अर्धनग्न प्रदर्शनको सन्देशः नारी अस्मिताको रक्षा

नयाँ मुलुकी संहितामा प्रेस स्वतन्त्रता अंकुश लाग्ने प्रावधानको विरोधमा एक युवा सिंहदरवारको गेटमा निर्वस्त्र भएर उभिए। उनी नाङगै नभएको भए शायदै उनीप्रति अरुको ध्यान जान्थ्यो होला। उनले आफ्नो उद्देश्य अनुसारका केही नारा पनि घन्काए। प्रहरीले उनलाई तत्काल पक्डाउ गर्‍यो। यहाँसम्म उनको बारेमा थाहा पाइएको हो। त्यस बाहेक उनको सबन्धमा केही जानकारी छैन। सायद उनी विरुद्ध सार्वजनिक स्थलमा अश्लीलता प्रकट गरेको मुद्दा चलाउँदै होला सरकार।

यसको एक दुर्इ दिनपछि माइतीघर मण्डलामा केही महिलाहरु, खासमा सबैं युवतीहरु थिए, उनीहरुले अर्धनग्न प्रदर्शन गरे। खास केही संवेदनशील अ· छोपिएका थिए। अरु त एक्स्पोज थिए। उनीहरुका कोमल अ·हरु दृश्यमान थिए। उनीहरुको घोषित उद्देश्य हो मुलुक भर नारी बलात्कृत भएकाछन्। किशोरीहरुको सुरक्षा छैन। बालिका पनि यस्तो कुकृत्यबाट पीडितछन्। त्यस्ता कुकर्मीलाई पक्डाउ गरिनु पर्‍यो  र, बलात्कारीलाई फाँसीको सजायको कानूनी प्रावधान पनि उनका माग मध्ये एक हो।

यो अर्धनग्न जुलुसमा केही युवाहरु पनि सहभागी थिए। प्रहरीले प्रदर्शनकारी महिलाहरुलाई पक्डन समाउँदा यता युवाहरुले भने तिनीहरुलाई तानिरहेको दृश्य पनि थियो। प्रदर्शनकारीको संख्या ठूलो थिएन। उनीहरुको माग, उनीहरुले आफ्ना नारामा उठाएका कुरा भने निश्चयनै महत्वपूर्ण हुन। यद्यपि, पीडक, अपराधकर्मीलाई मृत्युदण्डको कानूनी प्रावधान संबन्धमा भने नेपालको संविधानले नै निषेध गरेको यो विषयमा अब पुनः पछाडि र्फकने कुरामा विमति रहनसक्छ।

अर्धनग्न प्रदर्शनले ठूलै राष्ट्रिय चर्चा पाएको छ। अन्तर्राष्ट्रिय जगतमा चर्चित रहेको र संचारमाध्यममा निकै व्यापक प्रभाव राख्ने कतारमा मुख्य स्टेशन रहेको अलजजिरा टेलिभिजनमा पनि काठमाण्डौको यो प्रदर्शनले छायाँङ्कन सहितको स्थान पाउनु प्रचार प्रसारको दृष्टिबाट प्रदर्शनकारी र आयोजकको ठूलै सफलता  हो। किनभने, नाङगै नभई सरकारले सुनेन, देखेन, माग संबोधनमा सरकार गंम्भीर भएन। यही भनाइ हो प्रदर्शकारीको।

प्रदर्शनको मुख्य उद्देश्य मूल माग भनेको बलात्कारीलाई कडा कारवाही, मृत्युदण्ड दिने कुरा हो  र, हो महिलाहरुको सुरक्षाको विषयमा सरकार गम्भीर हुनु पर्ने कुरा। तर यो प्रदर्शनपछि हाम्रो छलफल, सामाजिक विमर्श भने अन्तै मोडियो। विषयान्तर भयो। अहिले छलफल केमा केन्द्रित छ भने महिलाहरुले यसरी अर्धनग्न भएर प्रदर्शन गर्नु पूर्र्वीय संस्कृति र सभ्यता अनुकूल हो कि होइन – पश्चिमा नक्कल गर्न मिल्छ कि मिल्दैन, सुहाउछ कि सुहाउँदैन – आदि।

नारी प्रदर्शनले माग गरेको विषय नारी अस्मिताको रक्षा हो। सरकारी निकाय, खास गरेर सुरक्षा निकायहरु घरेलु हिंसामा परेका बलात्कारको शिकार  भएका पीडित महिलाहरुको सुरक्षा र पीडकलाई कानूनको दायरामा ल्याई दण्ड दिलाउने कार्यमा नै उदासीन छन्। यो आम गुनासोको विषय बनेको छ। महाकालीको कन्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको विषय पनि पेचिलो बन्यो। यसले राष्ट्रिय मात्रै होइन अन्तर्राष्ट्रिय आयाम  लिएको छ- भारतको दामिनी -दिल्ली शहरमा बसमा यात्रा गरेकी एक किशोरी, जसलाई बलात्कार पछि हत्या गरिएको थियो)  हत्याकाण्ड झैं भएको छ यो निर्मला पन्त केस।

अपराध कर्ममा जेलपरेर छुटेको, मानसिक सन्तुलन गुमाएको एक स्थानीय व्यक्तिले यी किशोरीलाई बलत्कारपछि हत्या गरेको भन्ने प्रहरीको फर्मूलासँग यहाँको आम जनता सहमत छैनन्। दिनहुँ जुलुस निस्केकाछन् र जनसहभागिता बढ्दै छ। यसले प्रहरी प्रशासनप्रति जनविश्वास गुम्दै गएको कुरा पनि प्रतिध्वनित गर्दछ। प्रदेशको मात्रै होइन, केन्द्रको ओली सरकार पनि देख्दैन, सुन्दैन-यी अति संवेदनशील विषहरु। महिलाहरुको अर्धनग्न प्रदर्शनले अन्धो र बहिरो सरकारलाई लज्जाबोध गराउन सक्नु पर्ने हो तर सुनियोजित तवरमा विषयान्तर गराउन खोजिएको छ। महिला प्रदर्शनलाई अवमूल्यांकन गर्ने कोशिश भएको छ।

अर्धनग्न त देखिएकै विषय हो। खासमा दुर्इ किसिमका अर्धनग्नको परिदृश्य उल्लेख गर्न सकिन्छ। पहिलो, धनीमानी घरानाका युवतीहरु देखिन्छन्। कट्टु भन्न सुहाउने वस्त्र तल्लो परिधान हुन्छ, पूरै साँप्रा देखाएका हुन्छन्। तल र माथि स्तनसम्म छोपिने वस्त्र लगाएर स्कुटरमा सवार देखिन्छन्। अर्का गरीब महिलाहरु, विचरा डकर्मीको काम गर्छन्, पातलो एकसरो लगाएका छन्। घाम पानी भन्नु छैन। ढु·ा, इटा, बालुवा, गिटी बोकेका छन्। कवि शिरोमणिको कविता चरितार्थ गर्ने?

‘काढी तरक्क पसिना दिनरात डोको

बोके पनि उदर गर्त रहन्छ भोको।’

दिनभरी श्रम गरेर आफ्ना लालाबालालाई बँचाएकाछन्। आफू भने आधापेट खाने,आङ्मा आधासरो वस्त्र लगाएर लाजसम्म छोप्ने यसरी जिन्दगी बिताएका छन्।

हाम्रो सामाजिक विमर्श, राष्ट्रिय छलफल यो विभेद  अन्त्यतिर कहिल्यै गहन रुपमा गएन। तर, एउटा अर्थपूर्ण विरोध प्रदर्शनको अवमूल्यन गर्न भने बौद्धिक मानिएकाहरुले तँछाड मँछाड गर्नु विस्मयकारी कुरा हो।

नारीका पीडा पूर्र्वीय र पश्चिमा भन्ने छैन। भूमण्डल भरी नै केही कुरा समान छन्। अहिले नै पश्चिमा जगतमा हल्लीखल्ली मच्चिएको छ। क्याथोलिक धर्मका सवोर्च्च धर्माधिकारी पादरी सानप्र|mान्सिस्कले सयौं युवतीहरुलाई यौन दुर्र्व्यवहार गरेको कुरा तरोताजा प्रकाशमा आयो। यिनी मात्रै होइन, कैयौं इसाई धर्म गुरुहरुले बालिकाहरुमाथि यौनशोषण, अप्राकृतिक यौन दुष्कार्य गरेका कुरा उद्घाटित भएपछि सभ्य भनिएको यो समाजको जग पनि हल्लिएको छ।

त्यसैले, पूर्र्वीय र पश्चिमी संस्कृति सभ्यताको विमर्श पछि फुसदमा गर्दै गरौला। अहिलेको जरुरी आवश्यकता भनेको पीडित निर्मला पन्तहरुको चित्कार तथा क्रन्दन सुन्ने कि कानमा तेल राखेर बस्ने ? पाशविक बलात्कार र हत्या भएका निर्मला पन्तहरुको शव देख्न आँखा खोल्ने कि पट्टी बाँधेर बस्ने – त्यो तीनै तहका सरकारको घुम्ने मेचमाथि बसेकाहरुलाई एउटा चुनौती हो माइतीघर मण्डेलाको प्रदर्शन। यो बोध हुनुपर्‍यो।

- तिलक पराजुली