अलौकिक अवतार- कृपासिन्धु भगवान श्रीकृष्ण

जब जब यस भूभागमा धर्मप्रति आघात हुन्छ र धर्मको ग्लानी हुँदै जान्छ। त्यस अवस्थामा धर्मको रक्षा गर्नका लागि परमात्माले अवतार लिएर यस भूभागमा आउने कुरा गीता लगायत हाम्रा शास्त्रहरुले बताएका छन। यसरी नै गीताको चौधौ अध्यायमा भनिएको छ।

परित्राणाय साधूनां विनाशायच दुष्कृताम्र्

धर्म संस्थापनार्थाय संभवामि युगे युगे

यहाँ अवतार लिनुका मुख्य ३ ओटा कारण बताइएको छ।

(क)  साधुजनको  रक्षा गर्न

(ख)   दुष्टहरुको संहार गर्न

(ग)   धर्मको स्थापना गर्न

इतिहासको कालखण्डको घटना क्रमलाई अध्ययन गर्दा समय समयमा भगवानको अवतार भएको पाइन्छ। यही सिलसिलामा आठौँ अवतारको रुपमा भगवानले कृष्णको अवतार लिनु भएको पाइन्छ। हाम्रा सबै अवतारहरुले माथि उल्लेख गरिएका ३ ओटा काम सम्पन्न गरेका छन् भने यी अवतारहरुमा कृष्ण अवतारमा गीता रुपी दर्शन दिएर जानुभएको छ। माथि उल्लिखित ३ ओटा कारणको विवेचना गरौँ।

 साधुजनको रक्षा गर्न र दुष्टको संहार गर्न

जुन बेला भगवानको कृष्ण अवतार भएको थियो त्यस बेला अन्याय अत्याचार व्याप्त थियो। कंसले आफैलाई भगवानको रुपमा स्थापित गर्ने कोशिश गरेको थियो र सत्य, न्याय र विवेकको मार्गमा हिड्ने साधुजनलाई प्रताडित गर्ने गर्दथ्यो। उसले आफ्नै पितालाई कारागारमा राखेको थियो। अरुले दुख पाएको देखेर उ खुसी हुन्थ्यो। यसै गरी दुयोर्धन, जरासन्ध लगायतका शासक शक्तिको आडमा अन्धा बनेका थिए। अतः धर्म अनुरागी सत्यवादी व्यक्तिहरुले आफ्नो आस्था जेगाउन पनि कठिन थियो। त्यसकारण साधुजन तथा इश्वरका भक्तहरुको रक्षागर्न भगवानको अवतार भएको हो। सत्य र न्यायको मार्गमा हिड्ने पंचपाण्डव को रक्षा भएको थियो। महाभारतको युद्धद्वारा दुष्टहरुको समग्र रुपमा नाश भएको थियो।

धर्मको संस्थापन गर्न

वास्तवमा धर्म भनेको जीवन पद्धति हो। जसरी हावा र पानी बिना मानिस  वाँच्न सक्दैन त्यसरी नै धर्म बिना जीवन पद्धति राम्रोसंग चल्न सक्दैन हावा र पानीमा विकार पैदा भएमा वा यसले आपुूर्तिमा  व्यवधान  भएमा संसारमा  ठूलो अवोरध पैदा हुन्छ। त्यसरीनै धर्मको गति अवरुद्ध भएमा जीवन र जगतमा व्यवधान   पैदा हुन्छ। त्यसकारण त्यस किसिमको व्यवधान नहोस भन्ने दृष्टिकोणले धर्मको संस्थापन गर्नु पर्ने हुन्छ। भगवानका हरेक अवतारमा यस किसिमको काम भएको छ। दुष्टहरुको संहार गरेर पून सनातन धर्मलाई जगेर्ना गर्ने काम भगवान कृष्णबाट भएको थियो।

भगवानका अवतारहरु  मध्ये कृष्ण अवतारलाई विशेष महत्व दिइएको छ। भगवानले कृष्ण  अवतारमा जस्तो लीला गर्नुभयो त्यो अद्भूत छ। भगवान ले माथि उल्लेखित ३ ओटा कार्य गर्नुको साथै गीताको माध्यमबाट  शाश्वत्  दर्शर्न व्यक्त गर्ने भएको छ। त्यसकारण भगवान कृष्ण र गीता पर्यायवाची शब्द भएका छन्। भगवानले म गीतामा छु भन्नुभएको छ। गीताको अनुशीलनबाट नै मलाई प्राप्त गर्न सकिन्छ  भन्नु भएको छ। गीतामा वेद उपनिषद् पुराण तथा नीतिहरुको सार छ।

त्यसकारण गीताको अध्ययन मनन् र चिन्तन गरेमा सम्पूर्ण शास्त्रहरुको सार जान्न सकिन्छ। ५ हजार बर्ष अधि व्यक्त भएको  यो दर्शनले अझ व्यापकता पाएको छ । विश्वमा विभिन्न भाषामा यसको अनुवाद र व्याख्या  भएको पाइन्छ। पाश्चात्य दार्शनिकहरु म्याक्स मुलर शोपेन हावर। आर्नोल्ड जस्ता विद्धानहरुले मुक्त कण्ठले गीताको प्रशंसा गरेका छन्। पूर्वीय जगतका ऋषिमुनि, सन्त साधक सबैले गीताको अनुशीलन गर्दै आएका छन्। हिन्दु मात्र होइन इर्साई, मुसलमान, शिख, जैन आदि धर्मावलम्बीहरुले पनि गीताको अध्ययन गर्ने गर्दछन्। भारतका राष्ट्रपिता महात्मा गान्धिले गीताबाट नै प्रेरणा प्राप्त गरेका थिए भने भारतका पूर्व राष्ट्रपति डा. अब्दुल कलाम गीताको नित्य अध्ययन र चिन्तन गर्दथे।

त्यसो भए गीताको महत्व वढ्नुको मूलकारण के हो भन्ने प्रश्न उठ्न सक्छ। गीताको बारेमा प्रशस्त व्याख्या भइसकेका छन् र हुने छन्। गीतालाई भक्ति, योग, ध्यान, ज्ञान, कर्म आदि विभिन्न साँचोमा ढालेर व्याख्या गरिएको छ। गीता यस्तो शास्त्र हो, जसलाई जुनसुकै वर्गले अपनत्व ग्रहण गर्न सक्दछ। संक्षेपमा भन्न पर्दा गीतामा निम्न कुराको व्याख्या गर्ने गरिएको पाइन्छ।

१ जीवन, जगत, आत्मा र परमात्माको परिचय र स्वभाव

२ दुख र सुखको उत्पत्ति कारण

३ कर्मयोग, भक्तियोग ज्ञानयोग,ध्यान योगको परिचय

४ भक्त र  भगवानको सम्वन्ध

५ बन्धन र मोक्षको कारण

६ भगवान को शरणागति हुने उपाय

७ आनन्दको मार्ग

यी सबै प्रश्नको जवाफ गीतामा पाइन्छ । भगवान कृष्णको व्यक्तित्व अद्भूत  थियो भगवान र भगवानका अवतारको अस्तित्व सदा सवदा कायम हुन्छ अवतारको  अस्ति यस संसारमा नभएपनि जुनसुकै बेला र जहासुकै अवतार प्रकट हुन भक्तलाई दर्शन दिन सक्नु हुन्छ। भगवानका लीलाहरु हरेक दिन घटिरहेका हुन्छन्। त्यसबेला मात्र र्सार्वजनिक रुपमा प्रकट भएका हुन्छन् परमात्मा योगेन्द्रबाट योगीको आत्मकथामा उल्लेख भए अनुसार सन् १९०० तिर मुम्बैको रेजेन होटलको  एक रात ध्यान गर्दाको अवस्थामा स्वामी योगानन्द परमहंसले भगवान  कृष्णको सशरीर दर्शन पाएका थिए।

परमहंसले आफना मित्रहरुलाईसमेत दर्शन गराएका विभिन्न भक्तहरु जस्तै हरिपाद, चैतन्य महाप्रभु, मीरा वाई, शिवपुरी बाबा, माहात्मा गान्धी,  सुरदास, भक्त नारी स्नेहलता,रुद्र स्वामी,सनातन स्वामी आदि  साधु एवं सन्तहरुले भगवान  कृष्णको प्रत्यक्ष दर्शन प्राप्त भएको कुरा पुस्तकहरुमा  वर्णन गरिएको छ। भगवान कृष्ण सर्वव्यापी  नभई भगवान भक्तको आर्तनाद पुकार र दुख हेरेर बस्न सक्नु हुन्न । हालैको ५० बर्षमा घटेका घटनाहरुमा पनि यस्ता धेरै घटना छन् जसमा भगवानको प्रत्यक्ष कृपा प्राप्त भएको छ ।

भनिन्छ अवतारमा कृष्ण अवतार अत्यन्त दयालु हुनुहुन्छ । कसैले उहाँको आहवान र वन्दना गरेमा भगवानले कुनै न कुनै संकेत गर्नु हुन्छ। विश्वमा भगवान कृष्णको भक्तिको माध्यमबाट कृष्ण प्राप्त गर्ने उद्देश्य राखी विभिन्न धार्मिक संस्थाहरुबाट संचालित छन् यसमा प्रभुपादद्वारा स्थापित अन्तर्राष्ट्रिय  कृष्ण भावनामृत संघ, स्वामी नारायण सम्प्रदाय, राधास्वामी,  रामचन्द्र आदि रहेका छन्। त्यसो भए भगवान  कृष्णको उपासना गर्न वा कृपा प्राप्त गर्न  के  गर्नुपर्दछ भन्ने जिज्ञासा आउन सक्दछ यसका लागि धेरै उपाय भएपनि मुख्यगरी निम्न उपाय अपनाउन सकिन्छ।

१ सदगुरुको पहिचान, छनौट र शिक्षा ग्रहण

२ पात्र बन्नको लागि यम नियमको पालना

३ गुरुको निर्देशिका अनुसार जप, ध्यान कर्म तथा अनुष्ठान गर्ने

४ भगवानमा विना शर्त समर्पित हुने

५ भगवानमा श्रद्धा र भक्ति राख्ने

६ निरन्तर जप र प्रार्थना गर्ने

यसरी भगवानमा समर्पित भएर साधना गर्‍यो भने अहिले पनि भगवानको दर्शन र कृपा प्राप्त हुन सक्छ, यो असम्भव छैन। त्यसैले जन्माष्टमी पवोर्त्सव जस्ता पवित्र पर्वहरुले हामी लाई यस  कुरामा प्रेरणा दिने गर्दछ।

भगवान कृष्णको व्यक्तित्व अद्भुत थियो। उहाँमा कर्मयोगी, ज्ञानयोगी, ध्यानयोगी, कर्मसन्यासी, लडाकू, कुटनीतिज्ञ, दार्शनिक, राजनीतिज्ञ आदि विभिन्न व्यक्तित्व समाविष्ट थियो।  भगवान वा भगवानका अवतारको अस्तित्व सदा सदा कायम हुन्छ। अवतारको शारीरिक अस्तित्व यस संसारमा नभए पनि जुनसुकै बेला र जहाँसुकै स्थानमा अवतार प्रकट हुन र भक्तलाई दर्शन दिन सक्नुहुन्छ। भगवानका लीलाहरु हरेक दिन घटिरहेका हुन्छन्, त्यस बेला थोरै मात्र र्सार्वजनिक रुपमा प्रकट भएका हुन्छन्।

- विष्णु प्रसाद श्रेष्ठ