एसएलसी : फेरियो रुप, फेरिएन सार

३ वर्ष यताबाट एसएलसी हट्यो, इसइइ लागू भयो।  पातीलाई चिनी भनियोस वा चिनीलाई पाती, रुपमा फरक परेपनि सार उस्तै हो। पाती नाम  हुँदैमा चिनीले आफ्नो स्वाद तीतो बनाउँदैन न त  चिनी भन्दैमा पाती गुलियो हुन्छ। यस्तै हालतमा उहिलेको एसएलसी अहिलेको एसइइमा फेरिएको छ। लेटरग्रेडिङ लागू भएपछि फेल भइदैन भन्ने सन्देशले हाम्र्रो शिक्षाको स्तर प्रतिवर्ष खस्कँदो देखिन्छ। नो फेल भनियो तर निरन्तर विद्यार्थी मूल्यांकन वा कमजोर विद्यार्थीलाई पनि जान्ने सरह बनाएर पास गराउने पद्धति नो फेल हो भन्ने कुरा सिकाइएन। न व्यवहारमा यस्तो देखाइयो। जसले गर्दा अक्षराङ्कनमा परिणाम दिएपनि यसको उपादेयता वा प्रयोजनका सर्न्दर्भमा हामी चुक्यौ। बारुद नभएको बन्दुकलाई हतियारका रुपमा सिपाहीलाई दिएर पठाएजस्तो हविगतमा हाम्रा विद्यार्थीहरुलाई पुर्‍यइयो।

ग्रेडसिटमा फेल नहुने र १.६ ल्याएपछि भर्ना हुन पाइने भन्ने विद्यार्थी र शिक्षकको सोचाइका कारण पठनपाठन क्रमशः खस्केको अवस्था छ।  विद्यालयको नतिजा शून्य छ तैपनि यति पास र फेल भनेर कसैले आलोचनासमेत गर्दैनन्।  शिक्षकले मिहेनत नगरे पनि विद्यार्थी ११ कक्षा भर्ना हुन कुनै पनि विषयको सैद्धान्तिक ज्ञान आवश्यक नपर्ने  भयोे। विद्यार्थीहरु अल्छी भए, भने शिक्षकको क्षमता ऐच्छिक बन्यो। किनकि सिकाए पनि हुने नसिकाए पनि हुने सुविधा शिक्षकलाई प्राप्त भयो।  नपढाए पनि विद्यार्थी ११ कक्षामा भर्ना भइहाल्छ भन्ने शिक्षकको मानसिकता देखियो।

विद्यालय शिक्षामा अक्षराड्ढन पद्धतिको मक्सद यो थिएन, होइन पनि। यसको पहिलो उद्देश्य  विद्यार्थीले प्राप्त गरेको अंक अक्षरमा देखाइने, दोस्रो  सिकाइ उपलब्धिको अक्षराड्ढन गर्दा नौओटा तहमा सूचीकृत गर्ने र तेस्रोमा शैक्षिक क्षतिलाई कम गरी गुणस्तर कायम गर्ने थियो। पहिलो र दोस्रो कार्यान्वयन भयो, तर तेस्रो पूरा हुनुको सट्टा क्रमशः ह्रास हँुदै गयो।

कक्षा ११  मा भर्ना हुन १.६ भए हुने तर लोकसेवा दिन २ जिपीए नै चाहिने गरी निकायगत विविधता पनि कायम गरिएको छ। विदेश अध्ययन गर्न जान पनि कम्तीमा २ जीपीए र विषयगत ग्रेड सी हुनुपर्ने व्यवस्था छ।  यो पनि मिलेको देखिदैन। यसले गर्दा  सिकाइ कमजोर हुने विद्यार्थीले पनि जबर्जस्ती माथिल्लो तहमा भर्ना हुनपाउने प्रणाली ग्रेडिङ होत – भन्ने भ्रम उब्जेको छ।

आजभन्दा ४ वर्ष अघि  २०७१ असार ३० गते बसेको राष्टिय पाठ्यक्रम विकास तथा मूल्याड्ढन परिषद्को बैठकले ग्रेडिङ लागु गर्ने सैद्धान्तिक सहमति दिएको थियो। २०७१ मंसिर २४ को बैठकबाट माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसी ) मा अक्षराड्ढन पद्धति लागु गर्ने निर्णय भयो। विद्यार्थीले हासिल गर्ने सिकाइ स्तरलाई अक्षरमा  प्रस्तुत गरिने गरियो। मानौ  विद्यार्थीले प्राप्त गरेको अंकलाई अक्षरमा बदल्नु  मात्रै ग्रेडिङ हो भन्ने मान्यता स्थापित भएको छ।

फेल छैनन् भन्ने देखाउने झेल

३ वर्ष अघिसम्म एसएलसीमा मुस्किलले ४५ प्रतिशतमात्रै पास हुन्थे।  ग्रेडिङले पद्धतिले परीक्षाफल निस्केकाहरुमध्ये   ८० प्रतिशतभन्दा बढी कक्षा ११ मा भर्ना हुन  पाउने  बनाइदिएर  कमजोर विद्यार्थीका लागि पनि सहजता गरिदिएको छ।  तर यसरी कक्षा ११ मा भर्ना भएकाहरुको भविष्य र गुणस्तरीयता बारेमा कसैलाई सोच्ने फुर्सदसम्म छैन। कक्षा १० मा जुन विषय अनुत्तीर्ण भएर विद्यार्थीले  उपल्लो कक्षामा भर्ना हुन पाउदैन्थ्यो,यदि उक्त फेल भएको विषय उपल्लो कक्षामा नपढने हदसमम उसलाई तलै रोक्नु जायज थिएन र यसका बिरुद्द ग्रेडिङ आएको पनि हो। तर आज यसले मुल उद्देश्य बिर्सेर बीचैमा अलमल परेको देखिन्छ।

प्रयोगात्मकले अल्छीहरु बढे

साविकमा अंग्रेजी,विज्ञान र जनसंख्या तथा वातावरण शिक्षामा मात्र प्रयोगात्मक नम्बर दिने गरिन्थ्यो।  यसवर्षदेखि गणितबाहेक अन्य विषयमा २५ प्रतिशतको प्रयोगात्मक र ७५ प्रतिशतको लिखित परीक्षा हुन्छ । सैद्धान्तिकमा मात्रै न्युनतम यति ग्रेड ल्याउनुपर्ने भन्ने छैन।. सैद्धान्तिक र प्रयोगात्मक दुबै जोडेर आउने ग्रेडका आधारमा नतिजा निस्कन्छ। प्रयोगात्मकको अंक आफ्नै विद्यालयका शिक्षकहरुले  दिने गर्छन। सैद्धान्तिकमा ग्रेड डी रर्र् इ पाउनेहरुले  पनि प्रयोगात्मकमा २५ मा २३,२४ पाएर प्लस ए ल्याएका हुन्छन। सैद्धान्तिकमा पाएको थोरै नै अंक भएपनि प्रयोगात्मकसँग मिसाउँदा स्वतः बढी हुन्छ र नपढे पनि ग्रेड वृद्धि हुन सक्छ। यसबाट विद्यार्थीलाई पास भै हालिन्छ के का लागि पढनुपर्‍यो – भन्ने नकारात्मकता पैदा भई अल्छी बानीको विकास भएको पनि देखिन्छ। प्रयोगात्मकले जीपीए पनि बढायो र विद्यार्थीले ११ कक्षामा भर्ना पनि पाउने भए.।  तर सिकाइ स्तरचाहिँ झन् खस्किने निश्चित छ।. ३ वर्षअघि जीपीए ४ ल्याउने १ जनामात्रै थिए. गतवर्ष २ जना थिए. यस वर्ष ७४ जना पुग्यो।

ग्रेडिङको मर्म यो थिएन

आज पनि उत्तर-पुस्तिका परीक्षण र सम्परीक्षणपछि  अड्ढमा मापन गर्ने गरिन्छ।. विद्यार्थीले पाएको उक्त अंकलाई अक्षर ग्रेडमा रूपान्तरण गर्ने काम मात्रै भएको छ। अरु सबै मेकानिज्म,पद्धति र कार्यविधि उही छन्। भातलाई,खाना, भुजा जे भनेपनि भयो तर सारमा उही दालभात हसुर्ने नै हो। पहिला पहिला  विद्यार्थी अनुत्तीर्ण र उत्तीर्ण छुट्टिदा सरकारको विरोध हुन्थ्यो।. विद्यार्थीले प्राप्त गरेको नम्बर हेरेर पुनयोर्ग गथे।अहिले अनुत्तीर्ण कसैलाई भनिएको छैन। सरकारको आलोचना कम भएको छ भने  पुनयोर्ग गर्ने विद्यार्थीको संख्या पनि न्यूबन छ। ग्रेड वृद्धि परीक्षामा पनि बस्ने कि नबस्ने भन्ने अलमलमा विद्यार्थी छन्। किनभने जब फेल नै भएको होइन भने किन पटक,पटक परीक्षामा बस्नुपयो भन्नेहरु पनि छन्।

जीपीएको भिन्दा भिन्दै मापदण्ड

अनुत्तीर्ण पनि नभन्ने  तर उत्तीर्ण भएकाहरुसरह उपल्लो कक्षामा भर्ना पनि नगर्ने अवस्था देखिन्छ। अनि एउटै जिपीएलाई कुनै निकायले मान्यता दिने कुनैले नदिने पनि गरेको पाइन्छ। कक्षा ११  मा भर्ना हुन १.६ भए हुने तर लोकसेवा दिन २ जिपीए नै चाहिने गरी निकायगत विविधता पनि कायम गरिएको छ। विदेश अध्ययन गर्न जान पनि कम्तीमा २ जीपीए र विषयगत ग्रेड सी हुनुपर्ने व्यवस्था छ।  यो पनि मिलेको देखिदैन। यसले गर्दा  सिकाइ कमजोर हुने विद्यार्थीले पनि जबर्जस्ती माथिल्लो तहमा भर्ना हुन पाउने प्रणाली ग्रेडिङ होत – भन्ने भ्रम उब्जेको छ। ग्रेडिङ प्रणालीमा त विद्यार्थीको सिकाइ सुध्रनिुपर्छ ।  शिक्षक थप सिर्जनशील र जाँगरिलो बन्नुपर्छ। तर यसले दुबैलाई थप अल्छी बनायो। .

अन्यत्रको चलन

धेरैजसो मुलुकमा निश्चित अंक प्राप्त गरेकालाई मात्रै योग्य भनिएको छ। तोकिएको अंकभन्दा कम प्राप्त गर्नेलाई केही मुलुकले अनुत्तीर्ण र केहीले कमजोर व्याख्या गरेका छन्। . छिमेकी मुलुक भारतमा पनि ४० भन्दा कम प्रतिशत ल्याउनेलाई अनुत्तीर्ण लेखिन्छ। हङकङले ३० भन्दा कम ल्याउनेलाई अनुत्तीर्ण भनेको छ। इन्डोनेसियामा ४५ भन्दा कम ल्याउनेलाई अनुत्तीर्ण भन्ने गरिएको छ। इरानले ५०, इराकले ५० प्रतिशतभन्दा कम प्रतिशत ल्याउनेलाई कमजोर वा अनुत्तीर्ण भन्ने गरेको छ। इजरायलले ४० भन्दा कम अंक ल्याउनेलाई अनुत्तीर्ण मानेको छ। दक्षिण कोरियाले ५०, कुवेतले ५०, जापानले ३५, पाकिस्तानले ३३, साउदी अरेबियाले ६०, अष्ट्रेलियाले ५० भन्दा कम प्रतिशत ल्याउने विद्यार्थीको प्रमाणपत्रमा कमजोर वा फेल उल्लेख गर्ने गरेका छन्।. हंगेरीले ५० प्रतिशतभन्दा कम ल्याउनेलाई फेल वा कमजोर, आइसल्यान्डले ४० भन्दा कम र र्टर्कीले ४४ भन्दा तलकालाई फेल मान्ने गरेको छ. । क्यानाडाले ५९ भन्दा तललाई फेल, कोलम्बिया ५०, ब्राजिलले ५९ प्रतिशतभन्दा कम ल्याउनेलाई फेल मानेको छ।

सुधारका लागि सुझाव

सिकाइ उपलब्धि प्राप्ति भए नभएको हेरी कमजोर उपलब्धि हुनेहरुलाई कक्षाकोठामा थप शिक्षण गर्न जरुरी छ । प्रत्येक विषयमा तोकिएका सूचक प्रत्येक विद्यार्थीले प्राप्त गरेको सुनिश्चितता गर्ने काम शिक्षकको हो।. शिक्षकलाई यसतर्फ अभिमुखीकरण गरी  उनीहरूको सक्षमता  र २ जिपीए आएपछि  लोकसेवा दिन पाइन्छ भन्ने तर गुणस्तरतर्फ ख्याल नगर्ने परिपाटीको अन्त्य हुनुपर्ने देखिन्छ। प्रत्येक विषयमा विकास गरिएको विद्यार्थीको सिकाइको सूचकमा आधारित हुनेगरी कतिवटा सूचक पूरा गरे कुन ग्रेड दिने भन्ने मूल्यांकन पद्धति विकास गरिनुपर्ने हुन्छ। तल्लो कक्षाबाटै निर्माणात्मक मूल्यांकन पद्धतिलाई अवलम्बन गर्दै जानुपर्ने देखिन्छ ।

- नगेन्द्रराज पौडेल