पोखरा, ४ जेठ।नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा लोकमानसिंह कार्की दुवैको नियुक्ति ग्रायण्ड डिजाइनअन्तर्गत भएको बताएका छन्। नेपाल स्वास्थ्यकर्मी सङ्घको शनिबारदेखि पोखरामा सुरु छैटौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। काङ्ग्रेसका पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइरालाको पटक-पटक नाम दिँदै सभापति कोइरालाले भने-’खिलराज रेग्मी [...]
पोखरा, ४ जेठ।दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कारबाट शनिबार पोखराका पत्रकार गङ्गाधर पराजुलीलाई शनिबार सम्मान गरिएको छ। पोखरामा रहेर दुर्इ दशकदेखि पत्रकारिताको माध्यमबाट लोकतन्त्रको सुदृढीकरणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सो पुरस्कारबाट सम्मान गरिएको हो। दयाशंकर पालिखेको स्मृतिमा उनका परिवारजनद्वारा स्थापित तथा नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा सञ्चालित पुरस्कारको राशि ३३ हजार तीन सय ३३ [...]
काठमाडौं, ४ जेठ।राप्रपा र राजपाको एकता महाधिवेशनको बन्द सत्रले गणतन्त्र र धर्मनिरपेक्षताप्रति प्रतिबद्धतासहितको राजनीतिक प्रस्ताव पारित भएको छ। जनशक्ति पार्टीका सहअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीबाट प्रस्तुत राजनीतिक प्रतिवेदनमा गणतन्त्र, सर्वर्धर्म, सङ्घीयता, बहुलवाद, पूर्णप्रेस स्वतन्त्रता, आवधिक निर्वाचन, मानवअधिकार, राष्ट्रवाद र जनपक्षीय उदारवाद, समावेशीलगायतका विषयवस्तु समेटिएका छन्। आगामी संविधानसभाको निर्वाचन सम्पन्न गर्न पार्टीसकारात्मक ढ·ले सक्रियरूपमा परिचालन हुने पनि [...]
पोखरा, ४ जेठ।कास्कीको कृस्ती गाविसमा श्रीमद्भागवत् सप्ताह तथा धनधान्याचल विराट ज्ञान महायज्ञ शनिबारदेखि सुरु भएको छ। गाविसको वडा नं ६ स्थित धार्मिकस्थल ओम कैलाश शिवशक्ति महापीठको विकासका लागि तथा पर्यटकीय विकास र अनाथ बालबालिकाको सहयोगका लागि महायज्ञको आयोजना गरिएको हो। महायज्ञका प्रमुख वाचकसमेत रहेका युवापण्डित कमलनयन गौतमले भागवत्को किताबमा माल्यार्पण तथा पञ्चकन्यालाई पूजन गरी महायज्ञको [...]
पोखरा, ४ जेठ।कास्कीको निर्मलपोखरी गाविसमा विद्यालय स्थापनासहित गाउँको विकासका लागिसमेत उल्लेख्य योगदान पुर्याएको भन्दै जापानिज नागरिक मित्सुहीको शिनोकुमालाई स्थानीयबासीले शनिबार नागरिक अभिनन्दन गरेका छन्। गाउँ विकास समिति निर्मलपोखरीको आयोजनामा निर्मलपोखरीमा पूर्वराष्ट्रिय वाणिज्यदूतसमेत रहेका शिनोकुमालाई बाजागाजाका साथ फूलमाला, दोसल्ला र कदरपत्रद्वारा अभिनन्दन गरिएको हो। ४३ पटकसम्म निर्मलपोखरीमा पुगेका ७२ वर्षीय शिनोकुमाले फुकुओका निर्मलपोखरी विद्यालय २०५४ सालमा [...]