अहिंसा अनेकान्त अपरीग्रहका अग्रदूत-भगवान् महावीर

आज भगवान् महावीर स्वामीको २५४५ औं निर्वाण उत्सवमा महवीरका केही चिन्तन ः

यो प्रकृतिको अटल नियम हो कि जब अत्याचार आफ्नो चरम सीमासम्म पुग्दछ, अधर्मले धर्मको मोहक बाना (भेष) पहिरेर जनतालाई भ्रमको बन्धनमा बाधिदिन्छ। तब कोही न कोही महापुरुष, समाज, राष्ट्र एवं विश्वको उद्धार गर्न जन्म लिने गर्दछन्। यस धरतीमा तत्कालनि दयनीय दशा पनि कुनै महापुरुषको अवतरणको प्रतक्षिा गरिरहेको थियो। अतः भगवान महावीरले यस धरतीको उद्दारका लागि तत्कालीन वेदेह र आजको बिहार -भारत) प्रदेशवर्ती वैशाली महानगरीको उपनगर क्षेत्रीयकुण्ड ग्राममा ज्ञात वंशी क्षेत्रीय राजा सिर्द्धार्थ  र रानी त्रिशलाको यहाँ जन्म ग्रहण गर्नुभयो। इतिहास चैत्र शुक्ल त्रयोदशीको यो पवित्र दिन हो। जुन चिरकालसम्म जनमानसमा अविस्मरणीय बनिरहनेछ। भगवान् महावीरको जन्मदिन हुने सौभाग्य यसै पवित्र दिनलाई प्राप्त भएको छ।

महावीर राजकुमारको चारैतिर सांसारिक सुख, वैभव, बिखरिएका थियो। यो सबै भए पनि महावीरको फेरि पनि वैराग्यमा रहन्थ्यो। भारतका धार्मिक तथा सामाजिक अवस्थाले उनलाई बेचैन बनाइदिन्थ्यो। क्रान्तिको प्रचण्डज्वाला भित्रभित्रै बलिरहन्थ्यो। हृदयमंगल चलिरहन्थ्यो अन्ततोगत्वा ३० वर्षको भरभराउँदो जवानीमा मंसिर र कृष्ण दशमीको दिन विदहको विशाल राज्य लक्ष्मीलाई छोडी पूर्ण अभिंचन भिक्षु बनेर निर्जन वनतीर आत्म साधनाका लागि जानु भयो। अतः १२/१४ वर्षको कठोर साधनापछि वैशाख शुक्लदशमीको दिन क्रजुवालुका नदीको तिरमा शाल वृक्षको मुनि ध्यानमुद्रामा महावीरलाई केवल ज्ञानको अखण्ड प्रकाश प्राप्त भयो। अब उनी तीर्थकरको भूमिकामा पुग्नु भयो।

मानिस जन्मले भगवान् हुँदैन। भगवान् पद प्राप्तिको लागि साधनाको विकट पथमा हिड्नु पर्दछ। जीवनलाई निष्कामा एवं निष्पाप बनाउनु पर्दछ। सेवा सद्भाव तथा संयमको उच्चतम साधना गर्नुपर्दछ। भगवान् महावीरको जीवनले हाम्रो समक्ष आध्याम्मिक विकास क्रमको उज्ज्वल आदर्श उपस्थित गर्दछ। महावीरको अहिंसा प्रधान तथा  सदाचार मूलका धमोपदेशले पृथ्वीको कायापलट भयो। हिंसक विधि विधानहरुमा लागेका ठूल्ठूला दिग्गज विद्वान पनि भगवान् महावीरको चरण पुजारी बने।

महावीरको धर्म संघमा जहाँ भिक्षुहरुको संख्या १४ हजार थियो त्यहँा भिक्षुणीहरुको संख्या ३६ हजार थियो। श्रावण १,५९,००० र श्राविकाहरुको संख्या ३,१८,००० थियो। स्त्री जातीका लागि भगवानको धर्म प्रवचनमा पनि महान् आकर्षण थियो। यसको अनुमान यी संख्याहरुद्धारा गर्न सकिन्छ। भगवानद्वारा तत्कालीन शुद्र जातिहरुको पनि उत्थानको महान अवसर प्रदान गरियो। उनी सर्वत्र एकमात्र सन्देश लिएर गए। मनुष्य जाति एक हो। (एगा मनुषा जाई) उँच नीचको छुवाछूतको सम्बन्धमा उनका विचार कर्ममूलक थिए। जाति मूलक थिएनन् । उनको उपदेश थियो कि मानिस जातिले होइन कर्मले महान हुन्छ।

महावीरले अहिंसा तथा अनेकान्तको उपदेशमा समाजलाई एउटा नयाँ दिशा एवं दृष्टि दिनुभयो। अहिंसाको अर्थ के हो ? अहिंसाको अर्थ हो हिंसाबाट मुक्त हुनु। हिंसाभन्दा माथि उठ्नु हिंसाको बिदाइ नै अहिंसा प्रकट हुनु हो। हिंसाको अर्थ हो मार्नु, पीडा दिनु दुःख दिनु।  मृत्यु र पीडा जगतका सबै प्राणीलाई त्यति नै अप्रिय छ। जति  हामीलाई अप्रिय छ। हामीलाई कसैले दुःख दिउन्, मारुन् भन्ने हामी चाहँदैनौ। त्यसैगरी सबै प्राणीहरु आफूलाई कसैले नमारुन् दुःख नदिऊन् भन्ने चाहन्छन्। हिंसा सम्पूर्ण जीवनका लागि अप्रिय छ, त्यसैले त्यो घोरपाप हो। त्यसैले त्याग्न लायक छ। संसारका सबै जीवात्माहरु बाँच्न चाहन्छन्।

अतः सबैलाई बाँच्न दिनु अझ सुखपूर्वक बाँच्न दिनु अहिंसा हो। समग्र रुपले अहिंसा विकास गर्नका लागि आत्म तुल्यतरको दर्शन विकास गर्नु आवश्यक छ। आत्मतुलाको अर्थ हो। संसारका सबै प्राणी म जस्तै हुन् भन्ने भाव कोही सानो छैन। कोही ठूलो पनि छैन। कुनै उँचो पनि र कुनै निच पनि छैन। सबै समान छन्। सबैमा त्यही चेतना प्रकाशित छ। जुन चेतना मभित्र प्रकाशित छ। जब हाम्रा हृदयमा आत्मातुलाको यो दर्शन विकसित हुन्छ।  हामी हिंसाबाट मुक्त हुन्छौं। वास्तवमा यहाँ अर्को कोही छैन, सबैतिर मेरै विस्तार छ भन्ने ज्ञान जब हुन्छ हिंसा असम्भव भइहाल्छ।

आध्यात्मिक जगतको सबैभन्दा पहिलो र सबैभन्दा मुख्य सूत्र अहिंसा नै हो यो संदेश भगवान महावीर स्वामीले प्राणी मात्रको लागि दिनुभयो।

अर्को सुज हो अनकेकान्त। अनेकान्तको अर्थ हो। प्रत्येक व्यक्ति वा वस्तुका अनेक गुणधर्म हुन्छन्। कुनै बस्नुको एउटा गुणधर्मलाई समातेर यो वस्तु एस्तै हो। भन्ने आग्रह गर्न थालियो भने त्यस्तो आग्रह गलत हुन्छ। दर्शन पूर्ण हुन्छ तर कथन पूर्ण नहुन सक्छ। त्यसैले सत्य द्रष्टाहरुले जे देखेका  छन्। त्यसलाई समग्र रुपमा जस्ताको त्यस्तै भन्न सक्दैनन्। यो भाषाको अक्षमता हो। यही भाषिक अपर्याप्तताले गर्दा कुनै महापुरुष का अनुयायीहरुले सत्यलाई खण्ड- खण्ड रुपमा ग्रहण गर्छन। र, आ-आफ्नो शक्ति र स्वभाव अनुसार जे कुरा सुनेका पढेका हुन्छन्। ती खण्ड सत्यहरुलाई नै परमसत्य भनेर घोषणा गरी दिन्छन्। सत्यका अरु अंशहरुलाई अस्वीकार गरिदिन्छन् किनभने तिनका बारेमा उनीहरुले पढेका वा सुनेका हुँदैनन्। यहीबाट आग्रह जमिन्छ। यहीबाट एकान्तवाद प्रवल हुन्छ थाल्छ।

अनेकान्तबाटको अर्थ हो, अखण्ड र समग्रको स्वीकृति अखण्डता र समग्रतालाई ग्रहण गर्नासाथ हामी विवादबाट मुक्त हुन्छौं। अहिलेको धार्मिक जगतमा वैमनष्यको भाव चरम उत्कर्षमा छ। विश्व इतिहासका हजारौं हजार पृष्ठ धार्मिक वैमनष्यताको परिणाम स्वरुप रक्तरञ्जित बनेका छन्। मेरै धर्म सत्य हो र त्रि्रो धर्म मिथ्या हो। वस यही आग्रहले गर्दा अनेकौं पटक विश्वमा रगतका खोलाहरु बगेका छन्। एउटै आग्रहले गर्दा। अतिकति विचार गरौं त धर्म भनेको विनाशका कुरो हो ? धर्म पनि विनाशको कारण बन्न सक्छ र – निश्चय नै धर्म विनाको कारण हुनै सक्दैन। तर यी सबै कुरा धर्म कै नाम भइरहेका छन्। यी सबै कुरा ती मानिसहरुले गरे, जसले धर्मलाई आफ्नो आग्रह बनाए। जसले खण्डित रुपमा धर्मलाई ग्रहण गरे बुझे।

धर्म त परम मंगलरुप छ। त्यो आत्माको स्वभाव हो। उसको आफ्नै स्वरुप हो। आत्मा न हिन्दू हुन्छ न मुसलमान हुन्छ। न इसाई हुन्छ। न पारसी। आत्मा आत्मा नै हो। त्यसैगरी धर्म पनि यी समस्त विशेषणहरुभन्दा माथि अखण्ड र अविभाजित परम प्रकाशमय तत्व हो। धर्मलाई अखण्ड र अविभाजित रुपमा नै आफूमा प्रविष्ट हुन दिऊँ। अनि हामी अनुभव गर्नेछौं। हाम्रो जीवन जन्म गाउन थाल्दैछ र समस्त जगत् नै जगमग जगमग बनिरहेको छ।

भगवान् महावीरका बहुमूल्यभन्दा पनि बहुमूल्य अवदानहरुमध्येको एउटा अवदान हो। अपरिग्रहको संदेश अपरिग्रह आत्मिक स्वतन्त्रताको उच्चतम उद्घोष हो। अपरिग्रह सम्राट हुने एउटा महानसूत्र हो। अरुलाई दास र आफूलाई तिनको मालिक बनाउन चाहन्छन्। तर सम्राट बन्ने यस अभियानमा स्वयं गुलाम बन्न पुग्दछन्। जसलाई केही चाहिँदैन जो कहीबाट पनि बाँधिएको हुँदैन जो स्वयंमा सन्तुष्ट छ। त्यही व्यक्ति नै वास्तवमा परिग्रही त्यो हो जो आफैमा सन्तुष्ट छैन। तर विचारणीय कुरा के छ भने जो स्वयं आफ्नै मालिक बन्न सकेको छैन त्यो अरुको मालिक कसरी बन्न सक्छ। मानिस स्वयं आफ्नो दास छ। आफ्नै वासना र आकांक्षाहरुको दास छ। त्यही दासताका कारण उसले अरुलाई आफ्नो दास बनाउन चाहन्छ। तर अरुलाई आफ्नो दास बनाउन खोज्दा-खोज्दै ऊ स्वयं अरुको दास बन्न पुग्छ।

आत्मविस्मृतिले हामीलाई परिग्रहका लागि उत्प्रेरित गर्छ। जब हामी आत्मसम्पदाबाट खाली हुन्छौं, अनि बाहिरी सम्पदाले आफ्नो झोली भर्न चाहन्छौं। आत्मस्मरणको क्षणले हामीलाई आत्मको अमर सम्पदाको पहिचान गराउँछ। अनिमात्र हामी बाहिरी नम्बर सम्पदाको आकर्षणबाट मुक्त हुन्छौं। भगवान् महावीरले जब आत्मसम्पदाको परिचय पाए। उनको समस्त परिग्रह समाप्त  भयो। उनी आफूभित्रै महान सम्राट बन्न पुगे।  आफ्नो सम्राट बन्नु नै परम गौरवको विषय हो। बाहिरको सम्राट बन्ने दौडमा लाग्दा हामी अझ बढी गुलाम बन्न पुग्छौं। आफ्ना गुलामहरुको पनि गुलाम बन्न पुग्छौं।

भगवान् महावीरले ३० वर्षको उमेरमा दीक्षा लिनु भयो। ४२ वर्षमा केवल ज्ञान र पूर्ण ज्ञान प्राप्त भएपछि ७२ वर्षको उमेर परिनिर्वाण मोक्ष प्राप्त गर्नुभयो। अन्त्यमा २५४५ औं वीर निर्वाण उत्सवसहित शुभ दीपावलीको हार्दिक शुभकामना।

- नेपाल केसरी डा.मणिभद्र मुनिजी महाराज