मध्ययुगीन बर्बरता बिर्साउने किसिमका छन्। यो द्वन्द्वको कश्मिरी बाछिटा पाकिस्तान पुग्छ भने कालन्तरमा गोर्खाल्याण्डको बाछिटा नेपालमा पनि आउनेछ।

अन्त्यमा

विश्व शक्त्तिको केन्द्र एसिया हुनबाट रोक्न अमेरिका यस क्षेत्रका देशलाई द्वन्द्वमा पFmसाउने, आपसमा जुधाउने र शक्तिक्षय गराउने ध्याउन्नमा लागेकोछ भन्ने अनुमान अगाडिदेखि गरिंदै आएको हो। एकल विश्वशक्तिको हैकम कायम गर्ने यो भन्दा कुटिल बाटो अर्को हुन पनि सक्दैन। अमेरिका आफ्नो द्वन्द्वको कार्य योजना भारत, भियतनाम र जापान मार्फत साकार गराउन चाहन्छ चीनसंग जुधाएर यी देशहरु चिनिया नेतृत्वले बुद्धि पुर्‍याउँछन् वा अमेरिकी दूरगामी सन्धि साकार गराउँछन् भन्ने कुरा प्रष्ट हुन एक दशक पनि लाग्ने छैन।

अन्तराष्ट्रिय शक्तिमा आउने परिवर्तनलाई बुझेर संतुलित नीति अख्तियार गर्न नेपाली नेत्ाृत्वले परिपक्वता देखाएन भने हाम्रो राष्ट्रले चुकाउनु पर्ने मूल्य पनि चर्को हुनेछ।

- तिलक पराजुली