अच्युत र उज्ज्वल चरित्रका कर्ण

गत महिनाको अन्तिम शुक्रबार महाभारतका कुनै एक पात्रको सम्बन्धमा लेख्नुपर्ने। भारतीय प्रधानमन्त्री मोदीको जनकपुरबाट शुरु भएको नेपाल भ्रमणले मेरो ध्यान त्यतै गयो। त्यसैले भ· गरेको क्रमलाई आज जोड्दै छु।

यसपटक दानवीर कर्णो सम्बन्धमा लेख्दैछु। महाभारत गहिरो अध्ययन गर्ने, यसका पात्र र उनीहरुका वृत्ति तथा प्रवृत्ति, कर्म र पराक्रम आदिलाई मिहिनरुपमा केलाउनेहरुले कर्णाई महाभारत रुपी आकाशका ‘उज्ज्वल तारा’ मान्छन्। तुलनात्मक रुपमा सबैभन्दा निष्कपट, वचनमा प्रतिबद्ध, निष्कलंकित एवं वीरयोद्धा हुन्, उनी।

जन्मदेखि नै ठगिएका छन्। हेपिएका छन्। र, परित्यक्त भएका छन्। महाभारतका सबै उल्लेख्य पात्रहरु राजघरानासँग सम्बन्धित छन्, अभिजात्य वर्गका छन्। हुन त कर्णईश्वरीय पिता र राजकुमारी आमाका जैविक सन्तान हुन्। तर, जिन्दगीभर ‘सूतपुत्र’ (अछूतको छोरा) उनको सामाजिक चिनारी बन्यो।

सबैद्वारा ठगिएका कर्णाई मूल चरित्र नायक बनाएर धेरै साहित्यकारहरुले आख्यान लेखेका छन्। सुप्रसिद्ध साहित्यकार रमेश विकलले कर्णाई केन्द्रीय पात्र बनाएर एउटा पूर्णाङ्की नाटक लेखेका छन्। ‘मिल्किएको मणि’ नामक यस नाटकमा कर्णा वीरता र पीडा दुवै देखाएका छन्-उनले।

अको, बडो उच्चकोटीको उपन्यास लेखेका छन्-राजेश्वर देवकोटाले। ‘द्वन्द्वको अवसान’ नाम दिइएको यो उपन्यास महाभारतको युद्ध समाप्त भएपछि युधिष्ठिर स्वयंले कर्णाई हस्तिनापुरको सम्राट घेाषणा गरेर द्वन्द्वको अन्त्य गरिएको छ। ‘द्वन्द्वको अवसानमा’ जनकलाल शर्मा र डा. वासुदेव त्रिपाठीका लामा-लामा तर पढ्दा पट्यार नलाग्ने रोचक तथा विचारोत्तेजक भूमिका छन्। कर्णा गुण गौरवहरु यी भूमिकामा मोहक तवरमा अंकित गरिएका छन्। यी दुवै कृति साझाका प्रकाशन हुन्।

कर्णो जन्म र त्यसपछिका उपक्रम :

राजा कुन्तीभोजको दरबारमा दुर्वासा ऋषि केही दिनका लागि पाहुना हुन आएका थिए। दुर्वासा ऋषिको मन्त्रशक्ति अपरिमित छ। यिनको स्वभाव चाँडै रिसाउने र चाँडै खुशी पनि हुनेछ। उनी रिसाएर श्राप दिए भने राजा त के राज्य नै ध्वस्त पनि हुन सक्छ। दुर्वासाका यी भयावह गुण-अवुणसँग परिचित राजाले उनको सेवाका लागि कुनै भृत्य, नोकर नोकर्नीसँग भर नपरेर छोरी कुन्तीलाई नै खटाए।

कुन्तीले बडो सतर्कता र तन्मयताका साथ ऋषिको सेवा गरिन्। उनको सेवाबाट खुशी भएका दुर्वासाले कुन्तीलाई पाँच अमोघ मन्त्रदान गरे र भने-‘तिमीले बडो पवित्रता र निष्ठाका साथ यो मन्त्र जप गरेर जुन देवताको दर्शन गर्न चाहनेछौ ती प्रकट हुनेछन्। स्त्रीहरु जुन कुराको लागि प्रायः लालायित हुन्छन्, त्यो यो मन्त्रले पाउने छौं।’ दुर्वासा दरबारबाट बिदा भएर हिंडे।

ऋषि त हिंडे, तर कुन्तीको भने मन चञ्चल भयो-के यो मन्त्रको शक्ति दुर्वासाले भनेझैं होला ? एक त किशोरी त्यसै मन र तन चञ्चल हुने अवस्था नै हो। उनले मन्त्रशक्तिको जाँच, पारख गर्न दुर्वासाले भनेझैं जप गरिन् र, सूर्यदेवको स्मरण गरिन्। जाज्वल्यमान तेजका साथ सूर्यदेव उनका अगाडि उपस्थित भए। सोधे-‘पृथा मलाई किन सम्झ्यौ -’ कुन्ती आत्तिइन्। उनले विष्मयका साथ भनिन्, ‘प्रभु! यो फगत मन्त्र परीक्षणको परिणाम हो, हजुरलाई दुःख दिएँ, फिर्ता सवारीहोस्।’ तर, मानेन सूर्य त्यसै र्फकन। दुर्वासाले भनेकै थिए मन्त्र दिँदा-‘स्त्रीहरु प्रायः जुन कुरा पाउन लालायित हुन्छन्, त्यो पाउने छौ।’ यो सांकेतिक कुरा शायद कुन्तीले बुझेकी थिइनन्।

सूर्यदेवले कुन्तीको कुमारित्वलाई पूर्णविराम दिएर फर्के। यता, अविवाहित कुन्तीलाई भने ठूलो झन्झट र फसाद आइपर्‍यो। उनको पेटको बच्चा बढ्दै गयो। कथामा भनिएको छ, नौ महिनासम्म उनी आफ्ना केही भरोसा गर्न लायक सुसारे र साथीहरु बाहेक अरु कसैसँग भेटिइनन्।

नौ महिनापछि कुन्तीले बच्चा जन्माइन्। जन्मदै छालामा टाँसिएको स्वर्णडित कवच र कानमा कुण्डलसहित जाज्वल्यमान साक्षात् सूर्यदेवकै ‘लघु संस्करण’। तर, यस्ता साक्षात् देवतुल्य शिशुलाई जन्मँदासाथ फ्याँकी दिने तानाबाना, बन्दोबस्त नजन्मदै तयार थियो। कुन्तीको विवशता थियो-अविवाहित आमाको बच्चा दुराचार, दुश्चरित्रको जीवित प्रमाण हुन्थ्यो। उनी चरित्रहीन ठहरिने थिइन्। त्यही लोक लाज बचाउन सुरक्षित बाकसमा प्याक गरेर यो बच्चा नदीको प्रवाहमा समर्पण गरियो। नदीका ज्वारभाटाहरुको सामना गर्दै यो बाकस तैरिँदै गयो, अज्ञात स्थलतर्फ।

सूतपुत्र हुने नियति :

अधिरथ तल्लो जातिको भए पनि राजा धृतराष्ट्रको सारथि हुनका कारण सम्पत्तिको उनलाई कमी थिएन। तत्कालीन चलन, युद्धमा बाहेक सारथिको काम नीच जातिकेा पेशा थियो। अधिरथकी श्रीमती राधाको कोखबाट एउटा पनि बच्चा नजन्मिँदा, काख रित्तो रहँदा आफैलाई धिक्कार्थिन्। बडो शून्य थियो, उनको जीवन।

एक दिन अधिरथ नदीतिर गए, सदाझैं घुम्न र पाए माछा पनि समात्न। उनले एउटा कुनै वस्तु बग्दै आएको देखे। पहिले त उनलाई लागेको थियो यो कुनै बालकको लाश बग्दै आएको होला। तर, नगिच आएपछि देखे एउटा चम्किलो बाकस बग्दै आएको छ, एउटा पानीले नभिज्ने पेटी। समाते यसलाई जसो तसो। बाकस खोलेर हेर्छन् त उनी चमत्कृत भए-एक जीवितमात्रै होइन, जाज्वल्य बच्चा, देदीप्यमान अनुहारको।

राधा घर भित्र भान्सामा व्यस्त थिइन्। अधिरथले चिच्चाए-‘राधा त्रि्रो लागि बच्चा ल्याइदिएको छु।’ राधालाई लाग्यो होला बाँझी आइमाई ठानेर पतिले पनि व्य· गरे। यस्तै वचन बोलेकी छन्, उनी। तर, पछि उनकै बहिनीले बताएपछि उनी बाहरि आउँदा आर्श्चर्यचकित बनिन्। अब यो बच्चा ‘राधापुत्र’ भयो, एउटा ‘सूतपुत्र’। कानमा कुण्डल जडित सुन्दरता देखेर राधाले नै छोराको नामाकरण गरेकी हुन् ‘वसुषेण’। कर्णत पछि दानशीलताका कारण भनिन थालिएको हो। वसुषेण बढ्दै गयो। कुण्डल कवचधारी त्यसै पनि आकर्षक। सूतपुत्रलाई शस्त्र विद्या सिकाउने कसले ! आफ्नै मेहनतले अस्त्र-शस्त्र खेलाउन पनि सिक्यो। आत्मविश्वास भने भरपूर थियो-वसुषेण अर्थात् कर्णा। धीर गम्भीर पनि थिए।

दुयोर्धनसँग मित्रता :

कौरव र पाण्डव कुमारहरु शस्त्र विद्यामा कति पारंगत भए भन्ने कुरा बुझ्न हेर्न एउटा विशाल सार्वजनिक समारोहको आयोजना हुन्छ। त्यसमा दुयोर्धन र भीमबीचको गदायुद्धले शत्रुताकै रुप लिन थालेपछि आचार्य द्रोणले बीचमा नै रोकिदिन्छन्। अर्जुनको एकल अस्त्र अभ्यास अद्भूत रहन्छ। एकै छिनमा आगो बालिदिन्छन्-आग्नेयास्त्रले। तत्काल पानीको वर्षा पनि गराउँछन्। यो प्रदर्शनबाट चकित र मोहित अपार संख्यामा उपस्थित दर्शकले अर्जुनको जयकार एवं प्रशंसा गर्छन्। अर्जुनको यो बढ्दो यश र साखबाट व्यथित, क्रोधित छन्-दुयोर्धन।

कुमारहरुको शस्त्रास्त्र कला प्रदर्शनको यही उत्तरार्धमा एक युवक धनुषवाणका साथ अर्जुनसँग प्रतिष्पर्धाको हाँक दिँदै रंगभूमिमा खडा हुन्छन्। सबैको, दर्शक दीर्घाका जनहरु र मञ्चासीन राजारानी, गुरुहरुको ध्यान यिनैमाथि केन्द्रित भयो। युवकको जाज्वल्यमान अनुहार र आत्मविश्वास देख्दा सबै चकित पनि छन्। यत्तिकैमा मञ्चबाट आचार्य द्रोणले भन्छन्-राजकुलका बाहेक अन्यसँग राजकुमारको प्रतिष्पर्धा हुँदैन। यही खलबल हुँदै गर्दा सारथि अधिरथको छोरा हुन्, यी युवक एक सूतपुत्र भन्ने पनि खुल्छ। तर, कुन्तीले चिनिन् यिनलाई। उनी मञ्चमै बेहोस् भएकी छन्।

यी युवकको शूरता र वीरता पहिचान गर्न सके दुयोर्धनले । पाण्डवसँगको आफ्नो दीर्घकालीन द्वन्द्वमा एउटा भरोसाको आधार माने। यी कर्णाई सूतपुत्र होइन, त्यहीँ तत्काल उनले अंगदेशको राजा घोषणा गरेर अभिषेक पनि गराए। दुयोर्धनले दिएको यो सम्मानले कृतार्थ भएका कर्णआजीवन दुयोर्धनसँगको मित्रतामा प्रतिबद्ध रहे।

श्रीकृष्णले लामो र भावुक संवाद गरेका छन् कर्ण’ग ‘दुयोर्धनलाई छाड र पाण्डव पक्षमा लाग’ भनेर। कर्णो दृढ प्रतिज्ञा थियो। बिहान स्नानादि कर्म गरेर जब उनी तप जप पूजामा बस्छन्, प्रायः यो मध्यान्हसम्म चल्छ, यतिबेला उनीसँग भएको जे मागे पनि उनले दान दिन्थे। यो थाहा थियो-कुन्तीलाई। एक दिन उनी यही मुहूत पारेर गोप्य रुपमा कर्णाई भेट्न आइन्। आग्रह गरिन्-पाण्डव पक्षमा लाग्न। आफू आमा भएको पनि बताइन्। लामो र भावुक संवाद भएको छ यी दुर्इ आमा छोराबीच। कुन्तीले कर्णो शिर मुसार्दा उनले भनेका छन्-‘जन्म दिने आमाको स्नेह कस्तो हुन्छ भन्ने आज मलाई अनुभव भयो।’ आखिर, कुन्तीलाई वचन दिए-‘अर्जुन होइन अन्य कुनै भाइलाई घातक प्रहार नगर्ने र युद्धमा अर्जुन मारिए भने आफू पाँच पाण्डव मध्ये एक हुने।’ कर्णे कुन्तीलाई यो पनि संकेत दिएका छन्र्-अर्जुनको सारथि कृष्ण स्वयं भएकोले अर्जुन बाहेक बरु आफै युद्धमा मारिने छन्। यी सबै कुराका बाबजुद दुयोर्धनसँगको मित्रता उनको लागि ठूलो छ। अखण्ड हस्तिनापुर साम्राज्यको सम्राट बन्ने कृष्ण र कुन्तीको प्रस्ताव र प्रयास दुयोर्धनसँगको मित्रताको वचनबद्धताले पराजित भएको छ। श्रीकृष्णको दैवी शक्ति कर्णे नबुझेका होइनन्। उनले कृष्णलाई भनेका छन्-‘व्यक्तिको जन्म र मृत्युबाहेक यो बीचको जिन्दगी कसरी जिउने उसको स्वतन्त्रताको कुरा हो।’ कर्णो यो जवाफ वैयक्तिक स्वतन्त्रताको ठूलो उद्घोष हो।

परशुरामको श्राप, इन्द्रको कपट र युद्धमा पराक्रम :

एउटा संयोग के छ भने महषि परशुरामका पिता दुर्वासाले कुन्तीलाई दिएको अमोघ मन्त्रको प्रयोग -दुरुपयोग) बाट जन्मेका हुन् यी कर्ण सूतपुत्र भएका कारण कुनै सुयोग्य गुरुले शस्त्रविद्या सिकाउन इन्कार गरेकोले यिनी परशुराम कहाँ पुगे। ज्ञातव्य छ कि यी महर्षी क्षेत्री विरोधी हुन्। पृथ्वीबाट क्षेत्रीको एक्काईस पटक विनाश गर्दा पनि क्षेत्री बाँकी रहेकोले थकित भएर यिनले समाधि लिँदै थिए। यिनै कहाँ पुगे कर्ण

कर्णे आफूलाई ब्राहृमणपुत्र भनेर ढाँटेर शस्त्र विद्या सिके। परशुरामको ठूलो भरोसा थियो कर्ण्रति। सबै शस्त्रकला सिकाए पनि। परशुराम आश्रमबाट कर्णबिदा हुने दिन विरक्त भए परशुराम। तर, त्यही अन्तिम दिन कर्णक्षेत्री हुन् भन्ने खुलेपछि ठूलो विषाद र पश्चात्ताप छाएको छ-परशुराममा। उनले भनेका छन्-‘वैरभावनाबाट प्रेरित भएर गरिएका काममा सिद्धि मिल्दैन।’ अन्त्यमा कर्णाई श्राप दिए-‘मैले सिकाएको विद्या जुनबेला अति आवश्यक हुनेछ, बिर्सने छौं।’

थाहा भएकै कुरा हो-अर्जुन देवराज इन्द्रका छोरा हुन्। अर्जुन र कर्णीच युद्ध हुने नै भएपछि आफ्ना पुत्रको विजय सुनिश्चित गर्न एउटा बृद्ध ब्राम्हणको भेषमा एक बिहान यी इन्द्र कर्णो ढोकामा आए। यो कर्णो जप-तपको समय थियो। कर्णाई वचनबद्ध बनाएर उनको कवच र कुण्डल दान पाउने याचना गरे। इन्द्रले छल गर्दैछन् भन्ने कुरा पिता सूर्यदेवले कर्णाई पूर्व जानकारी दिएका पनि हुन्। तथापि दानवीर कर्णे किंञ्चित पश्चात्ताप नगरी कवच र कुण्डल इन्द्रलाई दिए। छालामा जोडिएको कवच काटेर निकाल्दा कर्णरक्ताम्य भएका छन्। यो दृश्य यति हृदयविदारक छ कि इन्द्र आफै लज्जित भएका छन्- कर्ण’ग्ा।

महाभारतको अध्ययन गर्दा के बुझिन्छ भने यो युद्ध वास्तवमा दुर्इदिनमात्रै भयो। अर्थात् कर्णजुन दिन कौरव पक्षको सेनापति बने, त्यस दिनबाट भयो वास्तविक युद्ध र जुन दिन कर्णमारिए, त्यसै दिन समाप्त भयो। यो किनभने, यस अगाडिका कौरव सेनापति पितामह भीष्म र गुरु द्रोणाचार्यको भित्री पक्षधरता पाण्डवप्रति थियो। पितामहले त आफूलाई कसरी मार्न सक्छौ भनेर पाण्डवहरुलाई सबै उपाय बताएका पनि हुन्। गुरु द्रोण आफ्ना श्रेष्ठ शिष्य अर्जुनको पराजय कुनै मूल्यमा पनि चाहँदैनथे। युद्धको चौध दिन यसरी बितेको छ। कर्णछि कौरवका सेनापति भएका मद्रराज शल्य त पाण्डवका मामा नै हुन्। यी शल्य कर्णा सारथि थिए तर कर्णाई हतोत्साहित गर्न, तेजोवध गर्न पटक पटक सूततपुत्र भन्दै अनेक षड्यन्त्र गरेका हुन्।

बडो बहादुरी र निष्ठाका साथ युद्धमा लडेका हुन्-कर्ण अर्जुनका सारथि श्रीकृष्णले रथको पाङ्ग्रा तल नगरेको भए-अर्जुन मारिने थिए। अर्जुनको किरिट भुँइमा झारिदिएका हुन्। कर्णसेनापति भएकै दिन नकुल र युधिष्ठिरलाई घाइते बनाएका थिए। यी दुवैलाई मार्न सक्थे तर कुन्तीलाई वचन दिएका थिए-अर्जुन बाहेक अन्य पाण्डवलाई नमार्ने। त्यसैले बँचे।

अर्जुनसँगको निर्णाक युद्धका बेला कर्णो रथ पाङ्ग्रा धसियो। यसमा सारथि शल्यको कपट पनि छ। रथको पाङ्ग्रा उचाल्न रथबाट ओर्र्लिएको, निःशस्त्र भएको बेला कर्णाथि वाण बसाान प्रेरित गरे कृष्णले अर्जुनलाई।  कर्णो एक हातमा रथको पहिया थियो, अको हातमा ब्रहृमास्त्र। तर गुरु परशु रामको श्राप लाग्यो-ब्रहृमास्त्रमा प्रत्याञ्चनाको तरीका पनि बिर्से। अर्जुनका वाणले मारिए। द्रौपदीको चीरहरणका बेला उनीप्रति कर्णे बोलेका वचन अपवाद हुन्। अन्यथा कर्णो अच्यूत उज्ज्वल चरित्र अनुकरणीय छ।

- तिलक पराजुली